एनिमे: जापान उत्पादित सन

एनिमे (जापानी: アニメ, जापानी उच्चारण: आनिमे ) हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन हुन् । एनिमे शब्द अङ्ग्रेजी शब्द एनिमेसनको लघु रुप हो, जसले सम्पूर्ण एनिमेसन निर्मित सामग्रीहरूलाई जनाउँछ । जापान बाहिर विशेषत: पश्चिमा मुलुकमा भने एनिमेले जापानमा वा जापानी शैलीमा बनाइएका एनिमेसन सामग्रीलाई बुझाउँछ । एनिमेको ईतिहास सन् १९१७बाट सुरु भएको मानिन्छ भने सन् १९६० को दशकबाट एनिमे शैलीगत विकास भएको पाइन्छ । जापानमा करिब ४३० एनिमेसन उत्पादन कम्पनी (जसमा स्टुडियो जिब्ली, गेइनेक्स, तोइ एनिमेसन जस्ता स्थापित नाउँहरू) रहेका छन् । एनिमेहरू अङ्ग्रेजी भाषामा अनुवादित हुन थालेपछि नै चर्चित बन्दै गएको हुन् ।

ग्राफिक कला सँग, कथा एवम् पात्रका वस्तुगत वास्तविकताको संयोजन, दृश्यजन्य शैली, र विविध कलात्मक पक्षले एनिमेले लौकिक र पारलौकिक कथात्व बोकेको हुन्छ ।

शब्द प्रयोग

जापानमा एनिमेले सम्पूर्ण संसारभरको एनिमेसनद्वारा बनाइएका सामग्रीलाई बुझाउँछ । अङ्ग्रेजीमा एनिमेले जापानमा बनाइएका एनिमेसनलाई नै जनाउँछ ।

एनिमे शब्दको उत्पत्ति भने एकिन साथ भन्न सकिदैँन । केही स्रोत एनिमे शब्द फ्रान्सेली शब्द dessin animéबाट आएको बताउँछन् भने सो कुरा सन् १९७० देखि १९८० मा फ्रान्सको चर्चाले भनिएको पनि बताइन्छ । अङ्ग्रेजी भाषामा एनिमे शब्दलाई नामको रूपमा प्रयोग गरिएको पाइन्छ । सन् १९७० देखि १९८० तिर Japanimation शब्दको प्रयोग गरिन्थ्यो । सन् १९८० को मध्य सम्ममा बिस्तारै एनिमे शब्दको प्रयोग बढ्दै गयो । हाल, एनिमे शब्दले जापानमा बनेका एनिमेसनलाई नै बुझाउने गर्दछ ।

एनिमेले जापानी एनिमेसनलाई प्रतिनिधि नगर्ने पनि केही बताउँछन् ।

इतिहास

फ्रान्स, जर्मनी, अमेरिका, रसियामा जस्तै जापानी एनिमेसन बिसौँ शताब्दीमा जापानी चलचित्रकर्मीहरूले विकास गरेका थिए । सन् १९२३ को भूकम्पले एनिमेका सामग्रीहरूलाई केही नष्ट गरेको थियो ।

सन् १९३० सम्म आइपुग्दा जापानी एनिमेसनको विकास भइसकेको थियो । उक्त समयमा जापानी एनिमे अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा नै थियो । सन् १९४० मा धेरै जापानी एनिमे उद्योगहरूको विकास हुँदै आइसकेको थियो । सन् १९३७ मा वाल्ट डिज्नी कम्पनीको स्नो वाइट एन्ड सेभन ड्राव्फ्स ले जापानी एनिमेलाई शैलीगत विकासमा प्रभाव पार्यो । सन् १९७० देखि चित्र उपन्यास, माङ्गा, कमिक पुस्तकहरू लोकप्रिय बन्दै गए । सन् १९८० देखि १९९० सम्म र हाल एक्काइसौं शताब्दसम्ममा जापानी एनिमेले बजार ओगटिसकेको छ ।

प्रकार

एनिमे बालबालिका देखि वयस्क व्यक्ति सम्मकालागि बनाइएका पाइन्छन् । वयस्कहरूलाई बनाइएका एनिमेमा कथा वस्तु जटिल र विषय त्यसै अनुसारका हुन्छन् ।

श्रेय

एनिमे: शब्द प्रयोग, इतिहास, प्रकार 
एनिमे निर्माण कर्ताहरूका विभिन्न दृश्यगत शैलीहरू

एनिमेसन उद्योग

एनिमे: शब्द प्रयोग, इतिहास, प्रकार 
अकिबरा जिल्ला, टोकियो एनिमे प्रेमीहरूका लागि मुख्य स्थल मानिन्छ

अन्तर्राष्ट्रियकरण

सन् १९८० देखि जापानी एनिमे अमेरिकामा परिचित भई सन् १९९० देखि जापानी एनिमे अमेरिकामा चर्चित बन्दै गयो ।

एनिमे शैली

मानव भावनालाई विशेष जोड दिइने जापानी एनिमेमा दुख, सुख, मिहिनेत जस्ता विषयलाई जोड दिइएका हुन्छन् ।

नेपालमा

नेपालमा पनि एनिमे रुचाउने दर्शक प्रशस्त रहेका छन् । राजधानीमा विभिन्न विभिन्न एनिमे कार्यक्रमहरू आयोजना हुने गर्दछन् ।

यी पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

एनिमे शब्द प्रयोगएनिमे इतिहासएनिमे प्रकारएनिमे श्रेयएनिमे सन उद्योगएनिमे अन्तर्राष्ट्रियकरणएनिमे यी पनि हेर्नुहोस्एनिमे सन्दर्भ सामग्रीएनिमे बाह्य कडीहरूएनिमेएनिमेसन

🔥 Trending searches on Wiki नेपाली:

एड्ससन्दुक रुइतएसियाशहिदगेटमटिहानीआगन्तुकखोटाङ जिल्लागायत्री मन्त्रसाझा पुरस्कारकलियुगचूडामणि रेग्मीजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपाली चलचित्रहरूको सूचीजापानकार्यालयअलौ पर्वकिराँत जातिमाधवप्रसाद घिमिरे (साहित्यकार)आँकशुक्रराज शास्त्रीस्टिफन हकिङचाँगुनारायण मन्दिरनैतिक दृष्टान्तनिजीकरणउखुरत्ननगर नगरपालिकातिहारसूचना प्रविधिवेददरबार हाई स्कुलइलाम २ (निर्वाचन क्षेत्र)महर्जनरणबहादुर शाहपश्चिम रुकुम जिल्लाहस्तमैथुनहिन्दु धर्मऔलोमानव संसाधन व्यवस्थापनभूपरिवेष्ठित राष्ट्रझमक घिमिरेस्थानीय तह निर्वाचन, २०७४दिगो विकासका लक्ष्यहरूनामकरण संस्कारअम्लपित्तथारू जातिलागत निर्धारणविराटनगर महानगरपालिकाकिशोरावस्थाविसं १९९० को महाभूकम्पइजरायल–हमास युद्ध, सन् २०२३कर्णाली प्रदेशनेपाल राष्ट्रिय विकास परिषदउत्प्रेरणाकान्तिपुर दैनिकसामाजिक विज्ञानकमला नदीविकसित देशमहानगरपालिकाआइएसबिएनशङ्कर लामिछानेसार्वजनिक सेवा प्रवाहमुलुकी ऐनदोधारा चाँदनी पुलसमासडेउडा गीतमहासागरइस्लाम धर्मबज्रयोगिनी मन्दिररुपन्देही जिल्लाजाभागण्डकी प्रदेशराम शाहरञ्जिता श्रेष्ठअन्टार्क्टिका🡆 More