आज् न्युज

आज् न्युज (उर्दु: آج ٹی وی) चौबीसै घण्टा समाचार प्रसारण गर्ने एक पाकिस्तानी समाचार दूरदर्शन च्यानल हो। नेपालीमा आज् को शब्द आज वा हाल हुन्छ। यो एक निजी स्वामित्वमा रहेको उर्दू भाषाको दूर्दशन स्टेशन हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरूलाई समेट्छ। कम्पनीका कार्यालयहरू कराची र सिन्धमा रहेका अवस्थित छन्। राजनीतिक र सामाजिक मुद्दाहरूमा व्यापक रूपमा ध्यानाकर्षण, र वर्तमान मामिलाहरूमा तटस्थ विश्लेषणको साथ, आज न्युजले सधैं निष्पक्ष हुन सफल भएको छ दवी गरेको छ।

आज्
आज् न्युज
सुरुवात२३ मार्च २००५; १५ वर्ष अगाडि
मालिकविजनेस रेकर्डर ग्रुप
दृश्य ढाँचा४:३ (५७६आई, मापदू)
नारापाकिस्तानकी आवाज सन् २००५-२०१७
खबर आजकी भरोसा आपका सन् २०१७-हाल
देशपाकिस्तान
प्रसारण क्षेत्रविश्वव्यापी
प्रधान कार्यालयकराची, सिन्ध, पाकिस्तान
भातृ च्यानल(हरू)प्ले इण्टरटेन्मेण्ट, आज् इण्टरटेन्मेण्ट, एवान टिभी
वेबसाइटaaj.tv
उपलब्धता
उपग्रह
डिस नेटवर्क (संयुक्त राज्य अमेरिकी)६८४
केबल
इन्टरनेट दूरदर्शन
पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड स्मार्ट टिभी (पाकिस्तान)004
प्रवाह माध्यम
आज् न्युज लाइभ[१]

च्यानल र यसका कार्यक्रमहरू

आज् न्युज २३ मार्च २००५ मा रेकर्डर टेलिभिजन नेटवर्क ( विजनेस रेकर्डर ग्रुप ) द्वारा सुरु गरिएको थियो। २२ अप्रिल २००७ मा पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरण (पेमरा) ले आज् न्यूजमा न्यायिक सङ्कट सम्बन्धी समाचार, अन्तरवार्ता कार्यक्रम र अन्य कार्यक्रमहरू प्रसारणको लागि कारण बताइएको सूचना पेश गरेका कारण यसलाई बन्द गरिदिने धम्की दिइएको थियो। उक्त सूचनामा यस दूर्दशन च्यानलले सर्वोच्च अदालत न्यायिक समिति सम्बन्धमा विचाराधीन विषयको समाचार, अन्तरवार्ता कार्यक्रममा पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरण अध्यादेशको उल्लङ्घन गरेको बताइएको थियो। पाकिस्तानको सूचना, प्रसारण र राष्ट्रिय सम्पदा मन्त्रालयको बाह्य प्रचार शाखा मार्फत सूचनामा यस च्यानलले गैर आपत्तिजनक प्रमाणपत्र उत्पादन गर्न पनि असफल भएको बताइएको थियो जून छोटो अवधिको अनुमति पत्र प्रशोधनको लागि आवश्यक पर्दछ।

२३ मार्च २००९ मा, आज् न्युजले २४ सै घण्टा समाचार प्रसारण गर्ने एक न्यूज च्यानलमा रूपान्तरण भएको थियो।

ढाँचामा परिवर्तन

हालसालै यस च्यानलको ढाँचा एक उन्नत च्यानलबाट समाचार च्यानलमा परिणत गरिएको थियो, यद्यपि यसले द फोर म्यान सो जस्ता केही मनोरञ्जन कार्यक्रमहरूको सञ्चालन गरिरहेको छ।

मनोरञ्जन कार्यक्रमहरू

१)लेट नाइट सो विथ बेगम नवाजिस अलि

२)द फोर म्यान सो (हाल सञ्चालित छैन)

३)लाइभ विथ खलिद बट

४)अन्दरकी वात राजा के साथ

५)न्युज, भ्युज एण्ड कन्फ्युज्ड (हास्य व्यङ्ग्य कार्यक्रम - सञ्चालक:फासी जाका)

ज्ञानमूलक कार्यक्रमहरू

१) वेहम (फरहान गौहर)

२) बजेत वृत्तचित्र (जाफर जैदी)

३) आवाज

वर्तमान समसामयिक कार्यक्रम

१) इस्लामाबाद टुनाइट

२) गुड मर्निङ आज

३) फैसला आपका

४) पाकिस्तान एट सेभेन| स्पटलाइट

५) जि फर घरिदा

६) रना मुबासिर

७) रूवरू

८) अमन बारबरीके साथ

९) सवाल हे पाकिस्तानका

१०) पैसा बोल्ता हे

सन्दर्भ सामग्रीहरू

Tags:

आज् न्युज च्यानल र यसका कार्यक्रमहरूआज् न्युज ढाँचामा परिवर्तनआज् न्युज मनोरञ्जन कार्यक्रमहरूआज् न्युज ज्ञानमूलक कार्यक्रमहरूआज् न्युज वर्तमान समसामयिक कार्यक्रमआज् न्युज सन्दर्भ सामग्रीहरूआज् न्युजउर्दु भाषाकराँचीपाकिस्तान

🔥 Trending searches on Wiki नेपाली:

सुनिल नारायणउत्प्रेषणखाद्य सुरक्षाबहुदलीय प्रणालीअनुष्टुप छन्दकुसुम (फल)बङ्गाली भाषाअनुसन्धान प्रस्तावआन्तरिक राजस्व विभाग (नेपाल)लेखा नीतिहरु तथा लेखा टिप्पणीहरूभौतिक विज्ञाननेपालको पञ्चवर्षीय योजनापारिस्थितिक प्रणालीबझाङ जिल्लाहलोअश्लील शब्दहरूप्रदेश सभा निर्वाचन, २०७९प्रवेशिका परीक्षाकेराबारी गाउँपालिकाबेरोजगारीगायत्री मन्त्रगर्भपतनअन्तिम संस्कारसुशान्त केसीपशुपतिनाथ मन्दिरनेपालको प्रधानमन्त्रीविद्यार्थीनेपालको सर्वोच्च अदालतच्याटजिपिटीमुटुपूर्वीय दर्शननेपालको एकीकरणबुल्गेरियासुशासननुवाकोट जिल्लासंविधानखुकुरीहजरत अलीगुगललखन थापा मगरसप्तरी जिल्लाचामलराष्ट्रिय वाणिज्य बैंककम्पनीपञ्चायती व्यवस्थामेटानियमावलीसुवेदीपुष्पकमल दाहालमानव विकास सूचकाङ्कभियतनामसती प्रथामेलम्ची खानेपानी आयोजनासुवासचन्द्र नेम्वाङनेपालको प्रमाणिक समयमनकामना मन्दिरपरेवाकिराँत कालनेवार जातिकानूनराणा शासनअफ्रिकानेपालका सहिदहरूनेपालको संविधान २०७२पशु पालनजीवनसामन्तवादगढीमाईविश्वेश्वरप्रसाद कोइरालासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूकृषिबडिमालिकाअन्तर्राष्ट्रिय श्रम सङ्गठनशुक्रराज शास्त्रीदर्शनडोल्पा जिल्लानिर्धन उत्थान बैंक लिमिटेड🡆 More