टङ्कप्रसाद आचार्य

टंकप्रसाद आचार्य (वि.सं.

१९६९-२०४५) प्रजातन्त्रवादी नेता, नेपालको जेठो राजनीतिक पार्टी नेपाल प्रजा परिषदका संस्थापक अध्यक्ष एवम् नेपालका भूतपूर्व प्रधानमन्त्री हुन्। माघ १० देखि१६ सम्मलाई सहिद सप्ताह र माघ १६ लाई सहिद दिवस मनाउन उनकै प्रधानमन्त्रीकालमा सुरु भएको थियो।

टंक प्रसाद आचार्य
टङ्कप्रसाद आचार्य
१९ औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
वि.सं. २०१२ माघ १३ – वि.सं. २०१४ असार ३१
एकाधिपतिराजा महेन्द्र
पूर्वाधिकारीराजाको प्रत्यक्ष शासन
उतराधिकारीडा के आई सिंह
व्यक्तिगत विवरण
जन्म१९६९ मंसिर १७
मृत्यु२०४५

जीवनी

आचार्यको जन्म वि.सं. १९६९ साल मंसिर १७ गते आइतबार भएको हो।

नेपाल प्रजा परिषद्

उनले वि.सं. १९९३ मा (२२ वर्षको उमेरमा) नेपाल प्रजा परिषद्को स्थापना गरे। वि.सं. १९९७ सालमा राणा शासन विरुद्ध पर्चा छरेपछि पक्राउ पर्ने २ सयजना व्यक्तित्वमा उनी पनि थिए। टङ्कप्रसाद आचार्य जनकपुरमा गिरफ्तार गरिए, पक्राउ परिने सुइँको पाएका मुकुन्दनाथ रिमाल मुग्लान पसेर जोगिए। शुक्रराज शास्त्रीलाई १० माघको राति पचली र धर्मभक्तलाई १२ माघमा सिफलको उकालोमा रूखमा झुन्ड्याइयो, दशरथ चन्द र गङ्गालाललाई १४ माघमा विष्णुमती नदीतटको शोभाभगवती मन्दिरछेउ गोली हानियो। टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा मुडेर ब्राह्मणका लागि मृत्युदण्ड समान सजाय दियो।

वि.सं. २००७ सालको क्रान्तिको आधारभूमि तयार पार्ने ५ जना युवाहरू- टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्मा थिए।

नेपाली राष्ट्रिय कांग्रेस

२००३ सालमा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्दा प्रजापरिषद्को बलिदान सम्झेर उनलाई सभापति बनाइयो।

राणाशाहीको अन्त्यपछि वि.सं. २०१० सालमा गठित मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री र वि.सं. २०१२ माघ १३ देखि वि.सं. २०१४ असार ३१ सम्म १७ महिना १८औं प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्रीत्त्व

मन्त्रि-परिषद

२०१२ साल माघ १३ गतेका दिन गठन भएको मन्त्रि-परिषद

२०१३ साल माघ २३ थप भएको मन्त्रि-परिषद

प्रसासनिक सुधार

निजामति सेवामा सुधार, निजामती सेवा नियमावली लागू, भूमिसुधार, पञ्चशीलका आधारमा परराष्ट्र सम्बन्धको विकास, शिक्षा विकासका लागि अधिराज्यलाई ७ शैक्षिक क्षेत्रमा विभाजन, राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनामा योगदान दिए।

नेपालको मन्त्रिपरिषद् बैठकमा भारतीय कर्मचारी गोविन्द नारायण बस्ने नियम पनि उनकै पालामा खारेज भयो ।

आर्थिक नीति

प्रथम पञ्चवर्षिय योजनाको थालनी, नेपाल राष्ट्र बैङ्कको स्थापना र देशभरि नेपाली मुद्राको प्रचलनमा योगदान दिए।

विदेश नीति

टङ्कप्रसाद आचार्य 
बेइजिंग भ्रमणको क्रममा टंकप्रसाद

नेपालको इतिहासमा खास गरेर परराष्ट्र सम्बन्धको हिसाबले उनको प्रधानमन्त्रीत्व काललाई सुनौलो समय मानिन्छ। उनको कार्यकालमा सोभियत संघ (July 20, 1956), जापान(September 1, 1956), स्विटजरल्याण्ड (1956) , इजिप्ट, चीन र सँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो। संयुक्त राष्ट्रसंघको सदस्यता (14-12-1955) लिएर महासभामा नेपालको प्रतिनिधिमण्डल पठाउने काम पनि टंकप्रसाद कै पालामा भएको हो।

टंकप्रसादको प्रधानमन्त्रीत्वकाल मै, नेपालले भारत र चीनसँग समदुरीको सम्बन्धमा जोड दिएको हो। उतिबेला कायम गर्न खोजिएको सन्तुलनमा आधारित सम्बन्ध आज झनै सान्दर्भिक भएको छ। राणा शासकहरूले भारतस्थित इष्ट इन्डिया कम्पनीसँग राम्रो सम्बन्ध बनाएका थिए। सन् १९४७ मा भारतको स्वतन्त्रता र वि.सं. २००७ सालमा नेपालमा राणाशाहीको पतनपछि नेपाल-भारत सम्बन्धमा नयाँ आयामहरू आए। सन् १९५०मा नेपालले भारतसित विशेष सम्बन्ध देखाउने नेपाल-भारत शान्ति तथा मैत्री सन्धि गरेको थियो। यो अवस्थामा चीनसँग पनि उत्तिकै सहज हुन प्रधानमन्त्री आचार्यले दुई छिमेकीसँग समदुरीको सम्बन्धमा जोड दिएका थिए।

चीन

राजा महेन्द्र चीनसँग छुट्टै सन्धि-सम्झौता गर्दा तिब्बतले नेपाललाई दिँदै आएको वार्षिक १० हजार काला मोहर रोकिनेमा बढी संवेदनशील भए पनि टंकप्रसादले राजाको कोपभाजनको जोखिम मोलेरै पञ्चशीलको सिद्धान्तको आधारमा छुट्टै सन्धिका लागि कूटनीतिक वातावरण तयार पारे। सन् १९५६ सेप्टेम्बर २० मा नेपाल-चीन मैत्री सम्बन्धमा हस्ताक्षर भयो। त्यही वर्ष पेकिङमा चीन भ्रमण गर्ने प्रथम नेपाली प्रधानमन्त्रीका रूपमा टंकप्रसाद आचार्यको स्वागत भयो। चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले नेपाल भ्रमण गरे।

भारत

कूटनीतिज्ञ यदुनाथ खनालले राजा त्रिभुवनको शासनकालमा जोसुकै प्रधानमन्त्री भए पनि नेपालको वैदेशिक सम्बन्ध तीन कारणबाट भारतसितको सम्बन्धमा सीमित भएको विश्लेषण गरेका थिए। पहिलो, दिल्लीमा भइरहने नेपाली र भारतीय नेताहरूको भेटघाट; दोस्रो, नेपालले त्यसताका भारतबाट मात्र लिएको आर्थिक-प्राविधिक सहयोग; र तेस्रो, नेपाली सेनाको पुनर्गठन तथा तालिममा भारतीय सेनाको भूमिका। त्यसमाथि, नेपाल-भारत परम्परागत सांस्कृतिक र भौगोलिक सम्बन्धहरूको प्रभाव आफ्नो ठाउँमा छँदै थियो।

अन्य कार्य

आचार्यकै कार्यकालमा निजामती कर्मचारी आयोग गठन भयो, जसले नेपालमा पहिलो पटक वृत्ति-विकासमा आधारित कर्मचारीतन्त्रको सुरूआत गर्‍यो। त्रिभुवन विश्वविद्यालय स्थापनाको तयारी पनि वि.सं. २०१३ सालमै भयो। विभिन्न विचार र स्वार्थको चेपुवामा परेका बेला प्रधानमन्त्री आचार्यले दृढताका साथ ती सुरूआती काम गरेका थिए।

राजीनामा

टंकप्रसाद सरकारलाई निरन्तरता दिँदा भारत थप चिढिने अवस्था देखेपछि उनले टंकप्रसादको राजीनामा मागे ।

भारतलाई थप नचिढ्याउनमात्रै पर्याप्त नरहेको ठानेर उनले भारतपरस्तको डाम लागिसकेका केआई सिंहलाई प्रधानमन्त्री बनाए ।

निजी जीवन

टंकप्रसादका छोरा कुसुमाकरको वि.सं. २०५६ साल बैशाख १ गते निधन भयो। जलस्रोत मन्त्रालय अन्तर्गत विद्युत् विकास केन्द्रमा वि.सं. २०३७ साल भदौ १२ देखि कार्यरत इन्जिनियर कुसुमाकरको जन्म वि.सं. २०१२ साल माघ १२ गते भएको थियो। कुसुमाकर रुसमा पढेका इञ्जिनियर थिए।

निधन

उनको निधन वि.सं. २०४९ साल वैशाख ११ गते भयो।

बाह्य कडीहरू

सन्दर्भ

Tags:

टङ्कप्रसाद आचार्य जीवनीटङ्कप्रसाद आचार्य नेपाल प्रजा परिषद्टङ्कप्रसाद आचार्य नेपाली राष्ट्रिय कांग्रेसटङ्कप्रसाद आचार्य प्रधानमन्त्रीत्त्वटङ्कप्रसाद आचार्य राजीनामाटङ्कप्रसाद आचार्य निजी जीवनटङ्कप्रसाद आचार्य निधनटङ्कप्रसाद आचार्य बाह्य कडीहरूटङ्कप्रसाद आचार्य सन्दर्भटङ्कप्रसाद आचार्यनेपाल प्रजा परिषद्सहिद दिवस

🔥 Trending searches on Wiki नेपाली:

बुद्ध धर्मसमाचारगुरुङ जातिकार्ल मार्क्सनेपाल-भारत सम्बन्धदोस्रो विश्व युद्धनगरकोटराष्ट्रिय वाणिज्य बैंकप्रतिनिधि सभा निर्वाचन, २०७९प्रदेश सभा निर्वाचन, २०७९इलाम नगरपालिकाविराटनगर महानगरपालिकाक्यान्सरसूचनाविश्व स्वास्थ्य सङ्गठनअल्पविकसित देशनेपालका मल्ल राजाहरूको सूचीनेपालमा विद्यालयको तहगत संरचनाकोरियाली भाषाध्यानरुपन्देही जिल्लासमाजशास्त्रशिक्षक सेवा आयोग (नेपाल)भूपरिवेष्ठित राष्ट्रनेपाली शब्दकोशनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८ब्राह्मणस्वास्थ्यपर्सा जिल्लानवलपरासी जिल्लाआसियानजगदम्बाश्री पुरस्कारनेपाल दूरसञ्चार प्राधिकरणदासप्रथानेपालको संविधानधर्म निरपेक्षताबाल विवाहनेपाल अधिराज्यको संविधान २०४७तारामण्डलविश्वप्रकाश शर्माराष्ट्रिय सङ्ग्रहालय, छाउनीअन्तर्राष्ट्रिय तिथि रेखापोखरा महानगरपालिकालेखा प्रणालीपहिलो विश्वयुद्धदक्षिण कोरियाकृषि तथा पशुपंक्षी विकास मन्त्रालय (नेपाल)गरिबीनेपालमा धर्मसम्भोगबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेपाली चलचित्रनेपालका प्रधानमन्त्रीहरूको सूचीहस्तमैथुनकौडिन्य गोत्रविद्युतीय अपराधअन्तिम संस्कारबाघपूँजी बजारविश्वेश्वरप्रसाद कोइरालाविद्युतिय सवारी साधनधरहरासेयरस्नातक तहनेपालको सङ्घीय संसदमाननीयजीवनीइजरायल–हमास युद्ध, सन् २०२३सिद्धबाबा मन्दिरललित कलासुमना श्रेष्ठसाम्यवादविष्णुसमाजमुस्ताफिजूर रहमान🡆 More