सुमात्रा

सुमात्रा (इन्डोनेसियाली: सुमातेरा) पश्चिम इन्डोनेसियामा रहेको सुन्दा टापुसमूह अन्तर्गतको एउटा ठूलो टापु हो। सुमात्रा पूर्ण रूपमा इन्डोनेसियाको एकलौटी अधिनमा रहेका टापुहरू मध्ये (बोर्नियो तथा न्युगिनीभन्दा सानो भए पनि ती टापुहरू अन्य देशहरूसँग बाँडिएका छन्) सबैभन्दा ठूलो र विश्वभरमा छैटौँ ठूलो टापु हो। यसको क्षेत्रफल ४,७३,४८१ वर्ग किलोमिटर (सँगैका रियाउ र बाङ्का बेलितुङ टापु बाहेक) छ। सुमात्रा अण्डाकार छ र यो उत्तरपश्चिमदेखि दक्षिणपूर्वतिर छड्के परेर बसेको छ। यसको पश्चिम, उत्तरपश्चिम र दक्षिणपश्चिममा हिन्द महासागर रहेको छ भने महासागर पारि सिमेउलु, निआस र मेन्तावाई टापूहरू रहेका छन्। उत्तरपूर्वमा मलाक्का स्ट्रेट नामको साँघुरो पानीको भागले यो टापुलाई युरेसियाली भूखण्डमा रहेको माले प्रायद्विपसँग छुट्याएको छ। त्यस्तै दक्षिणपूर्वमा सुन्दा स्ट्रेट नामको अर्को साँघुरो पानीको भागले यसलाई जाभासँग छुट्याएको छ। सुमात्राको उत्तरी किनारा अन्डामान टापुसँग जोडिएको छ भने दक्षिणी किनारामा करिमाता स्ट्रेट नामको साँघुरो पानीको भाग तथा जाभा समुद्र र यसको को पारीपट्टि बाङ्का र बेलितुङ टापु रहेका छन्। ठुलो सङ्ख्यामा सकृय ज्वालामुखीहरू रहेको बुकित बरिसान पहाडलाई यस टापुको मेरुदण्डको रूपमा लिइन्छ। सुमात्राको उत्तरपूर्वमा ठूला समथर भूभागहरू, सिमसारयुक्त होचो जमिन, घना जङ्गल तथा जटिल नदीनालाहरूले भरिएको छ। यो टापुको बिचबाट पश्चिम सुमात्रा र रिआउ प्रदेश हुँदै भूमध्य रेखा जाने हुनाले यहाँको मौसम उष्ण, गर्मी र आर्द्र छ। सुमात्रामा धेरै प्रकारका वनस्पति तथा जीवजनावरहरू पाइन्छन्। कुनैबेला यहाँको भूभाग घना उष्ण प्रदेशीय वर्षा वनले (ट्रपिकल रेन फरेस्ट) ढाकेको थियो। तर बिगत ३५ वर्षमा यहाँको लगभग ५०% वन विनाश भैसकेको छ। स्थानीय रूपमा पाइने धेरै प्रजातिहरू अत्यन्तै जोखिममा परेका छन्। सुमात्रेली भुइँ कोइली, सुमात्रेली बाघ, सुमात्रेली हात्ती, सुमात्रेली गैंडा, सुमात्रेली ओराङ्उटान जस्ता जीव जनावरहरू लोपोन्मुख अवस्थामा पुगेका छन्। मानिसले जङ्गल मास्नका लागि लगाएको आगोबाट निस्केको धुवाँका कारण यसका छिमेकी देशमा समेत नकारात्मक असर पर्ने गरेको छ। सन् २०१३ भएको आगजनीका कारण निस्किएको धुवाँले मलेसिया तथा सिङ्गापुरमा समेत असर परेपछि यी दुई देशसँग इन्डोनेसियाको सम्बन्धमा तिक्तता आएको थियो।

सुमात्रा
भूगोल
अवस्थितिइन्डोनेसिया
निर्देशाङ्क००°उ॰ १०२°पू॰ / ०°N १०२°E / 0; 102 १०२°पू॰ / ०°N १०२°E / 0; 102
द्वीपसमूहसुन्दा टापुसमूह
प्रशासन
इन्डोनेसिया
जनसाङ्खिकि
जनसङ्ख्या50,180,000

नामाकरण

प्राचिनकालमा सुमात्राको पहाडी भूभागमा सुनको खानी भेटिने हुनाले यसलाई संस्कृत भाषामा स्वर्णद्वीप तथा स्वर्णभूमि नामले चिनिन्थ्यो।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

आउँब्याडमिन्टनव्यवस्थापनगणतन्त्रएसियाचीनयोनीचाणक्यपोलेको घाउसंयुक्त राज्य अमेरिकाअङ्कनेपालका मल्ल राजाहरूको सूचीधर्मभक्त माथेमाउधौलीनियमावलीजलचक्रटिम्बुरबोटे काण्डव्रतबन्धतराईखड्गप्रसाद ओलीगोत्रजीवनमहाभारत पर्वत शृङ्खलाताप्लेजुङ जिल्लामनोविज्ञानभानुभक्त आचार्यमाधवप्रसाद घिमिरे (साहित्यकार)बालेन शाहस्वर्णिम वाग्लेभूपि शेरचनचेकअसुरोआन्ध्र महासागरगुगलमहेन्द्र सिंह धोनीजनक शिक्षा सामग्री केन्द्रमोरङ जिल्लानेपालको कानूनी इतिहासकेराबारी गाउँपालिकाघरेलु हिंसानेपाल स्काउटकटुसखुम्बु पासाङल्हामु गाउँपालिकातनहुँ जिल्लामहालेखा नियन्त्रकको कार्यालयअनुष्टुप छन्दमानिसनेपाल आयल निगम लिमिटेडसहरीकरणचुलाचुली गाउँपालिकाहलोअरिङ्गालचितवन जिल्लानागरिक लगानी कोषखुकुरीजनमत सङ्ग्रह, २०३७गुल्मी जिल्लागढीमाईनेपाल वायुसेवा निगमलोककथाखाद्य सुरक्षासिन्दुरे जात्रा (नुवाकोट)नेपालका प्रधानमन्त्रीहरूको सूचीभीमबहादुर रावलसमयधनगढी उपमहानगरपालिकाप्रतापसिंह शाहअर्थ मन्त्रालय (नेपाल)मागकटारी नगरपालिकागोपाल वंशनयाँ पत्रिका दैनिकमाछा पालनसगरमाथा राष्ट्रिय निकुञ्जखप्तड राष्ट्रिय निकुञ्ज🡆 More