सुरेन्द्र वीरविक्रम शाह

श्री ५ सुरेन्द्रको जन्म वि.सं.

१८८३ आश्विन २० गते श्री ५ राजेन्द्रका पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । श्री ५ राजेन्द्र काशीमा बस्दा षड्यन्त्र गरेको अभियोमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई सत्ताच्युत गरी वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई जंगबहादुरले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५बाट श्री ३ मा सारी शुरूका दिनमा बेलायती र राणाहरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८ मा यिनको निधन भयो ।

सुरेन्द्र विक्रम शाह
सुरेन्द्र वीरविक्रम शाह
राजा सुरेन्द्र
नेपालका राजा
शासनकालवि.सं. १९०४ बैशाख ३१ – १९३८ जेठ ०६
राज्याभिषेकवि.सं. १९०४ बैशाख ३१
पूर्वाधिकारीराजेन्द्र विक्रम शाह
उत्तराधिकारीपृथ्वी वीर विक्रम शाह
जन्मवि.सं. १८८६ कार्तिक ०६
वसन्तपुर, नेपाल
मृत्युवि.सं. १९३८ जेठ ०६ (५१ वर्ष)
वसन्तपुर, नेपाल
वंशशाह वंश
बाबुराजेन्द्र विक्रम शाह
आमासाम्राज्य लक्ष्मी देवी शाह
धर्महिन्दु

प्रारम्भिक वर्ष

युवराज सुरेन्द्र सन्की स्वभावका थिए । आमा साम्राज्य लक्ष्मी देवी शाहको मृत्युपछी एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । जङ्ग बहादुर कुँवर उनको अङरक्षक रहदा जङ्ग ले साहसिक र खतरनाक आदेशहरू पालना गर्नु पर्यो । उनले त्रिसुलि नदिमा घोडा सहित कुद्ने, धरहराबाट हाम फाल्ने, बाह्र वर्षे इनारमा हामफाल्ने जस्ता आदेश मान्नु परेको थियो ।

रानी राज्यलक्ष्मीदेवी युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । प्रधानमन्त्री माथवर सिंह थापाले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछि उनकै भान्जा जंगबहादुरद्वारा उनको हत्या गराइन् ।

उनलाई राजा बन्नबाट रोक्ने रानीको प्रयासकै कारणले माथवर सिंह थाप मुख्तियार बन्नु, माथवरसिंहको हत्या हुनु, गगनसिंह र रानीको सम्बन्ध नजिकिनु, गगनसिंह हत्या, कोत पर्व, भण्डारखाल पर्व जस्ता घटनाहरू घटे ।

नानी महाराज

जेठी महारानी साम्राज्यलक्ष्मीको मृत्युपछि युवराजधिराजको उग्र स्वभाव बढ्दै गएकोमा राजा श्री ५ राजेन्द्रबाट वि.सं. १८९९ मा "नानी महाराजधिराज" पदवी दिई उनको चित्त बुझाउन शासनमा सरिक गराए। त्यो कार्यबाट भारदारहरूलाई कसको आज्ञा पालन गर्ने श्री ५ को, श्री ५ नानी महारजको वा श्री ५ कान्छी महारानीको ? भन्ने जटिल समस्या प्रशासनमा आइपर्यो। त्यही वर्षको पौषमा महिनामा भारदारहरूले सल्लाह गरी श्री ५ युवराजधिराजको अत्याचारको सिकायत श्री ५ राजेन्द्र सामु गरे। त्यतिले पनि केही असर नपरेकाले भारदारहरूले जुलुस गरी हनुमानढोका राजदरबारमा पुगी राज्यको अधिकार एकै जनाका हातमा राख्नुपर्ने लिखित विन्तिपत्र चढाए। तदनुसार श्री ५ राजेन्द्रले वि सं १८९९ (५ जनवरी) का दिन आफूले समेत श्री ५ महारानी राज्यलक्ष्मीदेवीको आज्ञा पालन गर्ने गरी सम्पूर्ण राजकीय अधिकार कान्छी रानीलाई समर्पण गरे। त्यसमा महारानीलाई पूर्ण अधिकार दिँदै केवल राजपरिवारलाई सजाय गर्न नपाउने कुरा थियो।

राज प्रतिनिधि

राज्याविषेक

वि.सं. १९०४ वैशाख ३१ गते जङबहादुरले श्री ५ राजेन्द्रलाई पदच्युत गरी श्री ५ सुरेन्द्रलाई गद्दीमा राखे (ई. १२ मे १८४७)। वि.सं. १९०४ आश्विनमा श्री ५ सुरेन्द्रको पदलाई इष्ट इन्डिया कम्पनीले मान्यता गर्यो (ई. अक्टोबर १, १८४७)

अलौ पर्व

मृत्यु

सुरेन्द्र वीरविक्रम शाह 
आफ्ना अङ्गरक्षकहरूको साथमा राजा सुरेन्द्र

वि.सं. १९३८मा जेठ ६ मा यिनको निधन भयो । यिनका नाति बालक युवराज श्री ५ पृथीवीरविक्रम शाह नेपाल अधिराज्यको राजसिंहासनमा राखिए। यसको करिब दुई महिना पछि नजरबन्दमा राखिएका उनका पिता राजा राजेन्द्रको १९३८ श्रावण ३० मा मृत्यु भयो।


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

सुरेन्द्र वीरविक्रम शाह प्रारम्भिक वर्षसुरेन्द्र वीरविक्रम शाह नानी महाराजसुरेन्द्र वीरविक्रम शाह राज प्रतिनिधिसुरेन्द्र वीरविक्रम शाह राज्याविषेकसुरेन्द्र वीरविक्रम शाह अलौ पर्वसुरेन्द्र वीरविक्रम शाह मृत्युसुरेन्द्र वीरविक्रम शाह सन्दर्भ सामग्रीहरूसुरेन्द्र वीरविक्रम शाह बाह्य कडीहरूसुरेन्द्र वीरविक्रम शाहजङ्गबहादुर राणाराजेन्द्र विक्रम शाहराणा शासन

🔥 Trending searches on Wiki नेपाली:

पत्रकारिताविज्ञानबुद्ध धर्मअश्लील शब्दहरूवडा कार्यालय (नेपाल)लियोनेल मेसीबुद्ध एयरदराजवर्ण विन्यासनेपाल लेखामान बोर्डअन्तरिक्षभिक्टोरिया क्रस विजेता नेपालीहरूकिराँत धर्मशब्दकोशनेपालका प्राकृतिक सम्पदाहरूको सूचीआवश्यकता शृङ्खला सिद्धान्तभिरिङ्गीजनमत सङ्ग्रहभानुभक्त आचार्यफिफासमाजशास्त्रतेह्रथुम जिल्लासगरमाथापाँचथर जिल्लाप्रजनन स्वास्थ्यनेपालीअमिरातकुपोषणसंयुक्त राष्ट्रभूगोलभीमसेन थापासंयुक्त राज्य अमेरिकाशाकुन्तल (महाकाव्य)बाँके जिल्लाथारू जातिकीर्तिपुर नगरपालिकाराष्ट्रिय स्वतन्त्र पार्टीढुङ्गे युगपहाडी प्रदेश (नेपाल)भण्डारखाल पर्वनेपालका तालहरूको सूचीभूमध्यरेखायोनीसङ्गठनखोटाङ जिल्लाग्रहसुडानस्थानीय तहनेपालको राष्ट्रपतिअन्तिम संस्कारनेवारी गहनासिमसारपशु पालनओखलढुङ्गा जिल्लाउद्योगसमाजवादकर्णाली प्रदेशप्रदेशनेपालमा भ्रष्टाचारसंस्कारमध्यवर्ती क्षेत्रबाथविप्रेषणएडम स्मिथमयूरमनाङ जिल्लानेपालको प्रधानन्यायाधीशयोगध्रुवचन्द्र गौतम (साहित्यकार)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मगर भाषानेपालको दोस्रो सङ्घीय संसदवित्तीय विवरणहरूनवलपरासी जिल्लामुक्तिनाथविसं १९९० को महाभूकम्प🡆 More