केटि निगम

केटी निगम (ह्याङ्गुल: 케이티 주식회사) (पहिला कोरिया दूरसञ्चार) दक्षिण कोरियाको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी हो।

केटि निगम
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनKR7030200000 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापितसेप्टेम्बर २८, १८८५; १३८ वर्ष पहिले (१८८५-०९-28) (कोरिया टेलिग्राम्स हानसुङ प्रशासन)
हानसुङ, जोसेन (हाल सोल, दक्षिण कोरिया)
डिसेम्बर १०, १९८१; ४२ वर्ष पहिले (१९८१-१२-10) (कोरिया दूरसञ्चार प्राधिकरण)
सोङनाम, दक्षिण कोरिया
केन्द्रीय कार्यालयबन्डाङ जिल्ला, सोङननम, दक्षिण कोरिया
मुख्य व्यक्ति
छाङ-ज्यु ह्वाङ (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूनिश्चित लाइन
मोबाइल फोन
इन्टरनेट सेवा
डिजिटल दूरदर्शन
क्रेडिट कार्ड
मनोरञ्जन
शिक्षा
Real estate
पूर्वाधार र
खेलकुद
सफ्टवेयर
आम्दानी२०,१६६,८१७ मिलियन (२०१२)
कर्मचारी सङ्ख्या
३२,१८६ (डिसेम्बर २०१२)
सहायक कम्पनीहरूKTDS
KTH
KTP
KTN
KT Submarine
KT Telecop
KT Capital
KT Rental
KTM&S
KT Music
Nasmedia
KT CS
KT IS
KT SkyLife
KT Wibro Infra
वेबसाइटcorp.kt.com/eng/

पूर्व राज्य स्वामित्वमा रहेको यस दूरसञ्चार कम्पनी, दक्षिण कोरियाको पहिलो टेलिफोन कम्पनी हो। यसले देशका ल्याण्डलाइन क्षेत्रमा ९० प्रतिशत जनसङ्ख्यामा सेवा सञ्चालन गर्दछ र ४५ प्रतिशत उच्च गति इन्टरनेट प्रयोगकर्ताहरूको सेवा गर्दै स्थानीय ल्यान्डलाइन र ब्रोडब्याण्ड इन्टरनेट बजारमा नियन्त्रण कायम गर्दछ। सन् १९९४ मा यसको ताररहित सहबद्ध कोरिया मोबाइल दूरसञ्चारलाई बेचे पछि, केटिले जनवरी १९९७ मा व्यक्तिगत सञ्चार सेवा, केटीएफको निर्माणका साथ ताररहित बजारमा फर्किएको थियोे। सन् २००९ का अनुसार यसको २४ ट्रिलियन सम्पत्ति रहेको छ।

सन् २०१५ मा पूर्व केटीका अध्यक्ष सुक-जय लीले भ्रष्टाचारको आरोपमा मुद्दा चलान गरिएका थिए जुन कुरा तिनले अस्विकार गरेका थिए।

विश्वब्यापी व्यापार

बङ्गलादेश

बङ्गलादेश सरकार, अन्तर्राष्ट्रिय संस्थाहरू, सार्वजनिक संस्थाहरू र गैर-सरकारी सङ्गठनहरूको बहुपक्षिय साझेदारीको परिणामले, २७ अप्रिल २०१७ मा, केटीले बङ्गलादेशमा 'गिगा आइल्याण्ड'को उद्घाटन गरेको थियोे।

ब्रुनेई

सन् २०१२ मा, केटीले ब्रुनेई सरकारसँग राष्ट्रिय डाटा केन्द्र (एनडीसी) को स्थापना र सञ्चालन गर्नको लागि सम्झौता गरेको थियोे।

मङ्गोलिया

सन् १९९५ देखि, केटी मङ्गोलिया टेलिकमको एक प्रमुख शेयरधनी रहेको छ। केटीले मङ्गोलियामा विभिन्न व्यावसायिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। सन् २०१२ मा, केटीले एक भूकम्प आपदा चेतावनी प्रणाली स्थापित गर्न मङ्गोलिया सरकारसँग अनुबन्धन गरेको थियोे।

दक्षिण अफ्रिका

२०१२ मा, केटी र टेलकमले (दक्षिण अफ्रिकी दूरसञ्चार सेवा प्रदायक) मोबाइल क्षेत्र र आइवेअफ्रिकाका (टेलकमको सहायक कम्पनी) लागि व्यापार सुधार रणनीति प्रदान गर्नका लागि एक परामर्श सम्झौतामा हस्ताक्षर गरेको थियोे।

रुवान्डा

२००७ मा, केटीले रुवान्डामा एक मोबाइल वाइम्याक्स (वा वाईब्रो) सञ्जालकोको निर्माणको लागि एक अनुबन्धनमा हस्ताक्षर गरेको थियोे। २००८ मा, केटी रुवान्डा सरकारसँग नयाँ दूरसञ्चार सञ्जालको निर्माणको लागि एक सम्झौतामा हस्ताक्षर गरेको थियोे। डिसेम्बर २०१२, मा केटीले कोरिया इन्टरनेट र सुरक्षा आयोग सँग सहकार्य गरी रुवान्डामा राष्ट्रिय सूचना र सुरक्षा परियोजना सञ्चालन गरेको थियोे । मार्च २०१३ मा, केटी रुवान्डा सरकार सँग राष्ट्रब्यापी मोबाइल एलटिइ सञ्जाल निर्माण र संयुक्त उद्यम स्थापित गर्नको लागि एक अनुबन्घनमा हस्ताक्षर गरेको थियोे ।

पोल्यान्ड

२१ मार्च २०१३ मा, केटी, देवु अन्तरराष्ट्रिय निगम, र कोरिया व्यापार-लगानी सम्बर्द्धन आयोग (कोट्रा)ले पोडलस्की, पोल्यान्डमा उच्च-गति इन्टरनेट सञ्जाल स्थापना गर्न १८ मिलियन डलरका साथ सम्झौतामा हस्ताक्षर गरेको थियो।

अमेरिका

१४ जून २०१७ मा, केटिले बोस्टन सहरको साथ एक समझदारी सम्झौता गरेको थियो जो बोस्टन डिजिटल इक्विटी परियोजनामा भाग लिनको लागि एक नीति रहेको थियो र यसले सहरका केन्द्रमा राम्रो इन्टरनेट वातावरण सिर्जना गरेको थियोे ।

उज्बेकिस्तान

सन् २००७ मा, केटीले पूर्वी दूरसञ्चारको (उज्बेकिस्तान दोस्रो सबैभन्दा ठूलो निश्चितलाइन सञ्चालक) ५४.५%, र सुपर आईम्याक्स नामक वाइम्याक्स सञ्चालकको ६०% शेयरको अधिग्रहण गरेको थियो।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

केटि निगम विश्वब्यापी व्यापारकेटि निगम सन्दर्भ सामग्रीकेटि निगम बाह्य कडीहरूकेटि निगमदक्षिण कोरिया

🔥 Trending searches on Wiki नेपाली:

सप्तकोशी नदीसंविधान सभा निर्वाचन, २०६४रेसम किराह्रस्व दीर्घ नियमनेपाली रुपैयाँसाहित्यफौजदारी कानुनकुपोषणमुक्तिनाथभक्ति थापानेपालको राष्ट्रिय जनगणनापूँजीवादशिवबलनेपालको संविधानमाधवकुमार नेपालसार्क शिखर सम्मेलनको सूचीदलितघरेलु हिंसाशीतयुद्धसूचनाव्यापारमोतीराम भट्टरानी राजेन्द्र लक्ष्मीशिक्षण विधिमाननीयडाँफेनेपालको प्रधानन्यायाधीशनेपाल सम्वत्सेन राज्यमूल्य अभिवृद्धि करनेपाली चलचित्रप्रथम राष्ट्रिय जनगणना १९६८इतिहासलक्ष्मीप्रसाद देवकोटाग्रहणदसैँनेपालमा दूरसञ्चार सेवाकच्चा पदार्थअंकसाम्यवादनेपालमा महिला अधिकारवसन्तपशुपति शमशेर जङ्गबहादुर राणानेपाल टेलिकमआगन्तुक शब्दविधिशास्त्रपानीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीविक्रम सम्वत्सङ्खुवासभा जिल्लाएकाधिकारस्नातक तहराशि-चक्रकोत पर्वयार्सा गुम्बामुस्ताङ जिल्लाब्ल्याक ज्याकहनुमानअगमसिंह गिरीगुरुत्वाकर्षण बलकृषिस्थानीय तह निर्वाचन, २०७९अस्ट्रेलियानाताफिलिपिनि भाषाज्ञानेन्द्र शाहमाधवप्रसाद घिमिरे (साहित्यकार)संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूऋतुविश्वका अग्ला हिमालहरूगण्डकी प्रदेशलोक सेवा आयोग (नेपाल)कानून🡆 More