सखरखण्ड

सखरखण्ड एक प्रकारको कन्दमूल अथवा तरुल हो । यसलाई नेपालको पूर्वी तराई भेगमा सुठुनी पनि भन्ने गरिन्छ । सख्खरखण्ड खाँदा जति गुलियोे हुन्छ यो त्यतिनै स्वस्थकर पनि छ । यो प्राक्रितिक रूपले गुलियो हुनुका साथै यसमा अध्यधिक चिनीको मात्रा पनि हुँदैन । यसमा क्यालोरी समेत लुकेको हुन्छ । सख्खरखण्ड स्वस्थकर, सस्तो, अनि अन्धो हुनबाट जोगाउने तथा शरीरको तौल घटाउन अति सहयोगी साबित हुन्छ । सख्खरखण्ड खानाले अन्धोपनाबाट बच्नुका साथै शरीरको तौल समेत नियन्त्रण हुन्छ ।

सखरखण्ड
सखरखण्ड
सखरखण्डको फूल
सखरखण्ड
सखरखण्ड
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Asterids
गण:
Solanales
कुल:
Convolvulaceae
वंश:
Ipomoea
प्रजाति:
I. batatas
वैज्ञानिक नाम
Ipomoea batatas
(लिनिअस) लेमार्क
सखरखण्ड
सखरखण्डबाट मीठो

सखरखण्ड को प्रचलित नामहरु :

१. सुठुनी 

२. अलुवा 

३. गन्जी 


सखरखण्डबाट पाइने फाइदाहरू

  • सखरखण्डको सेवनले अन्धो हुनबाट यसले बचाउछ ।
  • यसमा भिटामीन ए लुकेको हुन्छ जुन अन्धो हुनबाट जोगिनका लागि अति आवश्यक छ । दक्षिण अफ्रिकामा सखरखण्डलाई जैविकीकरण गरेर उत्पादन गरिन्छ । किनकि त्यहाँ यसलाई मुख्य खानाको रूपमा समेत प्रयोग गर्ने गरिन्छ । यसमा बेटाक्यारोटीन अर्थात भिटामीन ए को मात्रा प्रसस्त हुन्छ ।
  • सखरखण्डले तौल घटाउँछ
  • सखरखण्डले मधुमेह रोगलाई नियमित बनाउँछ किनकि यो गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा भने हुँदैन ।
  • सख्खरखण्ड बेटाक्यारोटीन तथा अन्य स्वस्थकर पोषणले भरपुर्ण हुन्छ । आफ्नो खोराकमा सख्खरखण्डलाई सामेल गर्नुहोस् । यसले अन्धोपनालाई परै राख्छ, शरीरको तौल घटाउँछ, छाला सुकोमल बनाउँछ, आँखा, हड्डी लाई बलियो बनाउँछ ।
  • कांचो सख्खरखण्ड र गाजरलाई ग्राइन्डरमा पिन्नुहोस् । अनि यो सुप बिहानको खानाको रूपमा पनि सेवन गरर्नाले शरिरलाई आराम मिल्दछ ।
  • सख्खरखण्ड सेवन गर्नाले छाला सफा हुने, आँखा जन्य समस्याबाट छुटकारा मिल्ने, इम्यून सिस्टम बलियो हुने, हड्डी बलियो हुने गर्दछ ।
  • सख्खरखण्डले ब्लड सुगरलाई नियमित बनाउँछ किनकि यो गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा भने हुँदैन । यसमा कार्बोहाइडे्रटको मात्रा पनि लुकेको हुन्छ । यसमा एक प्रकारको हरमन लुकेको हुन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्ने कार्य गर्छ ।
  • पोलेको भन्दा उसिनेको सख्खरखण्डमा पोषण तथा भिटामीन पाइन्छ जुन अन्य फलफुल तथा हरियो सागसब्जिमा जत्तिकै लाभदायक हुन्छ ।
  • सखरखण्डमा पाचन प्रक्रियालाई बलियो बनाउन सक्ने शक्ति हुनुका साथै यसले लामो समय सम्म भोक मेटाउने काम समेत गर्छ ।
  • एउटा ठीक्कको सखरखण्डमा चार ग्राम फाइबर उपलब्ध हुन्छ जुन लामो समय सम्म भोक मेटाउन सहयोगी हुन्छ ।


यो पनि हेर्नुहोस


Tags:

🔥 Trending searches on Wiki नेपाली:

कर्णाली पुलथेससको जहाजसौर्यमण्डलगण्डकी प्रदेशयुट्युबलिम्बू जातिसार्वजनिक सेवा प्रवाहदिगो विकासछुवाछुतजैविक विविधतासिंहदरबाररामसोलुखुम्बु जिल्लायौनयोगगौरवमय क्रान्तिशिरीषको फूलकाभ्रेपलान्चोक जिल्लाकुकुरसर्लाही जिल्लात्रिभुवन वीरविक्रम शाहफिफाप्रतिनिधि सभा निर्वाचन, २०७९हजदोस्रो विश्व युद्धगृह मन्त्रालय (नेपाल)मार्क जुकरबर्गविकिपिडियाकृषिजिल्ला मालपोत कार्यालयपाठ्यक्रमप्राथमिक उपचारसिन्धुपाल्चोक जिल्लास्वास्थ्यसंयुक्त राष्ट्र महासभाएसियाली विकास बैङ्कझलकमान गन्धर्वमनोविज्ञानपरीक्षागुरुङ जातिपाल्पा जिल्लाराजनीतिदाइजो प्रथामहान्यायाधिवक्ताको कार्यालयनेपालको शिक्षा मन्त्रीहरूअनुराधा कोइरालालेखा प्रणालीमानव विकास चरणबौद्ध धर्ममा पञ्चशीलपाणिनिनेपालमा महिला अधिकाररियानानियमावलीचार्ल्स तृतीयप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)जिल्ला समन्वय समितिबिन्ध्यवासिनी मन्दिरव्यवस्थापनराष्ट्रिय स्वतन्त्र पार्टीसयौँ थुङ्गा फूलका हामीलमजुङ जिल्लामाल्दिभ्सरेबिजविश्व सम्पदा क्षेत्रवेब्याक मेसिनसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)हिमाली प्रदेश (नेपाल)लुम्बिनी प्रदेशधरहरालोक सेवा आयोग (नेपाल)इमेलदेवनागरी सङ्ख्या पद्धतिनेपालका राष्ट्रिय विभूतिहरूनेपालका उपत्यकाहरूउदारवादकुमाल जाति🡆 More