घटस्थापना: नवरात्रीको पहिलो दिन

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्त्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ । ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो । यसैले दसैँको अवसरमा आ-आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा-उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औंल्याएको पाइन्छ ।

घटस्थापना
मितिआश्विन शुक्ल प्रतिपदा

यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

असोजजमराजौदसैँदुर्गाप्रतिपदाब्रह्मवैवर्त पुराणलक्ष्मीशुक्ल पक्ष

🔥 Trending searches on Wiki नेपाली:

ओमसतिया गाउँपालिकागाउँपालिकादर्तानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासठकुरीनेपाल कम्युनिस्ट पार्टी (विप्लव)बीमालक्ष्मीप्रसाद देवकोटाजलचक्रमाथवरसिंह थापाभिरिङ्गीराजवृक्षआन्तरिक राजस्व विभाग (नेपाल)गीर्वाणयुद्ध विक्रम शाहवैज्ञानिकरेखा थापानेपालका प्रधानमन्त्रीहरूको सूचीसुर्खेत जिल्लानेपाल कानुन आयोगमनकामना मन्दिरविज्ञानमिथिलामहेन्द्र राजमार्गज्ञानेन्द्र वीरविक्रम शाहअर्थअनुसन्धान प्रस्तावलेखा प्रणालीनेपालका झरनाहरूको सूचीनीति शाहकथाराष्ट्रिय भूकम्प सुरक्षा दिवसबोक्सीयौन तथा प्रजनन स्वास्थ्य अधिकारविराटनगर जुट मिलनेपाल ए क्रिकेट टिमआसियानसङ्घीयताडाँफेहरिभक्त कटुवालमूल्य अभिवृद्धि करराष्ट्रिय प्रजातन्त्र पार्टीफेसबुकलैङ्गिक समानतामाटोउचाङचिठीवेब्याक मेसिननेपालका औद्योगिक क्षेत्रहरूको सुचीसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)खड्गप्रसाद ओलीह्रस्व दीर्घ नियमगोरखालीमेलम्ची खानेपानी आयोजनालिम्बू जातिमहालेखा नियन्त्रकको कार्यालयनेपालको इतिहासशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)सन्दुक रुइतव्यवसायऋग्वेदरिटदमकलदमाई जातिसमाजशास्त्रनविकरणीय उर्जाविश्व सम्पदा क्षेत्रसुनसुगौली सन्धिघोराही उपमहानगरपालिकाशेर्पा जातिविनोद चौधरीनेपालका प्रमुख नदीहरूको सूचीसंयुक्त राष्ट्रअन्नप्राशन संस्कारसिन्धुली जिल्ला🡆 More