तेन्जिङनोर्गे शेर्पा

तेन्जिङ नोर्गे शेर्पा (शेर्पा: བསྟན་འཛིན་ནོར་རྒྱས); सम्भवतः १९७१ जेठ १६ - २०४३ वैशाख २६), जन्मनाम नाम्ग्याल वाङदी, र तेन्जिङ शेर्पाको नामबाट पनि परिचित, एक नेपाली-भारतीय शेर्पा पर्वतारोही थिए। उनी सगरमाथाको शिखरमा पुग्ने पहिलो दुई व्यक्तिहरूमध्ये एक थिए, जुन उनले २०१० जेठ १६ मा एडमन्ड हिलारीसँग पूरा गरेका थिए। टाइम पत्रिकाले नोर्गेलाई २० औँ शताब्दीका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू सूचीमा राखेको थियो।

तेन्जिङ नोर्गे शेर्पा
तेन्जिङनोर्गे शेर्पा
तेन्जिङनोर्गे शेर्पा
नोभेम्बर १९६७ स्टकहोम, स्विडेनमा शेर्पा
व्यक्तिगत विवरण
बाल्यकालको नामनाम्ग्याल वाङ्दी
प्रमुख क्षेत्रपर्वतारोही
जन्मवि.सं १९७१ जेठ १६
खुम्बु, सोलुखुम्बु जिल्ला, सगरमाथा अञ्चल, नेपाल
मृत्यु२०४३ वैशाख २६
दार्जिलिङ, पश्चिम बङ्गाल, भारत
नागरिकतानेपाली, भारतीय
करियर
सुरुको उमेर१९ वर्ष
सुरुको क्षेत्रभरिया
उल्लेखनिय आरोहणसगरमाथाको प्रथम आरोहण, २०१० जेठ १६
चर्चित साझेदारीएडमन्ड हिलारी
परिवार
जीवन साथी
  • दावा बुठ्रीद् (वि.सं १९९१-२०००)
  • आङ ल्हमो (वि.सं २००१-२०२०)
  • दक्कु (?-?)
सन्तान

प्रारम्भिक जीवन

तेन्जिङको प्रारम्भिक जीवनका परस्पर दावी गरिएका विवरणहरू छन्। उनले आफ्नो आत्मकथामा आफू उत्तरपूर्वी नेपालको खुम्बुको तेङ्बोचेमा जन्मेर हुर्केको शेर्पा भएको उल्लेख गरेका छन्। सन् १९८५ मा अखिल भारतीय रेडियोलाई दिएको एक अन्तरवार्तामा उनले आफ्ना आमाबाबु तिब्बतबाट आएको तर आफू नेपालमा जन्मेको बताएका थिए। उनका छोरा जाम्लिङ तेनजिन नोर्गेद्वारा सह-लिखित एक पुस्तक सहित धेरै पछिका विवरणहरू अनुसार, उनको जन्म तिब्बतमा भएको थियो, उनी खारता उपत्यकाको त्से चुमा, र थामेमा हुर्केका थिए। उनले आफ्नो प्रारम्भिक बाल्यकाल देशको उत्तरमा रहेको खारतामा बिताएका थिए। नोर्गे खुम्बुको एक शेर्पा परिवारका लागि काम गर्न बाल्यकालमा नेपाल गएका थिए।

खुम्बु सगरमाथाको नजिकै अवस्थित छ, जसलाई तिब्बती र शेर्पाहरूले चोमोलुङ्मा भन्छन्; मानक तिब्बती भाषामा, त्यो नामको अर्थ "पवित्र आमा" वा शिखरकी देवी हो। बौद्ध धर्म, शेर्पा र तिब्बतीहरूको परम्परागत धर्म हो र तेन्जिङनोर्गे शेर्पा बौद्ध धर्मावलम्बी थिए।

यद्यपि उनको जन्म मिति अज्ञात रहेको मानिन्छ। सन् १९५३ मे २९ (२०१० जेठ १६) मा सगरमाथाको सफल आरोहण पछि उनले त्यस दिन आफ्नो जन्मदिन मनाउने निर्णय गरेका थिए।

तेन्जिङ नोर्गेको बाल्यकालको नाम "नाम्ग्याल वाङ्दी" थियो, तर बाल्यकालमा उनको नाम प्रमुख लामा र रोङबुक गुम्बाका संस्थापक ङावाङ तेन्जिन नोर्बुको सल्लाहमा परिवर्तन गरिएको थियो। "तेन्जिङ नोर्गे"को अनुवाद "धनी-भाग्यमानी-धर्मको अनुयायी" हुन्छ। उनका बुबा, एक तिब्बती चौरी गोठाला, घाङ ला मिङमा (मृत्यु सन् १९४९) थिए, र उनकी आमाको नाम डोक्मो किन्जोम हो, जो तिब्बती थिइन्। तेन्जिङ १३ जना बालबालिकामध्ये ११औँ सन्तान थिए, जसमध्ये धेरैको युवावस्थामै मृत्यु भएको थियो।

तेन्जिङ किशोरावस्थामा दुई पटक घरबाट भागेका थिए, पहिले काठमाडौँ र पछि भारतको दार्जिलिङ, त्यो समयमा पूर्वी हिमालय आरोहणको अधिकांश अभियानहरूको सुरुवात बिन्दु थियो। उनलाई एक पटक भिक्षु बन्न तेङ्बोचे गुम्बामा पठाइएको थियो, ।१ ९ वर्षको उमेरमा उनी दार्जिलिङको तु सोङ बुस्ती जिल्लामा शेर्पा समुदायमा बसोबास गर्न थालेका थिए।

सगरमाथा पश्चात्

सन् १९५४ मा दार्जिलिङको हिमालय पर्वतारोहण संस्थानको स्थापना हुँदा तेन्जिङ नोर्गे पहिलो स्थल प्रशिक्षण निर्देशक बनेका थिए।

तेन्जिङनोर्गे शेर्पा 
हिमालय पर्वतारोहण संस्थानको छाप

जनवरी १९७५ मा, भुटानका राजा जिग्मे सिङ्ग्ये वाङ्चुकको अनुमतिमा नोर्गेले देशमा प्रवेश गर्ने पहिलो अमेरिकी पर्यटक पार्टीका लागि सिरदार (सहयोगी)को रूपमा सेवा गरेका थिए। माउन्टेन ट्राभल (हाल माउन्टेन ट्राभल-सोबेक भनिने) नामक एक कम्पनीद्वारा एकसाथ ल्याइएको यस समूहले पदयात्रा सुरु गर्नुअघि पहिलो पटक नोर्गेलाई भारतमा भेटेको थियो। आधिकारिक पदयात्रा उत्तरी भुटानको पारोबाट सुरु भएको थियो र यसमा प्राचीन बौद्ध गुम्बा पारो ताकसाङको भ्रमण समावेश थियो र त्यसपछि नेपाल र सिक्किम हुँदै भारत फर्केका थियो। नोर्गेले आफ्नो समूहलाई सिक्किमका राजा (सिक्किमका अन्तिम राजा, सिक्किम हाल भारतको एक भाग भएकोले)सँग परिचय गराएका थिए र उनीहरूलाई बिदाइ समारोहका लागि आफ्नो घरमा पनि ल्याएका थिए।

सन् १९७८ मा नोर्गेले तेन्जिङ नोर्गे एडभेन्चर्सको स्थापना गरेका थिए,[४५] जुन हिमालयमा पदयात्रा प्रदान गर्दछ। सन् २०२१ मा, यो कम्पनी उनका छोरा जाम्लिङ तेन्जिङ नोर्गेले चलाएका थिए, जो सन् १९९६ मा सगरमाथाको चुचुरोमा पुगेका थिए।

सम्मान

२०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौँमा सम्मान कार्यक्रम भएको थियो।

७ जुन १९५३ (२०१० असार २४) मा, महारानी एलिजाबेथ द्वितीयले नोर्गेको उपलब्धिलाई मान्यता दिन चाहेको घोषणा गरिएको थियो। टेन डाउनिङ स्ट्रिटले जुलाई १ मा, भारत र नेपाल सरकारसँगको परामर्श पछि, महारानीले नोर्गेलाई जर्ज पदक प्रदान गर्न अनुमोदन गरेकी थिइन्।

राजा त्रिभुवनले उनको सम्मान स्वरूप, सुप्रदीप्त मान्यवर नेपाल ताराद्वारा सम्मानित गरेका थिए। सन् १९५९ मा, भारत सरकारद्वारा उनलाई बहुप्रतिष्ठित पद्मभूषण प्रदान गरिएको थियो।

सेप्टेम्बर २०१३ मा, नेपाल सरकारले नेपाल रहेको ७,९१६ मिटर (२९,९७१ फिट) अग्लो शिखरको नाम तेन्जिङ शिखर राख्नका लागि प्रस्ताव गरेको थियो। दुबै तेन्जिङ र हिलारी शिखर चोयु देखि ग्याचुङ काङसम्मको लामो हिमशृङ्खलामा रहेका छन् भने तेन्जिङ शिखर चोयु हिमाल ओयुको नजिक रहेको छन् ।

जुलाई २०१५ मा, क्षुद्र ग्रह यममा ३.४ किलोमिटर अग्लो (११,००० फिट) अग्लो पर्वत शृङ्खलाको नाम तेन्जिङ मोन्टेस राखिएको थियो।

व्यक्तिगत जीवन र निधन

तेन्जिङनोर्गे शेर्पा 
दार्जिलिङमा रहेको घर जहाँ नेर्गेले आफ्नो अन्तिम वर्षहरू बिताएका थिए।

नोर्गेले आफ्नो जीवनकाल भरि तीन पटक विवाह गरेका थिए। उनकी पहिलो पत्नी दावा बुठ्रिद्को वि.सं २००० मा निधन भएको थियो। उनीहरूका एक छोरा, निमा दोर्जे थिए जसको चार वर्षको उमेरमा मृत्यु भएको थिए, र दुई छोरीहरू: पेम पेम, जसको छोरा, टासी तेन्जिङले सगरमाथा चढेका थिए, र निमा, जसको फिलिपिनी ग्राफिक डिजाइनर, नोली गलाङसँग विवाह भएको थियो।

नोर्गेको दोस्रो पत्नी आङ ल्हमो थिइन्, जो उनको पहिलो श्रीमतीको काकाको छोरी थिइन्। दोस्रो विवाह गरेता पनि तेन्जिङको उनीसँग सन्तान भएको थिएन।

उनको तेस्रो पत्नी दक्कु थिइन्, जसलाई उनले दोस्रो पत्नी जीवित छँदा विवाह गरेका थिए। शेर्पाहरूको रीतिरिवाजले अनुमति दिएका कारण उनले तेस्रो विवाह गरेका थिए। उनीहरूका तीन छोराहरू (नोर्बु, जामलिङ र धमे) र एक छोरी डेकी थिए, जसको पछि अमेरिकी वकिल क्लार्क ट्रेनरसँग विवाह भएको थियो। वि.सं २०५९ मा जाम्लिङले एडमन्ड हिलारीका छोरा पिटर हिलारीसँँग आफ्ना पिताको ५०औँ वार्षिकोत्सवका अवसरमा सगरमाथा आरोहण गरेका थिए।

तेन्जिङनोर्गे शेर्पा 
तेन्जिङ नोर्गे स्मारक

नोर्गेको २०४३ वैशाख २६ गते, ७१ वर्षको उमेरमा भारतको पश्चिम बङ्गालको दार्जिलिङमा मस्तिष्क रक्तस्रावको कारण मृत्यु भएको थियो। उनको पार्थिव शरीरलाई दार्जिलिङको हिमालय पर्वतारोहण संस्थानमा अन्त्येष्टि गरिएको थियो। उनकी विधवा श्रीमती दक्कुको वि.सं २०४८ मा मृत्यु भएको थियो।

विरासत

पुरस्कारहरू

  • सन् २००३ मा, नोर्गेको सगरमाथाको शिखर सफलताको स्वर्ण जयन्तीको उपलक्ष्यमा, भारत सरकारले आफ्नो सर्वोच्च साहसिक खेल पुरस्कारको नाम, तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक कार्य पुरस्कारमा परिवर्तन गरेको थियो।

कला, मनोरञ्जन र सञ्चार

साहित्य

  • सन् २०११ मा, भारतीय हास्य प्रकाशक अमर चित्र कथाले तेन्जिङ नोर्गेको बारेमा बालबालिकाहरूको हास्य पुस्तक जारी गरेको थियो।

चलचित्र

  • सन् २००३ मा कोएन ब्रदर्सको चलचित्र इनटोलेरेबल क्रुएल्टीमा नोर्गेलाई चलचित्रको मुख्य पात्रले सक्षम पार्ने सकारात्मक कार्यको लागि रूपक सिर्जना गर्न उल्लेख गरेका छन्।

स्थानहरू

  • वि.सं २०६४ सालमा, लुक्ला विमानस्थलको नाम उनको सम्मानमा परिवर्तन गरि तेन्जिङ-हिलारी विमानस्थल कायम गरिएको थियो।
  • यम ग्रहमा रहेको एउटा हिमालको नाम तेन्जिङ शिखर राखिएको थियो।
  • उनको सम्मानमा, क्षुद्र ग्रहको नाम ६४८१ तेन्जिङ राखिएको थियो।

जनावर

  • उनको सम्मानमा विभिन्न चिडियाखानामा हाब्रेको नामकरण गरिएको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

तेन्जिङनोर्गे शेर्पा प्रारम्भिक जीवनतेन्जिङनोर्गे शेर्पा सगरमाथा पश्चात्तेन्जिङनोर्गे शेर्पा सम्मानतेन्जिङनोर्गे शेर्पा व्यक्तिगत जीवन र निधनतेन्जिङनोर्गे शेर्पा विरासततेन्जिङनोर्गे शेर्पा सन्दर्भ सामग्रीहरूतेन्जिङनोर्गे शेर्पा बाह्य कडीहरूतेन्जिङनोर्गे शेर्पा

🔥 Trending searches on Wiki नेपाली:

मुलुकी ऐननेपालको निसानछापनेपालका तालहरूको सूचीमहात्मा गान्धीराजेश हमालपाथीभरा देवी (ताप्लेजुङ)खड्गप्रसाद ओलीतनहुँ जिल्लामहाभारत पर्वत शृङ्खलानेपालका जिल्लाहरूगोरखालीविवाह संस्कारडाँफेपाचन प्रणालीकोशी प्रदेश क्रिकेट टोलीगुगललागत लेखाविधिआँखासंयुक्त राज्य अमेरिकामाओवादी जनयुद्धउपमहानगरपालिकासीताभाषानेपालको इतिहासकान्ति उच्च माध्यमिक विद्यालयपरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालपुष्पकमल दाहालभूपि शेरचनयोगअफ्रिकाप्रवेशिका परीक्षादैवज्ञराज न्यौपानेजात्रै जात्राखुम्बु पासाङल्हामु गाउँपालिकाकैलाली जिल्लाजीव विज्ञानआमामलेसियाढुङ्गे युगआमा (वि.सं. २०२१ चलचित्र)समयनैतिक दृष्टान्ततराईकर्णाली प्रदेशपाल्पा जिल्लालैङ्गिकतामुलुकी देवानी संहितामगर जातिआगोखनिजनेपाल स्काउटनारायणगोपाल गुरूवाचार्यनेपालको अन्तरिम संविधान २०६३घरइन्द्रबहादुर राईमोतीराम भट्टगरिबीधर्मभक्त माथेमाजारी (चलचित्र)वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभक्तपुर नगरपालिकागीर्वाणयुद्ध विक्रम शाहअगमसिंह गिरीसगरमाथा राष्ट्रिय निकुञ्जवैदेशिक रोजगारथारू संस्कृतिशिक्षागण्डकी प्रदेशसिन्दुरे जात्रा (नुवाकोट)विप्रेषणकिराँत कालवर्गगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालासापेक्षता सिद्धान्तसुनहनुमान चालीसानाम🡆 More