माछा सहर

सहर बग्ने पानीमा बस्न रुचाउने माछाको एक प्रजाति हो, जुन तीव्र गतिमा बगेको पानीको धारमा अत्यधिक रमाउँछ। यो फिरन्ता स्वभावको माछा हो, एकै ठाउँमा बसिरहँदैन। अन्य माछाका तुलनामा ठूलो टाउको हुने भएकाले यसको नाम महाशीर भएको हो तर पश्चिम नेपालमा यो महाशेर भनेरै चिनिन्छ। यसको 'टर पटिटोरा' र 'टरटर' गरी महाशेरका दुई प्रजाति छन्। टर पटिटोरा पहेँलो रङ्गको हुन्छ, जसलाई सुनौलो महाशेर पनि भनिन्छ। टरटर प्रजाति सेतो रङ्गको हुन्छ, जो सहर वा मन्सारका नामले चिनिन्छ। महाकाली, कर्णाली र बबई लगायतका पश्चिम नेपालका ठूला नदीमा सुनौला महाशेर धेरै पाइन्छन्। पूर्वी नेपालमा धेरै पाइनेचाहिँ सेतो कत्ला भएको महाशेर वा सहर माछा हो।

सहर
माछा सहर
बबई नदी, नेपालमा पाइएको सहर माछा
माछा सहर
Juvenile, about ३५ सेमी (१४ इन्च) long
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: किरणफिन भएका माछा
गण: सिप्रिनिफम्स
परिवार: सिप्रिनिडे
वंश: Tor (fish)
(एफ ह्यामिल्टन), सन् १८९२)
प्रजाति:
T. putitora
वैज्ञानिक नाम
Tor putitora
(एफ ह्यामिल्टन), सन् १८९२)
पर्याय
  • Cyprinus putitora Hamilton, 1822
  • Barbus putitora (Hamilton, 1822)
  • Cyprinus mosal Hamilton, 1822
  • Barbus mosal (Hamilton, 1822)
  • Tor mosal (Hamilton, 1822)
  • Barbus progeneius McClelland, 1839
  • Tor progeneius (McClelland, 1839)
  • Barbus macrocephalus McClelland, 1839

नेपालका सबैजसो ठूला नदीको एक मुख्य बासिन्दा हो महाशेर माछा। कर्णाली र महाकाली नदी आसपासका बासिन्दामाझ यसको बेग्लै महत्त्व छ। नेपाल-भारत सीमाको धार्चुलादेखि महेन्द्रनगर सम्मको करबि दुई सय किलोमिटर दूरीको महाकाली नदीमा जहाँतहीँ पाइन्छ यो। त्यसमा पनि पञ्चेश्वर महाशेर पाइने मुख्य स्थान हो। कर्णालीमा चाहिँ सेती र कर्णालीको सङ्गमदेखि तलैसम्म पाइन्छ। यो अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको लोपोन्मुख प्रजातिमा सूचीकृत छ।

महाशेरले बाढीमा अन्डा फालिदिन्छ, जसलाई स्थानीयहरू महाशेरको अन्डा फाल्ने समय भन्छन्। यस्तो समय असार पहिलो सातादेखि सुरु हुन्छ। अङ्ग्रेजी महिनाको सेप्टेम्बर र अक्टोबर महाशेरको प्रजननको मुख्य समय मानिन्छ। बग्दै गएर फुल फुट्दै भुरा निस्किँदै जान्छन्। नेपालको सन्दर्भमा कर्णाली नदीमा भेरी र कर्णाली तथा सेती र कर्णालीको सङ्गम क्षेत्र महाशेरको प्रजनन क्षेत्र हो। त्यहाँका भुरा कर्णाली नदी र भारततर्फको घाघरा नदीसम्म पुग्छन्। खासगरी यो प्रजातिका माछाले पानीको बहाव राम्रो भएका ठूला नदीमा गएर प्रजनन गर्छन्। त्रिशूलीको सहायक तादी नदी महाशेरले अन्डा पार्ने एक विन्दु हो, त्यहाँबाट भुरा त्रिशूली नारायणी नदीमा हुर्किन्छन्। यस्तै, पूर्वी नेपालका सुनकोसी र अरूण नदीको सङ्गम, तमोर र अरुण नदीको सङ्गम तथा अरूण नदीका सहायक नदीहरू सभा र पिलुवा लगायतका नदीनालामा पुगेर प्रजनन गर्छन्।

नेपालमा ८२ किलो तौलसम्मका महाशेरको रेकर्ड छ। अरुण, तमोर, सुनकोसी, सप्तकोसी, सप्तगण्डकी, नारायणी, बबई, कर्णाली, महाकालीलगायतका नदीमा यस जातका माछा पाइन्छन्। यसबाहेक पोखरा आसपासका विभिन्न तालमा समेत भेटिन्छन्।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

मानव शरीरका अङ्गहरूको सूचीसूचना प्रविधिखड्गप्रसाद ओलीनेपालको झन्डानेपालका मन्त्रिपरिषद्हरूनेपालको भूगोलगोपाल वंशनेपाली रुपैयाँजयपृथ्वीबहादुर सिंहरुकुमकोटगोरखा जिल्लाचरापञ्चायती व्यवस्थाबडिखेलह्रस्व दीर्घ नियमकौशिक गोत्रसती प्रथाकर्णाली नदीअन्तर्वार्तादिगो विकासप्रतिनिधि सभा निर्वाचन, २०७४अनलाइन खबरकानूननेपालका तालहरूको सूचीश्रीमद्भगवद गीताप्रकृतिनेपालीकुम्भ मेलाभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूउदयपुर जिल्लाचितवन राष्ट्रिय निकुञ्जनेपालका गाउँपालिकाहरूहोलीसुवर्ण शमशेर राणाऔद्योगिक क्रान्तिघरेलु हिंसाजनता समाजवादी पार्टी, नेपालनेपालको कानूनी इतिहासहिन्दु धर्मरेखा थापाखोटाङ जिल्लावासलातझमक घिमिरेसार्वभौमसत्ताकृष्णप्रसाद भट्टराईअङ्कआमा (वि.सं. २०२१ चलचित्र)रौतहट जिल्लाएसियामोरङ जिल्लासहरलैङ्गिक समानताआत्रेय गोत्रसप्तकोशी नदीआयुर्वेदधाननम्रता श्रेष्ठदमकलनेपाल प्रहरीगौरी (शोककाव्य)अन्तर्राष्ट्रिय खगोलीय सङ्घगोरखालीनेपालका राजाहरूको सूचीनेपालका सहिदहरूगोरखापत्रमुटुनेपालमा बोलिने भाषाहरूडोल्पा जिल्लानेपालमा पर्यटनमाध्यमिक विद्यालयगाईप्रतिनिधि सभा (नेपाल)फुलगाउँपालिका🡆 More