जेलिना भेगा

थिया मेगन ट्रिनिडाड (जन्म: २७ डिसेम्बर १९९०) एक अमेरिकी व्यवसायिक कुस्ती खेलाडी, कुस्ती प्रबन्धक तथा अभिनेत्री हुन् जो हाल डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र रमा जेलिना भेगाको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले कुस्ती कार्यकाल टोटल नन् स्टप एक्सनबाट (टिएनए) सुरु गरेकी थिइन् जहाँ उनको रिङ नाम रोसिता रहेको थियो भने उनले त्यस पदोन्नति लगायत अन्य पदोन्नतिहरूमा आफ्नै वास्तविक नामले कुस्ती खेल्ने गरेकी थिइन्। टिएनए रेस्लिङमा उनले एकपटक नकआउट्स ट्याग टिम उपाधि जित्न सफल भएकी थिइन्।

जेलिना भेगा
जेलिना भेगा
सन् २०१८ अप्रिलमा भेगा
वास्तविक नामथिया मेगन ट्रिनिडाड
जन्म (1990-12-27) २७ डिसेम्बर १९९० (उमेर ३३)
न्युयोर्क, अमेरिका
जीवनसाथी(हरू)
एलिस्टर ब्ल्याक
(
वि २०१८)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामडेभिना फ्लनई
रोसिता
स्नुकी फ्लाई
थिया ट्रिनिडाड
जेलिना भेगा
उत्पत्तिमेक्सिको
क्विन्स, न्युयोर्क
प्रशिक्षकजाभि-एयर
टिजे पर्किन्स
डब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र
पदार्पण२० फेब्रुअरी २०१०
वेबसाइट
आधिकारिक जालस्थल

व्यवसायिक कुस्ती कार्यकाल

सुरुवाती कार्यकाल

१७ वर्षको उमेरदेखि ट्रिनिडाडले टिजे पर्किन र अजरिएसँग कुस्तीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्। सन् २०१० फेब्रुअरी २० का दिन उनले रिङ नाम डेभिना फ्लाईको नामबाट राष्ट्रिय कुस्ती सुपरस्टार नामक एक कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन् जुन अमेरिकाको न्यु जर्सी स्थित कुस्तीको एक पदोन्नति थियो जहाँ उनी उक्त पदोन्नतिका लागि पहिलो खेलमा ब्रिट्नी स्याभेज विरुद्धको खेलमा पराजित भएकी थिइन्। अगष्ट २१ का दिन आयोजित एनडब्ल्यूएसको एक श्रृङ्खलामा उनी निया विरुद्धको खेलमा पराजित भएकी थिइन्। अक्टोबर १ का दिन आयोजित एनडब्ल्यूएसको एक श्रृङ्खलामा उनले स्नुकि फ्लाईको नामक कुस्ती खेल्न सुरु गरेकी थिइन् जहाँ उनी, जुदास योङ र माऊक डेनिसको टोली ब्रिट्नी स्याभेज र टिम सुप्रिमसँगको खेलमा पराजित भएका थिए। सन् २०१० फेब्रुअरी २० का दिन उनले विमेन सुपरस्टार अनसेन्सोर्ड नामक एक कुस्ती पदोन्नतिमा पनि पर्दापण गरेकी थिइन् जहाँ उनको रिङ नाम डेभिना फ्लाई राखिएको थियो तर उक्त खेलमा उनी ब्रिट्नी स्याभेजसँग पराजित भएकी थिइन्। सन् २०१० जुन २६ का दिन डेभिना फ्लाई र नियाको (द फ्लाई गर्ल्सको नामबाट परिचि) टोलीले डब्ल्यूएसयु ट्याग टिम उपाधिका लागि सेन्डी रोगर र जेन विरुद्ध खेल खेलेका थिए तर उनीहरू ट्याग टिम उपाधि जित्न असमर्थ बनेका थिए। सन् २०१० सेप्टेम्बर ११ का दिन उनले केन्डी कार्टराइटलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन्।

टोटल नन् स्टप एक्सन रेस्लिङ (सन् २०११–२०१३)

जेलिना भेगा 
सन् २०११ मा मेक्सिकन अमेरिका

सन् २०११ मा टोमी ड्रिमरले ट्रिनिडाडलाई टोटल नन् स्टप एक्सन रेस्लिङमा भित्र्याएका थिए भने सन् २०११ जनवरी ११ का दिन उनी एञ्जलिना लभसँगको खेलमा पराजित भएकी थिइन्। जनवरी २७ का दिन उनले सोही पदोन्नतिसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेको कुरा खुलासा गरिएको थियो। फेब्रुअरी १० का दिन देखि उनी आफ्नो रिङ नमम रोसिटाबाट परिचित हुन सुरु गरेकी थिइन्। त्यसपछिको अर्को हप्ता रोसिटा र सरिटाले एञ्जलिना लभ र भेलभेट स्काईको टोलीलाई पराजित गर्न सफल भएका थिए जसकारण उनीहरू टिएनए नकआउट्स ट्याग टिम उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएका थिए। मार्च १३ का दिन आयोजित भिक्ट्रि रोड नामक एक वार्षिक कुस्ती कार्यक्रममा सरिटा र रोसिटाले टिएनए ट्याग टिम विजेता लभ र विन्टरलाई पराजित गर्दै पहिलो टिएनए ट्याग टिम उपाधि जित्न सफल भएकी थिइन्। महिला ट्याग टिम विजेता बनिसकेपछिको अर्को हप्ता उनीहरूले हर्नान्डेजसँगको सहकार्यमा कुस्ती खेल्न सुरु गरेका थिए जसको नाम मेक्सिकन अमेरिका राखिएको थियो। रोसिटा, सरिटा र हर्नान्डेजको टोली पछि लभ, विन्टर र म्याट मोर्गेनसँगको खेलमा पराजित भएका थिए। त्यसको एक हप्ता पछि रोसिटा र सरिटाले उनीहरूको महिला उपाधि सफलतापूर्वक द ब्युटिफुल पिपुल (एञ्जलिना लभ र भेलभेट स्काई) विरुद्धमा कायम राख्न सफल भएका थिए भने पछि उनीहरूले म्याडिसन रेन र टेरालाई पनि पराजित गर्न सफल भएका थिए। जुन १६ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा उनीहरूले टिएनए ट्याग टिम उपाधि सफलतापूर्वक भेलभेट स्काई र मिस टेसमाकरलाई पराजित गर्न सफल भएका थिए। रोसिटा र सोरिटाले जुलाई २१ का दिन आयोजित इम्प्याक्टको एक श्रृङ्खलामा उनीहरूको ट्याग टिम उपाधि टेसमाकर र टेरा विरुद्धको खेलमा गुमाएका थिए। रोसिटा र सोरिटाले गुमाएको ट्याग टिम उपाधिका लागि अगष्ट ७ का दिन आयोजित हार्डकोर जष्टिसमा पुनः खेल खेलका थिए जहाँ उनीहरू टेसमाकर र टारा विरुद्धको खेलम पराजित भएका थिए। सन् २०१२ मार्च २२ का दिन आयोजित इम्प्याक्टको एक श्रृङ्खलामा रोसिटा र सोरिटा टिएनए ट्याग टिम उपाधिका लागि पुनः खेल खेलेका थिए तर महिला ट्याग टिम उपाधि जित्न भने असमर्थ बनेका थिए।

अप्रिल १९ का दिन आयोजित एम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा सरिटाले म्याडिसन रेइन र गेल किमसँगको सहकार्यमा ब्रुक टेसमाकर, टेरा, भेलभेट स्काई र मिकी जेम्ससँग एक खेल खेलेकी थिइन् जहाँ उनको टोली पराजित भएको थियो। रोसिटा र सोरिटाले अप्रिल १५ का दिन आयोजित लकडाउन नामक एक कार्यक्रममा महिला ट्याग टिम उपाधिका लागि खेल खेलेका थिए तर उनीहरू तात्कालिक महिला ट्याग टिम विजेता एरिक योङ र ओडिबीसँग पराजित भएका थिए। सन् २०१३ मा रोसिटाको टिएनएसँगको सम्झौता पत्रको समाप्त भएको थियो जसकारण उनी त्यसपछि अन्य कुस्ती पदोन्नतिहरूमा देखा पर्न सुरु गरेकी थिइन्।

स्वतन्त्र सर्किट (सन् २०११–२०१७)

अगष्ट २०११ को अन्त्य तिर रोसिटाले मेक्सिकोको भ्रमण गर्दै सिएमएलएल नामक एक कुस्ती पदोन्नतिमा भर्ना भएकी थिइन् जहाँ उनको रिङ नाम डार्क एन्जल रहेको थियो। उनले पछि एएए कार्यक्रममा पनि देखा पर्न सुरु गरेकी थिइन्। सन् २०११ मे १४ मा दिन रोसिटाले फेमेली रेस्लिङ एन्टरटेन्मेन्ट नामक एक कुस्ती पदोन्नतिको वार्षिक कार्यक्रम मेल्टडाउनमा उक्त पदोन्नति अन्तर्गत पहिलो खेल खेलेकी थिइन्। रोसिटाले अगष्ट २०, नोभेम्बर १५ र डिसेम्बर १७ मा गरी विन्टर विरुद्ध तीन खेल खेलेकी थिइन् जुन सबै खेलमा उनी पराजित भएकी थिइन्। केही महिनाको अस्थायी अवकाश पछि सन् २०१२ मार्च २४ का दिन आयोजित फेमेली रेस्लिङ इन्टरटेन्मेन्टको वेलकम टु द रम्बल नामक एक वार्षिक कार्यक्रममा उनी फर्किएकी थिइन् जहाँ उनी मरिया कनालेस विरुद्धको खेलमा पराजित भएकी थिइन्। सन् २०१५ मे ६ का दिन उनी ग्लोबर फोर्स रेस्लिङ नामक एक कुस्ती पदोन्नतिसँगको आवदृध पत्रमा हस्ताक्षर गरेकी थिइन्। उनले सन् २०१५ जुन १२ का दिन आयोजित ग्लोबल फोर्स रेस्लिङको एक श्रृङ्खलामा उनले उक्त पदोन्नतिका लागि पहिलो खेल खेलेकी थिइन् जहाँ उनले उनको पहिलो खेलमा लेईडी टापालाई पराजित गर्न सफल भएकी थिइन्। सन् २०१५ जुलाई १७ का दिन उनले रिङ अफ अनर नामक एक अमेरिकी कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन् जहाँ उनले अस्टिन एरिजको कुस्ती प्रबन्धकको रूपमा काम गरेकी थिइन्। सन् २०१६ सेप्टेम्बर २ का दिन उनले साइन रेस्लिङको ३७औँ श्रृङ्खलामा उक्त पदोन्नतिका लागि पहिलो खेल खेलेकी थिइन्।

डब्ल्युडब्ल्युई

एनएक्सटी (सन् २०१७–२०१८)

जेलिना भेगा 
सन् २०१८ मा भेगा र अन्द्रादे

सन् २०१३ मार्च ४ का दिन ट्रिनिडाडले डब्ल्युडब्ल्युईसँग प्रशिक्षण लिन सुरु गरेकी थिइन् भने उनी त्यसपछि डब्ल्युडब्ल्युईका विकासशील क्षेत्रहरूमा देखा पर्न पनि सुरु गरेकी थिइन्। सन् २०१६ अक्टोबर २६ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनको सामना तात्कालिक एनएक्सटी महिला विजेता अस्कासँग महिला उपाधिका लागि भएको जहाँ उनी पराजित भएकी थिइन्। सन् २०१७ जुनमा ट्रिनिडाडले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले त्यसपछि डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आफ्नो कार्यकाललाई अगाडि बढाएकी थिइन्। जुन ९ का दिन आयोजित एनएक्सटीको श्रृङ्खलादेखि उनले उक्त पदोन्नतिका लागि खेलहरू खेल्न सुरु गरेकी थिइन्। जुलाई १९ का दिन आयोजित एनएक्सटीको श्रृङ्खलादेखि उनले अन्द्रादे सियन आल्मसको कुस्ती प्रबन्धकको रूपमा काम गर्न सुरु गरेकी थिइन् भने त्यसपछि उनले आफ्नो रिङ नाम जेलिना भेगामा परिवर्तन गरेकी थिइन्। नोभेम्बर १८ का दिन आयोजित एनएक्सटीक‍ एक वार्षिक कार्यक्रम टेकओभर: वारगेम्समा आल्मसको सामना ड्रु म्याकिन्टायरसँग एनएक्सटी उपाधिका लागि भएको थियो जहाँ भेगाले आल्मसलाई सहयोग गरेकी थिइन् जसकारण आल्मसले एनएक्सटी उपाधि जित्न सफल भएका थिए। सन् २०१८ जनवरी २७ का दिन आयोजित एनएक्सटी टेकओभर: फिलाडेल्फियामा जोनी गर्ग्यानोको आल्मससँग एनएक्सटी उपाधिका लागि खेल जारी गरिएको थियो भने उक्त खेलमा पनि भेगाले अवरोध पुर्‍याएका कारण गर्ग्यानोकी प्रेमीमा क्यान्डीस लि रेईले भेगालाई आक्रमण गरेकी थिइन् तर उक्त खेलमा आल्मस विजेता बन्दै एनएक्सटी उपाधि कायम राख्न सफल भएका थिए। सन् २०१८ जनवरी २८ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित रोयल रम्बल नामक एक वार्षिक कार्यक्रममा भेगाले मुख्य कार्यक्षेत्रमा पहिलो उपस्थिति जनाएकी थिइन् जुन खेलमा उनी ७औँ सङ्ख्यामा रिङ प्रवेश गरेकी थिइन्। सन् २०१८ फेब्रुअरी ३ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा भेगाले उक्त पदोन्नतिका लागि पहिलो आधिकारिक खेल खेलेकी थिइन् जहाँ उनी र अन्द्रादेको टोली जोनी गर्ग्यानो र क्यान्डीस लि रेईसँगको खेलमा पराजित भएका थिए। अप्रिल १८ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा भेगाले लि रेईलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन् जुन उनको उक्त पदोन्नतिका लागि अन्तिम खेल बनेको थियो।

मुख्य कार्यक्षेत्र (सन् २०१८–हाल)

अप्रिल २७ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित सुपरस्टार सेक अफ अन्तर्गत भेगा र अन्द्रादे दुवै स्म्याकडाउनमा सरुवा भएका थिए। भेगाले उक्त पदोन्नति अन्तर्गत पहिलो उपस्थिति मे १५ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा अन्द्रादेको साथमा जनाएकी थिइन् भने त्यसको केही हप्तासम्म अन्द्रादेले स्थानीय कुस्ती खेलाडी रहरूलाई एकल खेलमा पराजित गरेका थिए। जुलाई ३१ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा भेगाले उक्त पदोन्नतिका लागि पहिलो खेल खेलेकी थिइन् जहाँ उनले लानालाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन्। सन् २०१८ अगष्ट १९ का दिन आयोजित समरस्ल्याम नामक एक वार्षिक कुस्ती कार्यक्रममा भेगा र अन्द्रादेले एक मिश्रति ट्याग टिम खेलमा लाना र रुसेभलाई पराजित गर्न सफल भएका थिए। अक्टोबर २८, २०१८ का दिन आयोजित इभोलुसन नामक एक कुस्ती कार्यक्रममा भेगाले महिला ब्याटल रोयमा भाग लिएकी थिइन् तर उक्त खेल नाया ज्याक्सले जितेकी थिइन्। सन् २०१९ जनवरी १५ का दिन देखि अन्द्रादे सियान आल्मसले आफ्नो रिङ नाम छोट्टाएर अन्द्रादे बनाएका थिए। सन् २०१९ अप्रिल ७ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित रेसलमेनिया ३५ मा उनले महिला ब्याटल रोयलमा भाग लिएकी थिइन्।

सन् २०१९ मा आयोजित डब्ल्युडब्ल्युई सुपरस्टार सेक अफ अन्तर्गत भेगा र अन्द्रादे मा सरुवा भएतापनि पछि उनीहरू पुनः स्म्याकडाउनमा फर्किएका थिए। जुलाई ८, २०१९ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा भेगा र अन्द्रादेको सामना लिञ्च र रोलिन्ससँग भएको थियो जहाँ उनीहरू लिञ्च र सोलिन्ससँग पराजित भएका थिए। सन् २०२० जनवरी २६ का दिन आयोजित रोयल रम्बलमा भेगाले भाग लिएकी थिइन् तर उनलाई सेइना बेज्लरले खेलबाट निस्कासन गराएकी थिइन्।

उपाधि तथा उपलब्धिहरू

  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • वर्ष खेलाडी (सन् २०११)
    • ३१ महिला कुस्ती खेलाडी मध्ये शीर्ष ३० मा पर्न सफल (सन् २०११)
  • स्पोर्ट्स इलुस्ट्रेटेड
    • ३० महिला कुस्ती खेलाडी मध्ये २९औँ स्थानमा पर्न सफल (सन् २०१८)
  • इम्प्याक्ट रेस्लिङ
    • टिएनए नकआउट्स ट्याग टिम विजेता (१ पटक) – सारा स्टोर्कससँग

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

जेलिना भेगा व्यवसायिक कुस्ती कार्यकालजेलिना भेगा उपाधि तथा उपलब्धिहरूजेलिना भेगा सन्दर्भ सामग्रीजेलिना भेगा बाह्य कडीहरूजेलिना भेगा

🔥 Trending searches on Wiki नेपाली:

जिल्ला समन्वय समितिकिराँत कालचितवन राष्ट्रिय निकुञ्जगङ्गालाल श्रेष्ठरामप्रसाद ज्ञवालीनेपालको संस्कृतिवामपन्थी राजनीतिसन्दुक रुइतएसआइ एकाइस्थानीय कार्यपालिकाकृषि विकास बैंकअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनचाडपर्वयेले सम्वत्आँखा पाक्ने रोगनवौँ राष्ट्रिय खेलकुद २०७९नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सुपादेउराली मन्दिरएकात्मक राज्यदीपेन्द्र वीरविक्रम शाहनेपाली रुपैयाँचूडाकर्म संस्कारशक्तिकार्यपालिकादौरा सुरुवालस्थानीय तहएडल्फ हिटलरअरनिकोकार्यसम्पादन मूल्याङ्कनबुटवल उपमहानगरपालिकाकास्की जिल्लाकथानकसत्य युगसङ्गठनलमजुङ जिल्लाजीवनीनेपाली परम्परागत नापका इकाईविश्वेश्वरप्रसाद कोइरालानेपाली चलचित्ररेबिजअनलाइन खबरडिजिटल साक्षरताफुटबल खेलभिरिङ्गीनेपालका प्रमुख नदीहरूको सूचीनेपाल विद्युत् प्राधिकरणकर्णाली प्रदेशसती प्रथाज्ञानेन्द्र वीरविक्रम शाहवाच्य (व्याकरण)दलहननेपाल अङ्ग्रेज युद्धबाइसे राज्यहरूबर्दिया राष्ट्रिय निकुञ्जबुद्ध धर्ममगर भाषाकश्यप गोत्रविद्यावारिधीनेपालका विश्वविद्यालयहरूको सूचीवीर अस्पतालदैवज्ञराज न्यौपानेजनसाङ्ख्यिकीय संक्रमणशिरीषको फूलबाल अधिकारनेयमारसीतामानव तस्करीमनकामना मन्दिरनेपाली चलचित्रहरूको सूचीभ्रष्टाचारजनै खटिरापारिस्थितिक प्रणालीसंसदबन्दिपुर गाउँपालिकानेपाल सम्वत्जनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूची🡆 More