सिलेट सहर

सिलेट (बङ्गाली: সিলেট) पूर्वोत्तर बङ्गलादेशमा पर्ने एक महानगरीय सहर हो । यो सिलेट विभागको प्रशासनिक सहर हो । यो सहर बङ्गालको उत्तरपश्चिममा सुरमा नदीको दाहिने किनारमा अवस्थित छ । यस सहरमा पाँच लाखभन्दा बढी जनसङ्ख्या रहेको छ । सिलेट बङ्गलादेशको सबैभन्दा महत्त्वपूर्ण आध्यात्मिक र सांस्कृतिक केन्द्रको रूपमा रहेको छ । यो बङ्गलादेशमा ढाका र चिटागोङ पछिको सबैभन्दा महत्त्वपूर्ण सहरहरू मध्ये एक हो किनभने यस सहरले देशको अर्थतन्त्रमा ठूलो सहयोग पुर्‍याउँदै आएको छ ।

सिलेट
ꠍꠤꠟꠐ
সিলেট, বাংলাদেশ
सिलेट सहर
सिलेट सहर
सिलेट सहर
सिलेट सहर
सिलेट सहर
सिलेट सहर
शीर्षबाट: भवनहरू, ओसमानी अन्तर्राष्ट्रिय विमानस्थल, सिलेट केन्द्रीय रेलवे स्टेसन, सिलेट सर्कस गृह, सुफी शाह जलाल प्रतिमा, सिलेट अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड
देशबङ्गलादेश
प्रदेशसिलेट विभाग
जिल्लासिलेट
नगरपालिका विभागको स्थापना१८६७
सिलेट सहर निगमको स्थापना९ अप्रिल २००१
महानगरीय सहर धोषणा३१ मार्च २००९
सरकार
 • प्रकारमेयर परिसद
 • अङ्गसटहट सहर निगम
 • मेयरअरिफल हक चधरी (बङ्गलादेश राष्ट्रिय पार्टी)
क्षेत्रफल
 • सहर२६.५० किमी (१०.२३ वर्ग माइल)
 • महानगर
११० किमी (४० वर्ग माइल)
उन्नतांश
३५ मिटर (११५ फिट)
जनसङ्ख्या
 (२०११)
 • सहर५२६,४१२
 • घनत्व२००००/किमी (५१०००/वर्ग माइल)
वासिन्दासिलेटी
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
हुलाक कोड
३१००
प्रहरीसिलेट महानगरीय प्रहरी
अन्तर्राष्ट्रिय विमानस्थलओसमानी अन्तर्राष्ट्रिय विमानस्थल
टेलिफोन कोड+८८०८२१
वेबसाइटscc.gov.bd

सिलेट उपत्यका बङ्गलादेशको सबैभन्दा ठूलो तेल र ग्याँस उत्पादन गर्ने सहरी क्षेत्र हो । यो सहर बङ्गलादेशमा चिया उत्पादन गर्ने प्रमुख केन्द्रस्थल हो । यो सहरको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल ओसमानी अन्तर्राष्ट्रिय विमानस्थल हो जुन नाम बङ्गलादेशका कमान्डर एमएजी ओसमानीको नामबाट राखिएको हो ।

उत्पत्ति

सिलेट सहरको नाम श्रीहाट्टाबाट उत्पत्ति भएको थियो । यस शब्दको अनुसार 'श्री' को अर्थ प्रतिष्ठा वा सौन्दर्य हुन्छ भने 'हट्टा'को अर्थ बजार हुन जान्छ । मुगल साम्राज्यको अभिलेखमा श्रीहाटा बङ्गाल सभा जिल्लाको नामको रूपमा प्रयोग गरिएको थियो । ब्रिटिश भारतमा श्रीहट्टा र अङ्ग्रेजीमा यसलाई सिलेटको रूपमा भनिन थालियो ।

मैसम र भूगोल

सिलेट बङ्गलादेशको २४°५३′३०″N ९१°५३′००″E / २४.८९१७°N ९१.८८३३°E / 24.8917; 91.8833 मा रहेको छ । यो सहर सिलेट विभाग अन्तर्गत सिलेट जिल्लामा भित्र पर्छ । सिलेटमा उष्ण वर्षा खाले मौसम रहेको छ । वर्षाको समयमा अप्रिलदेखि अक्टोबरसम्म तातो र धेरै भारी वर्षा हुने र हिमपात पर्ने गरेको छ भने नोभेम्बरदेखि फेब्रुअरी सम्म हल्का जाडो र न्यानो साथै दिनहरू छोटो हुने गरेका छन् । मेदेखि सेप्टेम्बर सम्म ४२,०० मिलिमिटर वार्षिक वर्षा हुने गरेको छ जुन सबै समयको पानी परेको ८० % हो ।

जनशाङ्खिकि

सन् २०११ बङ्गलादेशको जनगणना अनुसार यो सहरको जनसङ्ख्या ५३१,६६३ रहेको छ । सन् १९९१ मा सहरको जनसङ्ख्या वार्षिक १.९० % ले वृद्धि भएको थियो जुन सन् २०११ मा १.७२% मा घटेको छ । सन् २००१ को जनगणना अनुसार सहरको साक्षरता दर ६९.७३ % रहेको छ भने सहरमा उच्च साक्षरता दर वडा नम्बर २२ मा रहेको छ जुन ८४.२४ छ र न्यून साक्षरता दर वडा नम्बर १० मा रहेको छ जुन ४८.१५ % छ । यस सहरमा ५५,५१४ बटा घरहरू रहेका छन् ।

खेलकुद

सिलेट सहर 
सिलेट अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

क्रिकेट बङ्गलादेशको सबैभन्दा लोकप्रिय खेल भएकाले सिलेटको पनि लोकप्रिय खेल क्रिकेट हो । सिलेटको क्रिकेट टोली (सिलेट सिक्सर) बङ्गलादेश प्रमियर लिगमा प्रतिस्पर्धा गर्ने एक घरेलु टोली हो । सिलेट अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला यहाँको सबैभन्दा ठुलो क्रिकेट रङ्गशाला हो ।

यातायात

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

सिलेट सहर उत्पत्तिसिलेट सहर मैसम र भूगोलसिलेट सहर जनशाङ्खिकिसिलेट सहर खेलकुदसिलेट सहर यातायातसिलेट सहर सन्दर्भ सामग्रीसिलेट सहर बाह्य कडीहरूसिलेट सहरचट्टोग्रामढाकाबङ्गाली भाषा

🔥 Trending searches on Wiki नेपाली:

गोपाल वंशपरिवारसुनसरी जिल्लानेपालका सहिदहरूभूमध्यरेखासहस्राब्दी विकास लक्ष्यतापक्रमशिक्षण विधिअवलोकनअमरसिंह थापाविकिमिडिया नेपालको विधानपहाडी प्रदेश (नेपाल)यौनअनुराधा कोइरालाकाल भैरवलैङ्गिक विभेदनेपालको सङ्घीय संसददलितलोकतन्त्रनेपाली रुपैयाँउखान-टुक्कासूचनानिर्वाचनजनसाङ्ख्यिकीय लाभांशइन्स्टाग्रामचितवन राष्ट्रिय निकुञ्जकुखुरा पालननेपालका स्थानीय तहहरूधर्मबालश्रममानव शरीरका अङ्गहरूको सूचीसंस्कारमहोत्तरी जिल्लादिनेश अधिकारीनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्तन सम्भोगइलाम नगरपालिकाभूपि शेरचनभीमबहादुर रावलपुनर्जागरणनेपाली बृहत् शब्दकोशनेपालको प्रधानमन्त्रीमुख्य पृष्ठकिम्बुकिराँत धर्मफौजदारी कानुनमोहन शमशेर जङ्गबहादुर राणाद्वन्द्वात्मक भौतिकवादभक्ति थापानेपालका गाउँपालिकाहरूजनमत सङ्ग्रहकिराँत जातिनेपालका प्रदेशहरूमोतीराम भट्टसीतादर्शनमदर टेरेसादक्षिण अमेरिकाकास्की जिल्लापाठ्यक्रमरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोऔद्योगिक क्रान्तिसार्की जातिसिंहदरबारनेपालीमहाकाव्यआयुर्वेदभद्रपुर नगरपालिकाविज्ञानबौद्धनाथनेपाल राष्ट्रिय विकास परिषदठकुरीहिमालयन बैंक लिमिटेडमानव संसाधन व्यवस्थापन🡆 More