ढोरपाटन शिकार आरक्ष

ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ। ढोरपाटन शिकार आरक्ष वि.सं.

२०४० (सन १९८३)मा स्थापित भयो र यसले वि.सं. २०४४ (सन १९८७)मा मात्र सरकारी मान्यता प्राप्त गर्‍यो। यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन। यो आरक्ष समुन्द्री सतहबाट २,८५० मिटर(९,३५० फिट) देखि ५,५०० मिटर(१८,००० फिट) उचाईमा अवस्थित छ ।

ढोरपाटन शिकार आरक्ष
ढोरपाटन शिकार आरक्ष
नेपालको नक्सामा ढोरपाटन शिकार आरक्ष
स्थाननेपाल
क्षेत्र१,३२५ km2
स्थापनासन् १९८७
निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

हावापानी

ढोरपाटन शिकार आरक्ष क्षेत्रमा आश्विन महिनाको शुरुवात सम्म वर्षात मौसम रहन्छ। यहाँ हिउँद मौसम दिनको तापक्रम न्युन रहने तथा जोडसँग हावा चल्ने गर्छ। माथिल्लो भेगमा बिहानी समयमा बादल तथा कुहिरोले ढाकिरहन्छ तर पछि हावा चलेर बादलहरू हट्न गई मौसम सफा हुने गर्छ। माघ तथा फाल्गुण महिना तिर यस क्षेत्रको तल्लो भेग सम्म नै हिउँ पर्ने गर्छ, त्यसकारण यहाँका स्थानीय बासिन्दाहरु छ महिना बुँकी र छ महिना अौल तिर बसाई सर्ने गर्दछन् ।

यसरी पुग्न सकिन्छ

यो ठाऊ बाग्लुङगको पश्चीम दिशामा पर्छ। बाग्लुङगको नाम चलेको बजार बुर्तिवागबाट पैदल १ दिन हिडेपछि ढोरपाटन पुग्न सकिन्छ। हाल ढोरपाटन उपत्यका सम्म यातायात पुगेको छ। बुर्तिवाङबाट ढोरपाटन सालझण्डी सडक भएर ढोरपाटन पुग्न सकिन्छ। सामान्यतया वुर्तिवाङबाट ३ घण्टामा ढोरपाटन उपत्यका पुगीन्छ। हाल जिप तथा साना प्रकारका बसहरू सो रूटमा चल्ने गर्दछन् ।

वनस्पति तथा वन्यजन्तुहरू

ढोरपाटन शिकार आरक्षमा गोब्रे सल्ला, सल्ला, भोजपत्र, लाली गुराँस, ठिँग्रे सल्ला, सिंदूर, धुपी तथा देबदारु लगायतका वनस्पतिहरू पाइन्छन्। अधिक मात्रामा जैविक सम्पदाको खानी मानिएको ढोरपाटन क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति उच्च पहाडी सिमसार क्षेत्र ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातीका चराचुरुङ्गी ८ सय ५२ नाउर, २ सय झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगुर लगायतका जंगली जनावर र पंक्षीहरू रहेका छन्।

सिकारको लागि प्रख्यात यस आरक्षमा पेशेवर सिकारीको लाईसेन्स प्राप्त सिकारीले ९ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रवधान रहेको छ। पछिल्लो जनगणना अनुसार आरक्षमा करिब ८ सय ५२ नाउर छन्। आरक्षमा रहेका हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, भुक्ने मृग, लुंगुरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरिएको छ।

ढोरपाटन शिकार आरक्ष

ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ। ढोरपाटन शिकार आरक्ष वि.सं.

ढोरपाटन शिकार आरक्ष वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-१६ मिति नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

हेर्नुहोस

Tags:

ढोरपाटन शिकार आरक्ष हावापानीढोरपाटन शिकार आरक्ष यसरी पुग्न सकिन्छढोरपाटन शिकार आरक्ष वनस्पति तथा वन्यजन्तुहरूढोरपाटन शिकार आरक्ष ‍‍‍ सन्दर्भ सामग्रीहरूढोरपाटन शिकार आरक्षशिकार

🔥 Trending searches on Wiki नेपाली:

कावासोती नगरपालिकाचितवन राष्ट्रिय निकुञ्जअर्थशास्त्रवडा कार्यालय (नेपाल)अलङ्कार (साहित्य)गोकर्णेश्वर नगरपालिकाउत्प्रेषणनेपालका राष्ट्रिय निकुञ्जहरूचाँगुनारायण मन्दिरमहावीर पुननेपालका गाउँपालिकाहरूनेपालका राष्ट्रिय विभूतिहरूपासाङ ल्हामु शेर्पाबाल अधिकारराष्ट्रिय स्वतन्त्र पार्टीनेपाली सेनाविराटनगर महानगरपालिकानागरिक उन्मुक्ति पार्टीधनगढी उपमहानगरपालिकासंयुक्त राष्ट्र महासभाकानूनअन्नप्राशन संस्कारपाथीभरा देवी (ताप्लेजुङ)जुन्को ताबेईस्नातक तहदार्चुला जिल्लागुगलभक्ति थापावासुदेव त्रिपाठीस्वयम्भूनाथमेमोरी (कम्प्युटर)बालीअङ्कोरवाटनेपालको पञ्चवर्षीय योजनाथापाबुधग्रहपहाडी प्रदेश (नेपाल)सङ्खुवासभा जिल्लाजनसङ्ख्या वृद्धि१ वैशाखइन्डोनेसियाघोराही उपमहानगरपालिकाउत्प्रेरणाकास्की जिल्लाजनमत सङ्ग्रह, २०३७ध्रुवचन्द्र गौतममानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८स्वर्गद्वारीमानव विकास चरणपरिवार नियोजनखस जातिधरान उपमहानगरपालिकालियोनेल मेसीदिनेश अधिकारीआन्तरिक लेखापरीक्षणसरकारी बजेटअर्घाखाँची जिल्लादेशान्तरमहान्यायाधिवक्ताको कार्यालयआमा समूहविक्सनरीबागमती प्रदेशप्रजनन स्वास्थ्यजलजला गाउँपालिकारेबिजभक्तपुर दरबार क्षेत्रसामाजिक विज्ञानअक्षरकवितासंयुक्त अधिराज्यतराईबाल विवाहनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीभूपरिवेष्ठित राष्ट्रसीताहोलीयोगमाया न्यौपानेसुर्खेत जिल्लाछुवाछुत🡆 More