मुमिनत्रोलन

मुमिनत्रोलन (स्वीडेनी: Mumintrollen), मुमिन परिवारलाई आधार बनाएर लेखिएको उपन्यास वा पुस्तकको एक शृङ्खला हो। यस उपन्यासलाई सन् १९४५ देखि सन् १९७० सम्म फिनल्यान्डमा पुस्तक प्रकाशक सिल्द्सद्वारा प्रकाशन गरिएको थियो। यसकी लेखिका फिनल्यान्डकी स्विडेनी भाषी लेखिकातुभे योनयन हुन्। यसलाई सन् २०१५ देखि, फोलगेत नामक पुस्तक प्रकाशनद्वारा प्रकाशित छ। पुस्तकका मुख्य पात्रहरू मुमिन परिवारका सदस्यहरू हुन्। यो सेतो र डल्लो परेका परिकथाका पात्रहरूको परिवार हो। यिनीहरू लामो थुतुनो भएका जलगैंडा समान पात्रहरू हुन्। यस परिवारको घर मुमिन उपत्यकामा रहेको छ। यस उपन्यासलाई ४० भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ।

मुमिनत्रोलन
मुमिनत्रोलन
सन् १९५६ मा,तुभे यानसन मुमिन पात्रहरूको साथ
लेखकतुभे यानसन
मूल शीर्षकMumintrollen
चित्रकारतुभे यानसन
देशफिनल्यान्ड फिनल्यान्ड
भाषास्विडेनी
प्रकारकाल्पनिक (बालबालिकाहरूका लागि)
प्रकाशकसिल्द्स्
मिडियाको प्रकारअङ्कीय मुद्रण
वेबसाइटआधिकारिक वेबसाइट

यस उपन्यास शृङ्खलामा ९ वटा पुस्तकहरू सार्वजनिक गरिएको थियो। उक्त ९ पुस्तकको बाहेक,तुभे योनयनले उनको दाजु लार्स यानसनका साथ सचित्र पुस्तक र विभिन्न हास्यप्रधान कथाहरूका साथसाथै पात्रहरूद्वारा अभिप्रेरित गीतहरू पनि लेखेकी छिन्। मुमिनत्रोलन पछि गएर एक दूरदर्शन शृङ्खला वा प्रख्यात बाल टेलिचलचित्र बन्न पुगेको थियो भने यसमै आधारित रहेर चलचित्र समेत बनेको छ। यसको फिनल्यान्डको नानतालीमा आफ्नै छुट्टै मुमिन संसार (स्वीडेनी: Muminvärlden) नामक एक उद्यान समेत रहेको छ। ताम्पेरे सहरको मुमिनदलन सङ्ग्रहालयमातुभे यानसनद्वारा निर्मित यिनै पात्रहरूसँग सम्बन्धित विभिन्न आकृतिहरू राखिएको छ।

इतिहास

सन् १९४३ मा फिनल्यान्डको एक व्यङ्ग्य पत्रिका गर्ममातुभे यानसनले स्नोर्क नामका पात्रलाई चित्रित गरेकी थिइन् जो मोमिनत्रोलन वा प्रमुख पात्र मुमिनको प्रारम्भिक पूर्ववर्ती थियो। प्रारम्भिक संस्करणहरूमा पात्रहरूलाई रातो आँखाका साथ पूर्णतया कालो रङमा चरितार्थ गरिएको थियो। नाक साँघुरो थियो र लगभग चुच्चो जस्तै थियो। सन् १९४५ मा यानसनले पहिलो मुमिन पुस्तक सार्वजनिक गरेकी थिइन् जसमा मुमिनत्रोलन नामक नयाँ पात्रलाई यसको प्रमुख पात्रको रूपमा परिचय गराएकी थिइन् जसलाई मोटो, सेतो रङको र जलगैँडाको जस्तै नाक भएको देख्न सकिन्छ।

तुभे यानसनले वास्तवमै शीर्षक मुमिनत्रोलनलाई शीर्षकमा समावेश गर्न चाहेकी थिइन्, तर प्रकाशकले यसलाई भ्रमपूर्ण जस्तो ठानेका थिए। उनको पहिलो पुस्तक त्यति सफल भएको थिएन। पहिलो वर्षमा केवल २१९ प्रतिलिपिहरू बिक्री भएको थियो र पुस्तकले केवल एउटा मात्र समीक्षा प्राप्त गरेको थियो। यसलाई फिनल्यान्डेली भाषामा पनि अनुवाद गरिएको थिएन र स्विडेनमा कतै पनि दृश्यात्मकता रूपमा प्रस्तुत गरिएको थिएन।

मुमिनको भूमिका र उसका परिवारहरू

मुमिनत्रोलन 
नानतालीमा रहेको मुनिनको घर

मुमिन परिवार जिज्ञासु मुमिन, शान्त मुमिन आमा र आत्म-अवशोषित मुमिन बाबा मिलेर बनेका छ जो सुन्दर काल्पनिक मुमिन उपत्यकाको अग्लो, गोलाकार र निलो रङको घरमा मिलेर बस्दछन्। परिवारको उक्त घरलाई मुमिन बाबाले लामो समयदेखि आफैँले बनाएका थिए। परिवार शान्त र पर्याप्त आनन्दित जीवन बिताउँदछ तर कहिलेकाहीँ मुमिन र उनका बुबा यात्रा र साहसको चाहना गर्दछन् यद्यपि उपत्यकाका विभिन्न प्राकृतिक प्रकोपहरूले उनीहरूलाई लगातार चुनौती दिने गर्दछ। शिशिर याममा मुमिन परिवार पुरानो परम्परा अनुसार चल्दछन् यद्यपि त्रोलभिन्तर नामक पुस्तकमा मुमिनको बिच्छेद हुन्छ।

मुमिन उपत्यकाका बासिन्दाहरूमा निडर स्निफ, चकचके र अप्रत्याशित सानु माया (स्वीडेनी: Lilla My), भग्नावशेष र स्वतन्त्र प्रेमी स्नुफकिन, मुमिनकी प्रेमिका स्नोर्कमेडन, दुःखी हेमुलेन बा र चिन्तित मिस फिलियोन्जी रहेका छन्। मुमिन उपत्यका एक परिकथा काल्पनिक संसार हो जहाँका चरित्रहरू मानव होइनन् तर शायद यस कारणले गर्दा उनीहरू मानव नभएका कारणले नै विशिष्ट मानिन्छन्। प्रायः तिनीहरू जीवनको साथमा नभई जीवनमा अहिले कस्तो देखिन्छ भन्ने बारेका अर्थ खोज्ने प्रयास गर्दछन्। उदाहरणका लागि, मुमिनको भूमिकाले सामान्य चीजहरूमा पनि स्नेह भाव महसुस गर्न सकिन्छ।

चरित्रात्मक व्याख्यान

मुमिनत्रोलन 
मुमिन पुस्तकसँग सम्बन्धित सबै पात्रहरू

समालोचकहरूले मुमिन संसारका धेरै पात्रहरू वास्तविक व्यक्तिहरूद्वारा प्रेरित रहेको र विशेष गरी लेखकका नजिकका परिवारजनहरूसँग सम्बन्धित रहेको सुझाव दिएका थिए। तुभे यानसनले अन्तर्वार्तामा आफ्ना पात्रहरूका लागि पृष्ठभूमि र सम्भावित नमूनाहरूको बारेमा खुला रूपमा बोलेकी थिइन्।

तोभे यानसनले कहिल्यै पनि विवाह गरिनन्। उनको एकदमै मिल्ने साथी तुलिक्की पिएतिलाले त्रोलभिन्तरमा व्यक्तिगत रूपमा स्नुफकिनको पात्र उतार्न अभिप्रेरित गरेकी थिइन्। मुमिनत्रोलन (मुमिन) र सानु मायालाई उनले मनोवैज्ञानिक पात्रको रूपमा प्रस्तुत गरेकी छिन्। सामान्यतया मुमिनको भूमिका यानसनको आफ्नै परिवारसँग सम्बन्धित छ। उनको परिवार प्रकृतिको नजिक रहन्थ्यो र उनीहरू धेरैजसो चीजहरूको लागि धेरै सहनशील थिए। मुमिन आमा र मुमिन बाबालाई प्राय: यानसनको अभिभावक सिग्न हमर्तसन यानसन र भिक्तोर यानसनको रूपमा देख्दछन्।

यानसनले पात्रहरूको दर्शनमा भिन्नता प्रयोग गरेकी छिन् जसले गर्दा पत्रहरूको व्यङ्ग्यात्मक व्यवहार छुट्टिन्छ। मुमिनको कथाले निकै मानव केन्द्रित सन्देशहरू प्रवाह गर्दछ। यस पुस्तकमा जीवन र संसारका मार्गहरू बारेमा धारणा र विचारहरू छन्। उदाहरणका लागि स्वतन्त्रको बारेमा स्नुफकिनको भनाई "तपाईंँले कसैलाई धेरै मन पराउनु हुन्छ भने तपाईं साँच्चिकै स्वतन्त्र हुनुहुनेछ"।

पुस्तकहरूको सूची

मुमिन परिवारको बारेमा पुस्तकहरू एकल श्रेणीमा राख्न गाह्रो छ किनकि पुस्तकहरू एक अर्कोसँग मेल खाँदैनन्। उनका पुस्तकहरू केही साहसी छन् त भने केही नाटकीय छन्। यद्यपि पुस्तकहरूमा कथा मुख्य चरित्रको साथ अगाडि बढिरहन्छ। पहिलो चार वटालाई औसतमा बच्चाहरूको किताब र पछिल्लोलाई भने युवा वा माथिल्लो उमेरका पाठकहरूको लागि वर्गीकृत गर्न सकिन्छ।

पुस्तकालय र पुस्तक पसलहरूले सामान्यतया सबै मुमिन पुस्तकहरूलाई बाल पुस्तकका रूपमा क्रमबद्ध गर्दछन् यद्यपितुभे यानसन आफैँ वयस्क र बाल साहित्य बीच भेद गर्न चाहँदिनन्।

तेभो यानसनद्वारा लिखित पुस्तकहरू (उपन्यासहरू वा कथा सङ्ग्रहहरू)

  • सन् १९४५ - Småtrollen och den stora översvämningen (नेपाली: मुमिन र ठूलो बाढी) (पहिलो प्रथम संस्करण सन् १९९१)
  • सन् १९४६ - Kometjakten (नेपाली: मुमिन उपत्यकामा धूमकेतु)
  • सन् १९४८ - Trollkarlens hatt (नेपाली: जादुगरको टोपी)
  • सन् १९५० - Muminpappans Bravader Skrivna av Honom Själv (नेपाली: मुमिनबाबाको स्मरणहरू) (सन् १९६८ मा Muminpappans memoarer को रूपमा जारी)
  • सन् १९५४ - Farlig midsommar (नेपाली: खतरनाक मध्य ग्रीष्म)
  • सन् १९५७ - Trollvinter (नेपाली: त्रोलभिन्तर)
  • सन् १९६३ - Det osynliga barnet (नेपाली: मुमिन उपत्यकाको कथा) (लघु कथाहरूको सङ्ग्रह)
  • सन् १९६५ - Pappan och havet (नेपाली: समुन्द्रमा मुमिनबाबा)
  • सन् १९७० - Sent i november (नेपाली: नोभेम्बरमा मुमिन उपत्यका)

दृश्य पुस्तकहरू

  • सन् १९५२ - Hur gick det sen? Boken om Mymlan, Mumintrollet och Lilla My
  • सन् १९६० - Vem ska trösta knyttet?
  • सन् १९७७ - Den farliga resan (खतरनाक यात्रा)
  • सन् १९८० - Skurken i muminhuset (तोभे यानसन र उनका भाइ पेर ओल्भो यानसनद्वारा दृश्य सङ्कलन)
  • सन् १९९३ - Visor från Mumindalen (गिती कथा सङ्ग्रह)

रङरस

लार्स यानसन रतुभे यानसनद्वारा रचित पात्र मुमिन परिवार सर्वप्रथम पत्रिकाहरूमा देखा परेको थियो भने यो पहिलो पटक अङ्ग्रेजी भाषाको पत्रिका द इभिनिङ न्युजमा देखा परेको थियो। पछि यसलाई विभिन्न पत्र पत्रिका तथा सञ्चार माध्यमहरूमा प्रस्तुत गरिएको थियो।

दुइवटा मुमिनको पुस्तक अङ्ग्रेजी भाषामा प्रकाशित भएसँग‌ै द इभिनिङ न्युजलेतुभे यानसनसँग उक्त कथामा आधारित कार्टूनको निरन्तर प्रसारणका लागि ७ वर्षे सम्झौता गर्न चाहेको थियो। उक्त सम्झौता सन् १९५२ मा हस्ताक्षर गरिएको थियो र यस लगत्तै शृङ्खलाको प्रकाशन सुरु भएको थियो। प्रकाशनको सुरुवातमा यसलाई लन्डनका विभिन्न सडकहरूमा प्रचारप्रसार गरिएको थियो। ४० देश र २ करोड पाठकहरूका माझ पुगेको पुस्तक सङ्ग्रहको प्रकाशन अधिकारलाई पुन: बिक्री गरिएको थियो।

तिनीहरूको रङरसलाई यानसनको पुस्तकहरू भन्दा केही फरक तरिकाले प्रस्तुत गरिएको थियो। कार्टूनलाई तुभेयानसनद्वारा साभार गरिएको थियो भने केही विषयहरू अघिल्ला उत्पादनहरूबाट साभार गरिएको थियो। तुभेयानसनसँग सम्झौता सन् १९६० मा समाप्त भएको थियो। पछि उनका भाइ लार्स यानसनले उनका पुस्तकहरूलाई अङ्ग्रेजीमा अनुवाद गर्ने काम गरेका थिए। एक पत्रिका अनुवाद कम्पनीले लार्स यानसनसँग सम्झौता गरेको थियो र उनले सन् १९६० देखि सन् १९७५ सम्म उक्त कार्य सञ्चालन गरिरहेका थिए।

दूरदर्शन कार्यक्रम/शृङ्खला र चलचित्र

मुमिनलाई विभिन्न देशका दूरदर्शन शृङ्खलाहरूमा प्रस्तुत गरिएको छ।

पहिलो शृङ्खला भनेको पश्चिम जर्मनेली शृङ्खला "दि मुमिनफमिलय" हो जसलाई सन् १९५९ देखि सन् १९६० सम्म उग्स्बुर्गुर पपिनकिन्स्तेनले निर्माण गरेका थिए। शृङ्खलाको भाग १ देखि ६ "जादुगरको टोपी" पुस्तकमा आधारित थिए भने भाग ७ देखि १२ "खतरनाक मध्य गीष्म"मा आधारित थिए। सन् १९६९ देखि सन् १९७० सम्म मुमिन नामक अर्को कार्टून शृङ्खला प्रसारण गरिएको थियो। यस शृङ्खलामा ६५ वटा भाग समावेश थिए। यो श्रृङ्खलातुभे यानसनको पुस्तकहरूमा आधारित थियो। यसकै भाग २ को रूपमा सन् १९७२ मा जापानमा शिन मुमिनको सिर्जना गरियो। यसलाई रिनतारो नामक प्रख्यात स्टुडियोले निर्देशन गरेको थियो।

स्विडेनमा एक स्विडेनी भाषी टेलिभिजनले १३ भागको मुनिमत्रोलन प्रस्तुत गरेको थियो जसलाई भिभिसा बान्दलरले निर्देशन गरेका थिए भने यसलाई सन् १९६९ मा निर्माण गरिएको थियो। सन् १९७४ मैँ स्विडेनी टेलिभिजनले क्रिसमससँग सम्बन्धित भागहरू निर्माण गरेको थियो जसलाई मुमिनदालन नामकरण गरिएको थियो भने यसलाई सन् १९८३ देखि सन् १९९४ सम्म फिनल्यान्डमा देखाइएको थियो। सन् १९७८ मा सोभियत सरकारले यसको अनुवादित संस्करण रूसी भाषामा प्रस्तुत गरेको थियो। सन् १९७७ देखि सन् १९८२ सम्म पोल्यान्डले मुमिनको संस्करणहरू पोल्यान्डेली भाषामा निर्माण गर्दै प्रदर्शन समेत गरेको थियो। फिनल्यान्डमा हाल यसको शृङ्खलालाई मुमिन संसारको (फिनल्यान्डेलीको अनुवादित नाम) रूपमा चिनिन्छ जुन विशेष रूपमा बेलायतमा लोकप्रिय छ।

सन् १९९० मा टेलिकेभल बेनिलक्सले मुमिन जारी गरेको थियो जुन जापानी-फिनल्यान्डेली र नेदरल्यान्डेली एनिमे टेलिभिजन शृङ्खला थियो। मुमिन सर्वप्रथम १२ अप्रिल १९९० देखि ३ अक्टोबर १९९१ सम्म जापानको टोकियो टेलिभिजनद्वारा प्रसारण गरिएको थियो भने सोही वर्ष यस एनिमेलाई अङ्ग्रेजीमा अनुवाद गरी सिबिबिसी टेलिभिजनद्वारा संयुक्त अधिराज्यमा प्रसारण गरिएको थियो। 

सन् २००८ मा मुमिन र खतरनाक मध्यग्रीष्म (अनुवादित नाम) नामक चलचित्र निर्माण गरी प्रदर्शन गरिएको थियो जुन तुभे यानसनको पुस्तकहरूमैँ आधारित थियो। सन् २०१४ मा परम्परागत कार्टून चलचित्र मुमिनमा आधारित दोस्रो चलचित्र निर्माण गरिएको थियो भने सन् २०१७ मा यसको तेस्रो संस्करण निर्माण गरिएको थियो। हालसालै सन् २०१९ मा फिनल्यान्डेली-बेलायतीको सह निर्माणमा यसको चौथो चलचित्र प्रदर्शन गरिएको थियो।

नेपालको राष्ट्रिय दूरदर्शन च्यानल नेपाल टेलिभिजनले पनि मुमिनलाई अनुवाद गरी नेपाली भाषामा प्रस्तुत गरेको थियो।

नाट्य गृहमा मञ्चन

मुमिनत्रोलन 
चलिरहेको मुमिनको मञ्चन

यानसनको मुमिनमा आधारित थुप्रै मञ्चनहरू भएका छन् जसमा केही भागहरूमा उनी पनि सामेल थिइन्। सुरुमा यसको प्रारम्भिक उत्पादन सन् १९४९ मा भएको थियो भने यसलाई स्विडेनको नाटकीय संस्करण ओअबो स्भेन्स्का थिएटरमा प्रदर्शन गरिएको थियो।

यानसनले नाटकहरूको लागि पोशाक र स्थलको बनावट गरेकी थिइन्। यसमा लगभग सबै दृश्यहरू उनकै पुस्तकहरूमा आधारित थिए। यसका अतिरिक्ततुभे यानसन र लार्स योनिनले केही दृश्यहरूको सहलेखन गरेका थिए। उनीहरूको उत्पादन सफल भएको थियो र यसलाई स्विडेन, नर्वे र फिनल्यान्डमा प्रदर्शन गरिएको थियो। यसलाई हालसालै सन् २०११ मा माल्मको साङ्गीतिक नाट्य गृहमा प्रदर्शन गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

मुमिनत्रोलन इतिहासमुमिनत्रोलन मुमिनको भूमिका र उसका परिवारहरूमुमिनत्रोलन चरित्रात्मक व्याख्यानमुमिनत्रोलन पुस्तकहरूको सूचीमुमिनत्रोलन नाट्य गृहमा मञ्चनमुमिनत्रोलन सन्दर्भ सामग्रीहरूमुमिनत्रोलन बाह्य कडीहरूमुमिनत्रोलन

🔥 Trending searches on Wiki नेपाली:

कोदोफेसबुकनेपालमा भएका सडकहरूको सूचीराई जातिबाल विवाहमनोज गजुरेलदाइजोसात सालको क्रान्तिप्रतिलिपि अधिकारअर्थभीमसेन थापापदार्थपृथ्वी राजमार्गविष्णुतालबाराही मन्दिरनवौँ राष्ट्रिय खेलकुद २०७९सिक्किमसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारभारतीय स्वतन्त्रता सङ्ग्रामलोक सेवा आयोग (नेपाल)लेखा प्रणालीब्लगसामाजिक सञ्जालहिमाली प्रदेश (नेपाल)विश्वेश्वरप्रसाद कोइरालानेपाल टेलिकमऔद्योगिक क्रान्तिलिम्बू जातिहनुमान जयन्तीअङ्ग्रेजी भाषाविश्वव्यापीकरणकिराँत जाति२०२० नेपालमा कोरोनाभाइरस महामारीसुनगाभासगरमाथाभारतका मध्यकालीन राज्यहरूमहिनावारीबालेन शाहसुगौली सन्धिस्नातक तहबरनवालशनिग्रहकोशी प्रदेशलाली गुराँसमहोत्तरी जिल्लाथापामुक्तिनाथधवल शम्शेर राणागुठीकालीगण्डकी नदीहिन्द महासागरनक्सानेपालको अर्थतन्त्रखाद्य सुरक्षास्वच्छन्दतावादलुम्बिनी प्रदेशसिंहदरबारउखान-टुक्काएसियाऊर्जाचिनियाँ मानक समयहुलाक टिकटनगरकोटनविकरणीय उर्जानेपालका नगरपालिकाहरूबसाइँ सराईराजेश हमालसगरमाथा राष्ट्रिय निकुञ्जदरबार हत्याकाण्डक्षेत्रीसात्यकिबेलराणाकालीन सरकारी कार्यालयहरूनेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८बाघभैरव मन्दिर🡆 More