शीतयुद्ध

दोस्रो विश्वयुद्ध पछि संयुक्त राज्य अमेरिका तथा सोभियत सङ्घ को बिच उत्पन्न तनावको स्थितलाई शीत युद्ध को संज्ञा दिइएको थियो।

शीतयुद्ध
नेटो तथा वार्सा पक्षका राष्ट्रहरू

शीतयुद्धको अर्थ

दोस्रो विश्व युद्ध सकिएपछि सन् १९४५ देखि १९८९ को बीचको समयमा संसार दुई ध्रुवमा बाँडिएको थियो । ती दुई ध्रुवको नेतृत्व अमेरिका र सोभियत सङ्घले गरेका थिए । शीतयुद्ध शब्दको प्रयोग अमेरिका र सोभियत सङ्घबीच त्यो समयमा रहेको तनावपूर्ण सम्बन्धलाई लिएर गरिन्छ । परमाणु युद्धको आशंकामा दुवै पक्ष कहिलै पनि सिधै युद्धमा होमिएनन् । तर त्यो समयमा करोडौं मानिस डरमा बाँच्न बाध्य रहे ।

इतिहासकार यसलाई सरकार संचालनका दुई व्यवस्था (पुँजीवाद र साम्यवाद)बीचको लडाईकारूपमा हेर्छन् । यसमा अमेरिकाले पुँजीवादी व्यवस्थाको प्रतिनिधित्व गरेको थियो भने रूसले साम्यवादी व्यवस्थाको । देश चलाउने तरिका दुवै देशको फरक थियो र दुवैलाई लाग्थ्यो की आफ्नो प्रणाली उत्कृष्ट छ । दुवै देश यो मान्न थालेका थिए की दोस्रो पक्ष आफ्नो व्यवस्था संसारभर लागु गराउने कोसिस गरिरहेको छ । यही नै तनावको सबैभन्दा ठूलो कारण थियो ।

सुरूवात

सन् १९४५ मा दोस्रो विश्व युद्ध सकिनु त्यस्तो मोड थियो जसका कारण शीत युद्ध सुरू भयो । युद्धको समयमा अमेरिका र सोभियत सङ्घ एक अर्काका सहयोगी थिए र नाजी जर्मनी उनीहरूको साझा दुस्मन थियो । तर वास्तविकता यो थियो की युद्ध सकिएपछि नाजी जर्मनीको अस्तित्व सकियो । यो युद्धले यूरोपलाई छुट्टाइदिएको थियो र दुवै देश शक्तिशाली हुँदै गएका थिए ।

युद्ध सकिएपछि दुवै देश संसारलाई आ–आफ्नै तरिकाले चलाउन चाहान्थे । उनीहरूकाबीचमा युरोपलाई कसरी फुटाउने भन्ने बारेमा पनि ठूलो मतभेद थियो । यही कारण अमेरिका र सोभियत सङ्घको बीचमा दुश्मनी सुरू भएको हो । किनकी दुवै देश संसारमा आफ्नो दबदबा बढाउने होडमा अघि बढेका थिए ।

दुवै देशले आफ्ना सहयोगी देशको गठबन्धन बनाउन सुरू गरे । अमेरिका र पश्चिमी देशले मिलेर ‘नेटो’ गठन गरे । अर्को तर्फ सोभियत सङ्घलाई पूर्वी युरोपका पोल्यान्ड र हङ्गेरी जस्ता देशको समर्थन थियो । दुवै पक्षलाई एक अर्काले हमला गर्ने डर थियो । यसको नतिजा हतियार निर्माणमा भएको होडबाजीमा देखियो । उनीहरूले हतियारको भण्डार बढाउन सुरू गरे । ६० को दशकमा आइपुग्दासम्म अमेरिका र सोभियत सङ्घले आफ्नो तागत यतीसम्म बढाएका थिएकी उनीहरूको परमाणु मिसाइल महादेशको सिमा पार गरेर हमला गर्न सक्षम थिए । सन् १९६२ मा क्युबा मिसाइल संकटको दिनमा परमाणु युद्धको सम्भावना चरम थियो । संसारभर गृहयुद्धको स्थिति थियो । अमेरिका र सोभियत सङ्घको समर्थनमा अप्रत्यक्षरूपमा लड्नु समान्य झैं थियो ।

लिभरपुल जोन मुरिस युनिभर्सिटीका सिनियर लेक्चरर मेलकम क्रेग भन्छन्, ‘शीत युद्ध कहिलै शितल थिएन । दुवै शक्तिबीचको लडाईमा लाखौं मानिसको ज्यान गएको थियो । कम्बोडिया, कंगो, कोरिया, इथोपिया, सोमालिया जस्ता ठाँउमा शित युद्ध एक बर्बाद गरिदिने लडाई थियो ।’

अन्तराष्ट्रिय राजनीतिमा शीतयुद्धको प्रभाव

यो पनि हेर्नुहोस्

स्रोत

Tags:

शीतयुद्ध को अर्थशीतयुद्ध सुरूवातशीतयुद्ध अन्तराष्ट्रिय राजनीतिमा को प्रभावशीतयुद्ध यो पनि हेर्नुहोस्शीतयुद्ध स्रोतशीतयुद्धदोस्रो विश्व युद्धसंयुक्त राज्य अमेरिकासोभियत सङ्घ

🔥 Trending searches on Wiki नेपाली:

नेपालगन्ज उपमहानगरपालिकाराणा - काङ्ग्रेस मन्त्रिमण्डलनेपालदादुराखनिजसुपादेउराली मन्दिरलेखा प्रणालीरुससन्दुक रुइतनेपालका नगरपालिकाहरूबैङ्कज्यालाचाडपर्वढुङ्गे युगनेपालको पत्रकारिताको इतिहासबाइसे राज्यहरूमहिनावारीपुष्पकमल दाहालराष्ट्रिय निकुञ्जनेपालका स्थानीय तहहरूचुरेगाउँपालिकाबारा जिल्लायुट्युबप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)कञ्चनपुर जिल्लारामायणनेपालका अञ्चलहरूनेपाल विद्युत प्राधिकरणसिन्धुली जिल्लानेपाली शब्दकोशलोकतन्त्रनेपाल कम्युनिस्ट पार्टी (विप्लव)सुदूरपश्चिम प्रदेश सभालुम्बिनीराम नवमीशिवनैतिक दृष्टान्तसेतो मच्छिन्द्रनाथको रथयात्राइशान्त शर्मापहाडी प्रदेश (नेपाल)राष्ट्रिय प्रजातन्त्र पार्टीचीनविक्रम सम्वत्श्रीकृष्ण श्रेष्ठविवाह संस्कारआन्तरिक राजस्व विभाग (नेपाल)शिरीषको फूलमौसमयजुर्वेदविकिमिडिया कमन्सकाठमाडौँ जिल्लाधनकुटा जिल्लाराष्ट्रिय वाणिज्य बैंकघोडाघोडी तालनेपाल राष्ट्र बैङ्कगौतम बुद्धआयोजनाकृषि विकास बैंकमहाभारत पर्वत शृङ्खलानेपालको मन्त्रिपरिषद्बीमाराणा वंशइलाम जिल्लानागरिक समाजइन्जिनियरिङहुम्ला जिल्लाराष्ट्रिय सभा (नेपाल)भगवानअर्थ मन्त्रालय (नेपाल)नेपालका राजाहरूको सूचीकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)नेपालमा पर्यटनपरीक्षाफिफा विश्वकपउद्योगलेखनाथ पौड्याल🡆 More