सद्गुरु

जग्गी वासुदेव (जन्म – ५ सेप्टेम्बर, १९५७) एक लेखक हुन् । उनलाई सद्गुरु पनि भनिन्छ । उनी ईशा फाउन्डेशन नामक लाभरहित मानव सेवी संस्थान का संस्थापक हुन् । ईशा फाउन्डेसन भारत सहित, संयुक्त राज्य अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा योग सिकाउँछ साथै सामाजिक एवं सामुदायिक विकास योजनाका कामहरु पनि गर्दछ । यसलाई संयुक्त राष्ट्र को आर्थिक एवं सामाजिक परिषद् मा विशेष सल्लाहकार को पदवी प्राप्त छ । उनले ८ भाषामा १०० भन्दा धेरै पुस्तकको रचना गरेका छन् ।

सद्गुरु
Jaggi Vasudev
सद्गुरु जग्गी वासुदेव

प्रारम्भिक जीवन

सद्गुरु जग्गी वासुदेवको जन्म ५ सेप्टेम्बर १९५७ मा कर्नाटक राज्य को मैसुर सहरमा भएको हो । उनका पिता डाक्टर थिए । बालक जग्गीलाई प्रकृतिसँग लगाव थियो । उनी यदाकदा केही दिनको लागि जंगल मा गायब हुन्थे । जहाँ उनी अग्ला अग्ला रुखका हाँगाहरूमा बसेर हावाको आनन्द लिन्थे साथै अनायासै गहिरो ध्यानमा प्रवेश गर्दथे । जब उनी घर फर्कन्थे उनको झोलामा साँपहरु भरिएका हुन्थे, जसलाई पकड्न उनी माहिर थिए । ११ वर्षको उमेरमा जग्गी वासुदेवले योग को अभ्यास गर्न सुरु गरे । इनका योग शिक्षक थिए श्री राघवेन्द्र राव, जसलाई मल्लाडिहल्लि स्वामी को नामले चिनिन्छ । मैसूर विश्वविद्यालयमा उनले अंग्रेजी भाषामा स्नातक को उपाधि प्राप्त गरेका छन् ।

आध्यात्मिक अनुभव

२५ वर्षको उमेरमा अनायासै विचित्र रूपमा उनलाई गहिरो आत्म अनुभूति भयो जसले उनको जीवनदिशा नै बदलिदियो । एक दिन दिउँसो जग्गी वासुदेव मैसूर मा चामुण्डी पहाडमा चढे अनि ढुङ्गामा बसे, त्यतिबेला उनको आँखा पुरै खुलेको थियो, अचानक उनलाई शरीरबाट टाढा भएको अनुभव भयो । उनलाई लाग्यो कि उनी आफ्नो शरीरमा छैनन् बल्कि जताततै फैलिएका छन्, ढुङ्गामा, पहाडमा, रुखमा पृथ्वीमा । अरु दिनमा पनि उनलाई यस्तो अनुभव धेरैपटक भयो र हरेक पटक उनलाई यो अनुभव परमानन्दको स्थितिमा पुर्याउँथ्यो । यस घटनाले उनको जीवनशैली पुरै बदलिदियो । जग्गी वासुदेव ले त्यो अनुभव बाँढ्नका लागि पुरै जीवन समर्पित गर्ने वाचा गरे । ईशा फाउँडेशन को स्थापना र ईशा योग कार्यक्रमको सुरुवाता यही उद्देश्यलाई लिएर गरिएको थियो ताकि यो सम्भावना पुरै विश्वलाई अर्पित गर्न सकियोस् ।

ईशा फाउन्डेशन

सद्गुरु 
Isha Foundation

सद्गुरुद्वारा स्थापित ईशा फाउन्डेशन एक लाभरहित मानव सेवा संस्थान हो जो मानिसहरूको शारीरिक मानसिक एवं आन्तरिक कुशलताको लागि समर्पित छ । यस फाउन्डेशनलाई दुइ लाख पचास हजार भन्दा धेरै स्वयंसेवि हरूबाट चलाइन्छ । यसको मुख्यालय ईशा योग केन्द्र कोयम्बटुर मा छ । ग्रीन ह्यान्ड परियोजना ईशा फाउन्डेशन को पर्यावरण सम्बन्धी प्रस्ताव हो । पुरै तमिलनाडु मा लगभग १६ करोड रुखहरु रोप्ने, परियोजनाको घोषित लक्ष्य हो । अहिलेसम्म ग्रीन ह्यान्ड परियोजनाले तमिलनाडु र पुदुच्चेरी मा १८०० भन्दा अधिक समुदायमा २० लाख भन्दा धेरै मानिसहरूबाट ८२ लाख वृक्षारोपणको आयोजना गरेको छ । यस संगठनले १७ अक्टोबर २००६ मा तमिलनाडु का २७ जिल्लामा एकसाथ ८.५२ लाख वृक्षारोपण गरेर गिनीज वल्र्ड रेकर्ड बनाएको थियो । पर्यावरण सुरक्षाको लागि गरिएको यस महान् कार्यको लागि यसलाई वर्ष २००८ मा इन्दिरा गान्धि पर्यावरण पुरस्कार दिइएको थियो । वर्ष २०१७ मा अध्यात्मको लागि यसलाई पद्मविभूषणबाट पनि सम्मान गरिएको थियो । अहिले रेली फर रिभर नामक अभियान नदि संरक्षका लागि यस फाउन्डेशनले चलाइरहेको छ ।

ईशा योग केन्द्र

ईशा योग केन्द्र, ईशा फाउन्डेशन को संरक्षणमा स्थापित संस्था हो । यो बेलिंगिरि पर्वत को तराईमा १५० एकड को हराभरा भूमि मा स्थित छ । घना वन ले घेरिएको ईशा योग केन्द्र नीलगिरि जीवमन्डल को एक हिस्सा हो, जहाँ भरपूर वन्य जीवन छ । आन्तरिक विकासका लागि बनाइएको यो शक्तिशाली स्थान योग का चार मुख्य मार्ग ज्ञान, कर्म, क्रिया र भक्ति लाई सम्पूर्ण मानव समक्ष पुर्याउनको लागि तत्पर र अर्पित छ । यसको परिसरमा ध्यानलिंग योग मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ ।

ध्यानलिंग योग मन्दिर

१९९९ मा सद्गुरुद्वारा स्थापित, प्रतिष्ठित ध्यान लिंग आफ्नै तरिका को पहिलो लिंग हो जो पूरा रूपले प्रतिष्ठित छ । योग विज्ञानको सार ध्यानलिंग ऊर्जा को एक शाश्वत र अनौठो आकार हो । १३ फिट ९ इन्च अग्लो यो ध्यानलिंग विश्वको सबैभन्दा ठूलो पारा–आधारित जीवित लिंग हो । यो कुनै खास सम्प्रदाय या मत सँग सम्बन्ध राख्दैन । न त यहाँ कुनै पनि प्रकारका विधिविधान प्रार्थना या पूजाको आवश्यकता छ । जो ध्यानको अनुभवबाट वञ्चित छन् उनीहरू पनि ध्यानलिंग मन्दिरमा केही समय मौन ध्यान गर्दा नै गहिरो ध्यानावस्थाको अनुभव गर्न सक्दछन् । यसको प्रवेशद्वारमा सर्व धर्म स्तम्भ छ जसमा हिन्दू, इस्लाम, ईसाई, जैन, बौद्ध, सिख, ताओ, फारसी यहूदी र शिन्तो धर्मको प्रतीक अंकित छ । यसले धार्मिक मतभेद भन्दा माथि उठेर पुरै मानवता लाई आमन्त्रित गर्दछ ।

Tags:

सद्गुरु आध्यात्मिक अनुभवसद्गुरु ईशा फाउन्डेशनसद्गुरु ईशा योग केन्द्रसद्गुरु ध्यानलिंग योग मन्दिरसद्गुरुen:Jaggi Vasudevअस्ट्रेलियाईशा फाउन्डेशनभारतयोगलेबनानसंयुक्त राज्य अमेरिकासिङ्गापुर

🔥 Trending searches on Wiki नेपाली:

चतराधामनेपालको प्रधानमन्त्रीफिफाजुकाद्वन्द्वात्मक भौतिकवादविद्युतीय अपराधनेपालको राष्ट्रपतिप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)सुदूरपश्चिम प्रदेशयोगमाया न्यौपानेमालारानी गाउँपालिकादैलेख जिल्लानेपालका प्रधानमन्त्रीहरूको सूचीचन्द्रमानेपालको शिक्षा मन्त्रीहरूतारा तालनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)स्थानीय व्यवस्थापिकानयाँ वर्षयोगकरारधर्मनेपाली सेनाधरान उपमहानगरपालिकाकुसुम (फल)केकी अधिकारीलाइब्रेरी पर्वविश्वका अग्ला हिमालहरूबेलअलङ्कार (साहित्य)हिन्द महासागरमाओवादी जनयुद्धनेवारी भाषाशुक्रग्रहशिक्षण विधिनेपालको संविधान २०७२सुशान्त केसीऔद्योगिक क्रान्तिमहिला सशक्तिकरणकार्यपालिकाबर्दिया जिल्लाभारोपेली भाषा परिवारलोकगीतसङ्गठननेपालका हिमालहरूको सूचीराष्ट्रिय गौरवका आयोजनाप्रतिनिधि सभा निर्वाचन, २०७९शेर्पा जातिव्यवस्थापनदिनेश अधिकारीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालमहानगरपालिकाभानुभक्त आचार्यपुनर्जागरणहिमालयन बैंक लिमिटेडनेपालका विकास क्षेत्रहरूमृगौलाआँखामानव विकास अर्थशास्त्रकोशी प्रदेशखेलच्याटजिपिटीनेपालका मल्ल राजाहरूको सूचीसीताइस्लाम धर्मतिहारइमेलनेपालका प्रदेशहरूखोटाङ जिल्लानेपालको अन्तरिम शासन विधान २००७बौद्धनाथबंगलामुखी मन्दिरनमस्तेसुपादेउराली मन्दिरमुख्य पृष्ठजलवायु परिवर्तन🡆 More