सेन राज्य

नेपालभित्र विभिन्न समयमा राज्यहरूको विस्तार र विलयको क्रममा सेनवंशको अझ बढी उल्लेख आउँदछ। भारतका चितौर र सिसौदियाका राजपुतहरूको सन्तानको रूपमा चिनिएका यस् सेनवंशी राजाहरूले आफ्नो समयमा उत्कृष्ट पराक्रम राजनीति र कुटनीतिको परिचय दिएको पाईन्छ। अजिलसेनका सन्तान तुलासेनले मकवानपुर राज्य स्थापना गरेपछि उनका सन्तानहरूले राज्य गरेको पाईन्छ। मुकुन्द सेन प्रथमले पाल्पाको गद्दीमा आफू बसेपछि राज्य विस्तारको कार्य धेरै गरे इतिहासकारहरु। पाल्पा को सेन राजवंश मगर राजाहरु द्वारा हस्तलिखित ग्रन्थ 'नारदस्मृति' र सिक्किम मा लिखित इतिहास पुस्तकहरु र केसर लाइब्रेरी, १५१५ वी स (१५१०) मा राखिएको एउटा ताम्रपत्र को पांडुलिपिमा मुकुन्द सेनलाई पाल्पाका मगर राजा भनेर वर्णन गरिएको छ जसले १५८१ वी स (१५२४) मा काठमाडौं उपत्यकामा आक्रमण गरे। यस प्रकार, १th औं शताब्दीमा, काठमाण्डौ उपत्यकाका मल्ल राजाहरु पाल्पाबाट मगरहरुको आक्रमणको विरुद्ध लड्न एकजुट भए । बाबुराम आचार्यले यिनको शासनकाल १५१८-१५५३ ई.

तिर भएको उल्लेख गरेका छन्। मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले सेन राज्यको विस्तार गरी कोशी नदीभन्दा पारी पुर्याएर विजयपुर पनि आफ्नो हातमा लिए। मुकुन्द सेनको पालामा सेन राज्यको ठूलो विस्तार भए पनि यिनले आफ्ना छोराहरूलाई राज्य बाँडिदिएर सेन राज्य विखण्डित भयो। यसै क्रममा आफुले जितेको राज्य विजयपुरमा लोहाङ सेन राजा भए। मकवानपुरमा मणिक सेनका छोरा हेमकर्ण सिंह राजा भएपछि राज्य टुकि्रने क्रममै सेन राज्यलाई टुक्र्याएर मणिक सेनका अर्का छोरा जगत सेन चौदण्डी माझ किरात का राजा भए। यी राजापछि पनि मकवानपुर चौदण्डी विजयपुरमा यिनीहरूकै सन्तानले क्रमैले शासन गदै गए तर पछि यी सेन वंशमा पनि धरै सन्तान भएकोले कचिङ्गल बढ्दै गयो र राज्य कमजोर हुदै गयो र वि.सं. १८१९ मा पृथ्वीनारायण शाहले मकवानपुरमा विजय प्राप्त गरे। यसको ११ वर्षपछि वि.सं. १८२९ मा गोर्खाली फौजले चौदण्डी राज्य पनि नेपालमा एकिकरण गरेपछि यसबेलाका चौदण्डीका राजा कर्णसेन विजयपुर पसे। यसबेला विजयपुरमा भने सेन बंशी अन्तिम राजा कामदत्त सेनको वि.सं.१८२४ मै हत्या गरेर बुद्धिकर्ण राय खेवाङ बिजयपुरको राजा भै सकेको हुन्छ ।

Tags:

पाल्पा राज्यपृथ्वीनारायण शाहबाबुराम आचार्यबुद्धिकर्ण राय खेवाङमकवानपुर राज्यमुकुन्द सेन

🔥 Trending searches on Wiki नेपाली:

परमादेशनेपालका जिल्लाहरूदासप्रथानेपालको भौगोलिक अवस्थामानव विकास सूचकाङ्कसम्भोगथारू जातिनेपालका राष्ट्रिय विभूतिहरूगण्डकी प्रदेशअंशुवर्मासुशान्त केसीबाइसे राज्यहरूउपमहानगरपालिकाकरारकथाबुढासुब्बा मन्दिरसम्पादनभूपि शेरचनइन्टरनेटसात सालको क्रान्तिअनुराधा कोइरालाचलचित्रधनगढी उपमहानगरपालिकामहेन्द्र वीरविक्रम शाहनेपालका नगरपालिकाहरूपोखरा महानगरपालिकायुनानी सभ्यतादर्शनविष्णुसंयुक्त राष्ट्र सुरक्षा परिषद्जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीथापाधरहरानेपाली परम्परागत नापका इकाईविराट कोहलीभानुभक्त आचार्यराउटे जातिदुधमहाभारतमहानगरपालिकाआम सञ्चारसुवासचन्द्र नेम्वाङगाउँखाने कथादिब्रुङमहिला सशक्तिकरणमानव संसाधन व्यवस्थापनअङ्कनेपाल टेलिभिजनसङ्गठनगरिबीकलाधरान उपमहानगरपालिकाओखलढुङ्गा जिल्लाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीडेउडा गीतनयाँ वर्षचाँगुनारायण मन्दिरनेपालमा हिन्दु धर्मसंस्कृतनगरकोटदुर्गा प्रसाईढोरबराहि मन्दिरनेपालका जातिहरूवाच्य (व्याकरण)माओवादी जनयुद्धकम्प्युटरमहासागरजनशक्तिनेवार जातिगाउँपालिकापुष्पलाल श्रेष्ठनेपालको जनआन्दोलन २०६३संयुक्त राष्ट्र🡆 More