जेन्डेया: अमेरिकी अभिनेत्री र गायिका

जेन्डेया मेरी स्टोएर्मर कोलेमन (/zɛnˈdeɪ.ə/; जन्म सेप्टेम्बर १, १९९६) एक अमेरिकी अभिनेत्री र गायिका हुन्। डिज्नी च्यानलको धारावाहिक सेक इट अप (सन् २०१०–२०१३) मा रकी ब्लूको भूमिकाको लागि ख्याती प्राप्त गर्नु अघि, उनले एक बाल कलाकार र पृष्ठभूमि नर्तकीको रूपमा आफ्नो अभिनय सुरु गरेकी थिइन्।

जेन्डेया
Zendaya
जेन्डेया: प्रारम्भिक जीवन, कार्यकाल, अन्य उद्यम
सन् २०१९ मा 'स्पाइडर-म्यान: फार फ्रम होम'को प्रचार कार्यक्रममा जेन्डेया
जन्मजेन्डेया मेरी स्टोएर्मर कोलेमन
(1996-09-01) १ सेप्टेम्बर १९९६ (उमेर २७)
ओकल्यान्ड, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशा
  • अभिनेत्री
  • गायिका
कार्यकालसन् २००९–वर्तमान
साङ्गीतिक जीवन
विधा
  • आर एन्ड बी
  • पप
वाद्ययन्त्रभोकल
लेबल
वेबसाइटzendaya.com
हस्ताक्षर
जेन्डेया: प्रारम्भिक जीवन, कार्यकाल, अन्य उद्यम

सन् २०१३ मा जेन्डेया प्रतियोगितात्मक शृङ्खला डान्सिङ विथ द स्टार्सको सोह्रौँ संस्करणमा एक प्रतिस्पर्धीको रूपमा देखापरेकी थिइन्। सन् २०१५ देखि २०१८ सम्म उनले शीर्षक जासुस, के.सी. कूपरको रूपमा धारावाहिक के.सी. अन्डरकभरमा अभिनय र निर्माण गरेकी थिइन्। एचबीओ नाटक शृङ्खला युफोरिया (सन् २०१९) मा उनको अभिनयले उनलाई नाटक शृङ्खलामा उत्कृष्ट मुख्य अभिनेत्रीको लागि प्राइमटाइम एमी पुरस्कार जित्ने सबैभन्दा कान्छी व्यक्ति बनाएको थियो। उनको चलचित्र भूमिकाहरूमा साङ्गीतिक नाटक चलचित्र द ग्रेटेस्ट सोम्यान (सन् २०१७) र सुपरहिरो चलचित्र स्पाइडर-म्यान: होमकमिङ (सन् २०१७) र यसको उत्तरकथा, स्पाइडर-म्यान: फार फ्रम होम (सन् २०१९) समावेश छन्।

जेन्डेयाले सन् २०११ मा स्वतन्त्र गीत "स्वाग इट आउट"बाट आफ्नो सङ्गीत कार्यकाल सुरु गरेकी थिइन्। सोही वर्ष बेला थोर्नको साथमा "वाच मी" गीत सार्वजनिक गरेकी थिइन्। उनले सन् २०१२ मा हलिउड रेकर्डसँग हस्ताक्षर गर्दै आफ्नो पहिलो एकल गीत, "रिप्ले" सार्वजनिक गरेकी थिइन् जुन संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १०० सङ्गीत तालिकामा ४०औँ स्थानमा पुग्न सफल भएको थियो। सन् २०१३ मा उनको स्व-शीर्षक पहिलो स्टुडियो एल्बम बिलबोर्ड २०० साङ्गीतिक सङ्गालो तालिकाको ५१औँ स्थानमा पर्दापण गरेको थियो। "द ग्रेटेस्ट सोम्यान" साउन्डट्र्याकबाट लिइएको "रिराइट द स्टार्स" सन् २०१८ मा एकल गीतको रूपमा सार्वजनिक भएको थियो। यो गीत बेलायतअस्ट्रेलियाका राष्ट्रिय सङ्गीत तालिकाको शीर्ष २०औँ स्थानमा पुगेको थियो। बेलायतअमेरिकामा प्लेटिनम र अस्ट्रेलियामा दोहोरो प्लेटिनम प्रमाणित गरिएको थियो।

प्रारम्भिक जीवन

उनको जन्म सेप्टेम्बर १, १९९६, मा ओकल्यान्ड, क्यालिफोर्नियामा क्लेयर मेरी (स्टोइमर) र काजेम्बे आजमू (जन्म समुएल डेभिड कोलेमन)की एक मात्र सन्तानको रूपमा भएको थियो। उनका बुबातर्फ उनका पाँच जना दाजु र दिदीहरू छन्। उनका बुबा अफ्रिकी-अमेरिकी हुन्, जसका वंशजहरू आर्कान्समा छन्, जबकि उनको आमाका पुर्खाहरू जर्मनेली र स्कटल्यान्डेली मूलका हुन्। जेन्डेयाको नाम सोना भाषाको शब्द तेन्दायीबाट आएको हो, जसको अर्थ "धन्यवाद दिनु" भन्ने हुन्छ। उनी ओरिन्डा, क्यालिफोर्नियामा नजिकैको क्यालिफोर्निया सेक्सपियर थिएटरमा बाल कलाकारको रूपमा हुर्केकी थिइन्, जहाँ उनकी आमा घर ब्यकस्थापकको रूपमा काम गर्थिन्। उनले रङ्गमञ्चमा विद्यार्थी संरक्षण कार्यक्रममा प्रशिक्षण पनि लिएकी थिइन्। ओक्ल्यान्ड स्कूल फर द आर्ट्समा पढ्दै गरेको बेलामा उनी धेरै पटक रङ्गमञ्चमा पनि देखा परेकी थिइन्। उनले बर्कले प्लेहाउसमा वन्स अन दिस आइल्यान्डमा लिटिल टी माउन र पालो आल्टोको थिएटरवर्क्समा क्यारोलिन, अर चेन्जमा ब्रेकआउट भूमिका पुरुष पात्र जोको रूपमा अभिनय गरेकी थिइन्।

आठ वर्षको उमेरमा, जेन्डेया हिप-हप र हुला नृत्यमा केन्द्रित फ्युचर सक ओकल्यान्ड नामक नृत्य समूहमा सामेल भएकी थिइन् र तीन वर्षसँम सदस्यको रूपमा रहेकी थिइन्।

उनले क्याल्ससेक्स कन्जर्वेटरी प्रोग्राम र अमेरिकी कन्जर्वेटरी थिएटरमा अध्ययन गरेकी थिइन्। उनको अन्य रङ्गमञ्च प्रस्तुतिहरूमा विलियम सेक्सपियरको रिचर्ड III, ट्वेल्फ्थ नाइट, र अ्याज यू लाइक इट समावेश छन्।

कार्यकाल

२००९–२०१५: सेक इट अपडान्सिङ विथ द स्टार्स

जेन्डेया: प्रारम्भिक जीवन, कार्यकाल, अन्य उद्यम 
२०११ मा जेन्डेया सेक इट अपको प्रचार गर्दै

जेन्डेयाले मेसिज, मेर्भेन्स र ओल्ड नेभीका लागि फेसन मोडलको रूपमा काम गर्दै आफ्नो व्यावसायिक कार्यकाल सुरु गरेकी थिइन्। उनले आइकार्लीको खेलौनाको एक विज्ञापनमा पनि काम गरेकी थिइन्। पछि जेन्डेया डिज्नी अभिनेत्री सेलेना गोमेजको विशेषता रहेको सिअर्स विज्ञापनमा पृष्ठभूमि नर्तकीको रूपमा देखा परेकी थिइन्। सन् २००९ मा, उनी "हट एन्ड कोल्ड" गीतको आवरणको लागि किड्ज बोप साङ्गीतिक भिडियोमा विशेष कलाकारको रूपमा रहेकी थिइन्, जुन किड्ज बोप १५ मा सार्वजनिक गरिएको थियो। नोभेम्बर २००९ मा उनले डान्स डान्स सिकागो, (पछि सेक इट अप! मा परिवर्तन गरिएको), को कलाकारको सूचीमा सम्मिलित हुन सिसी जोन्सको भूमिकाका लागि परीक्षण प्रस्तुति दिएकी थिइन्, तर त्यसको सट्टा रकी ब्लूको रूपमा छनोट भएकी थिइन्। उनको परीक्षण प्रस्तुतिका लागि, उनले माइकल ज्याक्सनको "लिभ मी अलोन" नामक गीत प्रदर्शन गरेकी थिइन्। सेक इट अपको नोभेम्बर ७, २०१० मा सार्वजनिक भएको थियो, र यसलाई ६२ लाख दर्शकहरूले हेरेका थिए, जुन डिज्नी च्यानलको २७-वर्षको इतिहासमा दोस्रो उच्च मुल्याङ्कन प्राप्त कार्यक्रम बन्न सफल भयो। सन् २०११ मा जेन्डेयाले "स्वाग इट आउट" सार्वजनिक गरेकी थिइन्, जुन एक प्रचारमुखी एकल गीत थियो। यो गीत बबी ब्रेकिन्सले लेखेर ग्लेन ए फोस्टरले निर्माण गरेका थिए। उनले केटी एलेन्डरको "फ्रम ब्याड टु कर्सड" पुस्तकको ट्रेलरमा पनि अभिनय गरेकी थिइन्। सोही वर्ष, उनले जुन २१ मा बेला थोर्नको विशेषता रहेको "वाच मी" जारी गरेकी थिइन्। उक्त गीत बिलबोर्ड हट १०० मा ८६ मा पुगेको थियो। सेक इट अपको दोस्रो संस्करण मार्च १६, २०११ मा घोषणा गरिएको थियो, र सेप्टेम्बर १८, २०११ मा यसलाई सार्वजनिक गरिएको थियो। जुन ५, २०११ मा, सेक इट अप, गुड लक चार्लीसँग संयुक्त शृङ्खलामा प्रस्तुत गरिएको थियो थियो। जेन्डेयाले मेक योर मार्क: अल्टिमेट डान्स अफ २०११ को आयोजना गरेकी थिइन्।

उनले सन् २०१२ मा डिज्नी च्यानलको मूल चलचित्र फ्रेनेमिसबाट चलचित्र क्षेत्रमा पर्दापण गरेकी हुन्। फेब्रुअरी २९, २०१२ मा, लाइभ २ डान्सको लागि प्रचारमुखी एकल गीतको रूपमा "समथिङ टू डान्स फर" सार्वजनिक गरिएको थियो। उक्त श्रव्यको लागि, जेन्डेयाले तीन अन्य गीतहरू पनि रेकर्ड गराएकी थिइन् जसमा "मेड इन जापान," "सेम हार्ट", र "फेसन इन क्रिटोनाइट" लगायतका गीतहरू समावेश छन् जुन प्रचारमुखी एकलका रूपमा सार्वजनिक गरिएको थिए। सेप्टेम्बर २, २०१२ मा, उनले हलिउड रेकर्ड्समा हस्ताक्षर गरेकी थिइन्। अक्टोबरमा, जेन्डेयाले किशोर सङ्गीत समारोह र अपरेसन स्माइलमा प्रदर्शन प्रस्तुत गरेकी थिइन्।

सन् २०११ मा, खुद्रा व्यापार शृङ्खलाहरूले टिभी शृङ्खला सेक इट अपमा जेन्डेया र अन्य कलाकारहरूले लगाएको लुगाबाट प्रेरित हुँदै डि-साइन्ड नामक कपडाको शृङ्खला बेच्न सुरु गरेका थिए।

जेन्डेया: प्रारम्भिक जीवन, कार्यकाल, अन्य उद्यम 
२०१३ मा जेन्डेया

फेब्रुअरी २०१३ मा, जेन्डेया डान्सिङ विथ द स्टार्सको सोह्रौँ संस्करणमा प्रतिस्पर्धा गर्ने हस्तिहरू मध्ये एकको रूपमा घोषित भएकी थिइन्। १६ वर्षको उमेरमा, उनी कार्यक्रममा भाग लिने अहिले सम्मको सबैभन्दा कान्छी प्रतिस्पर्धी थिइन्, पछि विलो शिल्ड्सले १४ वर्षको उमेरमा २०औँ संस्करण मा भाग लिएकी थिइन्। उनले पछि व्यावसायिक नर्तक भ्यालेन्टीन चेरकोभस्कीसँग साझेदारीमा थिइन्। मेमा, केली पिकलर र डेरेक हफको जोडी विजेता बनेका थिए भने उनीहरू उप-विजेता बनेका थिए। उनको स्व-शीर्षक डेब्यू एल्बम सेप्टेम्बर १७, २०१३ मा सार्वजनिक गरिएको थियो। यो जुलाई १६, २०१३ मा जारी गरिएको सफल एकल गीत "रिप्ले"द्वारा सुरु गरिएको थियो। यो गीत टिफनी फ्रेड र पल "फेमस" शेल्टनले लेखेका थिए। उक्त गीतको साङ्गीतिक श्रव्य दृश्यलाई कोलेमनले जुन २०१३ मा, छायाङ्कन पूरा गरेको थियो। जुलाई २५ मा, डिज्नी च्यानलले तेस्रो सत्रको अन्त्य पछि सेक इट अप कार्यक्रम रद्द हुने पुष्टि गरेको थियो।

६ अगस्त २०१३ मा, जेन्डेयाले आफ्नो पहिलो पुस्तक, बिटवीन यू एन्ड मी: हाउ टु रक योर टुइन इयर्स विथ स्टाइल एन्ड कन्फिडेन्स सार्वजनिक गरेकी थिइन्। स‍ोही महिनामा, उनलाई १६ वर्षे जोए स्टिभन्सको रूपमा, डिज्नी च्यानल मूल चलचित्र ज्याप्डमा मुख्य चरित्रमा चयन गरिएको थियो। चलचित्रमा उनको "स्मार्ट फोनले कुनै न कुनै तरिकाबाट वरिपरिका सबै केटाहरूलाई नियन्त्रण गरेको दृश्य समावेश छ। नोभेम्बर २०१३ मा, जेन्डेयालाई एल्विस दुरानको महिना कलाकारको रूपमा चयन गरिएको थियो जसलाई एनबीसीको टुडे नामक कार्यक्रममा प्रस्तुत गरिएको थियो, जहाँ उनले प्रत्यक्ष रूपमा उनको एकल गीत "रिप्ले" प्रदर्शन गरेकी थिइन्। सोही महिनामा, उनी सुपर असम केटी नामक डिज्नी च्यानल पाइ।लटमा मुख्य भूमिकामा चयन भएकी थिइन्। शृङ्खला अब के.सी. अन्डरकभर शीर्षक अन्तर्गत, र जेन्डायाको चरित्र अब केटी कूपरको सट्टा के.सी. कूपरको नामसँग, यो डिज्नी च्यानलद्वारा शृङ्खलाका लागि मे २०१४ मा आदेश गरिएको थियो। सन् २०१७ मा, जेन्डेयाले भनेकी थिइन् कि उनको चरित्रको नामकरण र शृङ्खलाको पुन: निर्माण र चरित्रको व्यक्तित्वका धेरै प्रमुख तत्वहरू निर्णय गर्नमा उनको ठूलो प्रभाव थियो। के.सी. अन्डरकभर डिज्नी च्यानलमा जनवरी १८, २०१५ मा प्रिमियर भयो र मे २०१५ मा दोस्रो सत्रको लागि नवीकरण गरिएको थियो।

सन् २०१४ मा, जेन्डेया प्रोजेक्ट रनवे: अन्डर द गनको एक एपिसोडमा अतिथि जज थिइन्। एपिसोडमा, प्रतिस्पर्धी डिजाइनरहरूलाई आगामी कन्सर्टको प्रदर्शनमा जेन्डेयाको लागि पोशाक बनाउनको लागि चुनौती दिइएको थियो।

फेब्रुअरी २०१५ मा, ८७औँ एकेडेमी पुरस्कारमा उनको कपालको "पचौली तेल" र "खरपतवार" को गन्धको सन्दर्भमा, जेन्डेयाको बारेमा जियुलियाना रानिकद्वारा गरिएको मजाक पछि, जेन्डेयाले टिप्पणी सम्बोधन गर्न को लागि तुरून्त इन्स्टाग्राम लिएकी थिइन् र भनेकी थिइन् कि धेरै सफल मानिसहरूसँग "लोक्स" छन्, एक हेयरस्टाइल जसको ड्रग्ससँग कुनै सरोकार छैन। म्याटेलले उनको ओस्कार लुकको नक्कल गर्दै जेन्डायालाई उनको आफ्नै बार्बीको साथ सम्मान गरेको थियो।

अर्को महिना, सङ्गीतकार टिम्बाल्यान्डले पुष्टि गरे कि डिज्नीबाट रिपब्लिकमा रेकर्ड लेबल स्विच गरेपछि उनी जेन्डेयासँग उनको दोस्रो एल्बममा काम गर्दै थिए। क्रिस ब्राउनको विशेषता रहेको "समथिङ न्यू" फेब्रुअरी ५ मा हलिउड रेकर्ड्स र रिपब्लिक रेकर्ड्स मार्फत रिलिज गरिएको थियो। रिपब्लिक रेकर्डमा हस्ताक्षर गरेपछि गीतले यसलाई उनको पहिलो आधिकारिक रिलिजको रूपमा चिह्नित गर्दछ। अगस्त २०१५ मा, जेन्डेयाले उनको जूता सङ्ग्रह, डेया, जुन उनको बाल्यकालको उपनाम थियो, सुरु गरेकी थिइन्।

२०१६–वर्तमान: चलचित्र सफलता र युफोरिया

जेन्डेया: प्रारम्भिक जीवन, कार्यकाल, अन्य उद्यम 
२०१६ सान डिएगो कमिक-कनमा जेन्डेया स्पाइडर-म्यान: होमकमिङ प्रचार गर्दै

४ नोभेम्बर, २०१६ मा, जेन्डेयाको कपडा शृङ्खला, डेया बाय जेन्डेया, बिक्रीमा गएको थियो। उक्त डिसेम्बर महिनामा, उनी प्रोजेक्ट रनवेको १५औँ सत्रको समापनमा अतिथि निर्णायकको रूपमा रहेकी थिइन्।

जेन्डेयाले जुलाई २०१७ मा प्रदर्शनमा आएको सुपरहिरो चलचित्र स्पाइडर-म्यान: होमकमिङमा मिसेलको रूपमा आफ्नो प्रमुख चलचित्रको सुरुवात गरेकी थिइन्। यस चलचित्रले पहिलो साताको अन्त्यमा ११७ मिलियन डलर कमाएको थियो, जुन बक्स अफिसमा पहिलो स्थानमा रहेको थियो। द हलिउड रिपोर्टरका जोन डेफोरले उनलाई "दृश्य चोर" को रूपमा प्रशंसा गरेका थिए, जबकि इन्डिवायरका डेभिड एरलिचले उनलाई संक्षिप्त प्रदर्शनको समयको बावजुद चलचित्रको "सबैभन्दा मूल्यवान खेलाडी" भनेका थिए। अगस्ट २०१७ मा, जेन्डेया ब्रुनो मार्सको गीत वर्सास अन द फ्लोर" को लागि साङ्गीतिक श्रव्य दृश्यमा देखा परेकी थिइन्। डिसेम्बर २०१७ मा, जेन्डेयाले ह्यु ज्याकम्यान, ज्याक एफ्रोन, मिसेल विलियम्स, र रिबेका फर्गुसनसँग साङ्गीतिक चलचित्र द ग्रेटेस्ट सोम्यान सह-अभिनय गरेकी थिइन्। उनले एनी ह्वीलर नामको ट्रापेज कलाकारको रूपमा चित्रण गरेकी थिइन् जसले एफ्रोनको चरित्र फिलिप कार्लिललाई माया गर्छिन्, जुन समयमा अन्तरजातीय प्रेमलीला वर्जित थियो। चलचित्रले आलोचकहरूको मिश्रित समीक्षा प्राप्त गरेता पनि यो व्यावसायिक रूपमा सफल भएको थियो। जेन्डेयाको अभिनयका साथै एफ्रोनसँगको सहकार्यलाई पनि विशेष प्रशंसा गरिएको थियो। समालोचक ओवेन ग्लेबर्मनले भेराइटी (अनुवादित शीर्षक: विविधता) नामक पत्रिकामा लेखेका थिए, "एफ्रोन र जेन्डायाको भयानक सहकार्य छ - तिनीहरू एक अर्कालाई खोज्न कहिल्यै रोक्दैनन्।"

जेन्डेयालाई फेसन वेबसाइट नेट-ए-पोर्टरद्वारा राम्रो लुगा लगाएका महिलाहरू मध्ये एक स्थान दिइएको थियो। उक्त सेप्टेम्बर महिनामा, वार्नर ब्रदर्सले एनिमेटेड चलचित्र स्मलफुट सार्वजनिक गरेको थियो, जसमा जेन्डायाले यती मीचीको आवाज दिएकी थिइन्। अर्को महिना, टोमी हिलफिगरले जेन्डेयालाई ब्रान्डको नयाँ विश्वव्यापी महिला राजदूतको रूपमा हस्ताक्षर गरेको थियो, जुन उनीहरूको मुख्य शृङ्खला अभियान र टोमी x जेन्डेया सम्पुटिका सङ्ग्रह सृजनामा देखा परेको थियो। फेब्रुअरी २०१९ मा, उनी सौन्दर्य प्रसाधन कम्पनी लन्कोमकी प्रवक्ता भएकी थिइन्।

जुन २०१९ मा, जेन्डेयाले एचबीओ नाटक शृङ्खला युफोरियामा अभिनय गर्न सुरु गरेकी थिइन् जुन इजरायली शृङ्खलाको यही नामको अनुकूलन थियो। उनले रु, लागु औषध दुर्व्यसनीमा फसेकी १७ वर्षीया केटी र शृङ्खलाको कथावाचकको भूमिका खेलेकी थिइन्। इन्डिवायरका बेन ट्राभर्सले उनलाई "हरेक मोडमा असाधारण" भनेर सम्बोधन गर्दै लेखेका थिए, "उनी क्षणिकमा हृदय विदारक क्षमता थप्छिन् जब उनको घुमाउरो चरित्र नाजुकको सट्टा अजेय महसुस गर्दछ"। द गार्जियनकी रेबेका निकोलसनले उनको अभिनयलाई "आश्चर्यजनक" र "मन्त्रमुग्ध" मानेकी थिइन्, जबकि द न्यु योर्करका डोरेन सेन्ट फेलिक्सले उनलाई शृङ्खलाको "सर्वश्रेष्ठ भाग" मानेका थिए। उनको अभिनयका लागि, उनले नाटक शृङ्खलामा उत्कृष्ट मुख्य अभिनेत्रीको लागि प्राइमटाइम एमी पुरस्कार जितेकी थिइन् र पुरस्कार जित्ने सबैभन्दा कान्छी व्यक्ति बनेकी थिइन्। सन् २०१९ को अन्त्यमा, उनले जुलाई २, २०१९ मा सार्वजनिक गरिएको स्पाइडर-म्यान: फार फ्रम होममा एमजेको भूमिकालाई पुनःप्रदर्शन गरेकी थिइन्, जुन व्यावसायिक सफलता भएको थियो।

जेन्डायाले आगामी विज्ञान काल्पनिक चलचित्र ड्युन, उही नामको सन् १९६५ को उपन्यासको रूपान्तरण, मा चानीको चरित्र चित्रण गर्नेछिन्, जसमा टिमोथी चेलमेट पनि छन्। उनी अनीता हेमिङ्ग्सको रूपमा अ ह्वाइट लाईमा अभिनय र उत्पादन गर्नेछिन्, एक अफ्रिकी-अमेरिकी महिला जो दासहरूको वंशज थिइन् र सेतो व्यक्तिको रूपमा उत्तीर्ण भएकी थिइन्, ताकि उनी १८९० को दौरान भासार कलेजमा पढ्न सकून्। उनी एन्सेल एल्गोर्ट र जेक जिलेनहालसँग अपराध प्रधान चलचित्र फिनेस्ट काइन्डमा पनि देखा पर्नेछिन्। जुलाई २०२० मा, जेन्डेयालाई आगामी चलचित्र माल्कम एन्ड मेरीमा नेतृत्वको रूपमा घोषणा गरीएको थियो। कोभिड १९ माहामारीको बेलामा गोप्य रूपमा चित्रित गरिएको, यसमा जोन डेभिड वासिङ्टन सह-कलाकार छन्, र साम लेभिन्सन द्वारा निर्देशित थियो, जससँग उनले युफोरियामा सहकार्य गरेकी थिइन्।

अन्य उद्यम

सन् २०१२ मा, जेन्डेया कान्भोई अफ होप नामक संस्थाका लागि राजदूत बनेकी थिइन्। उनले जोन लेजेन्डको सन् २०१३ को गीत "अल अफ मी", रेकर्ड (कैद) गर्दै त्यसको केही अंश संस्थामा दान दिएकी थिइन्। उनले हाइटी, तन्जानिया र फिलिपिन्सका १५० भन्दा बढी बालबालिकाहरूलाई फिडवन कार्यक्रम मार्फत खुवाउन सहयोग पुर्‍याउने अभियानको साथ उनको १८औँ जन्मदिन मनाएकी थिइन्, र सन् २०१६ मा उनले कान्भोईको महिला सशक्तिकरण पहललाई समर्थन गर्नको लागि $५०,००० उठाउने अभियानका साथ आफ्नो २०औँ जन्मदिन मनाएकी थिइन्।

सेप्टेम्बर २०१२ मा, जेन्डेयाले र्‍यापर लिल वेन र एनबीए खेलाडी लेब्रोन जेम्सको साथ बिट्स विद्युतीय कम्पनीको लागि एक दूरदर्शन विज्ञापनमा चित्रित भएकी थिइन् जसमा उनीहरूले विल.आई.एम र ब्रिट्नी स्पेयर्सको गीत "स्क्रीम एन्ड शाउट" प्रदर्शन गरेका थिए। जेन्डेया "एक्स-आउट", म्याडोनाको कपडा शृङ्खला "मटेरियल गर्ल" कभरगर्ल, र ची हेयर केयर लगायतका विभिन्न ब्रान्डमा आबद्ध भएकी छिन्।

व्यक्तिगत जीवन

सन् २०१७ सम्म, जेन्डेया लस एन्जलस, क्यालिफोर्नियामा १४ लाख ४० हजार लाख डलरको बराबरको घरमा बस्छिन्।

उनी शाकाहारी हुन्। उनको रुचिहरूमा गायन, नृत्य, र कपडा बनावट समावेश छ।

फिल्मोग्राफी

चलचित्र

वर्ष शीर्षक भूमिका टिप्पणी
२०१३ सुपर बडिज ललीपप (आवाज) डायरेक्ट-टू-डिभीडी चलचित्र
२०१७ स्पाइडर-म्यान: होमकमिङ मिशेल
२०१७ द ग्रेटेस्ट सोम्यान एनी ह्वीलर
२०१८ डक डक गुस ची (आवाज)
२०१८ स्मलफुट मीची (आवाज)
२०१९ स्पाइडर-म्यान: फार फ्रम होम एमजे
२०२० ड्युन चानी पोष्ट-उत्पादन
टीबीए माल्कम एन्ड मेरी मेरी पोष्ट-उत्पादन

टेलिभिजन

वर्ष शीर्षक भूमिका टिप्पणी
२०१०–२०१३ सेक इट अप रकी ब्लू मुख्य भूमिका
२०११ गुड लक चार्ली रकी ब्लू एपिसोड: "चार्ली सेक्स इट अप"
२०११ प्र्याङ्कस्टार्स स्वयम् एपिसोड: "वाक द प्र्याङ्क"
२०११ पिक्सी होलो गेम्स फर्न टेलिभिजन विशेष; आवाज भूमिका
२०१२ ए.एन.टी. फार्म सेक्विया जोन्स अङ्क: "क्रिएटिभ कन्सल्टेन्ट"
२०१२ फ्रेनेमीस ह्याली ब्रान्डन टेलिभिजन चलचित्र
२०१३ डान्सिङ विथ द स्टार्स स्वयम् डान्सिङ विथ द स्टार्स प्रतियोगी र उपविजेता
२०१३ द स्टोरी अफ जेन्डेया स्वयम् टेलिभिजन शृङ्खला
२०१४ ज्याप्ड जोइ स्टीभन्स टेलिभिजन चलचित्र
२०१४ द मेकिङ अफ स्वे स्वयम् टेलिभिजन नाच-तयारी कार्यक्रम; ८औँ अङ्क
२०१४ स्वे: ए डान्स ट्रिलोजी स्वयम् टेलिभिजन नृत्य कार्यक्रम
२०१५ ब्ल्याक-ईश रशिदा एपिसोड: "ड्याडीज डे"
२०१५–२०१८ के.सी. अन्डरकभर के.सी. कूपर मुख्य भूमिका; सह-निर्माता पनि
२०१७ वाक द प्र्याङ्क स्वयम् एपिसोड: "के.सी. अन्डरकभर संस्करण"
२०१७ लिप सिङ ब्याटल स्वयम् एपिसोड: "टम हल्यान्ड बनाम जेन्डेया"
२०१९ द ओए फोला ३ एपिसोड
२०१९–वर्तमान युफोरिया रु बेनेट मुख्य भूमिका

डिस्कोग्राफी

सङ्गीतसम्मेलन भ्रमणहरू

  • स्वाग इट आउट भ्रमण (सन् २०१२–२०१४)

पुरस्कार र नामाङ्कन

वर्ष पुरस्कार श्रेणी काम परिणाम सन्दर्भ
२०११ युवा कलाकार पुरस्कार टिभी शृङ्खलामा उत्कृष्ट युवा समूह
(बेला थोर्न, डेभिस क्लिभल्यान्ड, रोसोन फेगन, एडम इरिगोयन, केन्टन ड्युटी र क्यारोलिन सनशाइनसँग साझेदारी गरिएको)
सेक इट अप मनोनित
२०१२ युवा कलाकार पुरस्कार टिभी शृङ्खलामा सर्वश्रेष्ठ प्रदर्शन – अग्रणी युवा अभिनेत्री मनोनित
युवा कलाकार पुरस्कार टिभी शृङ्खलामा उत्कृष्ट युवा समूह
(बेला थोर्न, डेभिस क्लिभल्यान्ड, रोसोन फेगन, एडम इरिगोयन, केन्टन ड्युटी र क्यारोलिन सनशाइनसँग साझेदारी गरिएको)
मनोनित
एनएएसीपी छवि पुरस्कार युवा / बालबालिकाको शृङ्खला वा विशेषमा उत्कृष्ट प्रदर्शन मनोनित
२०१३ युवा कलाकार पुरस्कार टिभी चलचित्र, उप-शृङ्खला, विशेष वा पायलटमा सर्वश्रेष्ठ प्रदर्शन – अग्रणी युवा अभिनेत्री फ्रेनेमीस मनोनित
रेडियो डिज्नी सङ्गीत पुरस्कार सर्वश्रेष्ठ साङ्गीतिक श्रव्य दृश्य "फेसन इज माइ क्रिप्टोनाइट" मनोनित
२०१४ रेडियो डिज्नी सङ्गीत पुरस्कार उदयीमान कलाकार स्वयम् मनोनित
उत्कृष्ट शैली विजयी
बिइटी पुरस्कार योङ्स्टार्स पुरस्कार मनोनित
टिन च्वाइस पुरस्कार च्वाइस म्युजिक: उदयीमान कलाकार मनोनित
टिन च्वाइस पुरस्कार क्यान्डिस शैली प्रतिमा विजयी
२०१५ रेडियो डिज्नी सङ्गीत पुरस्कार उत्कृष्ट शैली मनोनित
बिइटी पुरस्कार योङ्स्टार्स पुरस्कार मनोनित
टिन च्वाइस पुरस्कार च्वाइस टिभी अभिनेत्री: हास्य के.सी. अन्डरकभर मनोनित
२०१६ निकलोडियन किड्स च्वाइस पुरस्कार मनपर्ने महिला टिभी कलाकार – बाल कार्यक्रम विजयी
रेडियो डिज्नी सङ्गीत पुरस्कार उत्कृष्ट शैली स्वयम् मनोनित
टिन च्वाइस पुरस्कार च्वाइस म्युजिक: आर एन्ड बी / हिप-हप गीत "समथिङ न्यू" मनोनित
च्वाइस स्टाइल: महिला स्वयम् विजयी
२०१७ निकलोडियन किड्स च्वाइस पुरस्कार मनपर्ने महिला टीभी कलाकार के.सी. अन्डरकभर विजयी
टिन च्वाइस पुरस्कार च्वाइस टिभी अभिनेत्री: हास्य मनोनित
च्वाइस समर चलचित्र अभिनेत्री स्पाइडर-म्यान: होमकमिङ विजयी
च्वाइस उदयीमान चलचित्र कलाकार मनोनित
च्वाइस ट्वीट स्वयम् मनोनित
च्वाइस स्टाइल आइकन मनोनित
च्वाइस कामुक महिला मनोनित
२०१८ निकलोडियन किड्स च्वाइस पुरस्कार मनपर्ने महिला दूरदर्शन कलाकार के.सी. अन्डरकभर मनोनित
मनपर्ने चलचित्र अभिनेत्री स्पाइडर-म्यान: होमकमिङद ग्रेटेस्ट सोम्यान विजयी
स्याटर्न पुरस्कार युवा अभिनेताद्वारा सर्वश्रेष्ठ प्रदर्शन स्पाइडर-म्यान: होमकमिङ मनोनित
टिन च्वाइस पुरस्कार च्वाइस चलचित्र अभिनेत्री: नाटक द ग्रेटेस्ट सोम्यान विजयी
च्वाइस चलचित्र शिप
(ज्याक एफ्रोनसँग साझेदारी गरिएको)
विजयी
च्वाइस चुम्बन
(ज्याक एफ्रोनसँग साझेदारी गरिएको)
मनोनित
च्वाइस सहयोग
(ज्याक एफ्रोनसँग साझेदारी गरिएको)
"रिराइट द स्टार्स" विजयी
च्वाइस शैली प्रतिमा स्वयम् मनोनित
२०१९ टिन च्वाइस पुरस्कार च्वाइस ग्रीष्मकालिन चलचित्र अभिनेत्री स्पाइडर-म्यान: फार फ्रम होम विजयी
पिपुल च्वाइस पुरस्कार २०१९ को महिला चलचित्र अभिनेत्री विजयी
२०१९ को नाटक टिभी कलाकार युफोरिया विजयी
आइजिएन पुरस्कार सर्वश्रेष्ठ नाटकीय टिभी प्रदर्शन मनोनित
२०२० स्याटेलाइट पुरस्कार सर्वश्रेष्ठ अभिनेत्री – टेलिभिजन शृङ्खला नाटक विजयी
क्रिटिक्स च्वाइस टेलिभिजन पुरस्कार नाटक शृङ्खलामा सर्वश्रेष्ठ अभिनेत्री मनोनित
ब्ल्याक रील पुरस्कार नाटक शृङ्खलामा सर्वश्रेष्ठ अभिनेत्री विजयी
प्राइमटाइम एमी पुरस्कार नाटक शृङ्खलामा उत्कृष्ट मुख्य अभिनेत्री विजयी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

जेन्डेया प्रारम्भिक जीवनजेन्डेया कार्यकालजेन्डेया अन्य उद्यमजेन्डेया व्यक्तिगत जीवनजेन्डेया फिल्मोग्राफीजेन्डेया डिस्कोग्राफीजेन्डेया सङ्गीतसम्मेलन भ्रमणहरूजेन्डेया पुरस्कार र नामाङ्कनजेन्डेया सन्दर्भ सामग्रीहरूजेन्डेया बाह्य कडीहरूजेन्डेया

🔥 Trending searches on Wiki नेपाली:

रेडियो नेपालमहिनावारीसार्क शिखर सम्मेलनको सूचीनेपालका परम्परागत बाजाहरूको सूचीअन्नप्राशन संस्कारलुक ह्वाट यु मेड मी डुनेपालका प्रमुख नदीहरूको सूचीनेपालगन्ज उपमहानगरपालिकाबिन्ध्यवासिनी मन्दिरनेपाल-भारत सम्बन्धरुपैयाँ एकराष्ट्रिय सभा (नेपाल)आविष्कारकहरूको सूचीमहिला सशक्तिकरणअन्तर्राष्ट्रिय श्रम सङ्गठनविद्युतीय अपराधचुरेनेपालका संवैधानिक निकायहरूसुनुवार जातिकोशी प्रदेशमानव विकास अर्थशास्त्रमदर टेरेसात्रिभुवन विश्वविद्यालयबिना माया थिङ लामारारातालभट्टराईअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घमहाभारतमोबाइल फोनफेसबुकरानी पोखरीदोलखा जिल्लासुर्खेत जिल्लानेपालमा धर्मशाह वंशजनकपुरधाम उपमहानगरपालिकागाउँपालिकाभाषाहिमाली प्रदेशअन्तर्राष्ट्रिय श्रमिक दिवसक्यारिबियन सागरजनसङ्ख्याको अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूचीमिथिलामानव विकास सूचकाङ्कशक्ति पृथकीकरणनेपालका अञ्चलहरूनेपालका नगरपालिकाहरूमाइकल फराडेभीमदत्त नगरपालिकायोगइन्डियन प्रिमियर लिगसार्वजनिक वित्तसमावेशीकरणआर्थिक विकासमष्टो देवताक्षेत्रीनेपालका संरक्षित क्षेत्रहरूको सूचीनेपालको अर्थतन्त्रराष्ट्रिय प्रकृति संरक्षण कोषकञ्चनपुर जिल्लानालापानीको लडाइँलौह युगजयपृथ्वीबहादुर सिंहइन्टरनेटव्यवसायशंखरापुर नगरपालिकाजडीबुटीसरकारसमबाहु त्रिभुजनेपाली कांग्रेसपाथीभरा देवी (ताप्लेजुङ)गायत्री मन्त्रअछाम जिल्लासत्यमोहन जोशीहिन्दु धर्मचाँगुनारायण मन्दिरबागमती प्रदेश सभा🡆 More