भीष्म: महाभारतका एक पात्र

भीष्म महाभारतका एक पात्र हुन् ।तथा पाण्डव कौरवका हजूरबुबा पनि हुन उनी दृढ प्रतिज्ञाको लागि प्रसिद्ध छन् तथा महाभारतमा भीष्म गंगाका र महाराज शन्तनुका छोरा भन्ने वर्णन मिल्दछ।

भीष्म
भीष्म: जन्म र  प्रारम्भिक जीवन, कुरुक्षेत्र युद्ध, मृत्यु
Statue of Bhishma
Information
उपनामहरू
  • देवव्रत
  • Gauranga
  • भीष्म
  • पितामह
  • गंगापुत्र
  • महामहिम
  • कुरूश्रेष्ठ
लिङ्गMale
स्थानप्रधानसेनापति
सम्बद्धताकौरव
हतियार
परिवार
आफन्तकुरु राजवंश-चन्द्रवंश
Homeहस्तिनापुर

उनको प्रारम्भिक नाम देवव्रत थियो, उनलाई हस्तिनापुर राज्यको उत्तराधिकारी बनाइएको थियो। यद्यपि, उनले आफ्नो बुबाको खुशीको लागि आफ्नो सिंहासन त्यागे र आजीवन ब्रह्मचर्यको वाचा लिए। यस नि:स्वार्थ निर्णयको कारण, उनलाई भीष्मको नामले चिनिन्छ र उनका पिता शन्तनुले उनलाई इच्छा मृत्युको आशिष् दिए । उनले कुरु राज्यको राजनीतिक मामिलामा प्रमुख भूमिका खेले र कौरवहरूको पक्षमा कुरुक्षेत्र युद्धमा भाग लिए। युद्धको दशौं दिन पाण्डव राजकुमार अर्जुनले शिखंडीको सहयोगमा भीष्मलाई असंख्य बाणले छेडेर बाणको शैयामा गिराई दिए। बाण शैयामा एकावन्न (५१) रात बिताएपछि भीष्मले शुभ उत्तरायण (हिउँद संक्रांति) मा आफ्नो शरीर त्यागे। आफ्नो मृत्यु अघि, उनले युधिष्ठिरलाई विष्णु सहस्रनाम दिए।

भीष्मलाई हिन्दु धर्ममा एक सम्मानित तथा निष्ठा पात्रको रुपमा लिइन्छ। प्रत्येक वर्षमा उनको पुण्यतिथिलाई भिष्म अष्टमीको रुपमा मनाइन्छ, यो तिथी माघ शुक्ल अष्टमीमा पर्छ।

जन्म र प्रारम्भिक जीवन

भीष्म: जन्म र  प्रारम्भिक जीवन, कुरुक्षेत्र युद्ध, मृत्यु 
गङ्गालाई रोक्ने प्रयास गर्दै राजा शन्तनु
भीष्म: जन्म र  प्रारम्भिक जीवन, कुरुक्षेत्र युद्ध, मृत्यु 
गङ्गा आफ्ना पुत्र देवव्रत (भविष्यको भीष्म) लाई आफ्ना पिता शान्तनु समक्ष पेश गर्दै

भीष्मको जन्म र युवावस्था मुख्यतः महाकाव्यको आदिपर्व ग्रन्थमा वर्णन गरिएको छ। उनी चन्द्र वंशका राजा शन्तनु र उनकी पहिलो पत्नी गंगा, नदी देवीका एक मात्र जीवित छोरा थिए। यो मानिन्छ कि उनी द्यु (प्रभास) नामक वसुको अवतार थिए।

शन्तनुले गङ्गा (गङ्गा) नदीको तट नजिक एउटी सुन्दर महिलालाई देखे र उनलाई विवाह गर्नका लागि प्रस्ताव राखे। उनले पनि कुरा मानिन तर एउटा शर्तका साथ: कि शन्तनुले उनले कार्यहरुका बारेमा कुनै प्रश्न कहिल्यै पनि गर्ने छैनन् भनेर यदि त्यसो गर्यो भने उनी शन्तनुलाई छोडेर जानेछिन्। शन्तनुले उनको सर्त माने अनि उनीहरुको विवाह भयो। पछी उनले एउटा छोरालाई जन्म दिए। तर उनले बच्चालाई नदीमा लगेर डुबाइ दिईन्। शन्तनु उनीसँग कारण सोध्न पनि सक्दैनथे, किनकि उनले वाचा गरेका थिए, यदि त्यसो गर्यो भने उनी शन्तनुलाई छोडेर जानेछिन् । एकपछी अर्को, सात पुत्र उनले जन्म दिए र गङ्गा नदीमा डुबाउँदै गरिन्। जब गङ्गा ८ औं पुत्रलाई डुबाउन लागिरहेकी थिइन्, तब शान्तनुले, स्वयम् लाई रोक्न नसकेर सोधी नै हाले।

अन्तमा, गङ्गाले राजा शन्तनुलाई महाभिष र उनकोद्वारा दिइएको ब्रह्माका श्रापका बारेमा समझाएका थिए। तब उसले वहाँलाई बताए कि उनलाई आठ वटा बच्चा आठ वसु थिए, जसलाई वशिष्ठले पृथ्वीमा नश्वर मानवका रूपमा जन्म लिने भन्ने श्राप दिएका थिए। यद्यपि जब उनले वहाँलाई शान्त गरे, तर उसले आफ्नो श्रापलाई सीमित गरिदिएका थिए र उनलाई बताए कि तिनीहरु मनुष्यका रूपमा आफ्नो जन्मको एक साल भित्र नै यस अभिशापबाट मुक्त हुनेछन्। यसका लागि उसले ती सबै मध्ये सात बच्चालाई यस जीवनबाट मुक्त गरिदिएकी हुन्। यद्यपि वसु दायसलाई एउटा लामो जीवन बाँच्न र कहिल्यै पनि पत्नी वा बच्चा नहुने श्राप दिइएका थिए। तर ऋषिले उसलाई एउटा वरदान पनि दिए कि ऊ सबै धर्मग्रन्थहरुका साथ सदाचारी, वार्तालाप गर्ने र आफ्ना पिताका आज्ञाकारी पुत्र पनि हुनेछन्। गङ्गाले भनेकी थिइन् कि उनी त्यस राजाका सिंहासन र स्थितिका लागि राम्ररी प्रशिक्षित गर्नका लागि स्वर्ग लिएर जानेछिन्। यस शब्दहरुका साथ, उनी बच्चाको साथ हराएकी थिइन्, जबकि शन्तनु दु:ख का साथ उसको जीवनका बाँकी समय बिताउनका बारेमा सोचेर मरिएका थिए।

कुरुक्षेत्र युद्ध

चित्र:Pandavas headed by Yudhistira and accompanied by Krishna ask Bhishma permission to start the war.jpg
युद्ध सुरु हुनु अगाडी पितामह भीष्म संग आशिर्वाद लिदै पाण्डव
चित्र:Conversation of Bhishma and Duryodhana.jpg
दुर्योधनले भीष्मलाई पाण्डवको पक्ष लिएको आरोप लगाए

१८ दिनसम्म चालेको महाभारत युद्धमा उनी कौरव पक्षका सेनापति थिए जो १० दिनसम्म टिकी रहे । कौरवको सेनापति ग्रहण गर्नुभन्दा अगाडि उनले तीन सर्त राखेका थिए:

  1. कुनै पनि पाण्डवको बध नगर्ने
  2. म सेनापती रहुन्जेल अङ्गराज कर्ण युद्धमा भाग लिन पाउने छैनन् ।
  3. म शिखण्डी विरुद्ध कुनै अस्त्र चलाउने छैन।

भीष्म इच्छा नहुँदा नहुँदै कौरवहरूको पक्षमा लडे। भीष्म आफ्नो समय र इतिहासका सबैभन्दा शक्तिशाली योद्धा थिए। उनले पवित्र गंगाको पुत्र र भगवान परशुरामको विद्यार्थी भएर आफ्नो पराक्रम र अजेयता प्राप्त गरेका थिए। करिब पाँच पुस्ता पुरानो भए पनि भीष्म त्यति शक्तिशाली थिए जो त्यतिबेला जीवित योद्धाले उनलाई परास्त गर्न सक्दैनथे। प्रत्येक दिन, उसले कम्तिमा १०,००० सिपाही र १,००० रथहरू नष्ट गरेका थिए। युद्धको प्रारम्भमा, भीष्मले पाण्डवहरू मध्ये कसैलाई पनि नमार्ने वाचा गरे, किनकि उन्ले पाण्डवहरूको हजुरबुवा भएकोले उनीहरू प्रति स्नेह थियो । भीष्मले कुनै पनि पाण्डवको बाधा नगरेकाले दुर्योधनले प्रायः भीष्मलाई "कौरवको पक्षमा नलडेको "आरोप लगाउथे। उनले युद्धमा कुनै पनि कौरवलाई मारिन दिएनन्, किनकि उनी आफ्ना सबै नातिनातिजाहरूलाई माया गर्थे र शान्ति वार्ताबाट नै समाधान चाहन्थे।

मृत्यु

महाभारतको युद्ध पछी उनले युधिष्ठिरलाई राजाको कर्तव्यको बारेमा उपदेश दिए।

उनलाई इच्छा मृत्युको वरदान प्राप्त थियो त्यसैले उनी शरशय्यामा ६ महीनासम्म रहेर इच्छा अनुसार सूर्य उत्तरायण पारेर प्राण त्याग गरे ।

भीष्म चरित्र

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

भीष्म जन्म र प्रारम्भिक जीवनभीष्म कुरुक्षेत्र युद्धभीष्म मृत्युभीष्म चरित्रभीष्म यो पनि हेर्नुहोस्भीष्म सन्दर्भ सामग्रीभीष्म बाह्य कडीहरूभीष्मकौरवगङ्गा नदीपाण्डवमहाभारतशन्तनु

🔥 Trending searches on Wiki नेपाली:

अर्थसती प्रथानेपालको भूगोलमहादेशमुख्य पृष्ठदासप्रथाछुवाछुतथापाजैविक विविधताआम निर्वाचन २०१५जङ्गलरामप्रसाद ज्ञवालीएड्सलैङ्गिक समानताप्रवेशिका परीक्षानेपालको राष्ट्रपतिकिराँत कालपाठ्यक्रमसामुदायिक वनदिगो विकासधादिङ जिल्लासहकारीइन्टरनेटलोकबाजानेपाली साहित्यको इतिहासमेलम्ची नगरपालिकाअल्पविकसित देशनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८रामेछाप जिल्लाजुद्ध शमशेर जङ्गबहादुर राणामुक्तिनाथतत्वविराटनगर महानगरपालिकातिहारव्यवस्थापिकासम्भोगखस जातिसंविधानकुमाल जातिविद्यादेवी भण्डारीकिम्बुपृथ्वीभावनामस्कोनगरपालिकाक्षेत्रफलपरराष्ट्र मन्त्रालय (नेपाल)पर्यटनसमूहश्रीमद्भगवद गीतामाओवादी जनयुद्धमहावीर पुननेपालनेपाल रेडक्रस सोसाइटीडाङ जिल्लामारी अँतवानेतनेपालका सहिदहरूआमाकोशी प्रदेशको मुख्यमन्त्रीनेपाल दूरसञ्चार प्राधिकरणसामाजिक सञ्जालदोधारा चाँदनी पुलनेपाली कांग्रेसनेपाल संस्कृत विश्वविद्यालयइतिहासनेपालका प्रधान सेनापतिहरूसुदूरपश्चिम प्रदेशपारिजात (साहित्यकार)गुरुङ जातिविद्युतकरारदोहोरो लेखा प्रणालीराम राज पन्तजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीकालिञ्चोक भगवती🡆 More