वेस्टमिन्स्टर प्रणाली

वेस्टमिन्स्टर प्रणाली एक प्रजातान्त्रिक संसदीय शासन प्रणाली हो जुन सयौँ वर्षको अवधिमा संयुक्त अधिराज्यमा विकसित भएको थियो। यस व्यवस्थाको नाम लन्डनको वेस्टमिन्स्टरको दरबारबाट आएको हो, जुन संयुक्त अधिराज्यको संसदको सभाघर हो। हाल विश्वका अन्य धेरै देशहरूले यस प्रणालीमा आधारित वा प्रभावमा पारेर यो प्रणाली स्थापना गरेका छन्। बेलायत र राष्ट्र्मण्डल देशहरू बाहेक यो प्रणाली विशेष गरी पूर्व ब्रिटिस उपनिवेशहरूको शासनमा देख्न सकिन्छ।

वेस्टमिन्स्टर प्रणाली
लन्डनमा थेम्स नदीको किनारमा रहेको वेस्टमिन्स्टर राजदरबार, संयुक्त अधिराज्यको संसदको सभाघर

सरकारको वेस्टमिन्स्टर प्रणाली विशेष गरी राष्ट्रमण्डल देशहरूमा देख्न सकिन्छ। यो पहिले क्यानडाको प्रान्तहरूमा सुरु भएको थियो र त्यसपछि अस्ट्रेलियाले पनि यो प्रणालीको आधारमा आफ्नो सरकार स्थापना गरेको थियो। आज विश्वभरि कुल ३३ देशहरूमा यो प्रणालीमा आधारित वा प्रभावित शासनहरू छन्। एक समयताका यो प्रणाली राष्ट्रमण्डल वा पूर्व राष्ट्रमण्डल देशहरू र तिनीहरूका उपराष्ट्रिय एकाइहरूमा वेस्टमिन्स्टर प्रणाली थियो। पछि आएर धेरै देशहरूले आफ्नो शासन प्रणाली परिवर्तन गरेका थिए।

विशेषताहरू

वेस्टमिन्स्टर प्रणालीको परिभाषित विशेषताहरू निम्न हुन्:

  • राष्ट्रप्रमुख : यहाँ एक मात्र औपचारिक र प्रतिनिधि कार्यकर्ता छ र उसको अधिकांश कार्यकारी शक्तिहरू अन्य संस्था र अधिकारीहरूको हातमा छन्, जुन उसले आफ्नो मातहतका अधिकारीहरूको सल्लाहमा प्रयोग गर्दछ;
  • प्रधानमन्त्री (सरकार प्रमुख ): सरकारको प्रमुख हो, उनी राष्ट्रको प्रमुखद्वारा नियुक्त गरिन्छ। उनी सामान्यतया राष्ट्रिय संसदमा बहुमत राजनीतिक दलको नेता हुनुहुन्छ, राज्य प्रमुखको मुख्य सल्लाहकार हुनुहुन्छ र सामान्यतया सबैभन्दा शक्तिशाली र प्रभावशाली अधिकारी हुनुहुन्छ;
  • कार्यकारिणी सरकार प्रमुख (प्रधानमन्त्री) को नेतृत्वमा मन्त्रिपरिषद्का सदस्यहरू (मन्त्रीहरू) द्वारा सञ्चालित हुन्छ। मन्त्रीहरूको नियुक्ति पनि प्रायः प्रधानमन्त्रीको हातमा हुन्छ;
  • विधायिका, द्विसदनीय वा एक सदनमा दुवैको स्वीकार्यता;
  • सरकारमाथि अविश्वास व्यक्त गर्ने संसदको स्वतन्त्रता;
  • संसद् खारेज गर्ने र निलम्बन गर्ने र संसद विघटन गरेर नयाँ निर्वाचनको आह्वान गर्ने राष्ट्रप्रमुखको क्षमता;

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ब्रिटिस साम्राज्यलन्डनलोकतन्त्रसंयुक्त अधिराज्यसंसदीय व्यवस्था

🔥 Trending searches on Wiki नेपाली:

रुस-युक्रेन युद्धफिफाराष्ट्रिय भूकम्प सुरक्षा दिवसमहिला विरुद्धका हिंसानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकेराबारी गाउँपालिकानेपालका राजामानव विकास सूचकाङ्कसंयुक्त राष्ट्रसङ्घका महासचिवजरायोटार, सिन्धुलीविश्व स्वास्थ्य सङ्गठनखप्तड राष्ट्रिय निकुञ्जदर्शनभीमबहादुर रावलनेपाल अङ्ग्रेज युद्धसीताकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)पुष्पकमल दाहालइन्टरनेटलैङ्गिकतापारस्परिकता (संस्कृतिक मानवशास्त्र)वेब ब्राउजरनैतिक दृष्टान्तडढेलोअरिङ्गालजैविक विविधतारवि लामिछानेसामाजिक सञ्जालवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबज्रयोगिनी मन्दिरआउँ रोगगाईमध्यवर्ती क्षेत्रत्रिभुवन विश्वविद्यालयचरानेपालीहलेसी महादेवमहालेखा नियन्त्रकको कार्यालयबाइबलह्रस्व दीर्घ नियमतमु ल्होसारमाझी जातिमदन पुरस्कारव्रतबन्धस्वास्थ्यकतारसार्वजनिक सेवा प्रवाहरणबहादुर शाहचाँगुनारायण मन्दिरसामाजिक सुरक्षा कोषडडेल्धुरा जिल्लाथारू जातिस्वयम्भूनाथऋतुइन्द्रबहादुर राईप्रदेश प्रमुख (नेपाल)ग्रीष्म ऋतुकुम्भ मेलाकृष्णचितवन राष्ट्रिय निकुञ्जगुगललोकतन्त्रजयपृथ्वीबहादुर सिंहआर्किमिडिजवैज्ञानिकप्राइभेट लिमिटेड कम्पनीफुटबल खेलनेपालमा कृषिज्योतिषसरकारी बजेटमौसमविद्युतओमसतिया गाउँपालिकारुपन्देही जिल्ला🡆 More