इलाम नगरपालिका

इलाम नेपालको पूर्वी भागमा रहेको कोशी प्रदेश मा पर्ने इलाम जिल्लाको सदरमुकाम तथा जिल्लाकै पहिलो नगरपालिका हो। यो नगरपालिका महाभारत पर्वत शृङ्खलामा अवस्थित छ। नेपाली चियाको सबैभन्दा ठूलो उत्पादक क्षेत्र भएकोले, यहाँका चियाबारी आन्तरिक तथा बाह्य पर्यटकहरू माझ मुख्य आकर्षणका केन्द्र हुन्। यहाँको प्राकृतिक क्षेत्र र परिदृश्यहरूका साथै बागवानी बाली उत्पादनमा विशेषज्ञता राख्ने विविध कृषि अर्थतन्त्रका लागि पनि प्रसिद्ध छन्।

इलाम
चारखोला
इलामको सदाबहार चियाबारी
इलामको सदाबहार चियाबारी
इलाम is located in कोशी प्रदेश
इलाम
इलाम
नक्सामा इलामको अवस्थिति
इलाम is located in नेपाल
इलाम
इलाम
इलाम (नेपाल)
निर्देशाङ्क: २६°५४′३०″उ॰ ८७°५५′३५″पू॰ / २६.९०८३३°N ८७.९२६३९°E / 26.90833; 87.92639 ८७°५५′३५″पू॰ / २६.९०८३३°N ८७.९२६३९°E / 26.90833; 87.92639
देशइलाम नगरपालिका नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
नगरपालिकावि.सं. २०१७ बैशाख १
समावेश क्षेत्रइलाम बजार
सम्मिलित (गाविस)बरबोटे, साँखेजुङ, सुम्बेक, पुवामझुवा, सोयाक, गोदक, साङरुम्बा (१-६), माईपोखरी (१-३) र सिद्धिथुम्का (७)
सम्मिलित मितिवि.सं. २०७३ फाल्गुण २७
सरकार
 • मेयरमहेश बस्नेत (नेकपा एमाले)
 • उप मेयरसुशीला नेमवाङ (नेकपा एमाले)
क्षेत्रफल
 • जम्मा१७३.३२ किमी (६६.९२ वर्ग माइल)
उच्चतम उचाई
३,६३६ मिटर (११९२९ फिट)
न्यूनतम उचाई
१४० मिटर (४६० फिट)
जनसङ्ख्या
 • जम्मा४८५३६
जातीयता
 • मुख्य जातीयतालिम्बु, क्षेत्री, राई, गुरुङ, नेवार, लेप्चा
भाषा
 • मुख्य भाषाहरूनेपाली, लिम्बु
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२७
वेबसाइटilammun.gov.np

नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर तत्कालीन सरकारले वि.सं. २०१७ बैशाख १ गतेदेखि लागु हुने गरि गरेको निर्णय र वि.सं. २०१७ जेष्ठ ३१ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार इलाम जिल्लाको तत्कालीन इलामका छिमेकी इलाकाहरूलाई समेटेर यसलाई नगरपालिका घोषणा गरेको थियो। सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन बरबोटे, साँखेजुङ, सुम्बेक, पुवामझुवा, सोयाक, गोदक, साङरुम्बाको वडा नं. १ देखि ६, माईपोखरीको वडा नं. १ देखि ३ तथा सिद्धिथुम्काको वडा नं. ७ र यस नगरपालिकाको सम्पूर्ण क्षेत्र गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो

नगरपालिकाको कुल क्षेत्रफल १७३.३२ वर्ग किलोमिटर (६६.९२ वर्ग माइल) छ र नेपालको वि.सं. २०६८ को जनगणना अनुसार यहाँको कुल जनसङ्ख्या ४८,५३६ रहेको छ। यो नगरपालिकालाई १२ वटा वडामा विभाजन गरिएको छ। मेची राजमार्गको ७४ किलोमिटर खण्डले इलामलाई पूर्व–पश्चिम राजमार्ग र त्यसपछि प्रदेश राजधानी विराटनगरसँग जोडेको छ। इलाम नगरपालिका नेपालको पर्यटकीय नगरको रूपमा विकसित भइरहेको छ।

शाब्दिक अर्थ

इलाम नगरपालिकाभित्र लिम्बु जातिको बाहुल्यता रहेको छ जसकारण यस नगरपालिकाको नामकरण समेत लिम्बु भाषाबाट भएको मानिन्छ। इलाम शब्द लिम्बु भाषाको दुई शब्दहरूको संयोजन भएर बनेको छ। इलामको 'इ' शब्दको अर्थ घुमाउरो र ‘लाम’ शब्दको अर्थ बाटो हुन्छ। यी दुवै शब्दको अर्थ जोड्दा घुमाउरो बाटो भन्ने हुन्छ।

पृष्ठभूमि

दुई सय वर्षदेखि जिल्लाको सदरमुकाम रहेको इलाम नगरपालिकाले जिल्लासँग नाम मिल्नाले अन्यत्रका मानिसका लागि जिल्लाकै प्रतिनिधित्व गर्दै आइरहेको छ। इलाम (इलाम बजार; प्रमुख क्षेत्र) इलाम गौडाको सदरमुकामको रूपमा वि.सं. १८७५ मा स्थापना भएको थियो। यसलाई तत्कालीन सरकारले वि.सं. २०१७ बैशाख १ गतेदेखि लागु हुने गरि इलाम नगरपालिका भनि घोषणा गरेको थियो। यो नगरपालिका देशका पुराना नगरपालिकाहरू मध्येको एक हो। तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुष २२ गते नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि इलाम नगरपालिकाको नाम स्वतः परिवर्तन भई 'इलाम नगर पञ्चायत' भएको थियो।

पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते नगरपालिका ऐन, २०४७ घोषणा गरि लागु गरे पछि नगरपालिका बन्नको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले इलाम स्वतः आधिकारिक रूपमा नगरपालिका बन्न पुगेको थियो। जिल्लाको सदरमुकाम तथा प्रशासनिक केन्द्र रहेकाले यस नगरपालिकामा पूर्वाधारको विकास पनि तुलनात्मक रूपमा स्तरीय रहेको छ।

भूगोल

यस नगरपालिको पूर्वी सिमाना माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिकासँग जोडिन पुगेको छ भने उत्तरमा सन्दकपुर गाउँपालिकापाँचथर जिल्ला, पश्चिममा देउमाई नगरपालिका र दक्षिणमा माईजोगमाई र सूर्योदय नगरपालिका पर्दछन्। भौगोलिक विविधता, जातीय तथा सामाजिक सद्भाव कायम रहेको यस नगरपालिकामा ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरू रहेका छन्। जिल्लाका ठूला खोलाहरूमध्ये माई, जोगमाई र पुवामाईका बेसीहरू पर्ने भएकाले अन्नवाली उत्पादनका अव्वल क्षेत्रहरू यस नगरपालिकामा पर्दछन्।

जनसङ्ख्या

कोशी प्रदेश स्थित इलाम जिल्लाका साविक बरबोटे, साँखेजुङ, सुम्बेक, पुवामझुवा, सोयाक, गोदक, साङरुम्बाको वडा नं. १ देखि ६, माईपोखरीको वडा नं. १ देखि ३ तथा सिद्धिथुम्काको वडा नं. ७ गाउँ विकास समितिहरूलाई मिलाएर वि.सं. २०७३ फागुन २७ सालमा इलाम नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो। नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर इलाम नगरपालिकाको जनसङ्ख्या ४८,५३६ रहेको छ। यो नगरपालिकाको जनघनत्व २८० प्रति वर्ग किलोमिटर रहेको छ।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

इलाम नगरपालिका शाब्दिक अर्थइलाम नगरपालिका पृष्ठभूमिइलाम नगरपालिका भूगोलइलाम नगरपालिका जनसङ्ख्याइलाम नगरपालिका चित्र दीर्घाइलाम नगरपालिका सन्दर्भ सामग्रीहरूइलाम नगरपालिका बाह्य कडीहरूइलाम नगरपालिका यो पनि हेर्नुहोस्इलाम नगरपालिकाइलाम जिल्लाकोशी प्रदेशचियाचियाखेतीनेपालमहाभारत पर्वत शृङ्खला

🔥 Trending searches on Wiki नेपाली:

कोस्टारिकाभगवाननेपाली साहित्यको इतिहासएस्टन भिल्ला फुटबल क्लबचुरेनेपाली सेनारामप्रसाद ज्ञवालीबालेन शाहसमाचारकुर्था सुरुवालमदन पुरस्कारपृथ्वी राजमार्गलिम्बू जातिजीवन बीमाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासधरान उपमहानगरपालिकालुकास पोडोलस्कीसमावेशीमकैजलविद्युतभीमनिधि तिवारीसौराहा, चितवनरक्तचन्दनक्लोनिङनेपालको संविधान २०७२सुर्खेत जिल्लामहोत्तरी जिल्लागोपाल वंशकृष्णभूषण बलललितपुर महानगरपालिकानेपाली लेखकहरूको सूचीटिकटकनेपालको अर्थतन्त्रआम निर्वाचन २०४८काठमाडौँ उपत्यकाशंखरापुर नगरपालिकाअन्तर्राष्ट्रिय नारी दिवसमिडियाविकीपशु पालनहंसपुर नगरपालिकालिम्बू भाषायौनतुलसीचिठीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीगौरीगञ्ज गाउँपालिकानेपालको निसानछापनेपाल सद्भावना पार्टीनेपालको सैन्य दर्जादमाई जातिशब्दकोशराणा शासनएचटिएमएलनेपालका झरनाहरूको सूचीमिथिलानेपालको पत्रकारिताको इतिहासबैङ्कदेशान्तरउखान-टुक्कामनकामना मन्दिरवसन्तबहादुर कुँवरनेपालका अञ्चलहरूराशि-चक्रभिटामिनकिराँत कालइस्लाम धर्मरङसौर्यमण्डलनेपालका वनस्पतिहरूगण्डकी प्रदेशप्रेमकर्मपुष्पलाल राजमार्गसाक्षरताबाबुराम भट्टराई🡆 More