दामोदर पाँडे: नेपालको मूलकाजी

दामोदर पाँडे (वि.सं १८०८- १८६०) नेपालको प्रथम मूलकाजी वा पहिलो प्रधानमन्त्री हुन्। उहा नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहका बफादार काजी कालु पाण्डेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन्। उनका छोरा रणदल पाण्डे र रणजङ्ग पाण्डे हुन्।

श्री मूलकाजी साहेब
दामोदर पाँडे
दामोदर पाँडे: बाल्यकाल, बाल्यकाल, वि.सं. १८४५ मा  नेपाल–तिब्बत युद्ध
मूलकाजी दामोदर पाण्डेको तस्बिर
नेपालको मूलकाजी
कार्यकाल
वि.सं १८५९  – १८६० चैत ३
पूर्वाधिकारीकीर्तिमान् सिंह बस्न्यात
उतराधिकारीरणबहादुर शाह (मुख्तियार)
नेपालको सेनापति
कार्यकाल
सन् १७९९ – १८६० चैत ३
पूर्वाधिकारीकीर्तिमान् सिंह बस्न्यात
उतराधिकारीभीमसेन थापा
व्यक्तिगत विवरण
जन्मवि.सं १८०८
गोरखा
मृत्यु१८६० चैत ३
थानकोट, काठमाडौँ
जीवन साथीआयोध्या
सन्तान(हरू)रणदल पाण्डे, रणजङ्ग पाण्डे, करवीर पाण्डे, रणकेशर पाण्डे, रणबाम पाण्डे
अभिभावक

बाल्यकाल

दामोदर पाण्डेको जन्म सन् १७५२ मा गोरखा जिल्लामा क्षेत्री काजी परिवारमा भएको थियो। उनका पिता काजी कालु पाण्डे पृथ्वीनारायण शाहका विश्वाशिला सैनिक थिए।

बाल्यकाल

दामोदर पाण्डेको जन्म सन् १७५२ मा गोरखा जिल्लामा क्षेत्री काजी परिवारमा भएको थियो। उनका पिता काजी कालु पाण्डे पृथ्वीनारायण शाहका विश्वाशिला सैनिक थिए।

वि.सं. १८४५ मा नेपाल–तिब्बत युद्ध

बहादुर शाहको नायबीकालमा वि.सं. १८४५ मा नेपाल–तिब्बत युद्ध  भएको थियो,। नेपाली सेनाले कुती र केरुङ गरेर दुई तिरबाट तिब्बतमा आक्रमण गरेका थिए । कुती तर्फबाट नेपाली फौजको नेतृत्व दामोदर पाँडेले गरेका थिए । यो फौजले कुती आफ्नो अधीनमा लियो । केरुङ तर्फबाट चाहिँँ नेपाली फौजको नेतृत्व अमरसिंह थापाले गरेका थिए ।

यो फौजले पनि केरुङ कब्जा गर्‍यो । नेपाली सेनाको विजय हुँदै गएपछि चिनियाँ सेनापतिले युद्धविराम गर्न र नेपालसँग सम्झौता गर्न सल्लाह दिए । त्यही सल्लाह बमोजिम केरुङ सन्धि भयो । यो सन्धि अनुसार नेपाललाई तिब्बतले वार्षिक ५० हजार १ रुपैयाँ बुझाउनुपर्ने भयो । तिब्बत तर्फबाट दलाइ लामाका प्रतिनिधि दुनर सेल, हुन थोन, डुप फुनछोप लगायतले हस्ताक्षर गरेका थिए । तिब्बतले यो सन्धि उल्लंघन गर्‍यो । दिनुपर्ने रकम दिएन ।

केरुङ सन्धिको धारामा पुनर्विचार गर्न तिब्बत सरकाले एउटा टोली कुती पठायो । नेपालका तर्फबाट दामोदर पाँडे, बम शाह, शर्मापा लामा लगायत कुती गएका थिए । तिब्बतले नेपाललाई बुझाउनुपर्ने रकम मध्ये २५ हजार रुपैयाँ मात्रै लिएर आएको थियो । तर नेपालले मानेन । यही क्रममा तिब्बतले नेपाली प्रतिनिधिमण्डलमाथि आक्रमण प्रयास गर्‍यो ।

वि.सं. १८४९ को नेपाल–तिब्बत युद्ध

वार्ताबाट समस्या समाधान नहुने भएपछि बहादुर शाहले युद्धको तयारी गरे । केरुङ सन्धि भएको तीन वर्षपछि फेरि युद्ध सुरु भयो । युद्ध गर्न बहादुर शाहले चार हजार नेपाली सेना कुती तर्फ पठाए । तिब्बतले दुई वर्षको दिनुपर्ने रकम नदिएपछि नेपाली सेनाले तासीहुम्पो मठमा लुट मच्चाए । सुनचाँदी हात पारे । मठका नायबीको जिम्मेवारी पाएका डुग्पा टुलुक भागेर चीन गए । तिब्बतमा नेपाली सेनाको विजयको समाचार सुनेर चीनले तिब्बतमा आफ्नो फौज पठाइदियो ।

चिनियाँ फौजले नेपाली सेनालाई लखेट्यो । नेपाली सेना भागेर रसुवातिर आए । रसुवाको स्याप्रु, धुन्चे बजार समेत चिनियाँ सेनाले कब्जामा लियो । नेपाली सेना वेत्रावती वारिपट्टि किल्ला बनाएर बसे । चिनियाँ सेना नुवाकोट प्रवेश गर्न चाहन्थे । वेत्रावती तर्न लागेका चिनियाँ सेनामाथि नेपाली सेनाले आक्रमण गर्‍यो । ढुङ्गामुढा गर्‍यो । नेपालीको गुरिल्ला शैलीको युद्धले गर्दा चिनियाँ सेना वेत्रावती तर्न सकेन । चिनियाँ सेनालाई खानेकुराको सङ्कट पर्न थालेकाले चीन पनि सन्धि गर्न चाहन्थ्यो । त्यही भएर १९४९ सालमा नेपाल–तिब्बत–चीनबीच सम्झौता भयो । यसलाई वेत्रावती सन्धि भनिन्छ ।

चीनले हमला गर्दा सीमित स्रोत साधन भएको सेनाको मनोबल गिर्न नदिई दामोदर पाँडेले देखाएको साहस, बुद्धिमानी, विवेक र चातुर्यको समेत इतिहासकारले प्रशंसा गरेका छन्। कालु पाँडेको मृत्युपछि पृथ्वीनारायण शाहको संरक्षणमा हुर्किएका कालुका छोरा दामोदरले पूर्वतर्फको विजय अभियान अगाडि बढाउँदै कैयौँ भूखण्डलाई नेपालमा मिलाउने काम गरेका थिए भने पश्चिमका विभिन्न भागमा भएको युद्धमा आफैँ सहभागी भएका थिए।

वेत्रावतीको लडाइँमा दामोदर पाँडेले देखाएको वीरता र चातुर्य इतिहासमा निकै रोचक मानिन्छ। हजारौँ चिनियाँ सैनिकलाई परास्त गर्न उनले नुवाकोट र रसुवाका गाउँहरूबाट हजारौँ गाईवस्तु भेला पारेर साँझपख ती पशुका सिङमा राँको बालि चिनियाँलाई लखेटेको प्रसङ्गलाई इतिहासकारले उल्लेखनीय मानेका छन्।

मूलकाजी

नेपाल-अङ्ग्रेज वाणिज्य सन्धि (सन् १८०१)

मृत्युदण्ड

दुर्भाग्य नै भनौँ, षड्यन्त्रको शिकार भएर ५२ वर्षकै उमेरमा दामोदर पाँडेलाई मृत्युदण्ड दिइएको थियो भने उनका दाजु वंशराज पाँडेलाई समेत काटिएको इतिहासकारले बताएका छन्।

मूल–काजी दामोदर पाँडे र सरदार प्रवल राना राजा रणबहादुरको आदेशमा पक्रिई खुट्टामा नेल, हातमा हत्कडी पहिराएर ल्याई लुमडी थान (भद्रकाली) नेरको सत्तलमा बन्दी बनाएर राखियो । राति पहरेदार निदाएको मौकामा प्रवल रानाले भाग्ने मतो गर्दा ‘पाल्पा पुग्न सके पृथ्वीपाल सेन आफ्नो पक्षमा अउने र पाल्पा–पर्वतदेखि गढवालसम्म आफ्नो नियन्त्रण कायम गर्न सक्ने तर त्यसो गर्दा आफ्ना दिवंगत पिता काजी कालु पाँडे, दाजु काजी वंशराज पाँडे र आफैँले समेत प्राणको बाजी लगाई, रगत पसिना बगाई जोडेको मुलुक आफ्नै हातले दुई टुक्रा हुने र कालान्तरमा नेपाल नै फिरंगीहरूको सिकार बन्ने’ भनेर भाग्न अस्वीकार गरेका दामोदर पाँडेलाई १८६० चैत ३ गते लुमडी नजिकको घाट (अहिलेको सहिदगेटनेर ?) मा गिंडियो ।

दामोदर पाँडेका कलिला छोराहरू ललितबम, रणकेशर, गजकेशर पाँडे बिना कसुर त्यहीँ गिँडिए । टक्सारी भीम खवास र उनका एक छोरालाई विष्णुमती लगेर काटियो । खवासका अर्का एक छोरालाई टौदहको पोखरीमा डुबाएर मारियो भने अर्का छोरालाई तीन दिनसम्म खुट्टामा पासो लगाई रूखमा झुन्डयाउँदा पनि नमरेपछि काटेर मारियो । शङ्खधर खवासलाई खाडल खनी कुमसम्म पुरेर कपालमा खोटो दली आगो लगाई जिउँदै पोलियो । सरदार इन्द्रमान खत्री, द्वारे समनसिंह र सुवेदार मानधनलाई पनि गिंडियो र भीमसेन थापाको सत्ता आरोहको यात्रा रगतको भेलबाट रंगीन बनाएर सुरु गरियो ।

प्रधान सेनापति भइसकेका दामोदर पाँडे लुमडी मन्दिर (भद्रकाली) नजिकै काटिए। उनी नेपोलियन बोनापार्टको युगमा ‘ग्राउन्ड ब्याटल’ (स्थलयुद्ध) र अन्य रणनीतिका महारथि थिए। मुलकाजी कीर्तिमानसिंह बस्न्यातको हत्या र अङ्ग्रेजसँग व्यापार–सन्धि गरेको अभियोगमा दामोदर मारिए ।

दमन

दामोदर पाण्डे संगै वि.सं १८६० सालमा उनका धेरै समर्थकहरूले रणबहादुर शाहको कोपाभजनको शिकार बन्नु पर्यो। साठी सालको पर्वपछि भीमसेन थापाको लामो शासनकाल भरी दामोदर पाण्डेको योगदानका सबै कुरा दबेर बसे। यसलाई उजागर गर्ने प्रयास र साहस समेत कसैले नगरेर त्यसो गर्नु खतरा उठाउनु हो भन्ने महसुस मात्र गरे।

सन्तानहरू

  1. ललितबम पाँडे
  2. रणदल पाँडे
  3. रणजंग पाँडे
  4. करवीर पाँडे
  5. जंगकेशर पाँडे
  6. रणकेशर पाँडे

सन्दर्भ सामग्रीहरू

Tags:

दामोदर पाँडे बाल्यकालदामोदर पाँडे बाल्यकालदामोदर पाँडे वि.सं. १८४५ मा नेपाल–तिब्बत युद्धदामोदर पाँडे वि.सं. १८४९ को नेपाल–तिब्बत युद्धदामोदर पाँडे मूलकाजीदामोदर पाँडे नेपाल-अङ्ग्रेज वाणिज्य सन्धि (सन् १८०१)दामोदर पाँडे मृत्युदण्डदामोदर पाँडे दमनदामोदर पाँडे सन्तानहरूदामोदर पाँडे सन्दर्भ सामग्रीहरूदामोदर पाँडेकालु पाँडेनेपालपृथ्वीनारायण शाहरणजङ्ग पाँडेरणदल पाँडेवंशराज पाँडे

🔥 Trending searches on Wiki नेपाली:

हस्तमैथुननिर्वाचन क्षेत्रकुल ग्राहस्थ उत्पादनविराट कोहलीभौतिक विज्ञानवित्तीय विवरणहरूनेपाली सेना पृतना प्रधान कार्यालयहनुमान चालीसाशेरबहादुर देउवामाटोदशावतारगरिबीउदित नारायण झापोखरेलनेपालदिल्ली सम्झौताअधिकारपृच्छारशीद खान (नेपाली क्रिकेटर)हिन्दी भाषादशरथ चन्ददुर्गा प्रसाईसुनुवार जातिपञ्चैबाजागाउँ विकास समिति (नेपाल)सूचना प्रविधिभूपि शेरचनरेखा थापाह्रस्व दीर्घ नियमलोक सभाविक्रम सम्वत्भक्तपुर नगरपालिकाशान्तिनेपालका प्रदेशहरूविवाहफुलजात्रै जात्राअश्लील शब्दहरूधनुषा जिल्लानेपाली रुपैयाँसौर्यमण्डलनेपालको शिक्षा मन्त्रीहरूसंयुक्त अधिराज्यसर्लाही जिल्लापोखरा महानगरपालिकाचाँगुनारायण मन्दिरफिफाकम्प्युटरदिगो विकासका लक्ष्यहरूपूँजीवादयुट्युबकोशी प्रदेशविकसित देशनेपालका तालहरूको सूचीकृष्णप्रसाद भट्टराईमदन भण्डारीस्थानीय कार्यपालिकाझोला (चलचित्र)बीमाचरायुगसमयट्रेड युनियनवेब ब्राउजरमहाकाव्यनेपाल सम्वत्एसियानेपालका जातिहरूमहोत्तरी जिल्लानेपाल अङ्ग्रेज युद्धअंशुवर्माब्याडमिन्टनबङ्गाली भाषानियमावलीमुलुकी ऐनपुस्तकतराईसिंहदरबारसिन्धुली जिल्ला🡆 More