सुन्दरीजल

सुन्दरीजल नेपालको बागमती अञ्चल अन्तर्गत काठमाण्डौ जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो । सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रूपमा पनि मानिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धेरै हिस्सा समेत आगटेको यस गाविस काठमाण्डौ उपत्यकामा खपत हुदै आएको पिउने पानीको प्रमुख जलाधार भएको क्षेत्र पनि हो ।

सुन्दरीजल
Sundarijal
सुन्दरीजलमा अवस्थित छहराको एक मनोरम दृष्य
सुन्दरीजलमा अवस्थित छहराको एक मनोरम दृष्य
देशसुन्दरीजल नेपाल
अञ्चलबागमती
जिल्लाकाठमाण्डौ जिल्ला
क्षेत्रफल
 • जम्मा५.१८ किमी (२�०० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२५५२
 • घनत्व४९०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोष्टल कोड
44603
क्षेत्रीय सङ्केत०१

विकास संरचना

यस सुन्दरीजल गाविसमा नेपालको दोस्रो जलविद्युत गृह सुन्दरीजल जलविद्युत गृह पनि अवस्थित छ । ६४० किलोवाट क्षेमता भएको यस जलविद्युत गृहको निर्माण वि.सं. १९९२ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले गरेका थिए ।

काठमाण्डौ उपत्यकामा रहेको पिउने पानीको अत्याधिक अभाव र सो अभाव पूर्तीको लागि ल्याउने भनिएको मेलम्ची खानेपानी आयोजनाको प्रमुख द्वार पनि यसै गाविसमा पर्दछ । सुरुङ्गमार्ग द्वारा सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाण्डौको सुन्दरीजलसम्म पानी ल्याउने भनिएको सो आयोजनाको दूरी करिब २७.६ व.कि.मी रहेको छ । जसमध्ये ६ व.कि.मी सुन्दरीजलबाटै निर्माण गरिदै छ भने बाँकी २१.६ व.कि.मी सुरुङ्गमार्ग सिन्धुपाल्चोक लगायत अन्य विभिन्न स्थानबाट निर्माण गरिदै छ ।

जनसङ्ख्या

नेपालको सन् २०११को जनगणना अनुसार सुन्दरीजलमा ५४७ घरहरू र जनसङ्ख्या २५५२ छ ।

धरातलीय, भौगोलीक एवं राजनीतिक अवस्थिति

सुन्दरीजल 
सुन्दरीजलमा अवस्थित बागमती नदीको एक मनोरम दृष्य

सुन्दरीजल गाविस राजधानी काठमाण्डौबाट करिब ९+ कि. मि उत्तर तर्फको दुरीमा अवस्थित छ । यस गाविसको पश्चिममा नयाँपाटि र बालुवा गाविसहरू अवस्थित छन् भने पूर्वमा गागलफेदीआलापोट गाविसहरू अवस्थित छन् । यसका साथ–साथै यस गाविसको उत्तरी सिमानातर्फ शिवपुरी राष्ट्रिय निकुञ्जले नुवाकोटसिन्धुपाल्चोक जिल्ला समेत छोएको छ । सुन्दरीजल गाविसले सरदर ५.२८ व. कि. मि भु–भाग ओगटेको छ भने स्यालमती र नागमती नदिको संगममा रहेको प्रसिद्ध नदि बागमतीको मूल द्धार समेत यसै स्थानमा रहेको छ ।

आर्थिक पक्ष

कृषि

सुन्दरीजल 
धान रोप्दै सुन्दरीजलका स्थानिय महिलाहरू

विभिन्न प्राकृतिक भू–बनावटका कारण यस सुन्दरीजल गाविसको वडा नं ८ मा मात्र विशेष गरी धान, गहुँ, मकै, कोदो, आलु, केराउ लगाएतका उब्जाउ खेती गरिन्छ भने माथिल्लो भू–भागमा अवस्थित वडाहरूमा मकै, कोदो, मास, भटमास, बेसार, अंरिसो आदिको खेती गरिन्छ । सुन्दरीजल गाविसमा कृषि प्रयोजनका लागि सिमित स्थानमा मात्र आधुनिक स्रोत साधनको प्रयोग गरेको पाईन्छ ।

पर्यटन

पर्यटन व्यवसायलाई सुन्दरीजल गाविसको प्रमुख व्यवसायको रूपमा लिईन्छ । विभिन्न प्राकृतिक हराभराको संगम स्थलका साथै सबै धर्म र जातीको परमपरागत कला तथा संस्कृति नै यस सुन्दरीजल गाविसको पर्यटक भित्राउने प्रमुख आर्कषणको पक्ष रहि आएको छ । विशेष गरी यस सुन्दरीजल गाविसको शिवपुरी निकुञ्ज क्षेत्रमा रहेको नदि, नाला, ठूला चट्टान र त्यस चट्टान हुँदै बग्ने छहरा तथा झरनाहरु पनि स्वदेशी तथा विदेशी पर्यटक आर्कषण गर्ने उत्कृष्ट नमुना हुन् । बार्षिक हजारै स्वदेशी तथा विदेशी पर्यटक भित्राउने यस सुन्दरीजल गाविसमा हरेक हप्ताको अन्तिममा घुम्न आउने स्थानीय क्षेत्रका युवा र युवतीको घुईचोले पनि सुन्दरीजल गाविसको पर्या–पर्यटनमा टेवा पु¥याउदै आएको छ । काठमाण्डौको धुला–धुवाँ र कामको व्यस्ततालाई विर्सेर साथिभाई तथा परिवारका साथ केही क्षणको लागि भएपनि गाँउको हावापानी तथा गाउँले परिभेषको अनुभूति गर्नको लागि पनि एक उत्कृष्ट नमुना बन्दै आएको छ यस सुन्दरीजल गाविस । सुन्दरीजलमा रहेको स्वच्छ हावापानी र रमणीय स्थलका साथसाथै यस स्थानमा रहेको ठूला–ठूला चट्टानले पनि यस क्षेत्रको आर्कषण बढाएको छ । रक क्लाईम्बिङ जस्ता सहासीक खेलको अनुभूती प्राप्त गर्न सकिने यहाँका चट्टानले स्वदेशी तथा विदेशी पर्यटकको मन जित्न सफल भएको छ । यसका साथसाथै सुन्दरीजल देखी चिसापानी सम्मको २२ व. कि. मि दुरीको पदयात्रा मार्ग पनि सुन्दरीजललाई चिनाउने मुख्य आर्कषणको विषय बन्दै आएको छ ।

धार्मिक स्थल

सुन्दरीजल 
सुन्दरीजलमा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको एक मनोरम दृष्य

सुन्दरीजल प्रवेश गर्ने प्रमुख नाका सुन्दरीजल बसपार्कबाट मात्र केही मिटरको दुरीमा कृष्ण मन्दिर र गणेश मन्दिर अवस्थित छ । यसैगरी यस गाविसको चिनारी बन्दै आएको सुन्दरीमाई मन्दिर सुन्दरीजल बसपार्कबाट निकुञ्जको मार्ग हुदैँ केही कि. मि दुरीमै अवस्थित छ । हिन्दु नेपालीहरूको महान चाड दशैँको ९ दिनसम्म नै यस मन्दिरमा दर्शनार्थीहरूको घुँईचो लाग्ने गर्दछ । यसका साथै यस गाविसमा निर्मित स्तुपा, बौद्ध धर्मसम्बन्धि पाठशालाले पनि धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ । सुन्दरीजलमा हरेक वर्षको साउन महिनाको प्रत्येक सोमबार बोल–बम मेला मनाईने गर्दछ । हिन्दु धर्मावलम्बीहरूको आस्थाका प्रतिक भगवान शिवको उपासना गरिने यस मेलामा हजारौँ संख्यामा हिन्दु धर्मावलम्बीहरूको सहभागीता हुने गर्दछ । विशेष गरी नेपालको तराई क्षेत्रबाट लाखौँका संख्यामा हिन्दु धर्मावलम्बीहरु सुन्दरीजलमा मेला भर्न आउने गर्दछन् । यस मेलामा सुन्दरीमाई मन्दिर क्षेत्रबाट लोटामा जल भरी नाङ्गो खुट्टा पैदल नै पशुपति मन्दिर परिसर सम्मको यात्रा गरी जल चढाईन्छ । यसका साथै प्रत्येक वर्ष दशहरा पर्वमा दशहरा स्नानका लागि पनि यहाँका नदिमा हिन्दु धर्मावलम्बीहरूको ठूलो घुँईचो लाग्ने गर्दछ ।

वन ,वन्यजन्तु तथा पंक्षी

सुन्दरीजल 
सुन्दरीजलमा पाइने चराचुरुङ्गी
सुन्दरीजल 
सुन्दरीजलमा पाइने चराचुरुङ्गी

सुन्दरीजलमा विशेषगरी खोटे/रानी सल्लो, चिलाउने, उत्तिस, काफल आदिको रुख लगायत १२५० प्रजातिका वनस्पति पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाईन्छन् । यसै गरी यस गाविसको वनक्षेत्रमा १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छ । यस सुन्दरीजल गाविसमा ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक, मृग, बदेल जस्ता वन्यजन्तुको समेत बसोवास रहेको पाईन्छ । यस सुन्दरीजल गाविसमा करिब २५० प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् । यसै गरी यस सुन्दरीजल गाविसमा करिब १०२ प्रजातिका पुतली\पतङ्गहरु पनि पाईन्छन् ।


सन्दर्भ सामग्रीहरू

यी पनि हेर्नुहोस्

Tags:

सुन्दरीजल विकास संरचनासुन्दरीजल जनसङ्ख्यासुन्दरीजल धरातलीय, भौगोलीक एवं राजनीतिक अवस्थितिसुन्दरीजल आर्थिक पक्षसुन्दरीजल धार्मिक स्थलसुन्दरीजल वन ,वन्यजन्तु तथा पंक्षीसुन्दरीजल सन्दर्भ सामग्रीहरूसुन्दरीजल यी पनि हेर्नुहोस्सुन्दरीजलगाउँ विकास समिति (नेपाल)बागमती अञ्चलशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

🔥 Trending searches on Wiki नेपाली:

हिमाली प्रदेश (नेपाल)सयौँ थुङ्गा फूलका हामीशाह वंशबजारशास्त्रमानव विकास अर्थशास्त्रदोलखा जिल्लाकोलोम्बिया राष्ट्रिय फुटबल टोलीआगन्तुकनेटफ्लिक्सराष्ट्रिय सुरक्षा परिषद्सञ्चारबनेपा नगरपालिकागुजरातबाबुराम भट्टराईशरणार्थीराणा वंशराशि-चक्रअन्नपूर्ण हिमालसमयनवदुर्गात्रिभुवन वीरविक्रम शाहरुपन्देही जिल्लाकाठमाडौँकपिलवस्तु जिल्लाडोटी जिल्लानेपाल अङ्ग्रेज युद्धखस राज्यनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुलोकगीतप्राथमिक उपचारझापा जिल्लाप्रदूषणनेपालका तालहरूको सूचीमिथिलासिन्धु घाटीको सभ्यतातथ्याङ्कसुशासनबंगलामुखी मन्दिरगुरुङ जातिबजेटनेपालका वनस्पतिहरूरेने डेसकार्टसखाद्यान्नबुढानीलकण्ठ स्कूलसिंहदरबारधरान उपमहानगरपालिकानेपालमा मौलिक हक र कर्तव्यनेवारी भाषाराम शाहवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानफौजदारी कानुनखस ब्राह्मणकर्णाली प्रदेश सभासंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)नरिवलहिमाली प्रदेशएघारौँ राष्ट्रिय जनगणना २०६८संयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारनेपालको शिक्षा मन्त्रीहरूफलेवास नगरपालिकाह्रस्व दीर्घ नियमदेवनागरी सङ्ख्या पद्धतिपुष्पलाल राजमार्गफेसबुकखोटाङ जिल्लानेपोलियन बोनापार्टसंस्कृतिसूचनाहारुकी मुराकामीचेपाङ जातिराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)नेपालका प्रधान सेनापतिहरूनागरिक उन्मुक्ति पार्टीसुपादेउराली मन्दिरनेपालको राष्ट्रपतिमष्टो देवतानेपाल-चीन सम्बन्धनेपालको राजनीति🡆 More