शीतयुद्ध

दोस्रो विश्वयुद्ध पछि संयुक्त राज्य अमेरिका तथा सोभियत सङ्घ को बिच उत्पन्न तनावको स्थितलाई शीत युद्ध को संज्ञा दिइएको थियो।

शीतयुद्ध
नेटो तथा वार्सा पक्षका राष्ट्रहरू

शीतयुद्धको अर्थ

दोस्रो विश्व युद्ध सकिएपछि सन् १९४५ देखि १९८९ को बीचको समयमा संसार दुई ध्रुवमा बाँडिएको थियो । ती दुई ध्रुवको नेतृत्व अमेरिका र सोभियत सङ्घले गरेका थिए । शीतयुद्ध शब्दको प्रयोग अमेरिका र सोभियत सङ्घबीच त्यो समयमा रहेको तनावपूर्ण सम्बन्धलाई लिएर गरिन्छ । परमाणु युद्धको आशंकामा दुवै पक्ष कहिलै पनि सिधै युद्धमा होमिएनन् । तर त्यो समयमा करोडौं मानिस डरमा बाँच्न बाध्य रहे ।

इतिहासकार यसलाई सरकार संचालनका दुई व्यवस्था (पुँजीवादसाम्यवाद)बीचको लडाईकारूपमा हेर्छन् । यसमा अमेरिकाले पुँजीवादी व्यवस्थाको प्रतिनिधित्व गरेको थियो भने रूसले साम्यवादी व्यवस्थाको । देश चलाउने तरिका दुवै देशको फरक थियो र दुवैलाई लाग्थ्यो की आफ्नो प्रणाली उत्कृष्ट छ । दुवै देश यो मान्न थालेका थिए की दोस्रो पक्ष आफ्नो व्यवस्था संसारभर लागु गराउने कोसिस गरिरहेको छ । यही नै तनावको सबैभन्दा ठूलो कारण थियो ।

सुरूवात

सन् १९४५ मा दोस्रो विश्व युद्ध सकिनु त्यस्तो मोड थियो जसका कारण शीत युद्ध सुरू भयो । युद्धको समयमा अमेरिका र सोभियत सङ्घ एक अर्काका सहयोगी थिए र नाजी जर्मनी उनीहरूको साझा दुस्मन थियो । तर वास्तविकता यो थियो की युद्ध सकिएपछि नाजी जर्मनीको अस्तित्व सकियो । यो युद्धले यूरोपलाई छुट्टाइदिएको थियो र दुवै देश शक्तिशाली हुँदै गएका थिए ।

युद्ध सकिएपछि दुवै देश संसारलाई आ–आफ्नै तरिकाले चलाउन चाहान्थे । उनीहरूकाबीचमा युरोपलाई कसरी फुटाउने भन्ने बारेमा पनि ठूलो मतभेद थियो । यही कारण अमेरिका र सोभियत सङ्घको बीचमा दुश्मनी सुरू भएको हो । किनकी दुवै देश संसारमा आफ्नो दबदबा बढाउने होडमा अघि बढेका थिए ।

दुवै देशले आफ्ना सहयोगी देशको गठबन्धन बनाउन सुरू गरे । अमेरिका र पश्चिमी देशले मिलेर ‘नेटो’ गठन गरे । अर्को तर्फ सोभियत सङ्घलाई पूर्वी युरोपका पोल्यान्ड र हङ्गेरी जस्ता देशको समर्थन थियो । दुवै पक्षलाई एक अर्काले हमला गर्ने डर थियो । यसको नतिजा हतियार निर्माणमा भएको होडबाजीमा देखियो । उनीहरूले हतियारको भण्डार बढाउन सुरू गरे । ६० को दशकमा आइपुग्दासम्म अमेरिका र सोभियत सङ्घले आफ्नो तागत यतीसम्म बढाएका थिएकी उनीहरूको परमाणु मिसाइल महादेशको सिमा पार गरेर हमला गर्न सक्षम थिए । सन् १९६२ मा क्युबा मिसाइल संकटको दिनमा परमाणु युद्धको सम्भावना चरम थियो । संसारभर गृहयुद्धको स्थिति थियो । अमेरिका र सोभियत सङ्घको समर्थनमा अप्रत्यक्षरूपमा लड्नु समान्य झैं थियो ।

लिभरपुल जोन मुरिस युनिभर्सिटीका सिनियर लेक्चरर मेलकम क्रेग भन्छन्, ‘शीत युद्ध कहिलै शितल थिएन । दुवै शक्तिबीचको लडाईमा लाखौं मानिसको ज्यान गएको थियो । कम्बोडिया, कंगो, कोरिया, इथोपिया, सोमालिया जस्ता ठाँउमा शित युद्ध एक बर्बाद गरिदिने लडाई थियो ।’

अन्तराष्ट्रिय राजनीतिमा शीतयुद्धको प्रभाव

यो पनि हेर्नुहोस्

स्रोत

Tags:

शीतयुद्ध को अर्थशीतयुद्ध सुरूवातशीतयुद्ध अन्तराष्ट्रिय राजनीतिमा को प्रभावशीतयुद्ध यो पनि हेर्नुहोस्शीतयुद्ध स्रोतशीतयुद्धदोस्रो विश्व युद्धसंयुक्त राज्य अमेरिकासोभियत सङ्घ

🔥 Trending searches on Wiki नेपाली:

चाडपर्वनेपाली चलचित्रहरूको सूचीसूचना प्रविधिनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीयोगगणेशसंविधान सभा निर्वाचन २०७०बूढानीलकण्ठ मन्दिरगुगलस्तन सम्भोगस्वास्थ्यपृथ्वीनारायण शाहनेपाली परम्परागत नापका इकाईअरनिकोहनुमान चालीसाप्रविधिफियोतथ्याङ्कसम्पत्तिसमूहमलेसियाकृषि प्रसारदैलेख जिल्लाशिखरिणी छन्ददुर्गा प्रसाईसुर्तीदिगो विकासबारा जिल्लाकाठमाडौँ उपत्यकावसन्तघोराही उपमहानगरपालिकाबाथप्रदेश सभा (नेपाल)चितवन राष्ट्रिय निकुञ्जस्वरवर्ण र व्यञ्जनवर्णव्यास नगरपालिकागुगल क्रोमसूचनासेयरनेपाली विकिपिडियानेपालका प्रमुख नदीहरूको सूचीसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)आमाकालिकोट जिल्लाबागमती प्रदेश सभाचौबिसी राज्यहरूनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)मानिसबजारशास्त्रहाम्रो पात्रोविप्रेषणनेपाली भाषाऊर्जा सङ्कटछुवाछुतसंयुक्त राष्ट्रकथानकपानीचिठीपोखरा महानगरपालिकाभक्तपुर नगरपालिकाविश्वव्यापीकरणसुगौली सन्धिमुनामदनधनगढी उपमहानगरपालिकासंस्कारसामाजिक विज्ञानवासलातभ्रष्टाचारब्लगरामायणप्रथम विश्वयुद्धमा शाही नेपाली सेनासमाचारसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूसप्तकोशी नदी🡆 More