डब्ल्युडब्ल्युई

वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (अनुवाद: विश्व कुस्ती मनोरञ्जन) अथवा छोटकरीमा डब्ल्युडब्ल्युई एक अमेरिकी एकीकृत मिडिया तथा मनोरञ्जन कम्पनी हो जुन मुख्यतया व्यावसायिक कुस्तीको लागि प्रसिद्ध छ। डब्ल्युडब्ल्युई नामले व्यावसायिक कुस्ती प्रवर्द्धनलाई पनि जनाउँछ, जसलाई सन् १९५३ मा क्यापिटल कुस्ती निगमको रूपमा स्थापना गरिएको थियो। यो विश्वकै सबैभन्दा ठूलो कुस्ती प्रवर्द्धन कम्पनी समेत हो जसले ४५० भन्दा बढी प्रत्यक्ष कार्यक्रमहरू आयोजना गरेको छ। यस कार्यसूची मुख्यतया विश्वव्यापी रूपमा यात्रा गर्ने तीन ब्रान्डमा विभाजन गरिएको छ र यो २८ भाषामा विश्वभर ९० करोड घरहरूमा उपलब्ध छ। कम्पनीको विश्वव्यापी मुख्यालय स्ट्यामफोर्ड, कनेक्टिकटमा रहेको छ भने यसका कार्यालयहरू न्युयोर्क, लस एन्जलस, लन्डन, मेक्सिको सहर, मुम्बई, साङ्घाई, सिङ्गापुर, दुबई, म्युनिख र टोकियोमा अवस्थित छन्।

वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट, निगम (विश्व कुस्ती मनोरञ्जन)
व्यापार नाम
डब्ल्युडब्ल्युई
पूर्व नाम
टाइटन खेलकुद, निगम (सन् १९८०–१९९९)
विश्व कुस्ती सङ्घ, मनोरञ्जन निगम (सन् १९९९–२००२)
व्यवसाय प्रकार
सार्वजनिक
उद्योग
  • व्यावसायिक कुस्ती
  • खेलकुद मनोरञ्जन
  • स्ट्रिमिङ मिडिया
पूर्ववर्तीक्यापिटल कुस्ती निगम
स्थापित
  • जनवरी ७, १९५३; ७१ वर्ष पहिले (१९५३-०१-07) (प्रथम कार्यक्रम क्यापिटल कुस्ती निगम लिमिटेड अन्तर्गत)
  • फेब्रुअरी २१, १९८०; ४४ वर्ष पहिले (१९८०-०२-21) (टाइटन स्पोर्ट्स, निगम)
स्थापनाकर्ताहरू
जेस म्याकमेन वा भिन्सेन्ट जे म्याकमेन (क्यापिटल कुस्ती निगम लिमिटेडको रूपमा)
केन्द्रीय कार्यालय
अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
भिन्स म्याकमेन
(प्रमुख र कार्यकारी)
निक खान
(अध्यक्ष र प्रमुख राजस्व अधिकृत)
स्टेफिनी म्याकमेन
(प्रमुख ब्रान्ड अधिकृत)
ट्रिपल एच
(रणनीति र विकासको कार्यकारी उपप्रमुख)
उत्पादनहरू
  • चलचित्र
  • वित्त
  • गृह भिडियो
  • प्रत्यक्ष कार्यक्रम
  • महाजनी
  • सङ्गीत
  • प्रशारण
  • प्रवाह सञ्जाल सेवा
  • टेलिभिजन
सेवाहरूअनुमतिपत्र अनुसार
राजश्ववृद्धि $ ९७.४२ करोड (सन् २०२०)
परिचालन आय
वृद्धि $ २०.८६ करोड (सन् २०२०)
खुद आम्दानी
वृद्धि $ १२.१८ करोड (सन् २०२०)
कुल सम्पत्तिवृद्धि $ १.२ अर्ब (सन् २०२०)
कुल इक्विटीवृद्धि $ ३८.८८ करोड (सन् २०२०)
कर्मचारी सङ्ख्या
अनुमानित ८५० (सन् २०१७)
विभागडब्ल्युडब्ल्युई पुस्तक, डब्ल्युडब्ल्युई गृह भिडियो, डब्ल्युडब्ल्युई पुस्तकालय, डब्ल्युडब्ल्युई सङ्गीत समूह, डब्ल्युडब्ल्युई सञ्जाल, डब्ल्युडब्ल्युई प्रदर्शन केन्द्र, डब्ल्युडब्ल्युई पसल, डब्ल्युडब्ल्युई स्टुडियो
सहायक कम्पनीहरूट्यापआउट (५०%), टिएसआई रियल्टी कम्पनी, डब्ल्युसिडब्ल्यु, डब्ल्युडब्ल्युई एसिया प्रशान्त, डब्ल्युडब्ल्युई अस्ट्रेलिया, डब्ल्युडब्ल्युईक्यानडा, डब्ल्युडब्ल्युई जर्मनी, डब्ल्युडब्ल्युई जेट सेवा, डब्ल्युडब्ल्युई दक्षिण अमेरिका, डब्ल्युडब्ल्युई मध्यपूर्व र अफ्रिका, डब्ल्युडब्ल्युई अन्तर्राष्ट्रिय
वेबसाइटwwe.com

अन्य व्यावसायिक कुस्ती पदोन्नतिमा जस्तै, डब्ल्युडब्ल्युईका कार्यक्रमहरू वैध प्रतियोगिताहरू होइनन् तर मनोरञ्जनमा आधारित प्रदर्शन हुन् जसमा खेलहरू चालित, लिपिकृत, र आंशिक रूपमा तय गरिएका हुन्छन्। तथापि, खेलमा प्रायः यस्ता चालहरू समावेश हुन्छन्। यदि सही तरिकाले प्रदर्शन गरिएन भने कुस्ती खेलाडीलाई चोटपटक लाग्ने, मृत्युसमेत हुन सक्ने खतरा हुन्छ। कुस्तीको पूर्व निर्धारित पक्षलाई सन् १९८९ मा डब्ल्युडब्लूईका मालिक भिन्स म्याकमेन बाहिर ल्याएका थिए जसले खेलकुद आयोगको करबाट बच्न सार्वजनिक रूपमा स्वीकार गरेका थिए। डब्ल्युडब्ल्युईले आफ्नो उत्पादनलाई खेलकुद मनोरञ्जनको रूपमा ब्रान्ड गर्दछ र यसले कुस्तीलाई प्रतिस्पर्धात्मक खेल र नाटकीय रङ्गमञ्च भनि चिनाएको छ।

कम्पनीको बहुमत मालिक यसको अध्यक्ष र कार्यकारी, तेस्रो पीढीका कुस्ती प्रबर्द्धक भिन्स म्याकमेन हुन्। उनमा कम्पनीको स्टकको ४२% स्वामित्व र ७०.५% मतदान शक्ति रहेको छ। हालको संस्था सन् १९८० फेब्रुअरी २१ मा समावेश भएको थियो। यस संस्थालाई पहिले टाइटन खेलकुद, निगमको नामले चिनिन्थ्यो। सोही वर्ष म्यासेचुसेट्स, दक्षिण यारमाउथ यो संस्थाको स्थापना भएको थियो। यसले सन् १९८२ मा विश्वव्यापी कुस्ती सङ्घ (डब्ल्युडब्ल्युएफ) भनेर चिनिने विश्व कुस्ती सङ्घको नियन्त्रण कम्पनी, क्यापिटल कुस्ती निगम लिमिटेडलाई अधिग्रहण गरेको थियो। टाइटनलाई सन् १९९९ मा विश्व कुस्ती सङ्घ मनोरञ्जन, निगम र त्यसपछि सन् २००२ मा हालको विश्व कुस्ती मनोरञ्जन, निगमको नाम दिइएको थियो। सन् २०११ देखि कम्पनीले आधिकारिक रूपमा आफूलाई डब्ल्युडब्ल्युई को रूपमा मात्र ब्रान्डिङ गरेको छ, यद्यपि कम्पनीको कानुनी नाम परिवर्तन गरिएको छैन।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

टोकियोदुबईमुम्बईलन्डनलस एन्जलससाङ्घाईसिङ्गापुर

🔥 Trending searches on Wiki नेपाली:

नेपालका बैङ्कहरूको सूचीमहेन्द्र वीरविक्रम शाहनेपाली शब्दकोशनेपाल बैंकनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थावाच्य (व्याकरण)माटोनेपालको निसानछापफुटबल खेलजनमत सङ्ग्रह, २०३७झमक घिमिरेबागमती प्रदेश सभाव्यवस्थापिकाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीमहालेखा नियन्त्रकको कार्यालयअब्राहम लिङ्कनविसं १९९० को महाभूकम्पनेपालमा खेलकुदबलभद्र कुँवरस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल)रातो मच्छिन्द्रनाथको रथयात्राबागमती नदीजापानकर्णाली प्रदेशतामाङ जातिमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीशार्दूलविक्रीडित छन्दसामुदायिक वनओजोन तहधतुरोरामचन्द्र पौडेलमृगौलाराजतन्त्ररानीमहलकृषिपारिजात (साहित्यकार)नेपालमा दूरसञ्चार सेवानेपाल राष्ट्र बैङ्कगौरा पर्वबिनायोसिद्धिचरण श्रेष्ठलेखा प्रणालीसर्पगन्धारत्ननगर नगरपालिकानेपालमा पाइने चराहरूको सूचीसङ्गठनसंस्कृतिबाजुरा जिल्लामहाकाव्यविद्यादेवी भण्डारीविसं २०७२ को महाभूकम्पनेपालमा महिला अधिकारशिक्षण विधिविकिपिडियाखनिजगतिकतार एयरवेजसात सालको क्रान्तिकमिलामहोत्तरी जिल्लाचाडपर्वगरिबीपुनर्जन्मदोहाउखुनेपालमा पर्यटनमष्टो देवतानेपालको जनआन्दोलन २०६३संयुक्त अरब इमिरेट्सस्थानीय कार्यपालिकाविराटनगर महानगरपालिकामानव संसाधन व्यवस्थापन🡆 More