कुशे औंसी

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्‍याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।

कुशे औंसी
कुशे औंसी
पिण्ड तयार गर्दै एक पुत्र
आधिकारिक नामपित्री औंसी
वैकल्पिक नामबाबुको मुख हेर्ने, गोकर्ण औंसी
अनुयायीहिन्दु
महत्त्वपित्री सम्मान
परिपालनश्राद्ध, तर्पण, दान, बाबुको सेवा
मितिभाद्र कृष्ण औंसी
कुशे औंसी
कुशे औंसीको अवसरमा बागमती नदी किनारमा श्राद्ध,तर्पण,दान गरिंदै
कुशे औंसी
पित्री उद्दारको कामना गर्दै बागमती नदीमा बगाइएको पिण्ड

कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपलशालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ ।'पितृदेवो भव'भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

मोतीजयन्ती

माध्यमिक कालीन नेपाली साहित्यका प्रणेता श्रृङ्गारिक युवा कवि मोतीराम भट्टको जन्मजयन्तीका रूपमा विशेष कार्यक्रम सहित ज्ञानअज्ञात साहित्यकारहरूप्रति समेत श्रद्धाञ्जली समर्पण गर्न मोतीरामका साहित्यको चर्चा र कथा, निबन्ध, कविता, अझ खासगरी गजल वाचनद्वारा भव्य र रमणीय श्रद्धाञ्जली कार्यक्रमहरू साहित्यिक संघसंस्था र विद्यालय महाविद्यालयहरूमा आयोजना गरिन्छन् ।

यो पनि हेर्नुहोस्

सम्बन्धित लेख

बुवा दिवस

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

सन्दर्भ

Tags:

कुशे औंसी मोतीजयन्तीकुशे औंसी यो पनि हेर्नुहोस्कुशे औंसी सम्बन्धित लेखकुशे औंसी सन्दर्भ सामग्रीहरूकुशे औंसी बाह्य कडीहरूकुशे औंसी सन्दर्भकुशे औंसी

🔥 Trending searches on Wiki नेपाली:

नौमती बाजादेवकुमारी थापाकोशी प्रदेश सभाविष्णुअर्थशिक्षण विधिबागमती नदीमहात्मा गान्धीह्रस्व दीर्घ नियमनिजीकरणनेपाल अधिराज्यको संविधान २०४७२०१६ ग्रीष्मकालीन ओलम्पिकनेपालको राष्ट्रिय जनगणनाकृषि विकास बैंकसङ्घीयताविश्वका प्रमुख शासन प्रणालीधनगढी उपमहानगरपालिकाबझाङ जिल्लाधीरेन्द्र प्रेमर्षिबलभद्र कुँवरजिल्ला समन्वय समितिसामन्तवादनेपाल सरकारका मन्त्रालयहरूदसैँकाँक्रे विहारराशि-चक्रअरनिकोसङ्ग्रहालयअलङ्कार (साहित्य)सरकारी बजेटकुमारी बैंकस्थानीय तह निर्वाचन, २०७४कपिलवस्तु जिल्लाजैविक लिङ्गअन्तिम संस्कारगोरखा जिल्लादार्चुला जिल्लाहुलाकी राजमार्गमलावीघोराही उपमहानगरपालिकानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूचाडपर्वनेपालका संरक्षित क्षेत्रहरूको सूचीसंविधाननेपालको कानूनी इतिहासबजारशास्त्रउदयपुर जिल्लालेखा प्रणालीगङ्गा नदीनवदुर्गानेपालका राजनीतिक दलहरूको सूचीराजनीतिक दलपूर्वीय चिन्तन परम्परानेपालका बैङ्कहरूको सूचीहरिभक्त कटुवालमारुनी नाचवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानदिनेश अधिकारीवडा कार्यालय (नेपाल)नेपाली परम्परागत नापका इकाईपरमादेशबाल अधिकारकुपोषणजनावरत्रिभुवन वीरविक्रम शाहयौन तथा प्रजनन स्वास्थ्य अधिकारचितवन राष्ट्रिय निकुञ्जजलवायु परिवर्तनजस्टिन बीबरशान्तिनगर गाउँपालिकाअर्घाखाँची जिल्लाप्रदेश प्रमुख (नेपाल)नागरिक उन्मुक्ति पार्टीतालबाराही मन्दिरहाम्रो नेपाली पार्टीसहकारीपारिजात (साहित्यकार)तिलिचो ताल🡆 More