१७ चैत,२०७५ आइतबार साँझ असिनापानीसँगै बारा र पर्सामा आएको शक्तिशाली हुरीमा सर्वाधिक जनधनको क्षति भएको छ । बारा, पर्सामा आएको हावाहुरी ‘टोर्नाडो ’ थियो । जल तथा मौसम विज्ञान विभाग र ‘द स्मल अर्थ नेपाल’ले संयुक्त रूपमा गरेको प्रारम्भिक अध्ययनबाट यो तथ्य खुलेको हो । ‘टोर्नाडो’ सुनामीजत्तिकै शक्तिशाली हुरी भएको वैज्ञानिकहरूको भनाइ छ । हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका कच्ची घरहरूमा क्षति पुगेको थियो ।
{{{Name}}} | |
---|---|
A map of the affected area/s | |
{{{Type}}} in {{{Place}}} | |
घटनाको मिति | {{{१७ चैत,२०७५}}} |
समय | |
स्थान | बारा पर्सा |
मृतक | २७ |
घाइते | |
Natural/Manmade | {{{Natural/Manmade}}} |
बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको थियो । प्रदेश २ सरकारले सोमबार बिहान ७ बजे नै बैठक बसेर मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत दिने निर्णय गरिको थियो ।
बारामा शक्तिशाली हुरीका कारण ज्यान गुमाएकामध्ये अधिकांशको टाउकामा चोट देखिएको थियो । मृतकहरूको मुचुल्का विवरण संकलनमा खटिएका प्रहरी अधिकारी अनुसार वयस्क र अधबैंसेहरू भाग्दा टाउकाको पछाडि वा अगाडिको भागमा चोट लागेको देखिएको थियो । बालबालिकाहरूको मृत्यु भने गुम्सिएर भएको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणले आँधी हावा हुरी प्रभावित क्षेत्रमा तत्काल दूरसञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ । आइतबार साँझ आएको हावाहुरीका कारण ती जिल्लामा ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । प्राधिकरणका कायममुकायम अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम, एनसेल नेपाललगायतका दूरसञ्चार सेवा प्रदायकलाई तत्काल सेवा सञ्चालन हुने वातावरण बनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिनुभयो । बिटिएस टावरमा क्षति पुगेका कारण ती जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।
आँधी हुरीले बारा र पर्सा जिल्लाका २ हजार भन्दा धेरै बिजुलीको पोल ध्वस्त बनाएको नेपाल विद्युत प्राधिकरणले जनाएको थियो । बारा र पर्साको आँधीले विद्युत सेवामा पुर्याएको क्षतिबारे सोमबार एक विज्ञप्ति जारि गर्दै प्राधिकरणले विपत्ति प्रभावित क्षेत्रमा छिटो भन्दा छिटो बिद्युत सेवा सुचारु गराउन प्रयास थालेको बताएको थियो ।
प्राधिरणको विज्ञप्तिमा हावाहुरीका कारण कयौं ट्रान्सफर्मरमाहरूमा समेत क्षति पुगेको उल्लेख छ । आँधीका कारण करिब १५ करोड रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको पूर्वानुमान् प्राधिकरणले गरेको छ ।
१८ चैत,२०७५ सोमबार सांझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले दुखद परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अंग, स्थानीय तह, नीजी क्षेत्र , सामाजिक तथा गैरसरकारी संस्थाहरूलाई समन्वयात्मक रूपमा परिचालन गरी विपत प्रभावितहरूको उद्धार, उपचार, राहत एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।
घाईतेहरूको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने निर्णय पनि बैठकले गरेको थियो । त्यसैगरी घाईतेहरूको उपचारमा कुनै कमि कमजोरी हुन नदिने, घाईते भई अपाङ्ग तथा अशक्त हुनेहरु तथा तथा मृतकका परिवारका सदस्यहरूलाई सरकारले यथोचित व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधि उपकरण सहितको थप स्वास्थ्यकर्मीहरूको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि बैठकले गरेको थियो । विपत प्रभावित क्षेत्रमा खानेपानी , विद्युत् , सञ्चार लगायतका अत्यावश्यक सेवाहरू सुचारु गराउन र थप क्षति हुन नदिन सम्बन्धित क्षेत्रहरूले पुर्ण सर्तकता अपनाउने साथै त्यसका लागि आवश्यक कदम चाल्ने निर्णय बैठकले गरेको थियो ।
This article uses material from the Wikipedia नेपाली article बारा-पर्सा टोर्नाडो २०७५, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.