नेपाल सरकार वैधानिक कानुन २००४

नेपाल सरकार वैधानिक कानुन २००४ राणा प्रधानमन्त्री पदम शमशेर जबराबाट नेपालको पहिलो संविधानको रूपमा वि.सं.

२००४ माघ १३ गते जारी भएको थियो । यसलाई संविधान नभनी वैधानिक कानुन मात्र भनिएको थियो । यो २००५ वैशाख १ गतेबाट लागू हुने भनी घोषणा गरिएको थियो । यसका ६ भाग ६८ दफा र १ अनुसूची रहेका थिए ।

भारत स्वतन्त्र भएको हुनाले नेपालमा जनतालाई थाम्न नसक्ने ठानी पद्मशम्शेरले बैधानिक कानुन २००४ को घोषणा गराए। त्यो कार्यका निम्ति भारतबाट ३ जना सल्लाहकार झिकाएर नेपालको पहिलो संविधानको मस्यौदा तयार गरे। सो संविधान २००४ माघ ४ गते घोषणा गरी २००५ वैशाखसम्म लागू हुने टुङ्गो गरे। वैधानिक कानुनमा श्री ५ र श्री ३ को अस्तित्व, जनताका मौलिक हक, दुई सदनात्मक व्यवस्थापिका, मन्त्रिमण्डल, पञ्चायतीसभा, प्रधानन्यायलय, प्रधान परीक्षक, दरखास्त परिषद् को व्यवस्था गरिएको थियो। बालिगहरूलाई मतदानको अधिकार प्रदान गर्ने पद्मशमशेरलाई उनका अनुदार भारदारहरूले ज्यान लिने धम्की दिए। त्यसकारण वि.सं. २००४ फागुन १८ गते औषधि गर्ने बाहानामा भारततिर गए। त्यसपछि वैधानिक कानुन क्रियाशील हुन पाएन। निरङ्कुश राणा शासनलाई सुधार उन्मुख भएको भान पारी केही समय लम्ब्याउने उद्देश्यले यो संविधान निर्माण गरिएको थियो ।

भाग १

यो कानुनको भाग १ मा भूमिका शीर्षक रहेको थियो । भूमिका शीर्षक अन्तर्गत दफा १ मा नामाकरण, दफा २ मा लागू हुने मिति, दफा ३ मा राजगद्दीको रोल क्रम अपरीवर्तनीय र अविच्छेद्य रहने कुरा उल्लेख थियो ।

भाग २

भाग २ मा मौलिक हक शीर्षक राखी सोको दफा ४ मा व्यक्तिगत स्वतन्त्रता, वाक तथा प्रकाशन स्वतन्त्रता, सभा वा सङ्घ स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, ऐन कानुनी समानता, छिटो र सुलभ रूपमा पाइने इन्साफ, मुलुकभर अनिवार्य प्रारम्भिक शिक्षा, वोट गर्न पाउने हक दिइने कुरा उल्लेख थियो भने दफा ५ मा श्रम तथा कर तिर्नुपर्ने लगायतका नागरिक कर्तव्यहरु उल्लेख गरिएको थियो ।

भाग ३

भाग ३ मा कार्यकारिणी सभा भाग ४ मा व्यवस्थापक सभा भाग ५ मा न्याय प्रबन्ध तथा भाग ६ मा विविध व्यवस्था थियो भने फेहरिश्त क मा राष्ट्रसभाको रचना सम्बन्धी व्यवस्था गरिएको थियो ।

यो पनि हेर्नुहोस्

संविधान

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नेपाल सरकार वैधानिक कानुन २००४ भाग १नेपाल सरकार वैधानिक कानुन २००४ भाग २नेपाल सरकार वैधानिक कानुन २००४ भाग ३नेपाल सरकार वैधानिक कानुन २००४ यो पनि हेर्नुहोस्नेपाल सरकार वैधानिक कानुन २००४ सन्दर्भ सामग्रीहरूनेपाल सरकार वैधानिक कानुन २००४ बाह्य कडीहरूनेपाल सरकार वैधानिक कानुन २००४पद्म शमशेर जङ्गबहादुर राणामाघसंविधान

🔥 Trending searches on Wiki नेपाली:

अल्बर्ट आइन्स्टाइनधरान उपमहानगरपालिकानौमती बाजाखस ब्राह्मणमधुमेहलेखनाथ पौड्यालरामसार क्षेत्रप्रवेशिका परीक्षाव्यापारनेपाली परम्परागत नापका इकाईशनिग्रहनागरिक उन्मुक्ति पार्टीकिराँत जातिकाभ्रेपलान्चोक जिल्लानबिल बैंकमाधवप्रसाद घिमिरे (साहित्यकार)रामानन्द विश्वश्चर महेन्द्र क्याम्पसबीमाभगवानदेशान्तरहात्तीमादलइलाम जिल्लागणेशख्यालीअर्थ मन्त्रालय (नेपाल)नेपाली साहित्यको इतिहासजनसाङ्ख्यिकीय लाभांशमिथिला कलानेपालको संस्कृतिगण्डकी प्रदेशबालीहस्तमैथुननेपालका प्रदेशहरूजलवायु परिवर्तनसती प्रथानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)विश्वव्यापीकरणपरीक्षाफेसबुकनेपालको मन्त्रिपरिषद्बुढानीलकण्ठ स्कूलनेपालको पञ्चवर्षीय योजनानेपाल अधिराज्यको संविधान २०४७तनहुँ जिल्लावीरेन्द्रनगर नगरपालिकाबेगनास तालबालश्रमदमाई जातिकुपोषणत्रिभुवन विश्वविद्यालयक्षेत्रप्रताप अधिकारीभोजपुर जिल्ला, नेपालउत्तरी गोलार्धनेवार जातिकाठमाडौँ जिल्लावास्तुशास्त्रदोस्रो विश्व युद्धभूपरिवेष्ठित राष्ट्रनेपालको अन्तरिम संविधान २०६३विष्णुनेपालको प्रधानमन्त्रीनेपालका नगरपालिकाहरूधनगढी उपमहानगरपालिकाविसं २०७२ को महाभूकम्पआमा समूहसाम्यवादनेपाल-चीन सम्बन्धहजनेपालका प्राकृतिक सम्पदाहरूको सूचीवसन्तबहादुर कुँवरबालेन शाहध्रुवचन्द्र गौतमपारिस्थितिक प्रणालीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)प्रदेश प्रमुख (नेपाल)🡆 More