डडेल्धुरा जिल्ला

डडेल्धुरा जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा पहाडी जिल्ला हो। यस जिल्लाको सिमाना पूर्वमा डोटी,उत्तरमा बैतडी र दक्षिणमा कञ्चनपुरसँग जोडिएको छ भने यस जिल्लाको पश्चिममा भारतको उत्तराखण्ड पर्छ। नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गर्दथ्यो।

डडेल्धुरा जिल्ला
अजयमेरुकोट
डडेल्धुरा जिल्लाको अवस्थिति
डडेल्धुरा जिल्ला
देशडडेल्धुरा जिल्ला नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, डडेल्धुरा
क्षेत्रफल
 • जम्मा१,५३८ किमी (५९४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३९४२०
 • घनत्व९१/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

नामाकरण

डडेल्धुरा जिल्लाको नाम बनोटको आकृतीबाट रहेको भन्ने एक थरी मतवालम्बीहरूको धारणा रहेको छ, उनीहरूको अनुसार स्थानीय जनबोलीमा ढाडलाई डडाल्नु र अग्लो स्थानलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रंश भई जनजीव्रोमा डडेलधुरा भनिन थालिएको हो।

यस जिल्लाको नाम डडेलधुरा कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरू छन्। यस जिल्लामा दलिन जस्तो डाँडा, घना जङ्गल र जाडो भएको कारणले डडेलधुरा रहन गएको भन्ने भनाइ पनि छ।

जिल्लामा रहेका अस्पताल

  1. उपक्षेत्रिय अस्पताल डडेल्धुरा

पक्षेत्रिय अस्पताल डडेल्धुराको सेवा शुभारम्भ २०७० असार १ गते भएको हो।टिम अस्पताल डडेल्धुरामा २०६४सालदेखी सेवा सुचारु गर्दै आएको एचडिसिएस संस्थाले गुणस्तरीय सेवा दिन नसकेको भन्दै राजनीतिकदल नागरिकसमाज,सञ्चारकर्मी र स्थानीयले पटक पटक आन्दोलन गरेपछि एचडिसिएस संस्थाले वैशाख १२ गतेदेखी पूर्णरूपमा सेवा बन्द गरेको थियो। टिम अस्पताल र जिल्ला अस्पताल डडेलधुरालाईमर्ज गरी १०० शैयाको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा सञ्चालन गर्ने २०७० बैशाख २२ गते नेपाल सरकारले निर्णय गरे बमोजिम सेवा सुभारम्भ भएको हो।

  1. जिल्ला अस्पताल डडेल्धुरा
  2. प्रतेक गाउँ विकास समिति लक्षित गरी उपस्वास्थ्य चैकीहरू।

प्रशासनिक विभाजन

डडेल्धुरा जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
अमरगढी नगरपालिका ११ अमरगढी २१,२४५
परशुराम नगरपालिका १२ जोगबुडा ३४,९८३
आलिताल गाउँपालिका भिमदत्तपुर १८, १२५
भागेश्वर गाउँपालिका बगरकोट १४, १२९
नवदुर्गा गाउँपालिका मणिलेक १९, ९५७
अजयमेरु गाउँपालिका भद्रपुर १५,२४३
गन्यापधुरा गाउँपालिका गणेशपुर १५, ०९३

सन्दर्भ सामग्रीहरू

Tags:

डडेल्धुरा जिल्ला नामाकरणडडेल्धुरा जिल्ला जिल्लामा रहेका अस्पतालडडेल्धुरा जिल्ला प्रशासनिक विभाजनडडेल्धुरा जिल्ला सन्दर्भ सामग्रीहरूडडेल्धुरा जिल्लाउत्तराखण्डकञ्चनपुर जिल्लाडोटी जिल्लानेपालबैतडी जिल्लाभारतसुदूरपश्चिम प्रदेश

🔥 Trending searches on Wiki नेपाली:

फूलकोशी प्रदेशनेपालको राष्ट्रपतिजीवनीअमरसिंह थापाराष्ट्रिय अनुसन्धान विभागनयाँ पत्रिका दैनिकविद्युतसुशासनसंविधान सभाराउटे जातिनेपालको इतिहासगाउँपालिकाराष्ट्रिय गानमहाभारतअल्पविकसित देशतीर्थ श्रेष्ठबिसहजारी तालमूल्य सिद्धान्तगङ्गालाल श्रेष्ठनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)जिल्ला समन्वय समितिकश्यप गोत्ररामसार क्षेत्रआयुर्वेदशब्दकोशलागु पदार्थबजार अर्थव्यवस्थाविश्वकर्मा जातिध्वनि प्रदूषणयोगमाया न्यौपानेश्रीमद्भागवत् पुराणक्रोएसियासुपादेउराली मन्दिरखाँडादेवी मन्दिरनेपालका जिल्लाहरूजङ्गबहादुर राणादेवघाट धामवित्तीय विवरणहरूसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूविश्वका अग्ला हिमालहरूगिरिजाप्रसाद कोइरालाबाघस्वतन्त्र व्यापारमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीकर्जाकालिञ्चोक भगवतीविकसित देशनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटानेपालको उपराष्ट्रपतिहर्क साम्पाङउपन्यासबज्रयोगिनी मन्दिरसुनुवार जातिआन्तरिक नियन्त्रण प्रणालीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीछन्दलखन थापा मगरलोककथाफर्पिङ लघु जलविद्युत् परियोजनापर्यटनदैलेख जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)वाच्य (व्याकरण)मानव विकास अर्थशास्त्रयातायातक्रिकेटअप्रत्यक्ष करमहानगरपालिकाकाठमाडौँ उपत्यकागोत्रसन्दीप लामिछानेमुनामदन🡆 More