पुष्कर शाह: नेपालको पाँचौ मुख्तियार

चौतारीया पुष्कर शाह नेपालको पाँचौं प्रधानमन्त्री हुन्। यिनी वि.सं.

१९९५ देखि १९९६ सम्म करिव १ वर्षसम्म नेपालको प्रधानमन्त्री रहे।

श्री श्री श्री चौतारिया
पुष्कर शाह
पुष्कर शाह: मुख्तियारी, पदावधी अन्त्य बर्खास्ती, सन्दर्भ सामग्रीहरू
चौतारिया पुष्कर शाहको तस्विर
नेपालको पाँचौं प्रधानमन्त्री (मुख्तियार)
कार्यकाल
वि. सं. १८९५ भाद्र – वि. सं. १८९५/६
पूर्वाधिकारीरंगनाथ पण्डित
उतराधिकारीरणजङ्ग पाण्डे
व्यक्तिगत विवरण
जन्मईश्वी सन् १७८४
मृत्युईश्वी सन् १८४६

मुख्तियारी

मुख्तियार भीमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका रंगनाथ पण्डितले पनि वि.सं १८९५ भाद्रमा राजीनामा दिएपछि महारानी साम्राज्यलक्ष्मी देवीको जोडबलमा १८९६ चैतमा चौतारीया पुष्कर शाहलाई मुख्तियारी दिइएको थियो।

पुष्कर शाह अङ्ग्रेज पदाधिकारीका कट्टर विरोधी त थिएनन् । तर बृटिस कम्पनी सरकारका अङ्ग्रेज राजदूत बिएच हजसन यिनलाई अङ्ग्रेज पदाधिकारीका विरोधीका रुपमा गणना गरि आफ्नो सरकार समक्ष सन्देश पठाउँथे।

सैनिक विद्रोह

त्यतिबेला सैनिक तथा निजामती कर्मचारीलाई तलब बापत नगद दिने व्यवस्था थिएन । वार्षिक खान्कीका रूपमा उनीहरूले धान, चामल, कोदो आदि जिन्सी वस्तु पाउँथे । सरकारबाट उनीहरूलाई ‘तिर्जा’ अर्थात् बाली उठाउन पाउने अधिकारपत्र दिइन्थ्यो र त्यही अधिकारपत्र देखाएर सैनिक तथा निजामती कर्मचारीहरूले आ-आफ्नो खान्की आफैं उठाउँथे । तर, राजनीतिक अस्थिरताका कारण राज्यले उनीहरूलाई दुई वर्षदेखि ‘तिर्जा’ दिन सकिरहेको थिएन। खान्कीको सट्टा नगदमा तलब दिने तयारी भइरहेको थियो।

यसो गर्दा आफूहरूलाई घाटा हुने भन्दै नेपाली सेनाको कम्पु-पल्टनका सैनिक र अफिसरले विद्रोह गरे । वि.सं १८९७ असार १० मा टुँडिखेलको परेड मैदानमा जम्मा भएका कम्पु पल्टनका सैनिकले आफूहरूसँग रहेका गोलीगट्ठा परेड मैदानमा छोडेर उनीहरू खान्की खारेज गर्ने पक्षमा रहेका चौतारा पुष्कर शाह, राजगुरु रङ्गनाथ पण्डित, प्रसादसिंह बस्नेत, कपर्दार कुलराज पाँडे तथा करवीर पाँडे आदि सात जना प्रमुख भाइ भारदारहरूको घरमा जबर्जस्ती पसी सम्पूर्ण कागतपत्र अप्रत्याशित रूपमा जलाइदिए। यसै क्रममा उनीहरूले इन्द्रचोकमा रहेको राजगूरु रंगनाथ पाँडेको घरमा पसेर उनको निजी पुस्तकालयमा आगो लगाइदिए (अब यस्तो कहिल्यै नहोस्, पृ. ९५) । भनिन्छ- उनको पुस्तकालय त्यतिबेलाको वैभवशाली पुस्तकालय मध्येमा पथ्र्यो ।

पदावधी अन्त्य/ बर्खास्ती

सैनिक विद्रोहलाई शान्त पार्न राजा राजेन्द्रले टुँडिखेलमा गएर कम्पु पल्टनका सैनिकलाई सान्त्वना दिँदा राजा राजेन्द्रले अधिराज्यको आम्दानीको स्रोत घटेको मात्र चर्चा गरेका थिए। तर बृटिस कम्पनी सरकारका राजदुत बिएच हजसनले "राजा राजेन्द्र द्वारा टुँडिखेलमा रहेको परेडको मैदानमा कम्पनी सरकारका पदाधिकारी विरोधी वक्तव्य दिइएको थियो" भन्ने झुटो सन्देश पठाई कम्पनी सरकारका गभर्नर जनरल अक्ल्यान्डका तर्फबाट राजाको नाममा एउटा हप्कीको कडिकडाउ पत्र लेखाइदिए।

यस पत्रमा " नेपाल अधिराज्यमा हाल कार्यरत मन्त्रीहरूलाई हटाई यिनीहरूको बदलामा नयाँ मन्त्रीहरू नियुक्त गरिनु पर्छ" भन्ने सल्लाह समेत दिइएको थियो। राजा राजेन्द्र यस्तो पत्र आएपछि सुरुसुरुमा त अडिएर बसिरहेका थिए। तर यसको निम्ति दोश्रो ताकिता पत्र आएपछि राजाले धर नै पाएनन् र कम्पनी सरकारका पदाधिकारीहरूकै सल्लाहानुसार वि सं १८९७ कार्तिक १८ मा पुष्कर शाहालाई हटाई फत्यजङ्ग शाहलाई मुख्तियार नियुक्त गरियो।

सन्दर्भ सामग्रीहरू


Tags:

पुष्कर शाह मुख्तियारीपुष्कर शाह पदावधी अन्त्य बर्खास्तीपुष्कर शाह सन्दर्भ सामग्रीहरूपुष्कर शाहचौतारियानेपालका प्रधानमन्त्रीहरूको सूची

🔥 Trending searches on Wiki नेपाली:

बाथनेपाल राष्ट्र बैङ्कदोहोरो लेखा प्रणालीसामाजिक विज्ञानमोतीराम भट्टपूर्वीय चिन्तन परम्पराबालेन शाहनेपालका बैङ्कहरूको सूचीकालकौडिन्य गोत्रटेरा प्याट्रिकसरकारगाईलोकगीतगुरुङ जातिदिल्लीचुरेविश्वका प्रमुख शासन प्रणालीमूल्य अभिवृद्धि करसहस्राब्दी विकास लक्ष्यजनसाङ्ख्यिकीय लाभांशराष्ट्रिय सभा निर्वाचन, २०८०बर्बरस्वर्गद्वारीअष्ट चिरञ्जीवीक्रिकेटकोशी टप्पु वन्यजन्तु आरक्षलेखा अभिलेखबेलायतजडीबुटीभगवानसीताभरतपुर महानगरपालिकामाचू पिचूप्राइभेट लिमिटेड कम्पनीमौरिटानियासंस्कृतित्रिपिटककार्यालयबझाङ जिल्लाकर्मचारी सञ्चय कोषक्रोकस सिटी हलमा आक्रमणनेपालमा भएका सडकहरूको सूचीकुर्था सुरुवालमनकामना मन्दिरनेपालको निसानछापसगरमाथाआगन्तुक शब्दनेपाल स्काउटदलितइसाई धर्ममगर जातिदेवकुमारी थापाबाल अधिकारआम निर्वाचन २०४८नेपाली परम्परागत नापका इकाईमहिला सशक्तिकरणजयपृथ्वीबहादुर सिंहशिवटोकियोसामाजिक सञ्जालनेपालको जनआन्दोलन २०६३श्रीमद्भगवद गीताखनिजपायल्सदैलेख जिल्लाठूला पुस्तकालयहरूको सूचीहुलाकी राजमार्गवाच्य (व्याकरण)राष्ट्रिय सुरक्षा परिषद्अन्नप्राशन संस्कारनोबेल शान्ति पुरस्कारक्षयरोगनेपालमा महिला अधिकारअन्नपूर्ण हिमालदसैँबाइसे राज्यहरू🡆 More