कामसूत्र महर्षि वात्स्यायनद्वारा लिखित तथा विश्व प्रसिद्ध प्राचीन कामशास्त्र (Sexology) हो । महर्षि वात्स्यायनको कामसूत्र विश्वको प्रथम यौन संहिता मानिएको छ । सात भाग (अधिकरण), ३६ अध्याय, ६४ प्रकरणमा बाँडिएको यो ग्रन्थ स्त्री र पुरुष दुबैले समानरूपमा अध्ययन र मनन गर्नुपर्ने बताईएको छ । आलिँगन, चुम्बन, स्पर्श, दाँत र नङ्को प्रयोग, सित्कार, यौन अङ्गको आधारमा स्त्री र पुरुषको वर्गीकरण, स्त्री र पुरुषमा हुनुपर्ने ६४ कला, वर्जित सम्बन्ध, स्वीकृत सम्बन्ध देखि कामक्रियाको समयमा अपनाउनुपर्ने विधि बारेमा वर्णन गरिएको यस ग्रन्थको विश्वका प्रायः सबैजसो भाषामा अनुवाद र उद्दरण गरिएको पाईन्छ ।
कामसूत्रको ७ भागहरू देहाय बमोजिम रहेका छन:-
स्त्री /पुरुषको रूप, अङ्ग, श्रृगार, व्यवहार, व्यक्तित्व, स्त्री पुरुषको सम्बन्ध र रतिराग का विषयमा विवेचना गरिएको यस ग्रन्थको प्रभाव भारतीय कला, शिल्पकला एवं साहित्यमा पनि देखिन्छ । राजस्थान का दुर्लभ यौन चित्रकारी तथा खाजुराह, कोणार्क आदि का जीवन्त शिल्पकला पनि कामसूत्रबाट प्रभावित छ । रीतिकालीन कविहरूले कामसूत्रको मनमोहक झांकि प्रस्तुत गरेका छन । गीत गोविन्द का गायक जयदेवले लघु पुस्तिका ‘रतिमंजरी’मा कामसूत्र का सार संक्षेप प्रस्तुत गरेका छन ।
महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई ४ प्रकारमा वर्गीकरण गरेका छन्, ती हुन् :
यस वर्गमा पर्ने नारीका सबै अङ्ग सुन्दर हुन्छन्। यिनको उचाई, मोटाई, स्तर, केशराशि र नाक-नक्सा पनि पद्मिनी वर्गकै स्त्रीको जस्तो हुन्छ। तर, यिनका आँखा ठूला रमादकतापूर्ण हुन्छन्। शरीरको रङ सुनझैँ पहेँला, मोटा तिघ्रा र छरितो शरीर हुन्छ। यिनको शरीरबाट महको सुगन्ध आउँछ।
यस वर्गका स्त्री पनि पद्मिनी वर्गका जस्तै मृगनयनी हुन्छन्। तर, आँखा पद्मिनीभन्दा केही ठूला र हेर्दा शीतल दिने खालका हुन्छन् । यिनका वक्ष कठोर र ठूला हुन्छन्। अनि, शरीरबाट खरानीको गन्ध आउँछ। यिनको घाँटीमा तीनवटा रेखा हुन्छन्। यी मृदुभाषी र निर्भयी हुन्छन् । यिनीहरू मोटा, अग्ला र फराकिलो नितम्ब भएका हुन्छन्।
यी शारीरिकरूपमा मोटा र अग्ला हुन्छन्। रक्तिम आँखा भएका, केशराशि ठाडा, खस्रा, मोटा, कैला र हाँगा फाटेका हुन्छन्। यिनको नाकको पोहरा ठूल्ठूला मोटा नितम्ब, डल्ला तिघ्रा, काँध साना र मोटा हुन्छन् भने यिनको शरीरबाट मदिराको गन्ध आउँछ।
This article uses material from the Wikipedia नेपाली article कामसूत्र, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.