आठौँ राष्ट्रिय खेलकुद २०७५-०७६

आठौँ राष्ट्रिय खेलकुद २०७५ नेपाल राष्ट्रिय खेलकुदको आठौँ संस्करणको खेलकुद हो । यो आठौँ संस्करणको खेलकुद प्रतियोगिताका अधिकांश खेलहरू प्रदेश नंबर ५ अन्तर्गतको बाँके जिल्लामा संचालन भएको थियो, भने केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत आयोजना भएको थियो ।

आठौँ राष्ट्रिय खेलकुद, २०७५/२०७६
आठौँ राष्ट्रिय खेलकुद २०७५-०७६
आठौँ राष्ट्रिय खेलकुदको आधिकारिक लोगो
आयोजक सहरकाठमाडौ , दाङ, नेपालगन्ज
राष्ट्रआठौँ राष्ट्रिय खेलकुद २०७५-०७६ नेपाल
प्रतियोगिताहरू३५ खेल
उद्घाटन समारोह२०७६ बैशाख ५ गते, बिहीबार
समापन समारोह२०७६ बैशाख ११ गते
आधिकारिक उद्घाटन गर्ने व्यक्तिराष्ट्रपति विद्यादेवी भण्डारी
मुख्य आयोजना स्थलनेपालगन्ज रंगशाला
२०७३ २०७९  >

बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल यो संस्करणमा पहिलो पटक समावेश गरिएको थियो भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी भएको थियो ।

उद्घाटन समारोह

खेल स्थल

राखेपले साउन ११, २०७५ मा बसेको बैठक मार्फत आठौँ राष्ट्रिय खेलकुदको लागि खेल स्थल तय गरेको थियो । प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लाका विभिन्न खेलस्थलमा हुने र केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहीकाठमाडौंमा समेत हुने गरी राखेपले खेल स्थल तय गरेको थियो । बैठकले नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णय अनुसार पुरुष फुटबल सहित एथ्लेटिक्सका विभिन्न स्पर्धा बाँकेको नेपालगञ्ज रंगशालामा हुने निर्णय गरेको थियो । मुल आयोजक समारोह समितिले गरेको निर्णय अनुसार बाँकेमा विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु आयोजना हुनेछन् । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक हुन गइरहेको प्याराग्लाइडिङ खेल भने पूर्वाधार अभावका कारण कास्कीमा आयोजना भएको थियो ।

खेलहरू

  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • बक्सिङ
  • तेक्वान्दो
  • टेबल टेनिस
  • उसु
  • जुडो
  • ह्याडबल
  • कराँते

  • हकी
  • सुटिङ
  • जिम्न्याष्टिक
  • साईकिलिङ
  • आर्चरी
  • फेन्सिङ
  • पौडी
  • ट्रायथलन
  • एथ्लेटिक्स
  • फुल कन्ट्याक्ट कराँते
  • ब्याटमिन्टन
  • बास्केटबल

  • आईटीएफ तेक्वान्दो
  • शारीरिक सुगठन
  • सफ्ट टेनिस
  • लन टेनिस
  • तेक्वान्दो
  • कबड्डी
  • बुद्विचाल
  • खोखो
  • सेपाकताक्रो
  • स्क्वास
  • प्याराग्याईडिङ
  • कुस्ती
  • गल्फ

सहभागी टिमहरू

  • प्रदेश नम्बर १
  • प्रदेश नम्बर २
  • प्रदेश नम्बर ३
  • गण्डकी प्रदेश
  • प्रदेश नम्बर ५
  • प्रदेश नम्बर ६
  • प्रदेश नम्बर ७
  • नेपाल पुलिस क्लब
  • नेपाल आर्मी क्लब
  • एपीएफ क्लब
  • एनआरएन टिम

अन्तिम पदक तालिका

    आठौँ राष्ट्रिय खेलकुद
    - २०७५ को अन्तिम पदक तालिका
स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाली सेना १४० ८२ ६७ २८९

लोगो तथा मस्कट

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले २०७४ फाल्गुन ०८ गते मंगलबार नेपालगन्जमा लोगो, गीत, नारा र मस्कोट सार्वजनिक गरेका थिए । प्रतियोगिताको नारा ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय गरिएको छ । यो नारा सदस्य सचिव विष्टले लेखेका हुन् । भने प्रतियोगितको गीत नारायण खतिवडाले लेखेका हुन् ।

प्रदेश नम्बर ५ मा बाँके र बर्दिया राष्ट्रिय निकुन्ज रहेकाले पर्यटन प्रवर्द्धनका लागि मस्कट हात्तीको छावा तय गरिएको सदस्य सचिव विष्टले बताएका थिए । उनले लोगोमा शान्तिका दूत गौतम बुद्ध, शान्तिको प्रतीक परेवा, बर्दियाको राष्ट्रिय निकुन्ज ठाकुरद्वारालाई प्रतिविम्बित गरेको जानकारी दिएमा थिए । लोगो बनाउनका लागि राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिकरूपमा प्रतिस्पर्धा गराएको थियो ।

सन्दर्भ सामाग्रीहरू

बाह्य सुत्रहरू

पूर्वाधिकारी नेपाल राष्ट्रिय खेलकुद
आठौँ राष्ट्रिय खेलकुद २०७५

२०७५-७६
पछिल्लो
नवौँ राष्ट्रिय खेलकुद २०७९

Tags:

आठौँ राष्ट्रिय खेलकुद २०७५-०७६ उद्घाटन समारोहआठौँ राष्ट्रिय खेलकुद २०७५-०७६ खेल स्थलआठौँ राष्ट्रिय खेलकुद २०७५-०७६ खेलहरूआठौँ राष्ट्रिय खेलकुद २०७५-०७६ सहभागी टिमहरूआठौँ राष्ट्रिय खेलकुद २०७५-०७६ अन्तिम पदक तालिकाआठौँ राष्ट्रिय खेलकुद २०७५-०७६ लोगो तथा मस्कटआठौँ राष्ट्रिय खेलकुद २०७५-०७६ सन्दर्भ सामाग्रीहरूआठौँ राष्ट्रिय खेलकुद २०७५-०७६ बाह्य सुत्रहरूआठौँ राष्ट्रिय खेलकुद २०७५-०७६नेपाल राष्ट्रिय खेलकुद

🔥 Trending searches on Wiki नेपाली:

प्रजनन स्वास्थ्यमौसमअंशुवर्माहिन्दु धर्मसेभिया फुटबल क्लबभुईँचालोजनमत सङ्ग्रहअरनिकोपाथीभरा देवी (ताप्लेजुङ)गाईजात्रासगरमाथाहिमाली प्रदेश (नेपाल)एनसेलजात्रै जात्रानयाँ वर्षगुजरातनवदुर्गानेपालको कानूनी इतिहासडढेलोजनसङ्ख्या वृद्धिसार्क शिखर सम्मेलनको सूचीदराई जातिप्राथमिक उपचारआवश्यकता शृङ्खला सिद्धान्तपाणिनिदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनगणतन्त्रविराट कोहलीनेपालको मन्त्रिपरिषद्विज्ञानमेगा अपलोडकर्मचारी सञ्चय कोषलक्ष्मीप्रसाद देवकोटा रचनासूचीकपिलवस्तु जिल्लानयाँ पत्रिका दैनिकसुवर्णेश्वर महादेव, भक्तपुरजैविक विविधतामानव अधिकारबुद्ध धर्मघोराही उपमहानगरपालिकानागरिक उन्मुक्ति पार्टीसंस्कृतिकैलाली जिल्लालाली गुराँसविष्णुनेपालको संविधानगण्डकी प्रदेशसिन्धुपाल्चोक जिल्लाहारुकी मुराकामीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)जिमेलअक्टोबर क्रान्तिसुनसरी जिल्लाबजारशास्त्रशरणार्थीगुल्मी जिल्लारामानुजाचार्यपारिजात (साहित्यकार)अछाम जिल्लामदन भण्डारी राजमार्गकर्णाली नदीजिल्ला समन्वय समितिजुन्को ताबेईदोधारा चाँदनी पुलविकिमिडिया कमन्सरियानाप्रदूषणगौरवमय क्रान्तिराष्ट्रिय प्रकृति संरक्षण कोषलखन थापा मगरगण्डकी नदीटङ्कप्रसाद आचार्यविहादी गाउँपालिकामल्ल वंशशब्दकोशओखलढुङ्गा जिल्ला🡆 More