भारतीय विशाल लोखर्के

भारतीय विशाल लोखर्के लोखर्के प्रजातिमा पर्ने एक ठूलो आकारको लोखर्के हो। यस लोखर्केको आकार अन्य प्रजातिका लोखर्के भन्दा ठूलो र लामो पुच्छर हुन्छ। यसले दिन र रात दुवै समयमा राम्रोसँग देख्न सक्छ भने यी प्रजातिहरू प्राय साकाहारी हुन्छन्। यस प्रजातिको लोखर्के मुख्यतया दक्षिण एसियामा भेटिन्छन्।

भारतीय विशाल लोखर्के
भारतीय विशाल लोखर्के
वैज्ञानिक वर्गीकरण edit
Unrecognized taxon (fix): Ratufa
प्रजाति:
Template:Taxonomy/RatufaR. indica
वैज्ञानिक नाम
Template:Taxonomy/RatufaRatufa indica
(जोनाथन क्रिस्चियन, सन् १७७७)
उपप्रजाति
  • R. i. indica
  • R. i. centralis
  • R. i. dealbata
  • R. i. maxima
भारतीय विशाल लोखर्के
भारतीय विशाल लोखर्केको बासस्थान दायरा

शारीरिक विवरण

भारतीय विशाल लोखर्के विश्वभरिका अन्य प्रजातिका लोखर्के भन्दा भिन्न देखिन्छ भने यसको शरीरमा दुई फरक किसिममा रङ्गहरू देख्न सकिन्छ। यस प्रजातिको लोखर्केको एक वयस्कको लम्बाईमा १४ इञ्च सम्मको फरक पाइन्छ भने यसको पुच्छरको लम्बाई २ फिट (०.६१ मिटर) हुन्छ। भारतीय विशाल लोखर्केको तौल २ किग्रा (४.४१ पाउण्ड) हुन्छ। यी प्रजातिहरूको प्राय शरीरको माथिल्लो भागमा कालो, खैरो र गाढा रातो रङ्गका भुत्लाहरू देखिन्छन्। यस प्रजातिको लोखर्केका केही जातिको भने शरीको रङ्ग मैलो खाले सेतो र हल्का खैरो रङ्गको साथै रातो रङ्गको देखिन्छ। यस जनावरको प्याजी रङ्गको नाक र मुख हुन्छ। यस प्रजातिको लोखर्केको गाढा खैरो र हल्का खैरो रङ्गको आँखा हुन्छ भने यसको लामो र शक्तिशाली पुच्छर हुन्छ जसको रङ्ग हल्का खैरो देखि सेतो हुन्छ। यस प्रजातिका लोखर्केको भाले र पोथी लगभग समान आकार र उचाईका हुन्छ।

वितरण

भारतीय विशाल लोखर्के एक स्वदेशी भारतीय प्रजाति हो जहाँ यस प्रजाति मध्य प्रदेश र महाराष्ट्रको सातपुडा पहाडी श्रृङ्खलामा बसोबास गर्छन्।

व्यवहार

भारतीय विशाल लोखर्के 

भारतीय विशाल लोखर्के एक रूखमा बस्ने प्रजाति हो जसले विरलै रूख छाड्छ। यस प्रजातिले ठूलो सल्लाको रूखमा गुँड बनाउने गर्दछ भने यी प्रजातिका गुँड प्राय जमिनको सतहबाट अग्लो स्थानमा निर्माण हुन्छ। यस प्रजातिले एक देखि अर्को रूखमा जानका लागि ६ मिटर लामो छलाङ लगाउन सक्छ। यसको मुख्य सिकारी चितुवा र सिकारी पन्छी हुन्। भारतीय विशाल लोखर्के मुख्यतया बिहानको घाम झुल्किनु भन्दा अगाडि र बेलुकाको घाम ढल्किएपछि सक्रिय हुन्छ भने यी प्रजातिहरू दिउँसोको समयमा निस्क्रिय रहन्छन्। यस प्रजातिका लोखर्केहरू सामान्यतया एकान्तमा बस्न रुचाउँछन् भने यी जनावरहरू मात्र आफ्नो प्रजनन जोडीसँग देखा पर्छन्। यो प्रजातिले बीज फैलाउने काममा संलग्न भएर आफ्नो वासस्थानको प्रणालीलाई आकार दिन ठूलो भूमिका खेल्ने छ भन्ने विश्वास गरिन्छ। यस प्रजातिको जनावरले प्राय फलफूल, बदाम र रूखको बोक्रा खाने गर्छन्। यस प्रजातिका केही उपप्रजातिले भजे कीरा र चराको अण्डा पनि खाने गरेको पाइएको छ।

जनसङ्ख्या

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार भारतीय विशाल लोखर्के यसको दायराभरि सामान्य र व्यापक छ तर समग्र जनसङ्ख्या अनुमान उपलब्ध छैन। यद्यपि पुने मिरर स्रोतका अनुसार महाराष्ट्रमा भारतीय विशाल लोखर्केको सङ्ख्या लगभग १,८००-१,९०० को आसपास रहेको अनुमान गरिएको थियो। भारतीय विशाल लोखर्केलाई प्रकृति संरक्षण सङ्घले कम चासोको प्रजातिको रूपमा वर्गीकरण गरेको छ तर हाल यस प्रजातिको जनावरको सङ्ख्या विभिन्न प्राकृतिक तथा अन्य कारणले घट्दै गएको छ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

भारतीय विशाल लोखर्के शारीरिक विवरणभारतीय विशाल लोखर्के वितरणभारतीय विशाल लोखर्के व्यवहारभारतीय विशाल लोखर्के जनसङ्ख्याभारतीय विशाल लोखर्के सन्दर्भ सामग्रीभारतीय विशाल लोखर्के बाह्य कडीहरूभारतीय विशाल लोखर्के

🔥 Trending searches on Wiki नेपाली:

पञ्चैबाजापहाडी प्रदेश (नेपाल)हस्तमैथुननेपालसार्की जातिसम्पादनसगरमाथा राष्ट्रिय निकुञ्जसहरीकरणक्रोकस सिटी हलमा आक्रमणआठबीस नगरपालिकामल्ल वंशनेपालका स्थानीय तहहरूअन्तरिक्षव्यापारप्रेस काउन्सिल नेपालमानव संसाधन व्यवस्थापनका कार्यहरूयोनीनेपालको मन्त्रिपरिषद्सञ्चारआर्थिक विकासकपिलवस्तु जिल्लाफिफामाटोरेखा थापाढोरबराहि मन्दिरनेपालका तालहरूको सूचीसामाजिक सञ्जालनेपालमा पर्यटनब्याडमिन्टनजीव विज्ञानइजरायल–हमास युद्ध, सन् २०२३काठमाडौँविवाह संस्कारविज्ञाननेपालका प्रदेशहरूनेपालमा मौलिक हक र कर्तव्यसल्यान जिल्लारस (काव्य शास्त्र)सगरमाथादार्चुला जिल्लानेपालमा हिन्दु धर्मवैज्ञानिकशिखरिणी छन्दप्राइभेट लिमिटेड कम्पनीस्नातक तहपौडेललखन थापा मगरनेपालका हिमालहरूको सूचीदोहोरो लेखा प्रणालीबंगलामुखी मन्दिरप्रतिनिधि सभा निर्वाचन, २०७४घडीअल्पसङ्ख्यकजाजरकोट भूकम्प, २०८०नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाजयपृथ्वीबहादुर सिंहकेन्द्रीय बैङ्कहलेसी महादेवनेपालको प्रमाणिक समयकिराँत कालमहानगरपालिकानरेन्द्र मोदीढोरपाटन शिकार आरक्षप्रस्तुतिकरणभट्टराईजनकपुरधाम उपमहानगरपालिकानेपालमा खो-खो खेलपूर्वी रुकुम जिल्लानेपालको आमसञ्चारसूचनापर्वत जिल्लाकम्प्युटरयौन तथा प्रजनन स्वास्थ्य अधिकारमनोविज्ञानलोसारतथ्याङ्क🡆 More