पृथ्वी वीरविक्रम शाह

पृथ्वी वीर विक्रम शाह नेपालका सातौं शाह वंशीय राजा हुन्। यिनको वि.सं.

१९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि वि.सं. १९३८ को श्रावण महिनामा राजा भएका थिए। यिनको मृत्यु वि.सं. १९६८ मा २९ वर्षको शासनकालपछि भएको थियो।

पृथ्वी वीर विक्रम शाह
पृथ्वी वीरविक्रम शाह
राजा पृथ्वी वीर विक्रमको तस्बिर
नेपालका राजा
शासनकालवि.सं. १९३८ जेठ ०६ – वि.सं. १९६८ मङ्सिर १६
राज्याभिषेकवि.सं. १९३८ मङ्सिर १८
पूर्वाधिकारीसुरेन्द्र विक्रम शाह
उत्तराधिकारीत्रिभुवन वीर विक्रम शाह
जन्मवि.सं.१९३२ भदौ ०४
वसन्तपुर, नेपाल
मृत्युवि.सं. १९६८ मङ्सिर २६ (३६ वर्ष)
काठमाडौँ, नेपाल
जीवनसाथीरमण राज्य लक्ष्मी देवी शाह
दिव्यश्वरी लक्ष्मी देवी शाह
किर्ती राज्य लक्ष्मी देवी शाह
दुर्गा राज्य लक्ष्मी देवी शाह
वंशशाह वंश
बाबुत्रैलोक्य विक्रम शाह
आमाललिता राज्य लक्ष्मी देवी शाह
धर्महिन्दु

जन्म तथा प्रारम्भिक जीवन

यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। १९३८ जेठ ६ मा राजा श्री ५ सुरेन्द्रको मृत्यु पछि यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि राजा भएका थिए।

पृथ्वी वीरविक्रम शाह 
उनको विवाह वीर शमशेरका दुई छोरीसँग भएको थियो।

राजा पृथ्वीवीरविक्रमको राज्याभिषेक विसं १९३८ मार्ग १८ (मार्ग शुक्ल एकादशी) मा सम्पन्न भयो।

शासनकाल

यिनको पालामा भएका प्रमुख केही घटनाहरू तथा निर्माण कार्यहरूः

३८ सालको पर्व

३८ सालको पर्वमा यी बालक राजा पृथ्वी वीर विक्रमको हत्या गरी यिनका काका माहिला साहेवज्यू नरेन्द्र विक्रम शाह राजा, मामा जगतजंग राणा श्री ३ महाराज र पदमजंग राणा प्रधान सेनापति हुने योजना थियो।

४२ सालको पर्व

प्रधानमन्त्री रणोद्दीप सिंहको समयमा वि.सं. १९४२ मा भारतको इस्ट इन्डिया कम्पनी सरकारले रावलपिन्डीमा आयोजना हुने परेडमा सभागी हुन नेपाललाई समेत निम्तो दियो ।

त्यसको जिम्मेवारी वीर शमशेरलाई दिइएको थियो । वीर शमशेरले आफूसँग रहेका सैनिकहरूको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे। जंगबहादुरको छोरा जगतजङ्ग राणा र नाति युद्धप्रताप जंग (नाति जर्नेल)को समेत हत्या गरियो। जंगबहादुरको छोराभाइहरू आफ्नो प्राण बचाउन कतिपय बाहिर भागे र उनीहरूको प्रधानमन्त्री हुने रोलक्रम समाप्त भयो । यो सबै घटना वि.सं. १९४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भनिन्छ।

५८ सालको पर्व

१९५८ मा कमाण्डर इन्चिफ चन्द्र शमशेरले श्री ३ देव शमशेरलाई पदच्युत गरे। राजा पृथ्वी वीर विक्रम देव शमशेरलाई हटाएर चन्द्र शमशेरलाई प्रधानमन्त्री नियुक्त गर्ने पक्षमा नभएता पनि उनलाई धम्कि दिएर सो कार्यको लागि बाध्य बनाइयो ।

=अन्य घटना

प्रधानमन्त्रीहरू

यिनको शासनकालमा प्रधानमन्त्री बनेकाहरूको सुची यसप्रकार छ।

प्रधानमन्त्री पदावधि सुरु पदावधी अन्त्य
रणोद्दीप १९३३ १९४२
वीरशमशेर १९४२ १९५७
देवशमशेर १९५७ १९५८
चन्द्रशमशेर १९५८ १९७८

सम्मान

पृथ्वी वीरविक्रम शाह 
सिंह दरबार अगाडि भद्रकालीमा रहेको महाराज पृथ्वी वीर विक्रमको शालिक
पृथ्वी वीरविक्रम शाह 
सिंह दरबारअगाडि भद्रकालीमा रहेको महाराजा पृथ्वी वीर विक्रमको शालिकको शिलालेख

मृत्यु

उनको वि सम् १९६८ मा मृत्यु भयो। चन्द्रशमशेरद्वारा मन्दविष को प्रयोग गरी उनको हत्या गरिएको शंका गरिन्छ।


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

पृथ्वी वीरविक्रम शाह जन्म तथा प्रारम्भिक जीवनपृथ्वी वीरविक्रम शाह शासनकालपृथ्वी वीरविक्रम शाह प्रधानमन्त्रीहरूपृथ्वी वीरविक्रम शाह सम्मानपृथ्वी वीरविक्रम शाह मृत्युपृथ्वी वीरविक्रम शाह सन्दर्भ सामग्रीहरूपृथ्वी वीरविक्रम शाह बाह्य कडीहरूपृथ्वी वीरविक्रम शाहशाह वंश

🔥 Trending searches on Wiki नेपाली:

संविधान सभा निर्वाचन २०७०मयूरहिमनदीपर्यटननेपालको राजनीतिकमलरीसाकेला नाचकर्मचारी सञ्चय कोषजलविद्युतनवौँ राष्ट्रिय खेलकुद २०७९नेपाल लेखामान बोर्डराउटे जातियोगनेपाली व्याकरणहनुमान चालीसामुस्ताङ जिल्लानेपालको जनआन्दोलन २०६३गिरिजाप्रसाद कोइरालासुभद्रा अधिकारीनेपाल स्काउटनेपालका प्रधानमन्त्रीहरूको सूचीरामवरण यादवसङ्खुवासभा जिल्लाकाभ्रेपलान्चोक १ (निर्वाचन क्षेत्र)राशि-चक्रनुवाकोट जिल्लानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)कार्कीहनुमानपाठ्यक्रमडाँफेजिल्ला सभाकृष्ण जन्माष्टमीकानूनदाहालरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोकार्यसम्पादन मूल्याङ्कननेपालका स्थानीय तहहरूनेपालको महालेखा परीक्षकसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूगाईगीर्वाणयुद्ध विक्रम शाहलुम्बिनीअनुसन्धान प्रस्ताव१८औँ सार्क शिखर सम्मेलननेपालको उपप्रधानमन्त्रीपहाडी प्रदेश (नेपाल)कलमडिजिटल साक्षरताशिक्षण विधिसङ्गठनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनविश्वेश्वरप्रसाद कोइरालानेपालको जनआन्दोलन २०४६रश्मिका मन्दानानेपालको निशान छापऊर्जानारायणकाजी श्रेष्ठसंयुक्त अरब इमिरेट्सपाचन प्रणालीमानव अधिकारनेपालका जातिहरूधर्मइजोरिया (उपन्यास)थारू जातिभानुभक्त आचार्यतीन घुम्ती (उपन्यास)नेपालको राष्ट्रपतिसमाजशास्त्रनेपाली परम्परागत नापका इकाईदाइजोस्याङ्जा जिल्लापाथीभरा देवी (ताप्लेजुङ)जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीकालिञ्चोक भगवतीनारायणगोपाल गुरूवाचार्यसुनुवार जातिविज्ञापन🡆 More