मधेश प्रदेशको पहिलो प्रदेश सभा वि.सं.
२०७४ माघ २१ मा गठन भएको थियो। वि.सं. २०७४ मङ्सिर १० र मङ्सिर २१ मा निर्वाचन सम्पन्न भएपछि यो सभाको गठन भएको थियो। मधेश प्रदेश सभामा १०७ जना सदस्यहरू रहेका छन् जसध्ये ६४ जना पहिलो पटक मतदान मार्फत निर्वाचित भएका थिए भने ४३ जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। यो सभाको अवधि पाँच वर्षको हुन्छ।
पहिलो मधेश प्रदेश सभा | |||
---|---|---|---|
| |||
विस्तृत विवरण | |||
वैधानिक निकाय | मधेश प्रदेश सभा | ||
क्षेत्राधिकार | मधेश प्रदेश, नेपाल | ||
सभाकक्ष | जिल्ला शिक्षा कार्यालय, जनकपुर, धनुषा | ||
अवधि | वि.सं. २०७४ माघ २१ – वि.सं. २०७९ असोज १ | ||
निर्वाचन | प्रदेश सभा निर्वाचन, २०७४ | ||
सरकार |
| ||
वेबसाइट | pga | ||
प्रदेश सभा | |||
सदस्य | ९३ | ||
सभामुख | सरोज कुमार यादव (लोकतान्त्रिक समाजवादी पार्टी) | ||
उप सभामुख | उपमा कुमारी देव (जनता समाजवादी पार्टी) | ||
मुख्यमन्त्री | |||
प्रतिपक्ष दलको नेता | राम सरोज यादव (नेपाली कांग्रेस) जितेन्द्र प्रसाद सोनल (लोकतान्त्रिक समाजवादी पार्टी) |
प्रदेश सभा निर्वाचन, २०७४ पछि मधेश प्रदेश सभाको संरचना निम्नानुसार रहेको थियो।
राजनीतिक दल | सिट | |||
---|---|---|---|---|
विजयी | +/− | जम्मा | ||
प्रमुख राजनीतिक दल | ||||
सङ्घीय समाजवादी फोरम, नेपाल | २९ | ५४ | ||
राष्ट्रिय जनता पार्टी नेपाल | २५ | |||
प्रमुख प्रतिपक्ष दल | ||||
नेपाली कांग्रेस | १९ | १९ | ||
थप प्रतिपक्ष दल | ||||
नेपाल कम्युनिष्ट पार्टी | ३२ | ३४ | ||
नेपाल सङ्घीय समाजवादी पार्टी | १ | |||
स्वतन्त्र राजनीतिज्ञ | १ | |||
जम्मा | १०७ |
वि.सं. २०७६ बैशाख २३ मा मधेश प्रदेश सभाको प्रमुख राजनीतिक दल तथा उपेन्द्र यादवको नेतृत्वमा रहेको सङ्घीय समाजवादी फोरम, नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल मिलेर समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल बनाएका थिए। यसै प्रकार वि.सं. २०७७ बैशाख १० गते यस प्रदेशको अर्को ठूलो राजनीतिक दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी, नेपाल मिलेर जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल बनाएपछि यो मधेश प्रदेश सभाको सबैभन्दा ठूलो राजनीतिक दल बन्न पुगेको थियो।
राजनीतिक दल | सिट | |||
---|---|---|---|---|
विजयी | +/− | जम्मा | ||
प्रमुख राजनीतिक दल | ||||
जनता समाजवादी पार्टी, नेपाल | ५४ | ५४ | ||
प्रमुख प्रतिपक्ष दल | ||||
नेपाली कांग्रेस | १९ | १९ | ||
थप प्रतिपक्ष दल | ||||
नेपाल कम्युनिष्ट पार्टी | ३२ | ३४ | ||
नेपाल सङ्घीय समाजवादी पार्टी | १ | |||
स्वतन्त्र राजनीतिज्ञ | १ | |||
जम्मा | १०७ |
वि.सं. २०७८ असार २२ मा राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी, नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल विभाजित भएको थियो। वि.सं. २०७८ असार २९ देखि वि.सं. २०७८ मङ्सिर ५ को बिचमा जनता समाजवादी पार्टी, नेपाल, नेपाली कांग्रेस, वि.सं. २०७७ फागुन २४ गते नेपाल कम्युनिष्ट पार्टीबाट विभाजित भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (एस) र नेपाल कम्युनिष्ट पार्टी (माके) मिलेर सरकार गठन गरेको थियो।
राजनीतिक दल | सिट | |||
---|---|---|---|---|
विजयी | +/− | जम्मा | ||
प्रमुख राजनीतिक दल | ||||
जनता समाजवादी पार्टी, नेपाल | ३३ | ७१ | ||
नेपाली कांग्रेस | १८ | |||
नेपाल कम्युनिष्ट पार्टी (एस) | १३ | |||
नेपाल कम्युनिष्ट पार्टी (माके) | ८ | |||
प्रमुख प्रतिपक्ष दल | ||||
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | १४ | २६ | ||
नेपाल कम्युनिष्ट पार्टी (एमाले) | ८ | |||
नेपाल सङ्घीय समाजवादी पार्टी | १ | |||
नेपाल समाजवादी पार्टी | ३ | |||
रिक्त | १० | १० | ||
जम्मा | १०७ |
This article uses material from the Wikipedia नेपाली article पहिलो मधेश प्रदेश सभा, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.