नालापानीको लडाइँ

नालापानीको युद्ध नेपालले ब्रिटिस सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो जसमा गोर्खाको घर अधीनमा इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाइँं भएको थियो। नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादुन प्रवेश गरेका थिए।

नालापानीको युद्ध
नेपाल अङ्ग्रेज युद्धको भाग
नालापानीको लडाइँ
नालापानी किल्लाको रूपरेखा
मिति३१ अक्टोबर – ३० नोभेम्बर, १८१४
स्थान
परिणाम इस्ट इन्डिया कम्पनीको विजय
योद्धा
नालापानीको लडाइँ इस्ट इन्डिया कम्पनी नालापानीको लडाइँ नेपाल अधिराज्य
सेनापतिहरू
जनरल गिलेस्पी
कर्नल माँबी
बलभद्र कुँवर
शक्ति
३,५१३ सिपाहीहरू करिब ६०० मानिसहरू
मृत्यु र क्षति
६९ मृत
६७१ घाइते
९० भन्दा बढी मृत
४४० घाइते

प्रसङ्ग

देहरादुन कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए। नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए।

युद्ध

नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए। अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो। त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे। किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए। लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए। प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे। दोस्रो पटक जनरल गिलेस्पीसमेत मारिए। गिलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले।

माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे। त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र पानीको मुहान थुनिदिए। अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन्। पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो। बाहिरबाट शत्रुका तोपहरूको अग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए। त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो। सन् १८१४ नोभेम्बर ३० मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए। किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो।

पहिलो लडाइँ

बिसं कात्तिक ८ मा अङ्ग्रेजी फौज देहरादुनमा आयो। कात्तिक १० अङ्ग्रेजी फौज र नेपाली फौजको नालापानीमा लडाइँमा भयो। तर यो युद्धमा असफल भाइ अङ्ग्रेजी फौज देहरादुन फर्क्यो।

दोस्रो लडाइँ

कात्तिक १७ गते नेपाली फौज र अङ्ग्रेजी फौजको नालापानीमा लडाइँ भयो।यही लडाइँमा सेनापती जिलेस्पीले वीरगति पाए। यस लडाइँमा ८ जना अङ्ग्रेज सेनापतिर अङ्ग्रेजी पल्टनका १०००-१२०० सिपाही परे तथा १७००-१८०० सिपाही घाइते भए।  

परिणामहरू

युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे। उक्त स्मारकको शिलालेखमा लेखिएको छ- हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार हालको देहरादुन स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरात्तव विभागको संरक्षणमा छ। यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ। भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादुनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

  1. नेपालको इतिहास शाही नेपाली सेना
  2. नालापानीको कथा अब नाटकघर तिर वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-१२ मिति
  3. नालापानीको दुर्इ सय वर्षपछि वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-१२ मिति
  4. नेपाली वीरताको जिउँदो इतिहास
  5. नालापानी युद्ध : दुईसय वर्षअघिको युद्ध इतिहास वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

Tags:

नालापानीको लडाइँ प्रसङ्गनालापानीको लडाइँ युद्धनालापानीको लडाइँ परिणामहरूनालापानीको लडाइँ यो पनि हेर्नुहोस्नालापानीको लडाइँ सन्दर्भ सामग्रीहरूनालापानीको लडाइँ बाह्य कडीहरूनालापानीको लडाइँ

🔥 Trending searches on Wiki नेपाली:

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासहिमाली प्रदेशऔलोदसैँकृष्ण मन्दिरअधिकारपृच्छापरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालनगरपालिकाअर्थटिम्बुरबोटे काण्डभरतपुर महानगरपालिकामेटाजापानरामेछाप जिल्लासुरेन्द्र वीरविक्रम शाहमुनामदन (चलचित्र)स्थानीय तह निर्वाचन, २०७४भक्तपुर दरबार क्षेत्रलुम्बिनीउत्प्रेरणाललितपुर जिल्लाअन्तर्राष्ट्रिय श्रम सङ्गठनअसुरोसम्पति शुद्धीकरणविद्यार्थीप्रतिनिधि सभा निर्वाचन, २०७९नेपालका विश्वविद्यालयहरूको सूचीकथाजीवनीनेपाल रेडक्रस सोसाइटीवायु प्रदूषणकार्यसम्पादन मूल्याङ्कनअन्तर्राष्ट्रिय खगोलीय सङ्घकैलाली जिल्लानाताहिन्दु पञ्चाङ्गनेपालज्योतिषविधिशास्त्रकीर्तिपुर नगरपालिकालागत लेखाविधिदिगो विकासअन्नप्राशन संस्कारराजेन्द्र वीरविक्रम शाहअगमसिंह गिरीदादुराजरायोटार, सिन्धुलीमाछा पालनह्याम्लेटसमाजवादस्वास्थ्यप्रतापसिंह शाहस्याङ्जा जिल्लावेब्याक मेसिनसुनुवार जातितनहुँ जिल्लाजाजरकोट जिल्लाचितवन जिल्लालियोनेल मेसीराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)चितवन राष्ट्रिय निकुञ्जनारायण प्रसाद पोखरेलऋतुभानुभक्त आचार्यसर्लाही जिल्लाभौतिक विज्ञानयुगबुल्गेरियातापन, वायुसञ्चार तथा वातानुकूलननेपालका अञ्चलहरूसिन्धुली जिल्लास्वर्गद्वारीराष्ट्रिय प्रजातन्त्र पार्टीनेपालका राष्ट्रिय चिह्नहरूसूर्यविनायक नगरपालिका🡆 More