विराटनगर मजदुर आन्दोलन

विराटनगर जुटमिल विसं १९९३ मा स्थापित यो नेपालको पहिलो उद्योग हो। वि.सं २००३ सालमा विराटनगर जुट मिल लिमिटेडका मजदुर तथा श्रमिकहरूले श्रम हडताल गरेका थिए। यो हडताल सुरुमा श्रम अधिकारको सम्बन्धमा व्यवस्थापन विरुद्ध थियो तर बिस्तारै राष्ट्रव्यापी राणा शासन विरोधी आन्दोलनमा परिणत भएको थियो।

पृष्ठभूमि

मिलका कामदारहरूका अनुसार मिलमा कुनै श्रम अधिकार थिएन र मिल मालिकहरूले तिनीहरूको श्रमलाई बेवास्ता गरेका थिए। कामदारहरूको जीवनस्तर पनि एकदमै कमजोर थियो। काम गर्ने कामदारहरूलाई दबाई रहेका थिए भन्ने कुरा पनि स्पष्ट थियो।

हडताल

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा वि.सं. २००३ फागुन २१ गतेदेखि प्रदर्शन सुरु भएको थियो। त्यसैगरी, मिलमा कर्मचारीका रूपमा तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारीयुवराज अधिकारीको नेतृत्वमा प्रदर्शन सुरु भएको थियो। श्रम अधिकारको आधारमा मात्र माग राखेर हडताल सुरु गरिएको थियो तर पछि राजनीतिक ट्रेड युनियन अधिकारको पनि माग गरिएको थियो। विराटनगरमा भएको हड्ताललाई नेपाली काङ्ग्रेसले सघाएको थियो। फागुन २६ गते विश्वेश्वरप्रसाद कोइराला आफ्ना समर्थकहरुसँग हडतालमा सामेल भएका थिए र हडतालले उग्ररूप लिँदै गइरहेको थियो। राणा वंशको शासनले हडताल रोक्न राज्य सेनालाई बिराटनगर पठाएको थियो। नेताहरूलाई पक्राउ गरेपछि सेना विराटनगर पुगेपछि हडतालको अन्त्य भएको थियो। यी मध्ये केही नेताहरु भारत पलायन भएर पक्राउबाट जोगिएका थिए। राष्ट्रिय कांग्रेसका ६ जना नेता विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, तरिणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, मनमोहन अधिकारी र युवराज अधिकारीलाई बन्दी बनाइएको थियो। नेपाली काङ्ग्रेसले भारतको जोगबनीमा सम्मेलन आयोजना गरी देशव्यापी सत्याग्रह अर्थात् नागरिक अवज्ञा आन्दोलनको थालनी गर्ने सङ्कल्प गरेको थियो। यसरी देशव्यापी रूपमा राणा विरोधी प्रदर्शन सुरु भएको थियो।

परिणाम

विराटनगर मजदुर आन्दोलन 
पद्म शमशेर जङ्गबहादुर राणा

२००३ चैत ३१ गते विराटनगर, काठमाडौँ, जनकपुरवीरगञ्जमा हजारौँ नेपाली स्वेच्छिक रुपमा पक्राउ परेसँगै निर्धारित समय अनुसार नै राणा विरोधी आन्दोलन सुरु भएको थियो। उनीहरुले सबै राजनीतिक बन्दीलाई रिहा गर्नुका साथै नागरिक अधिकारलाई संस्थागत गर्न माग गरेका थिए। काठमाडौँमा भएको जनक्रान्तिले राणा शासनलाई असन्तोष तुल्याएको थियो। दशौँ हजार सर्वसाधारण सडकमा भेला भएर राणाविरोधी जुलुसमा विरोध प्रदर्शन गरेका थिए। २००४ जेठ ३ गते, हप्तौँको विरोधपछि प्रधानमन्त्री पद्म शमशेर जङ्गबहादुर राणाले ऐतिहासिक भाषण गर्दै उनले गैर राणालाई सरकारमा सामेल गराउने घोषणा गरेका थिए।

बन्दी रिहाइ

आफ्नो आशाजनक भाषणपछि पद्म शमशेरले देशभरिका अधिकांश कैदीहरूलाई मुक्त गर्ने आदेश दिएका थिए। तर, विश्वेश्वरप्रसाद कोइराला र विराटनगरबाट उनका सहयोगीहरु थुनामा रहेका थिए। धेरै भारतीय राजनीतिज्ञहरूले उनीहरूलाई मुक्त गर्न अनुरोध गरेका थिए। महात्मा गान्धीको अनुरोधपछि अन्ततः २००४ भदौमा उनीहरूलाई रिहा गरिएको थियो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

विराटनगर मजदुर आन्दोलन पृष्ठभूमिविराटनगर मजदुर आन्दोलन हडतालविराटनगर मजदुर आन्दोलन परिणामविराटनगर मजदुर आन्दोलन बन्दी रिहाइविराटनगर मजदुर आन्दोलन यो पनि हेर्नुहोस्विराटनगर मजदुर आन्दोलन सन्दर्भ सामग्रीहरूविराटनगर मजदुर आन्दोलनराणा शासनविराटनगर जुट मिल

🔥 Trending searches on Wiki नेपाली:

समाजवादनेपालको एकीकरणगृह मन्त्रालय (नेपाल)परराष्ट्र मन्त्रालय (नेपाल)पर्यटनरेखा थापासीओपीडीविस्तृत शान्ति सम्झौतारारातालनेपालको मन्त्रिपरिषद्यार्चागुम्बाअलङ्कार (साहित्य)रवि लामिछानेपाँच पोखरीनेपालको प्रधानन्यायाधीशक्यान्सरमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)कञ्चनजङ्घा हिमालनिर्वाचन प्रणालीकान्तिपुर टेलिभिजनऔद्योगिक क्रान्तिऋतुदासप्रथागण्डकी प्रदेशमदन भण्डारी राजमार्गटेलिभिजनडढेलोसर्लाही जिल्लानागरिकसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूवर्ण विन्यासबोगटान राज्यकोलोम्बिया राष्ट्रिय फुटबल टोलीउद्योगसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)ef52iमाल्दिभ्सपहिलो विश्वयुद्धबागमती प्रदेशइलाम २ (निर्वाचन क्षेत्र)स्वास्थ्यइन्टरपोलराम शाहसन्दीप लामिछानेशान्तिनगर गाउँपालिकानेपाली साहित्यसम्पत्तिबुढानीलकण्ठ स्कूलशब्दकोशलुम्बिनी प्रदेशअनलाइन पत्रिकानेपालका अञ्चलहरूविज्ञापनसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूपेरूगणेशमादलबालश्रमबाल दिवसकर्णाली प्रदेश सभारेने डेसकार्टसनेपालका स्थानीय तहहरूकालीगण्डकी नदीनेपालको संविधान २०७२ मा बालबालिकाको हककारकनेपाली व्याकरणउत्पादन (अर्थशास्त्र)वास्तुशास्त्रगण्डकी नदीनेपाली राष्ट्रिय क्रिकेट टोलीरुसकपिलवस्तु जिल्लाइस्लाम धर्मनिबन्धआइज्याक न्युटनमृगौला🡆 More