ड्वेन जोनसन

डे्वेन डुग जोनसन (जन्म: सन् १९७२ मे २) एक अमेरिकी अभिनेता, चलचित्र निर्देशक, चलचित्र निर्माता तथा कुस्तीबाज हुन्। उनलाई आफ्नो कुस्ती खेलको नाम द रक ले चिनिन्छ।

ड्वेन जोनसन
Dwayne Johnson
ड्वेन जोनसन
मार्च २०१३ मा जोनसन
जन्मडे्वेन डुग जोनसन
(1972-05-02) २ मे १९७२ (उमेर ५१)
हेवार्ड, क्यालिफोर्निया, अमेरिका
पेशाकुस्तीबाज, अभिनेता
कार्यकाल१९९६–२००४; २०११–वर्तमान (कुस्तीबाज)
१९९९–वर्तमान (अभिनेता)
राजनीतिक दलरिपब्लिकन पार्टी
जीवनसाथीडेनी गारसिया (१९९७-२००७)
लोरेन हसैन (वि। २०१९–वर्तमान)
सन्तान
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामड्वेन जोनसन
फ्लेक्स कवना
रकी माइविया
द रक
उचाई६ फिट ५ इन्च (१.९६ मी)
तौल२७५ पाउन्ड (१२५ किग्रा)
उत्पत्तिमायामी
प्रशिक्षकपेट पिटरसन
रकी जनसन
टम प्रिचर्ड
पदार्पण१९९६

जनसन कलेजमा अध्ययन गर्दा एक फुटबाल खेलाडी थिए। सन् १९९१ मा उनी मायामी विश्वविद्यालयको राष्ट्रिय च्याम्पियनसिप टोलीमा सहभागी रहेका थिए। पछि उनले काल्ग्यारी स्टेमम्पेडेर्सको लागि क्यानेडियाली फुटबल लिगबाट खेले तर उनलाई सन् १९९५ मा दुई महिनाको लागि प्रतिबन्धित गरियो। जसको परिणाम स्वरूप उनले आफ्नो हजुरबुबा पिटर माइविया र बुबा रकी जनसन जस्तै कुश्तीबाज बन्ने निर्णय लिए। सन् १९९१ मा जोनसनले कुस्ती खेलमा पदार्पण गरेका हुन्। उनलाई डब्ल्युडब्ल्युएफद्वारा लोकप्रियता प्राप्त भयो जसलाई वर्तमान समयमा डब्ल्युडब्ल्युई भनेर चिनिन्छ। जनसनलाई छिट्टै 'रकी माइविया'को नामले एउटा राम्रो भूमिकामा पेश गरियो। पछि गएर उनले आफ्नो नाम 'द रक' राखे। डब्ल्युडब्ल्युएफमा आएको दुई वर्षमै उनले डब्ल्युडब्ल्युएफ प्रतियोगिता जिते र कम्पनीको इतिहासमा सर्वाधिक लोकप्रिय कुश्तीबाज बन्न पुगे।

जनसनलाई अहिले सम्मको महान कुश्तीबाज मध्ये एक मानिन्छ। उनले कुल १६ प्रतियोगिता जितेका छन् जिसमा नौ विश्व हेभिवेट प्रतियोगिता, दुई डब्ल्युडब्ल्युएफ अन्तर्खण्डीय प्रतियोगिता र पाँच डब्ल्युडब्ल्युएफ ट्याग टिम प्रतियोगिता सामेल छ।

जनसनको आत्मकथा 'द रक सेज...' सन् २००० मा प्रकाशित भएको थियो, जसलाई उनले जो लेडनसँग मिलेर लेखेको थिए। पुस्तकले न्यू योर्कको सर्वश्रेष्ठ बिक्री हुने किताबहरूको सूचीमा धेरै सातासम्म आफ्नो स्थान शीर्षमा सुरक्षित राखेको थियो। जनसनले मुख्य अभिनेताको रूपमा सन् २००२ मा बनेको हलिउड चलचित्र 'द स्कोर्पियन किङ' मा देखा परे। उनलाई यस चलचित्रको भूमिकाको लागि एक नयाँ अभिनेतालाई अहिलेसम्म दिइएको सबैभन्दा धेरै रकम, $५५ लाख दिइएको थियो। यस पछि उनले धेरै हिट फिल्ममा काम गरे, जसमा 'द रनडाउन', 'बी कुल', 'द गेम प्लेन', 'गेट स्मार्ट', 'रेस टु विच माउन्टेन', 'फास्टर' तथा 'फास्ट फाइभ' सामेल छ जसमा उनले भेन डिजेलपल वाल्करसँग काम गरेका छन्।

बाल्यकाल

प्रमुख चलचित्रहरू

वर्ष शीर्षक भूमिका नोटस्
२००१ 'द मम्मी रिटर्न्स्'
२००२ 'द स्कोर्पियन किङ' द स्कोर्पियन किङ
२००३ द रनडाउन' बेक
२००४ 'वाकिङ टल' च्रिस वौघन
२००५ 'बी कुल' इलोट विलहम
'डुम' सर्ग
२००७ 'द गेम प्लान' जोइ किङ्म्यान
२००८ 'गेट स्मार्ट' एजेन्ट २३
२००९ 'रेस टु विच माउन्टेन' ज्याक ब्रुनो
२०१० 'टुथ फेयरी' टुथ फेयरी
'द अदर गाइज' क्रिस्टोफर डेनसन
'फास्टर' जेम्स
२०११ 'फास्ट फाइभ' ल्युक हब्स
२०१२ 'जर्नी २' ह्यान्क परसन्स
२०१३ 'फास्ट एन्ड फ्युरियस ६' ल्युक हब्स
२०१४ 'हर्कुलस' हर्कुलस
२०१५ 'फ्युरियस ७' ल्युक हब्स
'सान एन्ड्रियास' रे गेन्स
२०१७ 'फास्ट ८' ल्युक हब्स
'बेवाच' मिथ बुचनोन
'जुमान्जी' डा ब्रेभस्टोन

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ड्वेन जोनसन बाल्यकालड्वेन जोनसन प्रमुख चलचित्रहरूड्वेन जोनसन सन्दर्भ सामग्रीहरूड्वेन जोनसन बाह्य कडीहरूड्वेन जोनसनअभिनेता

🔥 Trending searches on Wiki नेपाली:

युट्युबलिम्बू जातिनेपालमा दूरसञ्चार सेवाढुङ्गे युगकार्यालयकृष्णलक्ष्मीप्रसाद देवकोटानेपालको प्रमाणिक समयकोत पर्वअन्तर्राष्ट्रिय प्रमाणिक समयग्रीष्म ऋतुखड्गप्रसाद ओलीपानीतिलगङ्गा आँखा अस्पतालनेपालका गाउँपालिकाहरूरञ्जिता श्रेष्ठविस्तृत शान्ति सम्झौतासहरीकरणकार्कीकर्णाली प्रदेशनुवाकोट जिल्लासंयुक्त राष्ट्र विकास कार्यक्रमनेपालरारातालबेरोजगारीटिमुरमगर जातिनेपालका संरक्षित क्षेत्रहरूको सूचीसर्पगन्धाप्राथमिक उपचारबजारशास्त्रकमिलाआमा (वि.सं. २०२१ चलचित्र)वीरेन्द्र वीरविक्रम शाहनेपालका हिमालहरूको सूचीसहिद दिवसराष्ट्रिय सभा (नेपाल)नेपाली व्याकरणबैजनाथ गाउँपालिकाविकासशील देशग्वाङझाउस्वास्थ्यचाँगुनारायण मन्दिरनगरपालिकापाथीभरा देवी (ताप्लेजुङ)नेपाल ए क्रिकेट टिमदोधारा चाँदनी पुलगोपालप्रसाद रिमालसमाजवादउपमहानगरपालिकासंयुक्त अरब इमिरेट्ससूर्यनेपालको संविधान २०७२तानसेन नगरपालिकानेपाली साहित्यको इतिहासक्यानडाकम्पनीहावापानीदेशान्तरविकिवाग्नर समूहआन्ध्र महासागरनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीहनुमानअल्पविकसित देशमहिनावारीअर्घाखाँची जिल्लानेपाल सम्वत्लियोनेल मेसीलैङ्गिक समानताआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीगङ्गालाल श्रेष्ठमहान्यायाधिवक्ताको कार्यालयप्रभुराम शर्मा🡆 More