मेसोडोनिया वा मेसोडोन (प्राचीन युनानी: Μακεδονία; Makedonía), आर्कियाकको र ग्रीसको वरपर बसेको प्राचीन साम्राज्य हो। यो साम्राज्य रोयल आर्गियड वंशद्वारा स्थापित र पहिले शासन गरिएको थियो । पछि एण्टिप्याट्रिड र एन्टिगोनिड वंशद्वारा शासन गरिएको थियो। यो राज्य ग्रीक प्रायद्विपको उत्तर पुर्वमा, पश्चिममा एपिरससँग सिमा जोडिएको थियो, उत्तरमा पायोनिया, पुर्वमा थ्रेस र दक्षिणमा थेसलीसँग जोडिएको थियो।
मेसोडोनिया Μακεδονία | |
---|---|
८०८-१६८ ईसापूर्व १५०-१४८ ईसापूर्व | |
मेसोडोनिया अधिराज्य ३३६ इसा पुर्व (सुन्तला रंग) | |
राजधानी | आइगाई भर्जिनिया |
आम भाषाहरू | युनानी |
धर्म | ग्रीक बहु देवता, हेल्लेनिस्टिक धर्म |
सरकार | राजतन्त्र |
राजा | |
• ८०८–७७८ ईसापूर्व | करानस (प्रथम) |
व्यवस्थापिका | साइनेड्रइअन |
इतिहास | |
• राजा करानसद्वारा स्थापित | ८०८ ईसापूर्व |
• पर्सिया | ५१२/५११–४९३ ईसापूर्व |
• आर्कियामीड मेसोडोनिया: पर्सिया साम्राज्य | ४९२–४७९ ईसापूर्व |
• मेसोडोन उदय | ३५९–३३६ ईसापूर्व |
• हेल्लेनिक लिग स्थापना | ३३८-३३७ ईसापूर्व |
• सिकन्दरको लडाई/पर्सिया आक्रमण | ३३५–३२३ ईसापूर्व |
• बेबिलोनको विभाजन | ३२३ ईसापूर्व |
• डाइडोसी का युद्धहरू | ३२२–२७५ ईसापूर्व |
• पिड़ना को युद्ध | १६८ ईसापूर्व |
मुद्रा | टेत्राड्राम |
इसा पुर्वको चौथो शताब्दीअघि मेसोडोनिया एक सानो अधिराज्य थियो जसको वरपर एथेन्स, स्पार्टा, र थेब्स, र आर्किमेनिड पर्सियाको भुभाग थियो। आर्गियड राजा फिलिप द्वितीय (३५९-३३६ ईसापूर्व) को राज्यकालमा मेसोडोनियाले ग्रीस र थ्रेसको मुख्य भुभाग साम र दण्डले (कुट्नीती र आक्रमण) जित्यो। फ्यालेन्क्स रहेका सेनाहरु सहित फिलिप द्वितीयले एथेन्स र थेब्स जस्ता पुराना शक्तिहरूलाई किरोनोयाको लडाइँमा ३३८ ईसापूर्वमा पराजित गरे। फिलिप द्वितीयका पुत्र सिकन्दर (अलेक्जेन्डर महान)ले जब थेब्स शहरले बिद्रोह गर्यो तब ग्रीसलाइ नेतृत्व गर्दै पुरै शहरलाई ध्वस्त गरे।
सिकन्दरले आफ्नो राज्य विस्तारको अभियानको क्रममा, उनले आर्किमेनिड साम्राज्यको पतन गराए र भुभाग कब्जा गरे र उनले आफ्नो भुभाग सिन्धु नदि सम्म फैलाए। उनको छोट राज्यकालमा, उनको साम्राज्य संसारको सबैभन्दा शक्तिशाली साम्राज्य थियो। ग्रीक कला र साहित्य उनले कब्जा गरेका सबै ठाउँमा प्रचारप्रसार भयो र ग्रीक दर्शन, बास्तुकला, विज्ञान , प्रविधि संसारभरी फैलिएको थियो। विशेष गरी सिकन्दरका गुरु अरिस्टोटल (अरस्तु)का योगदानहरु महत्त्वपूर्ण थिए जसको लेख रचनाहरु पश्चिमी दर्शनको लागि कोशेढुङा सावित बने ।
३२३ इसा पुर्वमा सिकन्दरको मृत्यु पछि, डाइडोसीको युद्ध भयो र सिकन्दरको छोटो समयको साम्राज्य टुक्राटुक्रामा विभाजित भयो। मेसोडोनिया भुमध्री सागर क्षेत्रमा ग्रीकको सांस्कृतिक र राजनैतिक केन्द्र रहिरह्यो। पेल्ला, पाइड्ना, र एम्फिपोलिस जस्ता महत्त्वपूर्ण शहरहरु शक्ति संघर्षमा लागिरह्यो। नयाँ शहरहरु निर्माण भए। मेसोडोनियाको युद्ध भएसँगै भुमध्य सागरको अग्रणी शक्तिको रूपमा रोमको उदय भयो र मेसोडोनियाको पतन सुरु भयो।१६८ इसामा तेश्रो मेसोडोनिया युद्धको अन्त्यमा मेसोडोनियाको राजतन्त्रको अन्त्य भयो र रोमको सहयक रज्य बन्यो।
चादीको सिक्का बनाउने एलेक्जेन्डर प्रथमको राज्यकालबाट सुरु भयो । यो शाही खर्चको लागि प्रयोग हुन्थ्यो । आर्किलस प्रथमले चादीको मात्र बढाए र आन्तरिक र बाह्य व्यापारको लागि तामाको सिक्काको प्रचलन ल्याए ।
This article uses material from the Wikipedia नेपाली article मेसोडोनिया (प्राचीन अधिराज्य), which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.