चन्द्रबिन्दु/जुनटिकीको प्रयोग
यस लेखलाई चन्द्रविन्दुमा गाभ्नको लागि सुझाव दिइएको छ। (वार्तालाप) डिसेम्बर २०२२ देखि प्रस्तावित। |
नेपाली लेखनमा चन्द्रबिन्दुको प्रयोग गर्दा धेरै अलमल हुने गरेको देखिन्छ। चिन्द्रबिन्दुलाई नेपाली झर्रा शब्दमा नै चाहिँ जुनटिकी भन्दा हुन्छ। कतिपय व्याकरणमा जुनटिकी भनेर नै लेखिएको पाइन्छ। सुरुमा चन्द्रबिन्दुका ठाउँमा अनुस्वारको प्रयोग गरिन्थ्यो। टङ्कन गर्दा चन्द्रबिन्दु लगाउनु पर्ने ठाउँबाट भागेर त्यो लाग्नु पर्ने ठाउँभन्दा अघि कि त पछि लाग्ने गर्थ्यो। त्यसैले पुराना समयमा टङ्कन सुविधाजनक बनाउनका लागि लाग्ने नलाग्ने ठाउँमा पनि अनुस्वारको प्रयोग हुँदै गयो। अहिले टङ्कनको सुविधा छ, त्यसैले चन्द्रबिन्दु लाग्ने ठाउँमा अनुस्वारको प्रयोग गर्न मिल्दैन।
“चन्द्रबिन्दु वा जुनटिकी कुनै स्वर वर्णको उच्चारण गर्दा आउने नाकेस्वर बुझाउनका लागि प्रयोग गरिने चिह्न हो। स्वर न जोडिएको अर्थात् हलन्त्य भएको व्यञ्जनसित यस्तो नाके ध्वनि उच्चारण हुँदैन। त्यसैले चन्द्रबिन्दु चिह्न जहिले पनि स्वर वर्णको माथि अथवा अन्त्यमा स्वर गाँसिएको व्यञ्जन वर्णमाथि मात्रै लाग्दछ।”
तत्सम शब्दहरूमा प्रायः चन्द्रबिन्दु लाग्दैन तर तद्भव शब्दहरूमा यसको प्रयोग धेर हुन्छ। नेपाली शब्दमा अनुस्वारको प्रयोग हुँदैन। अनुस्वार लाग्ने शब्दहरू तत्सम हुन् र उष्ण र अन्तस्थ वर्णहरू एकसाथ आउँदा अनुस्वारको प्रयोग हुन्छ। त्यसैले हामी अहिले जति पनि नेपाली अथवा तद्भव शब्दहरूमा हामी अनुस्वारको प्रयोग गर्दैछौँ त्यहाँ चन्द्रबिन्दुकै प्रयोग गर्नु उचित हुन्छ।
कसरी नलेख्ने-
गर्छौं/ भन्छौं/ सुन्छौं/ पाउँछौं/ गर्छौं/ सक्छौं/ राख्छौं/ बस्छौं/ रुन्छौं/ देख्छौं/ गयौं/ भन्यौं/ गऱ्यौं/ सक्यौं/ बस्यौं/ रोकौं/ ढोकौं/ छेकौं/ पाचौं/ छैटौं/ सातौं/ आठौं/ खोंच/ पढौं/ औंठी/ ढिंडो/ छौं/ थियौं/ संग/ तपाईं/ बांस/ हांस/ सांप/
कसरी लेख्ने-
गर्छौँ/ भन्छौँ/ सुन्छौँ/ पाउँछौँ/ गर्छौँ/ सक्छौँ/ राख्छौँ/ बस्छौँ/ रन्छौँ/ देख्छौँ/ गयौँ/ भन्यौँ/ गऱ्यौँ/ गरौँ/ सक्यौँ/ बस्यौँ/ रोकौँ/ ढोकौँ/ छेकौँ/ पाँचौँ/ छैटौँ/ सातौँ/ आठौँ/ खोँच/ औँठी/ ढिँडो/ छौँ/ थियौँ/ सँग/ तपाईँ/ बाँस/ हाँस/ साँप/
चन्द्रबिन्दु ङ्/ ञ्/ ण् / न्/ म् जस्ता नासिक्य स्वरहरूका लागि प्रयोग गरिँदैन। यो अनुनासिक स्वरका लागि प्रयोग गरिन्छ।
स्वर वर्णमाथि लाग्ने चन्द्रबिन्दु-
आँप/ आँखा/ आँसु/ पाँच/ काँच/ हाँस/ बाँस/ आँगन/ जाँगर/ जुँगा/ सुँगुर/ सिँगार/ अँगार/ भँडार/ अँगालो/ घुँडा/ अँध्यारो/ इँटा/ इँजार/ नाइँ/ ज्वाइँ/ म्वाइँ/ ख्वाइँ/ रोपाइँ/ ऐँजरु/ ऐँसलु/ ऐँठन/ औँसी/ औँला/ उँट/ उँधो/ उँभो/ गउँत/ उनिउँ/ गुनिउँ/ कुनिउँ/ रोपाइँ/
स्वर ध्वनियुक्त व्यञ्जन वर्णमाथि-
काँध/ काँस/ काँचो/ काँटी/ कुँद्नु/ कुँजो/ कौँची/ खाँचो/ साँचो/ गाँस/ गाँड/ गाँठ/ गाँठो/ गाँसिनु/ गाँस्नु/ गुराँस/ खाँद/खाँटी/ पाँसुलो/ फाँसी/ आदि
नेपाली झर्रा अनि तद्भव शब्दमा अनुस्वार लाग्दैन। तत्सम शब्द छोडेर जहाँ अनुनासिक स्वर अथवा नाके स्वर उच्चारित हुन्छ त्यहाँ चन्द्रबिन्दुको प्रयोग गर्नु पर्छ।
***************************************************************************
प्रथम पुरुष (म/हामी) –ले पक्षअनुसार गरेका काम बुझाउने क्रियामा चन्द्रबिन्दुको प्रयोग हुन्छ।
लेखौँ/ गरौँ/ भनौँ/ सुनौँ/ खेल्छौँ/ छौँ/ हुन्छौँ/ गएँ/ खाएँ/ पढेँ/ लेखेँ/ देखेँ/ भनेँ/ गरेँ/ सुनेँ/ भुटेँ/ सुतेँ/ गयौँ/ खायौँ/ पढ्यौँ/ गऱ्यौँ/ खेल्यौँ/ थियौँ/ पुगेँछु/ हराएँछु/ गरेँछु/ भनेँछु/ गर्थेँ/ डुल्थेँ/ भन्थेँ/ आदि
द्वितीय पुरुष (तँ/तिमी/तपाईँ) र तृतीय पुरुष (ऊ/त्यो/तिनी/उनी)-ले गरेका काम बुझाउने क्रियामा चन्द्रबिन्दु प्रयोग हुँदैन।
तिमी घर गयौ/ तिनी घर गए/ उनी बजार गइन्/ त्यो घर गयो/ ऊ मन्दिर गयो/ तँ घर गइस्/ तपाईँ घर जानु हन्छु।
***************************************************************************
ध्यान दिनुहोस्-
म घर गएँ- ऊ घर गए/ हामी घर गयौँ- तिमी घर गयौ/ हामीले भात खायौँ- तिमीले भात खायौ/ हामीले गीत गायौँ- तिमीले गीत गायौ/ हामी घुम्न गयौँ- तिमी घुम्न गयौ/ हामी ओछ्यानमा सुत्यौँ- तिमी भुइँमा सुत्यौ/ आदि
यहाँ म/हामी-ले गरेका काम बुझाउँदा मात्रै क्रियामा चन्द्रबिन्दु लागेको छ।
***************************************************************************
अकरणमा चन्द्रबिन्दु प्रयोग हुन्छ तर यसको कर्ता पनि प्रथम पुरुष म/हामी नै हुन्छ।
सक्तिनँ/ गर्दिनँ/ भन्दिनँ/ सुन्दिनँ/ बोल्दिनँ/ खाँदिनँ/ मान्दिनँ/ भर्दिनँ (यी क्रियाहरू लाग्दा कर्ता म हुन्छ।)
नगरौँ/ नभनौँ/ नसुनौँ/ नहेरौँ/ नोबोलौँ/ नलाऔँ/ नखाऔँ/ नसुतौँ (यी क्रियाहरू लाग्दा कर्ता हामी हुन्छ।)
सकिँदैन/ भनिँदैन/ बोलिँदैन/ सुनिँदैन/ पाइँदैन/ रोकिँदैन/ गाइँदैन/ बसिँदैन/ छोइँदैन/ लुकिँदैन/ (अकरण)
सकिन्छ/ भनिन्छ/ बोलिन्छ/ सुनिन्छ/ पाइन्छ/ रोकिन्छ/ गाइन्छ/ बिसिन्छ/ छोइन्छ/ लुकिन्छ (करणमा चन्द्रबिन्द लाग्दैन)
ध्यान दिनुहोस्-
म यो काम गर्न सक्तिनँ – सीता यो काम गर्न सक्तिन
म यो कुरा भन्दिनँ – सीता यो कुरा भन्दिन/भन्दिनन्
म फुटबल खेल्दिनँ – सीता फुटबल खेल्दिन
म यो काम गर्दिनँ – सीता यो काम गर्दिन
डा देवचन्द्र सुब्बा
सिक्किम विश्वविद्यालय
नेपाली विभाग
सन्दर्भ ग्रन्थ
उच्चमाध्यमिक नेपाली व्याकरण - ~~~~डाघनश्यामनेपाल अऩि #डाकवितालामा
माध्यमिक नेपाली व्याकरण- #डाघनश्यामनेपाली अनि #डापुस्करपराजुली
नेपाली वाक्य व्याकरण- #डामाधवप्रसादपोखरेल
प्रयोगात्मक नेपाली व्याकरण- #डाहेमङ्गराजअधिकारी
This article uses material from the Wikipedia नेपाली article चन्द्रविन्दु को प्रयोग, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.