मधेश प्रदेश

मधेश प्रदेश नेपालको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित एक प्रदेश हो। नेपालको संविधान २०७२ लागू भएपछि यो प्रदेशको स्थापना भएको थियो। यो नेपालको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको र क्षेत्रफलको आधारमा सबैभन्दा सानो प्रदेश हो। यो प्रदेशको पूर्व दिशामा कोशी प्रदेश, उत्तर दिशामा कोशी प्रदेश र बागमती प्रदेश, पश्चिम दिशामा बागमती प्रदेश र दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा छ। यो प्रदेशको क्षेत्रफल ९,६६१ किमी२ (३,७३० वर्ग माइल) रहेको छ। वि.सं.

२०६८ को एघारौँ राष्ट्रिय जनगणना अनुसार यो प्रदेशको जनसङ्ख्या ५४,०४,१४५ रहेको छ जुन यसलाई नेपालको सबैभन्दा बढी मानव जनघनत्व भएको प्रदेश बनाएको छ।

मधेश प्रदेश
मधेश प्रदेश
मधेश प्रदेश
मधेश प्रदेश
मधेश प्रदेश
मधेश प्रदेश
घडीको दिशामा शीर्षबाट
जानकी मन्दिर, कङ्कालिनी मन्दिर, नेपालको प्रवेशद्वार वीरगञ्ज महानगरपालिका, छिन्नमस्ता मन्दिरगढीमाई मन्दिर
नेपालमा मधेश प्रदेशको अवस्थितिको अवस्थिति
नेपालमा मधेश प्रदेशको अवस्थिति
मधेश प्रदेशको नक्साको अवस्थिति
मधेश प्रदेशको नक्सा
राष्ट्रमधेश प्रदेश नेपाल
स्थापनासन् २०१५ सेप्टेम्बर २०
राजधानीजनकपुर
ठूलो सहरवीरगञ्ज महानगरपालिका
जिल्ला
सरकार
 • अङ्गमधेश प्रदेश सरकार
 • प्रदेश प्रमुखहरि शंकर मिश्र
 • मुख्यमन्त्रीसरोज कुमार यादव
 • उच्च अदालतजनकपुर उच्च अदालत
 • प्रदेश सभाएकसदनीय (१०७ सिट)
 • संसदीय निर्वाचन क्षेत्र३२
क्षेत्रफल
 • जम्मा९,६६१ किमी (३७३० वर्ग माइल)
 • क्रम७औँ
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा५,४०४,१४५
 • क्रमदोस्रो
 • घनत्व५६०/किमी (१४००/वर्ग माइल)
  • क्रमप्रथम
वासिन्दामधेशी
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
आधिकारिक भाषाहरूमैथिली, भोजपुरीनेपाली
अन्य भाषाहरूबज्जिका, थारुउर्दु
माविसू०.४८५ (न्यून)
साक्षरता४९.५४%
लैङ्गिक अनुपात१०१.१८ /१०० (२०११)

पूर्वमा सप्तरी जिल्लादेखि पश्चिममा पर्सा जिल्लासम्म फैलिएको यो प्रदेशमा जम्मा ८ जिल्ला रहेको छ। यो प्रदेशको अधिकांश मानिस मैथिली, भोजपुरीनेपाली बोल्ने गर्छन्। धार्मिक र सांस्कृतिक धरोहरको केन्द्रको रूपमा रहेको जनकपुर, यो प्रदेशको राजधानीको रूपमा रहेको छ। प्राचीन किम्बदन्ती अनुसार यो विश्वास गरिन्छ कि यो क्षेत्र विदेह वंशको राजधानी थियो जसले प्राचीन मिथिलामाथि राज्य गरेको थियो।

नेपालको पहिलो नियोजित रूपमा बसालिएको सहर राजविराज, नेपालको ९औँ र तराई क्षेत्रको पुरानो नगरपालिकाहरू मध्ये एक हो। यो सहरको नाम प्राचीन राजदेवी मन्दिरको नाममाथि राखिएको छ। यो प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज व्यापारिक र आर्थिक रूपले महत्वपूर्ण छ। यो सहरलाई नेपालको प्रवेशद्वार समेत भन्ने गरिएको छ।

सन् २०१८ जनवरी १७ मे नेपालको मन्त्रिपरिषद बैठकको निर्णयानुसार यो प्रदेशमा अवस्थित जनकपुरलाई अन्तरिम राजधानी घोषित गरेको थियो जसलाई सन् २०२२ जनवरी १७ मा मधेश प्रदेश सभाद्वारा मतदान गरि स्थायी राजधानीको रूपमा मूर्त रूप दिएको हो। सन् २०१८ मा सम्पन्न प्रदेश सभा निर्वाचनको परिणामस्वरूप ससफोका संसदीय नेता मोहम्मद लालबाबु राउत प्रदेशको वर्तमान मुख्यमन्त्री हो। यो प्रदेशको नामाकरण मधेश प्रदेशको रूपमा सन् २०२२ जनवरी १७ मा बसेको मधेश प्रदेश सभाद्वारा मतदान गरि तय गरिएको हो।

व्युत्पत्ति

संस्कृत भाषाको मध्यदेश शब्दको सङ्क्षिप्त रूप मधेश हो। ऐतिहासिक रूपमा नेपालमा मधेश नामक भूभाग नभएता पनि वि.सं. २०६३/०६४ मा नेपालको पूर्वी तराईदेखि पश्चिमी तराईसम्म भएको जनआन्दोलनपछि यो शब्दले नेपालभरि व्यापकता पाएको हो। वि.सं. १९६८ मा गरिएको नेपालको पहिलो जनगणनामा समेत झापादेखि पर्सासम्मको भूभागलाई पूर्वी तराई, पाल्ही, माजखन्ड, खजनी, शिवराज (वर्तमान कपिलवस्तु, नवलपरासी र रूपन्देही)को भूभागलाई मध्यपश्चिम तराई र बाँकेदेखि कञ्चनपुरसम्मको भूभागलाई सुदूर पश्चिम तराई उल्लेख गरिएको छ।

सन्दर्भ सामग्रीहरू

Tags:

एघारौँ राष्ट्रिय जनगणना २०६८कोशी प्रदेशनेपालनेपालका प्रदेशहरूनेपालको संविधान २०७२बागमती प्रदेशभारत

🔥 Trending searches on Wiki नेपाली:

विकिमिडिया कमन्सकर्णाली पुलकृषि तथा पशुपंक्षी विकास मन्त्रालय (नेपाल)कौडिन्य गोत्रस्यार्पु तालऔद्योगिक क्रान्तिचितवन जिल्लादराजसंयुक्त राष्ट्रसङ्घका महासचिवडोटी जिल्लानेपालका बैङ्कहरूको सूचीबाल विवाहपहिलो विश्वयुद्धपशु पालनभक्तपुर दरबार क्षेत्रगुराँससिंहदरबारइलाम २ (निर्वाचन क्षेत्र)नेपालमा बोलिने भाषाहरूपरिवारसहस्राब्दी विकास लक्ष्यललितपुर महानगरपालिकादुर्गा प्रसाईकाठमाडौँको नगर प्रमुखफ्रान्सेली राज्यक्रान्तिदुधशिक्षक सेवा आयोग (नेपाल)अश्लील चलचित्रन्युटनको गतिका नियमहरूनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाउद्योगमहिनानेपाल राष्ट्र बैङ्कअर्थशास्त्रनेपालमा विद्यालयको तहगत संरचनाहिमशृङ्खलागणतन्त्र दिवस (नेपाल)बरनवालराजीव गान्धीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनइलाम जिल्लारामचन्द्र पौडेलबहुदलीय प्रणालीवैदेशिक रोजगारसमाजललित कलानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीलिखू नदीनोबेल पुरस्कारनवलपरासी जिल्लासाबित्रा भण्डारीसुदूरपश्चिम प्रदेश सभा निर्वाचन, २०७४अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालकोशी टप्पु वन्यजन्तु आरक्षधानकाठमाडौँयोनीमहिला सशक्तिकरणगीतहनुमान चालीसासुपादेउराली मन्दिरथाइरोइडदमाई जातिबराह अवतारदरबार हत्याकाण्डनवौँ राष्ट्रिय खेलकुद २०७९तलेजु मन्दिरनेपालका स्थानीय तहहरूबजेटसङ्खुवासभा जिल्लाटिकटकमहिषपाल वंशगाउँपालिकादोलखा जिल्लापोखरा महानगरपालिकादुबई🡆 More