दाङ जिल्ला

दाङ जिल्ला नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश,पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन्। विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिटर उचाइसम्म फैलिएको छ। यो जिल्लाको कूल क्षेत्रफल ३०५९.८१ वर्ग किलोमीटर रहेको छ। यस जिल्लामा कूल २ उपमहानगरपालिका १ नगरपालिका एवम् ७ गाउँपालिका छन्।

दाङ जिल्ला
दाङ जिल्लाको रहेको विश्वको सबैभन्दा ठूलो त्रिशुल
दाङ जिल्लाको रहेको विश्वको सबैभन्दा ठूलो त्रिशुल
लुम्बिनी प्रदेशमा दाङको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा दाङको (गाढा पहेँलो) स्थान
देशदाङ जिल्ला नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामघोराही उपमहानगरपालिका
क्षेत्रफल
 • जम्मा२९५५ किमी (११४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६७६ २७७
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली भाषा

नामाकरण

हापुर रतनपुर बगिया निवासी श्री टेकनाथ गौतमका अनुसार दाङ देउखुरी जिल्ला भन्नाले दाङ र देउखुरी दुबै उपत्यका र पानी ढली बुझिन्छ। पहाडका मैदानलाई बुझाउने संस्कृतको “द्रोण” शब्दबाट दाङ र पहि– लो बस्ती दवपुरबाट देवपुरी भन्दा भन्दै देउखुरी बनेको हो।

इतिहास

अघिदेखि दाङको उत्तरी काँठ पहाडी राजाहरूका अधिनमा र दक्षिणको मैदान भाग थारु राजाका अधिनमा थियो। बिक्रमको चौधौँ शताब्दीको आखिरतिर यो जुम्लाको अधिनमा थियो। वि.सं.१४८० तिर सवारी कोटका राजा रतन पाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भए।

केही समयपछि उनले बझाङबाट राजकुमार झिकाई आफ्ना ठाँउमा राजा बनाएर आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागे। रतननाथले छाड्दा दाङ राज्यको विसतार शिवराज इलाकाको अर्रासोता देखि पश्चिम राप्तीसम्मको तुलसिपुर भनिने इलाकामा पनि थियो। नेपालको एकिकरणका बेला सम्वत् १८४३ मा दाङका राजा नवल सिंहले तापाका लडाईमा विरगति प्राप्त गरे।

पछि उनका राजकुमार दिलेर सिंहले पूरा दाङ देउखुरीको रक्षा गर्न सकेनन्। आफ्नो आधा राज्य तल्सीपुरको तराई मात्र बचाई त्यहीका मात्र राजा भै बसे। गोर्खालीले जितेको दाङको देउखुरी पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए। वि. सं. १८६५ मा सल्यानको राज्य नेपालमा मिल्दा दाङ देउखुरी पनि नेपालमा मिल्यो। वि.सं. १८९४ सालमा दरबारका कुनै कुमारीको विवाह गरिदिंदा सल्यानी राजा बंशज तेजबहादुर शाहलाई राजा पद र पश्चिमी दाङ फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ देउखुरी खण्डीत भयो।

फलावाङ राज्य वि.स. २०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र अघिदेखि सल्यानतर्फ रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङ देउखुरीमा मिलेपछि दाङ देउखुरी आजको अवस्थामा आयो।

प्रशासनिक विभाजन

जिल्लामा १० स्थानीय तहहरू छन्, जसमध्ये २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका छन्।

दाङ जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
घोराही उपमहानगरपालिका १९ घोराही २००,५३०
तुलसीपुर उपमहानगरपालिका १९ तुलसीपुर १४१,५२८
लमही नगरपालिका लमही ३४,२८५
गढवा गाउँपालिका गढवा ३८,५९२
राजपुर गाउँपालिका गंगदी २८,४१०
शान्तिनगर गाउँपालिका शान्तिनगर २५,२०३
राप्ती गाउँपालिका मसुरिया ५२,१५८
बंगलाचुली गाउँपालिका कमिरेचौर २२,८७७
दंगीशरण गाउँपालिका हेकुली २१,४८४
बबई गाउँपालिका हापुरे २७,४६९

सन्दर्भ सामग्रीहरू

Tags:

दाङ जिल्ला नामाकरणदाङ जिल्ला इतिहासदाङ जिल्ला प्रशासनिक विभाजनदाङ जिल्ला सन्दर्भ सामग्रीहरूदाङ जिल्लाअर्घाखाँची जिल्लाउत्तर प्रदेशकपिलवस्तु जिल्लानेपालप्युठान जिल्लाबाँके जिल्लारोल्पा जिल्लालुम्बिनी प्रदेशसल्यान जिल्लासुर्खेत जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

स्वर्गद्वारीआगोपारिस्थितिक प्रणालीपश्चिम रुकुम जिल्लाकीर्तिपुर नगरपालिकानेपालका विकास क्षेत्रहरूनेपाल बैंकनेपालको अन्तरिम संविधान २०६३त्रिभुवन वीरविक्रम शाहबाघवडा समिति (नेपाल)नेपालको सर्वोच्च अदालतनेपाल सरकारश्रीमद्भगवद गीताबाइसे राज्यहरूअन्तिम संस्कारजनसाङ्ख्यिकीय लाभांशनेपालकुँवर इन्द्रजीत सिंहश्रीलङ्कारघुबीर महासेठनेपालको संविधाननेपालको संस्कृतिमानव विकास चरणविकिपिडियापाँचथर जिल्लानेपाली राष्ट्रिय क्रिकेट टोलीग्रिसआगन्तुकअन्तर्राष्ट्रिय श्रमिक दिवसमानव विकास सूचकाङ्कइन्द्रबहादुर राईगिरिजाप्रसाद कोइरालाअगमसिंह गिरीमूल्य अभिवृद्धि करभक्ति थापानेपाल स्टक एक्सचेन्जकार्यसम्पादन मूल्याङ्कनबुटवल उपमहानगरपालिकासुदूरपश्चिम प्रदेशदासप्रथामारी अँतवानेतब्रह्माण्डबालश्रमस्तन सम्भोगओखलढुङ्गा जिल्लानेपाल टेलिभिजनसूर्यश्रीमद्भागवत् पुराणहात्तीपाइले रोगचाँगुनारायण मन्दिरपरराष्ट्र मन्त्रालय (नेपाल)गोत्रभक्तपुर नगरपालिकासंयुक्त राष्ट्रसङ्घका महासचिवसिन्धु गङ्गा मैदानरामायणअर्थकुखुरा पालनशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जनेपाली भाषाहुलाक सेवा विभाग, नेपालसङ्घीयतापाथीभरा देवी (ताप्लेजुङ)दसैँनेपाल संस्कृत विश्वविद्यालयजैविक विविधताहरितगृह प्रभावखाँदवारी नगरपालिकानेपाल स्काउटसहरीकरणलैङ्गिक समानताबंगलामुखी मन्दिर🡆 More