रतुवा

रतुवा उच्च पहाडी भेगदेखि भित्री मधेशमा पाइने एक प्रकारको स्तनधारी जंगली जनावर हो। हेर्दा घोरल जस्तै देखिने रतुवाको रंग रातो हुन्छ। यसको चरन आदी सबै घोरलसँग मेल खान्छ। यो बाख्रा जस्तै देखिने र अध्याँरोमा बढि सक्रिय हुने भएकाले रतुवालाई कति ठाँउमा राते वा राते बाख्री र वन बाख्रो भन्ने गर्छन्। रतुवा अथवा रतुवा मृगको वैज्ञानिक नाम Muntiacus हो। यो सबैभन्दा सानो हरिण प्रजातिहरू मध्ये एक हो।

रतुवा
रतुवा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
Chordata
वर्ग:
स्तनधारी प्राणी
गण:
Artiodactyla
उपगण:
Ruminantia
कुल:
Cervidae
उपकुल:
Cervinae
वंश:
Muntiacus

Rafinesque, 1815
वैज्ञानिक नाम
Muntiacus vaginalis
(Boddaert, 1785)
रतुवा
रतुवाको वासस्थान

वासस्थान

रतुवा मृग दक्षिण र दक्षिणपूर्वी एशियाका प्राय मुलुकहरूमा पाइन्छ। यो बंगलादेश, दक्षिणी चीन, उत्तरपूर्वी भारत, श्रीलंका, नेपाल, पाकिस्तान, कम्बोडिया, भियतनाम, मलय प्रायद्वीपमा भेटिन्छ। यो पतझड वनदेखि शंकुधारी वन र उष्णकटिबन्धीय वनका साथै घाँसे मैदान र झाडी तथा बुट्यान भएका ठाँउहरूमा बस्छन्। नेपालमा पनि यो तराई तथा पहाडी भेगमा पाइन्छ। एकदमै ठाडो भीडमा पनि पुग्न सक्ने रतुवा ३००० मिटरको उचाइसम्म पाइन्छ। यसलाई भारतमा काकड़ र बङ्गालीमा माया हरिण (মায়া হরিণ) भनेर चिनिन्छ।

बानीव्यवहाेरा र परिस्थितिकी

रतुवा मृगको आवाज

रतुवा मृग एक्लै बस्न रुचाउने प्राणी हो तर कहिलेकाहि ४-५ जनाको समूहमा पनि भेट्टिन्छ। यो एकदमै लजालु स्वभावको र लुकेर बस्ने प्राणी हो । यी हरिणहरू एकदमै सचेत प्राणीहरू हुन् र कुनै सिकारी जनावरको उपस्थिति पत्ता लागे ठूलो स्वरमा "भुक्दछ"। रतुवाले धेरैजसो एउटै ठाँउमा दिशा गर्छन् तर डुल्दै गर्दा भने बाटामा नै दिशा गर्छन्।

सन्दर्भ सूची

Tags:

🔥 Trending searches on Wiki नेपाली:

महिनावारीशक्ति पृथकीकरणआँखाउखान-टुक्काआगन्तुकबालश्रमत्रिभुवन शाहन्युटनको गतिका नियमहरूरानी राजेन्द्र लक्ष्मीतेह्रथुम जिल्लागुगलभारद्वाज गोत्रउत्प्रेरणाविष्णुलोकगीतउपमन्यु गोत्रपूँजीवादएथेन्सनिजीकरणमुद्राअम्ल वर्षासरुवा रोगसूचनाभण्डारखाल पर्वअधिकारएड्सजनकपुरधाम उपमहानगरपालिकाकविताअनुराधा कोइरालाई सेवामनसूनजनमत सङ्ग्रहबेलायतबाइसे राज्यहरूसहकारीविश्वका अग्ला हिमालहरूसहिद दिवसविश्वव्यापीकरणएसियाली विकास बैंकबलभद्र कुँवरसूचना तथा सञ्चार प्रविधि शिक्षावीरगंज महानगरपालिकाक्रिकेटभरतपुर महानगरपालिकाउपनिवेशप्रविधिरेडियोभिटोबाह्रौँ राष्ट्रिय जनगणना २०७८कार्ल मार्क्सअंशुवर्मानेपालका उर्जा केन्द्रहरूको सूचीमानव अधिकार दिवसगौतम बुद्धटेलिभिजनलेखा प्रणालीमुटुदासप्रथानगरकोटमाटोहुलाक टिकटहनुमान चालीसानेपाल प्रजा परिषद्स्नातक तहरामसार क्षेत्रक्रान्तिनेपालको सर्वोच्च अदालतनेपालका गाउँपालिकाहरूविशाल नेपालअन्नपूर्ण हिमालगर्भपतनआगन्तुक शब्दशब्दकोशनेपाल रेडक्रस सोसाइटीविक्रम सम्वत्🡆 More