होक्काइडो

होक्काइडो (जापानी: 北海道, अङ्गेजीः Hokkaido) जापानको दोस्रो ठूलो टापु हो । होक्काइडोमा रहेको सबैभन्दा ठूलो सहर साप्पोरो हो। होक्काइडोको उत्तरपूर्वमा कुरिल टापुहरू छन्, जुन रूसको सिमाना हो।

१६ औं शताब्दीसम्म होक्काइडोमा आइनु आदिवासीहरूले बसोबास गर्थे। जापानको शासन १७ औं शताब्दी सम्म ओशिमा प्रायद्वीपमा सीमित थियो। १८६९ मा, मेइजी पुनर्स्थापना पछि, जापान द्वारा यो टापू कब्जा गरिएको थियो, र होक्काइडो नामकरण गरिएको थियो। त्यस पछि, जापानी मुलका मानिसहरू यो टापुमा उपनिवेश गर्न थाले। र ऐनु मानिसहरूलाई तिनीहरूको भूमि समर्पण गर्न बाध्य पारियो। २१ औं शताब्दी सम्ममा, ऐनु समुदाय जापानी समाजमा बिलिन भयो ।

प्रारम्भिक इतिहास

जोमोन कालमा (करिब १५००० वर्ष पहिले) होक्काइडोमा मानिसको बसोबास सुरु भएको थियो। लगभग २००० वर्ष पहिले, याओई मानिसहरूले यहाँ उपनिवेश गरे र टापु को जनसंख्या सिकारी बाट कृषि पेशा तिर सारे। ७२० ईस्वीमा यस क्षेत्रको लिखित ईतिहास सुरु भएको प्रमाण निहोन शोकीमा लेखिएकोले थाह हुन्छ। निहोन शोकी अनुसार आबेनो हिराफु( Abe no Hirafu) ले ६५८ देखि ६६० सम्म ठूलो नौसेना र सेनाको नेतृत्व गरेर स्थानिय सङ्ग सम्पर्क गरेका थिए। नारा र हेयान काल (७१०-११८५) को समयमा, होक्काइडोका मानिसहरूले केन्द्रीय सरकारसँग व्यापार गर्थे। मध्य युगमा, होक्काइडोका मानिसहरूलाई इजो भन्न थालियो। र होक्काइडोलाई इजोची (蝦夷地) वा इजोगासिमा (蝦夷ヶ島) भनेर चिनिन थाल्यो।

मेइजी पुनर्स्थापना

मेइजी पुनर्स्थापना सम्म होक्काइडोलाई इजोची भनेर चिनिन्थ्यो। १८६८ मा बोशिन युद्धको केही समय पछि, एनोमोटो ताकेकीको नेतृत्वमा टोकुगावाको समूहले अस्थायी रूपमा यस टापुलाई कब्जा गर्‍यो, तर सो विद्रोह मे १८६९ मा निर्मूल गरियो। त्यसपछि सो क्षेत्रलाई जापानी मूल क्षेत्र मा गाभियो र होक्काइडो नामकरण गरियो।

दोस्रो विश्वयुद्ध

जुलाई 1945 को मध्य मा, होक्काइडोका विभिन्न बन्दरगाहहरु, शहरहरु र सैन्य सुविधाहरुमा अमेरिका नौसेना को टास्क फोर्स ३८ ले आक्रमण गरेकाे थियो। जापानीले आत्मसमर्पण गर्नु अघि, सोभियत संघले होक्काइडोमा आक्रमणको तयारी गरेको थियो, तर सो योजना पुरा गरिएन।

हाल

१९४७ मा स्थानीय स्वायत्तता कानून लागु भएपछि होक्काइडो अन्य प्रिफेक्चरहरूसँग बराबर भयो। जापानको केन्द्रीय सरकारले होक्काइडो विकास एजेन्सी (北海道開発庁, Hokkaido Kaihatsuchō) लाई प्रधानमन्त्री कार्यालयको एजेन्सीको रूपमा १९४९ मा स्थापना गर्‍यो। सो एजेन्सीलाई २००१मा भूमि, पूर्वाधार र यातायात मन्त्रालयमा मा समाहित गरियो।

जनसंख्या

होक्काइडो जापानको पाँच मुख्य टापुहरू मध्य तेस्रो-सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्र हो। २०२३ मा यहाँ काे जनसंख्या ५१,११,६९१ थियो। प्रति वर्ग किलोमिटरमा ६१ जना बासिन्दा भएको यो जापानमा सबैभन्दा कम जन-घनत्व भएको क्षेत्र हो। होक्काइडो विश्वका टापुहरू माझ जनसंख्यामा २१ औं स्थानमा पर्छ।

यो पनि हेर्नुहोस‍‍

सन्दर्भ सामाग्री

Tags:

होक्काइडो प्रारम्भिक इतिहासहोक्काइडो मेइजी पुनर्स्थापनाहोक्काइडो दोस्रो विश्वयुद्धहोक्काइडो हालहोक्काइडो जनसंख्याहोक्काइडो यो पनि हेर्नुहोस‍‍होक्काइडो सन्दर्भ सामाग्रीहोक्काइडो

🔥 Trending searches on Wiki नेपाली:

वेब ब्राउजरविकसित देशनेपालका गाउँपालिकाहरूकिराँत कालनिर्धन उत्थान बैंक लिमिटेडतामाङ जातिगाईसार्वभौमसत्ताबजारशास्त्रतनहुँ जिल्लाकीर्तिपुर नगरपालिकाइटहरी उपमहानगरपालिकाअर्थपहाडी प्रदेश (नेपाल)बझाङ जिल्लाऋग्वेदसाम्यवादमानव शरीरका अङ्गहरूको सूचीअल्पविकसित देशमुनामदनजनसाङ्ख्यिकीय लाभांशप्रतिनिधि सभा निर्वाचन, २०७४किराँत जातिमौरी पालनबुद्ध धर्मसर्लाही जिल्लामहिनादैलेख जिल्लाबौद्धिक सम्पत्तिकुसुम (फल)अपी हिमालसमाजशास्त्रघोडाघोडी तालअङ्कबौद्धनाथसप्तकोशी नदीनगर कार्यपालिकाशेर्पा जातिबर्दिया जिल्लागुल्मी जिल्लापूँजी बजारसुनवल नगरपालिकाआँकउच्च अदालतचाँगुनारायण मन्दिरमन्त्रनीति शाहएसियाशार्दूलविक्रीडित छन्दविप्रेषणनेपालका जातिहरूराउटे जातिहस्तमैथुनवेब्याक मेसिनमहाभारतमौरिससकालीगण्डकी जलविद्युत आयोजनाकृष्ण जन्माष्टमीजोखिम व्यवस्थापनचेकविज्ञानखस ब्राह्मणविवाह संस्कारमाथवरसिंह थापालेखनाथ पौड्यालप्रजातन्त्र दिवसटिकटकधर्मभक्त माथेमाक्यूआर कोडबालेन शाहभक्तपुर नगरपालिकामगर भाषाराष्ट्रिय भूकम्प सुरक्षा दिवसबर्बरचराब्याडमिन्टनप्रतापसिंह शाह🡆 More