ऋग्वेद सनातन धर्म अथवा हिन्दु धर्मको प्रथम स्रोत ग्रन्थ हो। यसमा १०२८ सूक्त छन्, जसमा देवताहरूको स्तुति गरिएको छ। यसमा देवताहरूको यज्ञमा आह्वान गर्नका लागि मन्त्र छन्, यही सर्वप्रथम वेद हो। ऋग्वेदलाई संसारका सबै इतिहासकार हिन्द-यूरोपीय भाषा-परिवारको सबैभन्दा पहिलो रचना मान्दछन्। यी संसारका सर्वप्रथम ग्रन्थहरू मध्येको एक हो। ऋक् संहितामा १० मण्डल, बालखिल्य सहित १०२८ सूक्त छन्। वेद मंत्रहरूका समूहलाई सूक्त भनिन्छ, जसमा एकदैवत्व तथा एकार्थको नैं प्रतिपादन रहन्छ। कात्यायन प्रभति ऋषिहरूको अनुक्रमणीका अनुसार ऋचाहरूको सङ्ख्या १०,५८०, शब्दहरूको सङ्ख्या १५३५२६ तथा शौनक कृत अनुक्रमणीका अनुसार ४,३२,००० अक्षर छन्। ऋग्वेदको जिन २१ शाखाहरूको वर्णन मिल्दछ, उनमादेखि चरणव्युह ग्रन्थका अनुसार पाँच नैं प्रमुख छन्- १.
शाकल, २. वाष्कल, ३. आश्वलायन, ४. शांखायन र माण्डूकायन। ऋग्वेदमा ऋचाहरूको बाहुल्य हुनको कारण यसलाई ज्ञानको वेद भनिन्छ। ऋग्वेदमा नैं मृत्युनिवारक त्र्यम्बक-मंत्र वा मृत्युञ्जय मन्त्र (७/५९/१२) वर्णित छ, ऋग्विधानका अनुसार यस मंत्रका जपका साथ विधिवत व्रत तथा हवन गर्नको लागि दीर्घ आयु प्राप्त हुन्छ तथा मृत्यु टाडा हो गर्न सब प्रकारको सुख प्राप्त हुन्छ। विश्वविख्यात गाईत्री मन्त्र (ऋ० ३/६२/१०) पनि यसैमा वर्णित हो। ऋग्वेदमा अनेक प्रकारका लोकोपयोगी-सूक्त, तत्त्वज्ञान-सूक्त, संस्कार-सुक्त उदाहरणतः रोग निवारक-सूक्त (ऋ०१०/१३७/१-७),श्री सूक्त वा लक्ष्मी सुक्त (ऋग्वेदका परिशिष्ट सूक्तको खिलसूक्तमा), तत्त्वज्ञानका नासदीय-सूक्त (ऋ० १०/१२९/१-७) तथा हिरण्यगर्भ-सूक्त (ऋ०१०/१२१/१-१०) र विवाह आदिका सूक्त (ऋ० १०/८५/१-४७) वर्णित छन्, जसमा ज्ञान विज्ञानको चरमोत्कर्ष देखिन्छ।
ऋग्वेद | |
---|---|
विबरण | |
धर्म | हिन्दु धर्म |
भाषा | वैदिक संस्कृत |
अध्यायहरू | १० मंडलहरू |
पद्य | १०,५५२ मन्त्रहरू |
प्रत्येक मन्त्रमा तीनवटा विशेषता हुन्छन्, मन्त्रको नाम– अर्थात् सूक्त। सूक्तको अर्थ हो सु–उक्त अर्थात् ज्यादै स्पष्ट रूपमा बताइएको। अर्को विशेषता हो त्यस सूक्तका रचयिताको नाम अर्थात् ऋषिको नाम। पछिल्लो समयमा ऋषिको अर्थ साधु संन्यासी भए तापनि सुरुमा ऋषि विशेष अर्थमा प्रयोग हुने गथ्र्यो। त्यसैले अङ्ग्रेजी अनुवादहरूले सीयर ९कभभच० अनुवाद गरेका छन्। सीयरको एउटा अर्थ प्रोफेट पनि हो। त्यसैले ऋषिलाई सम्प्रदाय प्रवत्र्तक पनि भनिन्थ्यो। जुन व्यक्तिले ज्ञानको क्षेत्रमा एक नयां योगदान गर्न सक्छ उसलाई मात्र ऋषि (रिसर्चर) भनिन्थ्यो। वेदको अर्को विशेषता हो, छन्द। जुन लय वा भाकामा ऋचा गाइन्छ त्यसलाई छन्द भनिन्छ। बढी प्रयोग गरिएका छन्दहरू त्रिष्टुप, अनुष्टप जस्ता छन्दहरू छन्। त्यसैले वैदिक मन्त्रहरूको एक मुख्य विशेषता लयात्मकता पनि हो। ऋग्वेदमा ३० मुख्य देवता २० अन्य देवताको नाम उल्लेख छ।
लिपिको आविष्कार हुनु अघि वेदको मन्त्र रचना भएको कुरा विभिन्न मन्त्रद्वारा स्पष्ट हुन्छ। त्यसैले वेद मुख्यतया वाणी आधारित ज्ञान हो। उदाहरणका लागि एउटा वैदिक मन्त्र छ, गायत्री मन्त्र। गायत्री एउटा छन्दको नाम हो जसका देवता सविता र ऋषि विश्वामित्र हुन्। गायत्री छन्दमा २४ पूर्ण अक्षर हुन्छन्। तीनवटा पद हुन्छन्। यसलाई बोल्दा २४ अक्षर पुग्छ तर लिपिको आधारमा त्यसलाई २४ पुर्याउन सकिंदैन। यस्ता अनेक कुराले वेदको अति प्राचीनता सिद्ध हुन्छ। सुरुमा श्रुति परम्परामा संरक्षण गरिएको यो वेद गुप्त काल चौथो शताब्दी पछि ब्राह्मी लिपिमा सुरक्षित गरिएका थिए।
वेदको विभाजन गरिएको कुरालाई संस्कृत साहित्यमा ज्यादै उच्च स्थान र चर्चित प्रसंग मानिन्छ। यस कुराले पनि वेदको प्राचीनता स्पष्ट हुन्छ। प्रसंग के हो भने सुरुमा वेद एउटा मात्र थियो। ज्यादै विशाल भएका र लाखौं सङ्ख्यामा मन्त्रहरू रचना भए। त्यस समयमा लिपिबद्ध गर्ने विधि विकास भएको थिएन। लिपि थिएन। मसी, कलम र भोजपत्रको प्रयोग सुरु भैसकेको थिएन। त्यसैले श्रुति परम्परामा मन्त्रहरू हराउन थाले। मानिसले घोकर राखेका कुराहरू बिर्सनछन्। योग्य शिष्य नभएमा आफुले पाएको ज्ञान मौखिक हस्तान्तरण गर्न सकिंदैन र गुरुसंगै ज्ञान पनि समाप्त हुन जान्छ। यसरी केही सूक्त र केही ऋचा लोप भए। ती मन्त्रहरूसँग प्राचीन अभिलेखका प्रमाण पनि हराए। हजारौं मन्त्र हराइसकेका छन् भन्ने विज्ञहरूको भनाई छ। यो कुरा विभिन्न शास्त्रहरूमा समेत स्पष्ट शब्दमा भनिएको छ। यो सब देखेर ज्ञानको सुरक्षाका लागि चिन्तित महाज्ञानी व्यासले अनेक प्रयास गरे। यस क्रममा उनले ज्ञानलाई सांयोगिक रूपमा सुरुमा तीन समूहमा र पछि चार समूहमा विभाजन गरे। प्रत्येक समूहका मन्त्रहरूलाई अलग शिष्य समूहलाई जिम्मा लगाए। मन्त्रहरू संझन योग्य र विशिष्ट बनाउनका लागि एक थरी मन्त्रलाई लयात्मक, अर्का थरीलाई क्रियात्मक, अर्को थरीलाई सङ्गीतात्मकता र एक थरीलाई मिश्रित बनाएर प्रत्येकको प्रकृति छुट्टयाए। यिनै पछि ऋक्, यजुर्, साम र वेद कहलाइए। एउटा वेदलाई २० वर्षसम्म दोहोर्याउने परम्परा बसाले। यसरी ज्ञान सुरक्षित भयो। मन्त्रहरू केही सुरक्षित भए। ज्ञान पनि सुरक्षित भयो। त्यस अघिका मन्त्रहरू हराएर गए। यी सबै कुराको सुरक्षा गर्ने विधि वेदव्यासले चिन्तन गरे। ज्ञानको विभाजन गरी अलग अलग भागको सुरक्षा अलग अलग समूहले गर्ने। यसलाई सुनिश्चित गर्न विभिन्न मन्त्रहरूको विभिन्न प्रयोगलाई प्रचलनमा ल्याइयो। कुनै मन्त्रलाई जप गरेर अनेक आवृत्तिमा जप्ने कुनैलाई हवनमा प्रयोग गर्ने काम भयो। जुन ज्यादै महŒवपूर्ण र प्राचीन थिए तिनीहरूलाई सबैतिर प्रयोगमा ल्याइयो। जप, ध्यान र कर्मकाण्ड सबै ठाउँमा। यसरी मन्त्रहरू सुरक्षित हुन पुगे। आज जे जति मन्त्रहरू उपलब्ध छन्, त्यसको सुरक्षामा यसै विधिले काम गरेको छ। जसको प्रतिपादन व्यासले गरेका हुन्। त्यसैले कृष्णद्वैपायनको नाम वेदव्यास हुन पुग्यो।
ऋग्वेदका मन्त्रहरूमा गार्गी, अपाला, घोषा, लोपामुद्रा, कक्षिवती, यमी, इन्द्रायणी, दक्षिणा, वसुकरपत्नी, उर्वशी, अंगिरसी, श्रीलक्षा, गोधा, आत्रेयी आदि ३० वटा ऋषिकाहरू (महिला रचयिताहरू) का मन्त्र पाइन्छन्, कति ऋषिकाहरूको नाम लोप भएको हुनसक्छ। वशिष्ठ, विश्वामित्र, भृगु, अगस्त्य, कण्व, गर्ग, अत्रि, गृत्समद आदि ४०० ऋषिहरू (पुरुष रचयिताहरू) को नाम मन्त्रका साथ सुरक्षित छन् तर कैयौँ यस्तै महत्त्पूर्ण नामहरू हराइसकेका छन्।
ऋग्वेदका विषयमा केही प्रमुख कुराहरू निम्नलिखित छ-
This article uses material from the Wikipedia नेपाली article ऋग्वेद, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.