भारतिय उपमहाद्वीप माथि सिख सम्राट एउटा प्रमुख शक्ति थियो, जुन महाराजा रणजित सिंहको नेतृत्वमा खडा भएको थियो जसले १७९९ मा लाहौरलाई कब्जा गर्यो र पन्जाब क्षेत्रको आस-पासलाई आधार बनाएर साम्राज्य स्थापित गर्यो। यो साम्राज्य १७९९ देखि १८४९ सम्म अस्तित्वमा रह्यो। यस साम्राज्यको चरममा १९औं शताब्दीमा यो साम्राज्य पश्चिममा खैबर पास देखि पूर्वमा हिमाचल र उत्तरमा कश्मिर देखि दक्षिणमा सिन्ध, सम्म फैलिएको थियो। सिख साम्राज्यको स्थापना १७०७ मा नै शुरु हुन थालेको थियो जब औरङ्गजेबको मृत्यु भयो र मुगल साम्राज्यको पतन हुन थाल्यो। मुगल साम्राज्य र अफगानीहरूको विरुद्ध लडाई लड्नको लागि मुगलहरूको कमजोरी दल खालसा (गुरु गोबिन्द सिंह द्वारा संचालित दल खालसा) आर्मीको लागि एउटा सुनौलो अवसर थियो। यस प्रकार आर्मीहरूको सङ्ख्या बढ्न थाल्यो जुन साना-साना समूह र अर्ध-स्वतन्त्र “मिस्ल” मा चारै तिर फैलीन थाल्यो। अलग – अलग आर्मी अथवा मिस्ल द्वारा अलग – अलग क्षेत्र अथवा शहर माथि कब्जा थियो। पछि १७६२ देखि १७९९ सम्ममा यि मिस्ल अथवा समूहहरूको आफ्नै प्रधान सेनापति (कमाण्डर) हुन थाले। रणजित सिंह द्वारा “मिस्लहरूलाई” एकिकृत गरे पछि असल सिख साम्राज्यको शुरुवात हुन थाल्यो। उनले एक एकिकृत राजनीतिक अधिराज्यको स्थापना गर्नुभयो। १२ अप्रैल १८०१ मा गुरू नानकलाई मान्ने एक व्यक्ति द्वारा रणजित सिंहलाई तिलक लगाउनको साथै उनको राज्यभिषेक भयो धेरै कम समयमा उनी एक बलियो राजाको रूपमा प्रकट हुनु भयो। उनी एउटा सिख मिस्लको सानो नेताबाट पन्जाबको महाराजा बन्नु भयो। आधुनिक हतियार र नया नया अभ्यास र कला द्वारा उ आफ्ना आर्मीलाई आधुनिकीकरण गर्न थाले। रणजित सिंहको मृत्यु पछि राजनीतिक अस्थिरताले गर्दा साम्राज्य भितरी तहबाटनै कमजोर हुँदै गयो। सन् १८४९ मा अङ्रेजसँग सिख – अङ्गरेज युद्ध हारे पछि साम्राज्यको अन्त भयो र यसको ब्रिटिस साम्राज्यमा मिश्रण भयो। पन्जाब साम्राज्य चार क्षेत्रमा बाँडियेको थियोः लाहौर, मुल्तान, पेशावर र कश्मिर जुन १७९९ देखि १८४९ सम्म रह्यो।
सिख धर्मको सुरुवात बाबर (मुगल साम्राज्यको संस्थापक) द्वारा उत्तर भारतमाथि विजय अभियानको बेलानै भएको हो। उसको नाती अकबर धार्मिक स्वतन्त्रतालाई धेरै सहयोग गर्थ्ये, अकबर गुरू अमर दासको लंगरमा जाने गर्थे त्यस कारण सिखहरू उनिबाट धेरै खुशी र प्रभावित थिये। जब उनी लंगरमा जान्थे सिखगुरुहरू र लंगरको लागि जमिनको टुकडा भेट स्वरूप दिने गर्थे यस कारण मुगल सम्राटसँग सिखहरूको साकारात्मक सम्बन्ध बनी सकेको थियो, यो मधुर सम्बन्ध सन् १६०५ मा अकबरको मृत्युको समय सम्म चल्यो। अकबरको अग्रपिढी, जहाँगिरले सिखहरूलाई राजनीतिक खतराको रूपमा हेर्ने गर्थ्यो। उसले गुरु अर्जुन देवलाई गिरफ्तार गरी हाल्यो र किनकी सिखहरूको सहयोग खुसरो मिर्जालाई थियो, अर्जुन देवलाई कष्ट पुर्याएर मार्न आदेश दिए। गुरु अर्जुन देवको स्वधर्म प्राण त्याग पछि छैठो गुरु बने हर गोबिन्द, अकाल तख्तलाई संगठित गर्दा खेरीनै हर गोबिन्दले सिख स्वाधिनता घोषित गरे र अमृतसरलाई बचाउनको लागि एउटा किलाको निर्माण गरे। जहाँगिरले ग्वालियरमा गुरु हर गोबिन्दलाई कारावासमा हालेर सिखहरूमाथि अधिकार जमाउन कोशिश गर्यो र केही वर्ष पछि रिहा गरी दियो जब उसलाई लाग्यो कि उसको राज्यमाथि अब कुनै सङ्कट छैन। जहाँगिरको मृत्यु सन् १६२७ मा भयो, तब सम्म मुगल साम्राज्यसंग सिखहरूको कुनै बात – विवाद रहेन। जहाँगिरको छोरा शाह जहाँले गुरु हर गोबिन्दको “स्वाधिनता” माथि रोष फैलाउन थाल्यो र अमृतसरमा लगातार आक्रमण पछि सिखहरू शिवालिक पहाडतिर जान बाध्य भए। गुरु हर गोबिन्दको क्रमानुयायी, गुरु हर रायले पहाडी क्षेत्रमा आफ्नो गुरुताको भूमिका राम्ररी पालन गरे उसले कुनै पनि आक्रमणकारी द्वारा सिखको भूमि माथि कब्जा हुन दिएनन। र मुगल साम्राज्यको टिमुरिड वंशलाई काबुमा ल्याउनको लागि गुरु हर रायले शाहजहाँको दुई छोरा औरङ्गजेब र दारा सिकोह बीच निष्पक्ष भूमिका निभायो।
ढाँचा:सिख साम्राज्य ढाँचा:साम्राज्य
This article uses material from the Wikipedia नेपाली article सिख साम्राज्य, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.