उधौली

उधौली चाड नेपाल साथै संसार भरी छरिएर वसोवास गर्ने भुमिपुत्र मुलवासी किराँत समुदायले विशेष सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान चाड हो । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुल्क पूर्णिमाको दिनको यो उधौली पर्वलाई सुनुवारले फोलस्याँदर, राईले उधौली सकेला, याक्खाले चासुवा र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ। उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ। यस्तै उधौली-उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ ।

उधौली
उधौली
वैकल्पिक नामसुनुवारको फोलस्याँदर, राईको उधौली सकेला, याक्खाको चासुवा र लिम्बुको चासोक तङ्नाम
अनुयायीकिराँत समुदाय
प्रकारकिराँती
परिपालनपूजा, नाच
मितिमङ्सिर पूर्णिमा

नामाकरण

प्रकृति पुजक किराँत समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । यही उँधो शब्दबाट नै उधौली पर्वको नामाकरण भएको हो ।

अन्य नामहरू

यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । यस उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् । उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामलेसमेत चिनिन्छ ।

परम्परागत विधी

उधौली पर्वलाई न्वागी पुजा पनि भनिन्छ। अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पुजा गर्ने गरिन्छ। किराँतभित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाललगायतका जातिहरू पर्ने भएकोले जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आ–आफ्नो तरिकाहरू रहेका छन् । भूमि पूजाका लागि बिहानैदेखि किँरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ ढोल झ्याम्टासहित बाजाको तालमा नाच्दै पर्व मनाउने ठाउँमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ-आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ । उधौली बाली उत्पादन गरिदिएकोमा भूमिप्रति कृतज्ञता ज्ञापन गर्ने सन्दर्भसँग जोडिएको मानिन्छ ।

पूजा सम्पन्न गर्नका लागि कुखुरा, सुगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँड लगायत सामग्री आवश्यक पर्छ परम्परा अनुसार किराँती धर्मगुरु(बिजुवा/नक्छुङ/कुबि)ले चुलोको पूजाबाट सुरु गर्ने यस चाडमा धर्मगुरुले साकेला थानमा उहिले गोरु काटेर तर अहिले नौसिङ्गे कुखुराको भालेको बलि दिने गर्छन् । सो बलिपछि धर्मगुरुको आदेशबाट साकेला नाच सुरु गरिन्छ । पहिलो दिन पूजा स्थलमा नाची पछिका दिनमा फरक स्थानमा जम्मा भई नाचेर १५ दिनसम्म यो चाड मनाइन्छ । नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपक्षी, चराचुरुङ्गीको नक्कल, खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ । यस पर्वको बेलामा बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रूपमा शिली नाच नाच्ने गर्छन् । सो शिलिनाच नेपालका विभिन्न सहरमा खासगरी युवा वर्गमा बढी प्रचलित र लोकप्रीय छ । साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिङ्गारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयको माध्यमबाट नाचमा उतारिन्छ । यसलाई ‘सिली टिप्ने’ भनिन्छ । सिली टिप्ने वा नाच्ने तरिका ठाउ“अनुसार फरक हुन्छ । यसरी नाच्दा वा सिली टिप्दा अभिनय वा हाउभाउसँग मिल्ने, पितृ र प्रकृतिसँग मेल खाने गीत गाइन्छ । नेपालबाहिर खासगरी भारतको सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामा समेत यो साकेला शिली नाच लोकप्रिय छ ।

यस चाडमा चेलि/छेकुमा, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ । वर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र सम्मान गर्नुपर्दछ । यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ ।

आधुनिक विधी

भाषा, संस्कार संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौली चाडको अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्छन् । एकै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आ–आफ्नो संस्कृति झल्काउने पोषाकहरू लगाएर आ–आफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् । लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन्, याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

उधौली नामाकरणउधौली अन्य नामहरूउधौली परम्परागत विधीउधौली आधुनिक विधीउधौली यो पनि हेर्नुहोस्उधौली सन्दर्भ सामग्रीहरूउधौली बाह्य कडीहरूउधौलीउभौलीकिराँत जातिपूर्णिमाराई जातिलिम्बू जातिसुनुवार जाति

🔥 Trending searches on Wiki नेपाली:

अरिङ्गालखोटाङ जिल्लानेपालको अर्थतन्त्रनेपालको प्रशासनिक विभाजननेपालको राजनीतिहिन्दु पञ्चाङ्गसती प्रथाशङ्कराचार्यकान्तिपुर दैनिकआँखाहिमाली प्रदेशअफ्रिकाखड्गप्रसाद ओलीअर्थशास्त्रसात सालको क्रान्तिधर्मभक्त माथेमाझापा जिल्लापुनर्जन्मनबिल बैंकविवाह संस्कारबङ्गलादेशइटहरी उपमहानगरपालिकाउखुनेपालको संविधान २०७२भुल्ने पो हो की ?आन्ध्र महासागरउखान-टुक्काआयुर्वेदविकिनेपालमा भूकम्पको इतिहासमाटोकोदोपञ्चैबाजाआकाशविलियम अलेक्जेन्डरगुगलविदुर नगरपालिकाचतराधामकैलाली जिल्लानेपालका उपत्यकाहरूहात्तीअग्नीप्रसाद सापकोटाअस्ट्रेलियाखैरहनी नगरपालिकानेपालका सहिदहरूखाँदवारी नगरपालिकानेपाली शब्दकोशलिङ्ग (व्याकरण)गायत्री मन्त्रअनुसन्धाननेपालको पत्रकारिताको इतिहासदोलखा जिल्लानेपालका राष्ट्रिय चिह्नहरूपञ्चायती व्यवस्थाहिन्दु धर्मदोस्रो विश्व युद्धपूर्वी रुकुम जिल्लासवारी दुर्घटनासिङ्गोम्बा रसुवाविश्वेश्वरप्रसाद कोइरालानगर सभाज्योतिषलियोनेल मेसीमानव अधिकारऔद्योगिक क्रान्तिमुक्तिनाथसमानुपातिक प्रतिनिधित्व प्रणालीविद्यालयरगतराम शाहजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीबाख्रासमाजशास्त्रबंगलामुखी मन्दिरदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमहाभारतविश्व बैङ्क🡆 More