निकिता सरगेयेभिच ख्रुस्चेभ (रूसी: Никита Сергеевич Хрущёв, जन्म : १५ अप्रिल १८९४, मृत्यु:११ सेप्टेम्बर १९७१) शीत युद्ध को समयमा सोभियत सङ्घका सर्वोच्च नेता थिए।
निकिता ख्रुस्चेभ Никита Хрущёв | |
---|---|
सोभियत सङ्घको कम्युनिस्ट पार्टीका प्रथम सचिव | |
कार्यकाल १४ सेप्टेम्बर १९५३ – १४ अक्टोबर १९६४ | |
राष्ट्रपति | क्लिमेन्ट भरोसिलभ लिओनिद ब्रेजनेभ आनास्तास मिकोयमन |
प्रमुख | गिओर्गी मलेनकभ निकोलाई बुलगानिन निज |
पूर्वाधिकारी | जोसेफ स्तालिन |
उतराधिकारी | लियोनिद ब्रेझनेभ |
सोभियत सङ्घको मन्त्री परिषद्को प्रधानगण | |
कार्यकाल २७ मार्च १९५८ – १४ अक्टोबर १०६४ | |
फ्रल कोजलभ आलेक्सी कोसिगिन दिमित्री आस्तिनोभ लाजार कागानोभिच /आनास्तास मिकोयान | |
पूर्वाधिकारी | निकोलाई बुलगानिन |
उतराधिकारी | आलेक्सी कोसेगिन |
कार्यकाल २७ फेब्रुअरी १९५६ – १६ नोभेम्बर १९६४ | |
सहायक | आन्द्रे किरिलेङ्को |
उतराधिकारी | लिओनिद ब्रेजनेभ |
व्यक्तिगत विवरण | |
जन्म | रूसी साम्राज्य | अप्रिल १५, १८९४
मृत्यु | मस्को, रूस, सोभियत सङ्घ | सेप्टेम्बर ११, १९७१
राष्ट्रियता | सोभियती |
राजनीतिक दल | सोभियत सङ्घको कम्युनिस्ट पार्टी |
जीवन साथी(हरू) | जोफ्रोसिनिया ख्रुस्चेभ (सन् १९१६–१९१९, मृत्यु) मारुसिया ख्रुस्चेभ (सन् १९२२, छुटिएको) निना ख्रुस्चेभ (सन् १९२३–१९७१) |
हस्ताक्षर | |
१९५० को दशकमा ख्रुश्चेभले स्वेज सङ्कट, स्पुतनिकको प्रक्षेपण, १९५७ को सिरियाली सङ्कट, १९६० को यू -२ घटना जस्ता ठूला विजयहरूका लागि कडा समर्थन पाएका थिए। सन् १९६० को दशकको सुरुतिर, ख्रुश्चेभको नीतिहरूमा कमजोरीहरू र क्युबा क्षेप्यास्त्र सङ्कटलाई सम्हाल्ने उनको तरिकाको कारणले उनको लोकप्रियतामा ह्रास आउन सुरु भएको थियो। यसले उनका सम्भावित प्रतिद्वन्द्वीहरूलाई उत्साहित तुल्याएको थियो जो पछि क्रमशः शक्तिमा आउँदै अक्टोबर १९६४ मा उनलाई हटाएका थिए। यद्यपि, उनले सोभियत सोभियत सङ्घको अघिल्ला शक्ति सङ्घर्षको जस्तो घातक नियती भोग्नु परेन। ख्रुश्चेभको मृत्युु सन् १९७१ मा हृदयघातबाट भएको थियो।
सन् १९५३ मा स्टालिनको मृत्युपछि सोभियत सङ्घको नेतृत्व सम्हाल्न निकिता ख्रुश्चेभ आएका थिए। उनले स्टालिनको सबभन्दा कठोर तानाशाही नीतिहरूलाई उल्टाई दिएका थिए। उनले सर्वहारा वर्गको पार्टी सोभियत कम्युनिस्ट पार्टी र सर्वहारा वर्गको अधिनायकत्वको सोभियत राज्यसत्तालाई नयाँ अवधारणामा बदलेका थिए। उनले सम्पूर्ण जनताको पार्टी र राज्यसत्ताको अवधारणालाई अगाडि ल्याएका थिए। यो क्रमलाई १९७१ मा ख्रुश्चेभको मृत्यु पश्चात् सत्तामा आएका ब्रेझनेभले झन अगाडि बढाएका थिए।
सन् १९४० को दशक देखि नै, ख्रुश्चेभले सोभियत सङ्घमा मकै खेतिको बारेमा वकालत गरेका थिए। उनले युक्रेनमा मकै संस्थानको स्थापना गरेका थिए र भर्जिन ल्यान्डमा हजारौँ हेक्टर जमिनमा मकै खेति गर्नको उनले आदेश दिए। I
सोभियत सङ्घ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लिएको थियो। सन् १९५७ मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह स्पुतनिक पृथ्वीको आसपास कक्षामा पुर्याएका थिए। सन् १९६१ मा सोभियत वायु-सैनिक युरी गागरिन पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने सबभन्दा पहिलो मानव बनेका थिए।
क्युबा क्षेप्यास्त्र सङ्कट संयुक्त राज्य अमेरिका र सोभियत सङ्घ बीच शीत युद्धको सबैभन्दा खतरनाक बिन्दू थियो। सन् १९६२ मा क्यूबा क्षेप्यास्त्र सङ्कटमा अमेरिका र सोभियत सङ्घको बीच धेरै गम्भीर तनाव सृजना भएको थियो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगेका थिए तर कुनै तरिकाले यो सङ्कट टरेको थियो।
This article uses material from the Wikipedia नेपाली article निकिता ख्रुश्चेभ, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.