गीर्वाणयुद्ध विक्रम शाह

गीर्वाणयुद्ध विक्रम शाह नेपालका चौथो राजा थिए। वि.सं.

१८५४ मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए। वि.सं. १८५५ मा राजा भएका उनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं. १८७३ मा निधन भएको थियो।

गीर्वाणयुद्ध विक्रम शाह
गीर्वाणयुद्ध विक्रम शाह
राजा गीर्वाणयुद्ध विक्रम शाह
नेपालका राजा
शासनकालविसं १८५५ फागुन २८ – १८७३ मङ्सिर ०८
राज्याभिषेकविसं १८५५ फागुन २८
पूर्वाधिकारीरणबहादुर शाह
उत्तराधिकारीराजेन्द्र विक्रम शाह
जन्मविसं १८५४ कात्तिक ०६
वसन्तपुर, नेपाल
मृत्यु१८७३ मङ्सिर ०८ (१९ वर्ष)
वसन्तपुर, नेपाल
जीवनसाथीसिद्धी लक्ष्मी देवी शाह
गोरक्ष राज्य लक्ष्मी देवी शाह
वंशशाह वंश
बाबुरणबहादुर शाह
आमाकान्तिवती
धर्महिन्दु

गीर्वाणयुद्ध विक्रमलाई पठनपाठनको पाठ्यक्रम निर्माण गरी राजगुरु रङ्गनाथ पौडेलले राजविधानसार भन्ने ग्रन्थ तयार गरी पढाउने काम भएको थियो। उनले वि.सं. १८६९ मा प्रकाण्ड विद्वानहरूका सल्लाहले (राजगुरु रङ्गनाथ पौडेल लगायत) आर्य सनातन धर्मको नीतिनियम कर्म गर्दा हिन्दु परम्परागत शास्त्र विधि नछोडी कर्मको फल पाउनका निमित्त सत्कर्म-रत्नावली नामक ग्रन्थको रचना गरेका थिए।

मुख्य घटनाहरू

यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि भीमसेन थापा जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके। यिनको शासनकालमा भएको सुगौली सन्धि नेपालको इतिहासमा प्रसिद्ध छ।

यिनले वीर विक्रमको उपाधि धारण गरेका थिए।

राज्याभिषेक

रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा गिर्वाणयुद्ध विक्रम शाहलाई राज्यरोहण गराउने भएपछि त्यसको मान्यता दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा पृथ्वीपाल सेनका हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए। उक्त शुभकार्यमा काठमाडौँ पुगेका पाल्पाली राजा माथि शङ्का गरेर रणबहादुर शाहले उनलाई नजरबन्द गर्न लगाएका थिए।

नेपालको महाभारत

रणबहादुर शाहको हत्या

पहिलो भण्डारखाल पर्व

भण्डारखाल पर्व

वि.सं १८६३ वैशाखमा हनुमानढोकाको भण्डारखाल बगैचामा एक हप्तासम्म राजनैतिक नियतले रणबहादुर शाहको हत्याको अनुसन्धानमा चौतारिया शेरबहादुर शाह, त्रिभुवन खवास, पाल्पाका राजा पृथ्वीपाल सेन लगायत ९३ जनाको हत्या भयो। आफ्ना प्रायः सबै विरोधीको एकै पटक संहार पूरा गरी काजी भीमसेन थापा अब नेपाल अधिराज्यका एक मात्र निष्कण्टक अधिनायक बने। यिनको स्वेच्छाचारिता माथि अङ्कुश लगाउन सक्ने व्यक्ति नेपालमा अब कोही पनि बाँकी थिएन। यसपछि भीमसेन थापाले बालक राजा श्री ५ गीर्वाणयुद्ध विक्रम शाहबाट मुख्तियार वा राजप्रतिनिधिको पद पनि प्राप्त गरे। "अब उप्रान्त अधिराज्यका चौतारा तथा काजी सबैले मुखियार भीमसेन थापाले लगाए अह्राए अनुसारका कामकाज गर्नू" भन्ने लालमोहर गराएर, आफ्नो अनुकुल रहेकी स्वामी महाराज रणबहादुर शाहकी नवविवाहिता किशोरी रानी ललितत्रिपुरा सुन्दरीलाई भने सती जान बाट रोकी राजमाताको हैसियत प्रदान गरेर यिनैलाई बालक राजा गीर्वाण युद्ध विक्रमको संरक्षिकाका रूपमा नियुक्त गर्न पनि यिनी सफल भए।

नेपाल अङ्ग्रेज युद्ध

सुगौली सन्धि

मृत्यु

यिनको मृत्यु अल्पायु मै २० वर्षको उमेरमा वि. सं. १८७३ मा विफरको कारणले भएको थियो।

उनको मृत्यु भएको १८ दिनसम्म नेपालको राजसिंसासन खाली राखियो र १८ दिन पछि मात्र उनको छोरा युवराज राजेन्द्रको राज्यरोहण गराइयो।


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

गीर्वाणयुद्ध विक्रम शाह
जन्म: ६ कात्तिक १८५४ मृत्यु: ८ मङ्सिर १८७३
राजकीय पद
पूर्वाधिकारी नेपालको राजा
१८५५–१८७३
पछिल्लो
राजेन्द्र विक्रम शाह

Tags:

गीर्वाणयुद्ध विक्रम शाह मुख्य घटनाहरूगीर्वाणयुद्ध विक्रम शाह मृत्युगीर्वाणयुद्ध विक्रम शाह सन्दर्भ सामग्रीहरूगीर्वाणयुद्ध विक्रम शाह बाह्य कडीहरूगीर्वाणयुद्ध विक्रम शाहनेपालनेपालका राजारणबहादुर शाह

🔥 Trending searches on Wiki नेपाली:

सदर चिडियाखाना, नेपालनिबन्धलोकगीतगणितगजलआविष्कारकहरूको सूचीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासलेखा प्रणालीहनुमान जयन्तीजनता समाजवादी पार्टी, नेपालह्रस्व दीर्घ नियमनेपाल अङ्ग्रेज युद्धविकिसर्लाही जिल्लानेपालका प्रमुख नदीहरूको सूचीसरोज कुमार यादवसेता रक्त कोषगायत्री मन्त्रॐ नमः शिवायनेपालमा भूकम्पको इतिहासहिन्दी भाषाश्रीखण्डप्रविधिसूचना प्रविधिनयाँ वर्षचुत्रोनेपालका गाउँपालिकाहरूइलाम २ (निर्वाचन क्षेत्र)नेपाल टेलिकमअस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीमारुनी नाचअरनिकोसती प्रथाअनुराधा कोइरालाकार्यसम्पादन मूल्याङ्कननारायणगोपाल गुरूवाचार्यव्यवसायदिगो विकासका लक्ष्यहरूसंयुक्त राष्ट्रसङ्घका महासचिवऊर्जाकुलदेवताजुम्ला जिल्लापिनासपरराष्ट्र मन्त्रालय (नेपाल)इन्जिनियरिङविस्तृत शान्ति सम्झौतासंयुक्त राज्य अमेरिकामहिला सशक्तिकरणदार्जिलिङ चियानेपालका सहिदहरूकाठमाडौँलिच्छवि राज्यबाल अधिकारपुष्पलाल श्रेष्ठवीरेन्द्रनगर नगरपालिकासर्बियाझमक घिमिरेवर्ण विन्यासधान नाचनागरिक लगानी कोषउत्प्रेषणसूर्यविनायककृष्णचराजनशक्तिकवितामहेन्द्र राजमार्गआगोलेखनाथ पौड्यालपरिवर्तनीय लागतगुगलनाटकओखलढुङ्गा जिल्लामधेश प्रदेश सभाबसाइँ सराई🡆 More