भुटान

भुटान (/buːˈtɑːn/ ( सुन्नुहोस्) जोङ्खा: འབྲུག་ཡུལ་ dz), आधिकारिक रूपमा भुटान अधिराज्य (जोङ्खा: འབྲུག་རྒྱལ་ཁབ་), एक भूपरिवेष्ठित दक्षिण एसियाली राष्ट्र हो। उत्तरमा चीन र दक्षिणमा भारतको बीचमा पूर्वी हिमालयमा अवस्थित छ। एक हिमाली राष्ट्र, भुटानलाई स्थानीय रूपमा द्रुक युल वा चट्याङको देश को रूपमा चिनिन्छ, जुन देशको सांस्कृतिक विरासतलाई प्रतिबिम्बित गर्ने नाम हो। भुटान नाम सम्भवतः प्राकृत संस्कृत शब्द भोटान्त आएको हुन सक्छ, यो नाम तिब्बत (भोट)सँग यसको भौगोलिक निकटतालाई सङ्केत गर्दछ। नेपाल र बङ्गलादेश भुटान नजिकै अवस्थित छन् तर यसको सीमा साझा गर्दैनन्। यस देशको जनसङ्ख्या ७,२७,१४५ भन्दा बढी छ र क्षेत्रफल ३८,३९४ वर्ग किलोमिटर (१४,८२४ वर्ग माइल) रहेको छ र भूमि क्षेत्रफलमा १३३औँ र जनसङ्ख्यामा १६०औँ स्थानमा रहेको छ। भुटान एक संवैधानिक राजतन्त्र हो जसमा एक राजा (द्रुक ग्याल्पो) राज्यप्रमुख र एक प्रधानमन्त्री सरकार प्रमुखको रूपमा रहेका छन्। वज्रयान बौद्ध धर्म राज्य धर्म हो र जे खेन्पो राज्य धर्मको प्रमुख हुन्।

भुटान अधिराज्य
འབྲུག་རྒྱལ་ཁབ  (जोङ्खा)
द्रुक ग्याल खाप
भुटानको झन्डा
झन्डा
भुटानको निशान छाप
निशान छाप
राष्ट्रिय गान: འབྲུག་ཙན་དན་
द्रुक त्सेन्देन
"चट्याङको देश"
भुटान
राजधानी
र सबैभन्दा ठुलो सहर
थिम्पु
२७°२८.०′उ॰ ८९°३८.५′पू॰ / २७.४६६७°N ८९.६४१७°E / 27.4667; 89.6417
आधिकारिक भाषाहरूजोङ्खा
धर्म
(सन् २०२०)
रैथाने(हरू)भुटानी
सरकारएकात्मक संसदीय संवैधानिक राजतन्त्र
जिग्मे खेसर नामग्याल वाङचुक
• प्रमुख सल्लाहकार
छोग्याल दागो रिग्दिन
व्यवस्थापिकासंसद
राष्ट्रिय परिषद्
राष्ट्रिय सभा
स्थापना
• भुटानको एकीकरण
सन् १६१६–१६३४
• देसी प्रशासनको अवधि
सन् १६५०–१९०५
• वाङचुक वंशको सुरुवात
१७ डिसेम्बर १९०७
• भुटान-भारत सन्धि
८ अगस्ट १९४९
२१ सेप्टेम्बर १९७१
• संवैधानिक राजतन्त्र
१८ जुलाई २००८
क्षेत्रफल
• जम्मा
३८,३९४ किमी (१४,८२४ वर्ग माइल) (१३३औँ)
• पानी (%)
१.१
जनसङ्ख्या
• सन् २०१८ अनुमानित
७५४,३८८ (१६५औँ)
• सन् २०२२ जनगणना
७,२७,१४५
• घनत्व
१९.३ /किमी2 (५०.० /वर्ग माइल) (१६२औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०२३ लगत
• जम्मा
वृद्धि $१०.९६९ अर्ब (१६६औँ)
• प्रति व्यक्ति
वृद्धि $१४,२९६ (९५औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२३ लगत
• जम्मा
वृद्धि $२.६८६ अर्ब (१७८औँ)
• प्रति व्यक्ति
वृद्धि $३,५०० (१२४औँ)
गिनी (सन् २०१७)३७.४
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०२१)०.६६७
मध्यम · १२७औँ
मुद्रानुङ्लुत्रुम
भारतीय रूपैयाँ (₹) (भारू)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+०६ (भुटानी समय)
मिति ढाँचावर्ष-महिना-दिन
सडक प्रयोगबायाँ
टेलिफोन कोड+९७६
इन्टरनेट डोमेनडट बिटी
  1. सन् १९७० को दशकमा भुटान संयुक्त राष्ट्रसङ्घमा सामेल हुँदा करिब १० लाख जनसङ्ख्या रहेको र यकिन तथ्याङ्कको अभाव रहेको अनुमान गरिएको थियो। यसरी, २-३% को वार्षिक वृद्धि दर प्रयोग गरेर, सबैभन्दा जनसघ्ख्या अनुमान सन् २००० मा लगभग २० लाख थियो। सन् २००५ मा राष्ट्रिय जनगणना गरिएको थियो र यसको जनसङ्ख्या ६,७२,४२५ रहेको थियो। फलस्वरूप, संयुक्त राष्ट्र जनसङ्ख्या विभागले सन् १९५० देखि २००० सम्मको सम्पूर्ण अवधिको लागि सन् २००६ को संशोधनमा देशको जनसङ्ख्याको अनुमान घटाएको थियो।

उत्तरमा लेकाली हिमालय हिमशृङ्खला दक्षिणमा देशको हराभरा उपोष्णकटिबन्धीय मैदानहरूबाट उठेका छन्। भुटानी हिमालयमा समुद्र सतहदेखि ७,० मिटर (२३,० फिट) भन्दा अग्ला चुचुराहरू छन्। गङ्गखार पुनसुम भुटानको सबैभन्दा अग्लो हिमाल हो र यो विश्वको सबैभन्दा अग्लो आरोहण नभएको हिमाल हो। भूटानको वन्यजन्तु यसको विविधताको लागि उल्लेखनीय छ, जसमा हिमालय टाकिन र सुनौलो लङ्गुर समावेश छ। राजधानी र सबैभन्दा ठूलो सहर थिम्पु हो, जसले जनसङ्ख्याको १/७ भाग ओगटेको छ।

इतिहास

१७ औ शताब्दीको अन्तमा भुटानले बौद्ध धर्मलाई अङ्गीकार गर्यो। सन् १८६५ मा ब्रिटेन र भुटान बीच सिनचुलु सन्धिमा हस्ताक्षर भयो, जसमा भुटानले सीमावर्ती केही भूभागको बदलामा केही वार्षिक अनुदानको लागि करार गर्यो। ब्रिटिश प्रभावमै १९०७ मा त्यहाँ राजतन्त्रको स्थापना भयो। तीन वर्ष पछि एउटा अझै समझौता भयो, जस अनुसार ब्रिटिश यस कुरामा राजी भए कि उनी भुटानको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन तर भुटानको विदेश नीति इङ्ल्यान्ड द्वारा तय गरिन्छ। पछि सन् १९४७ उपरान्त यही भूमिका भारतले पायो। दुई साल पछि सन् १९४९ मा भारत भुटान समझौता अनुसार भारतले भुटानको त्यो सबै जमिन उसलाई फर्काई दियो जुन अङ्ग्रेजहरूको अधीन थियो। यस समझौता अनुसार भारतको भुटानको विदेश नीति एवं रक्षा नीतिमा धेरै महत्त्वपूर्ण भूमिका दिइयो।

राजनीति

भुटानका राष्ट्रप्रमुख राजा हुन र उनलाई स्थानीय भाषामा द्रुक ग्यालपो भनिन्छ। यहाँ सन् २००६ देखि जिग्मे सिङगे वाङचुकका छोरा जिग्मे खेसर नामग्याल वाङचुक राजा(द्रुक ग्यालपो)का रूपमा राज्य गरिरहेका छन्। यो पद पुस्तनि नै हो तर भुटानको संसद शोगडूले दुई तिहाई बहुमतद्वारा हटाउन वा परिवर्तन गर्न सकिने प्रावधान छ। शोगडूमा १५४ सीट हुन्छन्, जसमा १०५ स्थानीय प्रतिनिधि, १२ धार्मिक प्रतिनिधि र ३७ राजाले छानेका प्रतिनिधि रहन्छन्. ती सबैको कार्यकाल तीन वर्षको हुन्छ। राजाले नै मन्त्रीपरिषदका सदस्यहरूको छनौट गर्छन र तिनिहरूको कार्यकाल ५ वर्षको हुन्छ। भुटानमा संविधान जारी भएको मिति जुलाई १८, २००८ हो। यस अनुसार कार्यकारी अङ्गमा राज्य प्रमुखमा राजा जिग्मे खेसर नामग्याल वाङचुक (डेसम्बर १४, २००६ देखि, नोबेम्बर ६ २००८ मा राज्यभिषेक), सरकार प्रमुख: प्रधानमन्त्री जिग्मे थिन्ले (अप्रिल ९, २००८ देखि), मन्त्रिपरिषद: ल्येन्गे सुन्छोग – राजाबाट मनोनित एवं राष्ट्रिय सभाबाट अनिमोदित र पाँच वर्षे अवधिका लागि काम गर्ने छन्। यहाँ पहिलो चुनाव मार्च २००८ मा सम्पन्न भएको हो।

व्यवस्थापकीय अङ्गमा दुई सदनात्मक ब्यबस्था छ। माथिल्लो सदन राष्ट्रिय परिषद गैर राजनीतिक (२५ सदस्यीय – २० जिल्लाबाट एक-एक जना गरी २० जना र ५ जना राजाबाट मनोनित), चार वर्षे अवधि; तल्लो सदन राष्ट्रिय सभा (४७ सदसीय, पाँच वर्षका लागि प्रत्यक्ष निर्वाचित) हुने गर्छन। पछिल्लो पटक राष्ट्रिय परिषदको निर्वाचन डेसम्बर ३१, २००७ र जनवरी २९, २००८ मा सम्पन्न भएको हो भने राष्ट्रिय सभाको निर्वाचन मार्च २४, २००८ मा सम्पन्न भएको थियो।।

भूगोल

भुटानलाई तलका बीस जिल्ला (जोङखाग) मा बाडिएको छः

अर्थतन्त्र

भुटान 
भुटानमा हिमालयको अग्लो पर्वतमालाले घेरियेको ग्लेशियर

विश्वको सबैभन्दा सानो अर्थव्यवस्थाहरू माझ एक भुटानको आर्थिक ढाँचा मुख्य रूपमा कृषि र वन क्षेत्रहरू र त्यहाँ निर्मित जलविद्युतलाई भारतको विक्रयमा निर्भर छ। यस्तो मानिन्छ कि यही तीन वस्तुबाट भुटानको सरकारले ७५% कमाई गर्दछ। कृषि जुन यहाँको मानिसहरूको आधार हो त्यसमा ९०% भन्दा बढि मानिसहरू निर्भर छन्। औद्योगिक उत्पादन लगभग नगण्य मात्रामा रहेको छ नाम मात्रको उद्योगहरू कुटीर उद्योगको श्रेणीमा पर्छ। भुटानमा जलविद्युत र पर्यटनको क्षेत्रमा असीमित सम्भावनाहरू छन्।

जीवनशैली

भुटानको जनसङ्ख्या करिब ६ लाख ७२ हजार छ। भुटानको लगभग आधा मानिसहरू भुटानको आदीवासी हुन, जसलाई गांलोप भनिन्छ र तिब्बतको केही जातीहरूसँग यीनीहरूको निकटको सम्बन्ध छ। यस वाहेक अन्य जातीहरूमा नेपाली छन् र यिनीहरूको सम्बन्ध नेपालसँग छ। त्यस वाहेक शरछोगपा र ल्होछामपा जातीहरू छन्। यहाँको आधिकारिक भाषा जोङ्खा हो, यीनीहरूको साथसाथै यहाँ थुप्रै अन्य भाषाहरू बोलिन्छ, जसमा केही त बिलिन हुने अबस्थामा छन्। भुटानमा आधिकारिक धर्म बौद्ध धर्मको महायान शाखा छ, जसको अनुसरण देशको लगभग तीन चौथाई जनताले गर्दछन। भुटानको २५ प्रतिशत जनसङ्ख्या हिन्दु धर्मको अनुयायी छन्। भुटानको हिन्दु धर्मी नेपाली मूलका मानिसहरू हुन्, जसलाई ल्होछामपा पनि भनिन्छ। करिव एक लाख ल्होछामपालाई सन् १९८९ मा देशबाट निकालिएको (भुटानी सरकारका अनुसार कतिपय स्वेच्छाले) थियो। पूर्वी नेपालमा एक लाख जनता र भारतमा ३० हजार जति शरणार्थीका रूपमा बसिरहेका छन्। उनिहरूले शरणार्थी सम्बन्धि राष्ट्रसङ्घीय उच्चायुक्त र नेपाल सरकारबाट केही राहत र सहयोग् पाउछन्। भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम अर्न्तर्गत हालसम्म ४० हजार शरणार्थी पुनर्वासका लागि विदेश प्रस्थान गरिसकेका छन्। संयुक्त राज्य अमेरिकाले हालसम्म ३४ हजार १२९ शरणार्थीलाई पुनर्वासमा लिइसकेको छ ।

संस्कृति

भुटान विश्वको ती केही देशहरूमा पर्दछ, जसले आफुलाई शेष विश्वबाट अलग राख्दै आईरहेको छ र आज पनि केही हदसम्म यहाँ विदेशीहरूको प्रवेश नियन्त्रित छ। देशको धेरै जसो मानिसहरू साना ग्रामिण क्षेत्रमा बस्छन र उनीहरू कृषिमा निर्भर छन्। बिस्तारै-बिस्तारै शहरीकरणले देशमा गती लिइरहेको छ। बौद्ध विचार यहाँको जीवनको महत्त्वपूर्ण भाग हो। तीर धनुष खेल यहाँको राष्ट्रिय खेल हो।

चित्रदीर्घा

बाह्य कडीहरू

सन्दर्भ सूची

यी पनि हेर्नुहोस

Tags:

भुटान इतिहासभुटान राजनीतिभुटान भूगोलभुटान अर्थतन्त्रभुटान जीवनशैलीभुटान संस्कृतिभुटान चित्रदीर्घाभुटान बाह्य कडीहरूभुटान सन्दर्भ सूचीभुटान यी पनि हेर्नुहोसभुटानEn-Bhutan-pronunciation.oggचित्र:En-Bhutan-pronunciation.oggजोङ्खा भाषातिब्बतदक्षिण एसियानेपालप्राकृतबङ्गलादेशमद्दत:IPA/Englishवज्रयानसंवैधानिक राजतन्त्रहिमालय

🔥 Trending searches on Wiki नेपाली:

बझाङ जिल्लालागु पदार्थनौमती बाजाविद्युत धारानेपाल धितोपत्र बोर्डसवारी दुर्घटनाइस्लाम धर्ममुख्यमन्त्री (नेपाल)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपालको प्रधानन्यायाधीशभारतीय संविधानदोलखा भीमसेनकिम्बुनेपाल अधिराज्यको संविधान २०४७मानिसधनकुटा जिल्लाव्रतबन्धसंस्कारघरेलु हिंसानारायणहिटी दरबार सङ्ग्रहालयविश्वकर्मा जातिभलिबलमुद्रा स्फितीनेपालमा भएका सडकहरूको सूचीभक्तराज आचार्यराष्ट्रिय सभा निर्वाचन, २०८०रातो मच्छिन्द्रनाथको रथयात्राशिक्षास्थानीय तहनेपाली साहित्यको इतिहासप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)आयोजनारवि लामिछानेकाठमाडौँको इतिहासनेपालमा महिला अधिकारसापेक्षता सिद्धान्तअमरसिंह थापादाङ जिल्लासिन्धुली जिल्लाआम सञ्चारजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसुगौली सन्धियौनबैङ्कथारमारेनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बौद्धनाथदोहोरो लेखा प्रणालीझापा जिल्लाताप्लेजुङ जिल्लाजलवायु परिवर्तननेपालमा पाइने चराहरूको सूचीनेपालका राजाहरूको सूचीसम्भोगराशि-चक्रधर्मो रक्षति रक्षितःलेखा प्रणालीसाम्यवादछाउपडीलुम्बिनी प्रदेशदर्शननेपालका प्राकृतिक सम्पदाहरूको सूचीसंस्कृतिनेपालको संविधान २०७२ मा बालबालिकाको हकवैदेशिक रोजगाररावलसमाचारप्रविधिभिरिङ्गीमहाभारतफेसबुक मेसेन्जरमाओवादी जनयुद्धसन्दुक रुइततथ्याङ्कगणतन्त्रनिखिल उप्रेतीराई जाति🡆 More